प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान
काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् ।
चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरका हुन् ।
महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका छन्। १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखको भेटमा विश्वको अ पराध र सुरक्षा निकायले चाल्नुपर्ने कदमसम्बन्धी १९ बुँदामा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानिरीक्षक खनाल चिली प्रस्थान गरेसँगै प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी समाल्ने छन् ।
महराको स्वास्थ्य अवस्था जटिल, अस्पतालमै बयान लिने तयारी
काठमाडौं– उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ । प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो । तर, उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको हो ।
घरमै पर–पुरुषसँग भेटेपछि श्रीमानले गरे श्रीमतीको हत्या
धनगढीः आफ्नै घरमा पर–पुरुषसँग भेटेपछि कैलालीमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको ज्यान गएको हो । २१ गते कुटपिट भए पनि प्रहरीलाई २४ गते मात्रै घटनाको विषयमा जानकारी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। २४ गते बिहान अचेत अवस्थामा घरमै भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाईएको थियो। नेपालगञ्जबाट उपचार गराएर घर फर्किएकी थापा फेरी उपचारका लागि लम्की स्थित अस्पतालमा भर्ना भएकी थिइन्। थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए। कुटपिटमा संग्लन उनलाई पक्राउ गरि घटनाको थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। स्रोतः दिनेश खबर
अपराधका आरोपित ‘माननीयहरु’
काठमाडौंः हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ । निवर्तमान सभामुख एवं नेकपा नेता सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनी राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन् । महरा र चौधरी निलम्बनमा परिसकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।
चिनियाँ राष्ट्रपति सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्च बापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो । सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीबाट मात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए । सरकारले १६ हजार जनशक्तिका लागि खाजा खर्च उपलब्ध गराए करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ । विशेष सुरक्षा कार्ययोजना र कार्यक्रम व्यवस्थापनअन्तर्गत तैनाथ कर्मचारी र सुरक्षाकर्मीलाई भत्ता दिने प्रस्ताव गरी अर्थ मन्त्रालयलाई पत्र पठाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘राष्ट्रपति सीको राजकीय भ्रमण सुरक्षा कार्ययोजनाअनुसार खटिने सुरक्षाकर्मी र कर्मचारीलाई दैनिक ३ सयका दरले खाजा खर्च उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्र पठाएका छौँ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘यससम्बन्धमा केही दिनभित्रै निर्णय हुन्छ ।’ सी नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता भइसकेका छन् । उनको सम्पूर्ण सुरक्षा व्यवस्थापनको नेतृत्व सेनाले लिएको थियो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सीको सुरक्षामा १५ हजारभन्दा बढी जनशक्ति खटिएको जानकारी दिए । सीको सुरक्षाका लागि एक महिनाअघिबाटै कार्ययोजना तय भए पनि सरकारले अन्तिम समय मात्रै त्यसको जानकारी दिएको थियो । असोज ५ मा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री रामबहादुर थापासँग भेटेपछि सुरक्षा कार्ययोजना बनाइएको थियो । यसअघि ०७५ भदौ १४ र १५ मा काठमाडौंमा आयोजना गरिएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक) सम्मेलन र ०७५ चैत १५ र १६ गते सम्पन्न २ दिने लगानी सम्मेलन सुरक्षामा पनि सुरक्षाकर्मीलाई दैनिक खाजाभत्ता उपलब्ध गराइएको थियो । याे समाचार कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।
राष्ट्रपति भण्डारीद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण
भक्तपुरः बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीकाप्रसाद ग्रहण गरेकी छन् । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेकी थिइन् । विगतका वर्षहरुमा दर्शन गरेर प्रसाद ग्रहण गरी फर्कने गरे पनि यस वर्ष भने राष्ट्रपति भण्डारीले नवदुर्गा नाचसमेत अवलोकन गरेकी थिइन् । राष्ट्रपतिसमक्ष नवदुर्गा नाचअन्तर्गत देवगणहरु श्याम वनमालाले गणेश, अनिल वनमालाले ब्रम्हायणी, मंगलाल वनमालाले महेश्वरी, लक्ष्मीप्रसाद वनमालाले कुमारी र शिवकृष्ण वनमालाले भद्रकालीको नाच प्रर्दशन गरेका थिए । राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई जनही १००५ रुपैयाँका दरले दक्षिणा दिएकी थिइन् । अपरान्ह पौने ५ बजे मन्दिर पुगेकी राष्ट्रपति भण्डारी पौने एकघण्टामा फर्किएकी थिइन् ।
नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा फेला
विराटनगर– भारतको जोगवनीमा नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा फेला परेको छ । विराटनगर–११ पञ्चमुखी चोक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव फेला परेको हो । स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको भन्दै घरपक्षबाट मानसिक यातना भोगिरहेकी रञ्जनाको शव सिमावर्ती क्षेत्र जोगवनीदेखि करिब १० किलोमिटर दक्षिण अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै भेटिएको हो । आइतबार शव भेटिएपछि प्रहरीले मृतकका श्रीमानसहित ४ जनालाई पक्राउ गरेको छ । माइती पक्षको उजुरीपछि भारतीय प्रहरीले मृतकका श्रीमान भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई पक्राउ गरेको हो । स्थानीय उमालाल सहनीका अनुसार रञ्जनाको गत फागुनमा अररिया जिल्ला तकिया निवासी २५ वर्षिय भिम बहरदार मागी विवाह भएको थियो । विवाहपछि दाइजोमा मोटरसाइकल मागेपछि सहनी परिवारले ९० हजार भारतीय रुपैयाँमा मोटरसाइकल किनिदिएको थियो । तर दाइजो नपुगेको युवतीलाई परिवारले मानसिक यातना दिइरहको सहनीले बताए । पछिल्लो समय बहरदार परिवारले पसल राख्न भन्दै युवतीको माइती पक्षसँग दुईलाख मागिरहेको थियो । केही दिन अघि माइत आएकी युवतीलाई श्रीमानले आएर लगेपछि हत्या गरेको माइती सहनीले बताए ।
दरबारमार्गको ‘क्लब भिक्ट्री’मा आगलागी
काठमाडौं– राजधानी काठमाडौं स्थित दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कारण लाग्यो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।
देउवा र पौडेल मेरा ४५ बर्ष देखिका साथी हुन्ः प्रधानमन्त्री ओली
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथी पर्न नदिने बताएका छन् । नेपाली काँग्रेसले वडादशैंलगायत विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ बर्ष देखिका आफ्ना साथी भएको स्मरण गर्दै आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उनीहरुलाई राम्ररी जानकारी भएको बताए । ‘शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ बर्ष देखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथि हुन दिन्न ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभइ आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताए । “यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीचको कटुतालाई पनि अन्त्य गर्छन् ” प्रधानमन्त्री ओलीले भने “तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु । ”
२०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत
काठमाडौं– सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष सन् २०१८ को तुलनामा यो सन्तोषजनक वृद्धि हो । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर थियो । विश्व वैंकले आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ । उक्त प्रक्षेपणअनुसार दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा बढी आर्थिक वृद्धिदर बंगलादेशको रहने छ भने दोस्रो स्थानमा नेपाल छ । विश्व बैंकका अनुसार त्यसपछिका वर्षहरुमा भने आर्थिक वृद्धिदर केही घट्नेछ । नेपालमा सन् २०२० मा ६.४ प्रतिशत, सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ । दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर बंगलादेशले हासिल गर्ने देखिएको छ । सन् २०१९ मा बंगलादेशले ८.१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकले प्रक्षेपण गरेको हो । त्यसपछिका वर्षमा भने बंगलादेशको आर्थिक वृद्धिसमेत क्रमशः घट्ने अनुमान छ । यस भेगमा सबैभन्दा कम आर्थिक वृद्धि भने अफगानिस्तान, श्रीलंका र पाकिस्तानको रहने अनुमान छ । अफगानिस्तानको २.५, श्रीलंकाको २.७ र पाकिस्तानले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । दक्षिण एसियामा समग्र ५.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ । भारतको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरिएको छ ।
पूर्वराष्ट्रपति यादव भन्छन्, ‘अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण छैन्’
काठमाडौंः पूर्व राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको टिप्पणी गरेका छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताएका हुन्। तत्कालिन सशस्त्र द्धन्द्धको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने भिजन नै स्पष्ट नभएको टिप्पणी गरे। उनले भने ‘अहिलेका नेताहरुमा न हृदय छ। न भिजन छ। होराईजन नै सानो देखिएको छ।’ पुर्वराष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना , राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनिय रहेको बताए। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रमसँगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजा प्रसाद कोइरालाको योगदान महत्वपुर्ण रहेको बताए।
कांग्रेससँग फेरि पनि सहकार्य हुन सक्छः अध्यक्ष प्रचण्ड
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाली काँग्रेससँग फेरी सहकार्य हुनसक्ने धारणा राखेका छन् । नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेससँग पहिले पनि सहकार्य भएको र फेरि पनि सहकार्य हुन सक्ने बताए । कांग्रेसका नेताहरुसँग भेट्दा सहयात्रीसँग भेटघाट गरे जस्तो महसुस हुने गरेको उनले बताए। ‘नेपाली कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै सहयात्रीका बीच आएजस्तो अनुभूति हुन्छ’ उनले भने, हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्छ।’ उनले सहयात्रीकै रुपमा कांग्रेससँग सम्वन्ध अघि बढ्ने विश्वास रहेको बताए। एकता र शान्ति प्रकृयाको संकल्पकै कारण कांग्रेससँगको सम्वन्ध सहयात्रीकै रुपमा अघि बढ्ने उनको भनाइ छ।
युवतीसँग अवैध सम्बन्ध राखेको भन्दै तरुण दल नगर अध्यक्ष कुटिए
कञ्चनपुरमा तरुण दलका नगर कमिटि अध्यक्षमाथि कुटपिट भएको छ। एकजना युवतीसँग सम्बन्धको विषयलाई लिएर भएको विवादमा उनी कुटपीटमा परेका हुन । दिनेश खबरमा भुवन भट्टले लेखेको समाचार अनुसार जिल्लाको महाकाली नगरपालिकाका तरुण दल अध्यक्ष डम्बर रानामाथी निर्घात कुटपिट गरिएको हो। युवतीसँग घरमै आएर अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले रानामाथि कुटपीट गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालीका वडा नम्बर ६ मा रानामाथि बुधबार कुटपीट भईरहेको अवस्थामा उद्दार गरी सुरक्षार्थ नियन्त्रणमा राखिएको जानकारी दिए। प्रहरी नीरिक्षक पनेरुले युवतीको घरबाट भाग्न खोज्दा स्थानीयले कुटपिट गरेको खबर पाएपछि घटना स्थल पुगेर नियन्त्रणमा राखिएको बताए। रानाको टाउको र नाकमा चोट लागेको छ। राना विरुद्ध उजुरी नपरेकाले छोड्ने तयारीमा रहेको प्रहरीले जनाएको छ।
शी भ्रमणको बेला हुने भएन सुपुर्दगी सन्धीमा हस्ताक्षर
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका बेला नेपाल र चीनबीच सुपुर्दगी सन्धीमा हस्ताक्षर नहुने कुरा स्पष्ट गरिएको छ । आज प्रधानमन्त्रीले आयोजना गरेको पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला छलफल हुने विषयबारे जानकारी गराईको हो । छलफलमा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको जानकारी गराइएको थियो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अरुदेशसँग पनि सुपुर्दगी सन्धीबारे छलफल चलिरहेको बताउँदै अहिलेको भ्रमणमा भने सन्धीमा हस्ताक्षर नहुने स्पष्ट पारेका हुन । शीको भ्रमणका बेला सुपुर्दगी सन्धीमा हस्ताक्षर हुने चर्चा चलेपछि अमेरिका सशंकित बनेको समाचार यसअघि नै सार्वजनिक भएको थियो । ‘चीनले सीको यो भ्रमणका क्रममा सुर्पुदगी सन्धिमा हस्ताक्षर गर्न निकै जोड दिएको थियो । सन् २००९ मा तत्कालीन प्रधानमन्त्री प्रचण्ड चीन जाँदा सुर्पुदगी सन्धि गर्ने प्रस्ताव राखेको थियो भने तीन वर्षअघि सन्धिको मस्यौदा नेपाललाई दिएको थियो । अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओली चीन जाँदा सन्धि अगाडि बढाउने समझदारी भएको थियो । अधिकारीहरुकाअनुसार सन्धिको मस्यौदालाई अन्तिम रुप दिन हालै मात्र दुई देशका अधिकारीहरुबीच छलफल पनि भएको थियो । तर चिनियाँ राष्ट्रपति सीको आसन्न भ्रमणका क्रममा सन्धिमा हस्ताक्षर नहुने भएको छ ।
पार्किंङ गरिका ९ मोटरसाईकलमा आगलागी
धनुषा– धनुषामा एकै पटक ९ वटा मोटरसाईकल र ३ वटा साईकलमा आगोलागी भएको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका–३ प्रखे महुवामा पार्किंङ गरि राखिएको ९ वटा मोटरसाईकल र ३ वटा साईकलमा आगलागी भएको हो । आगोलागी रहस्यमय ढंगले भएको बताइएको छ । आज बिहान करिब ३ः३० बजेको समयमा पार्किंङ गरि राखिएको मोटरसाईलमा आगलागी हुँदा पार्किङ गरि राखिएका मोटरसाईकल र साईकल जलेर पूर्ण रुपमा ध्वस्त भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । तर मोटरसाईकल र साईकल कसैले जलाएको वा आफैँ जलेको भन्ने पुष्टि हुन बाँकी रहेको एसपी खनालले बताए । मोटरसाईकल र साईकल पार्किङ गरिएको स्थानमा बिजुलीको तारहरु समेत रहेकोले यसबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको एसपी खनालले बताए । उनका अनुसार अनुसन्धानका लागि प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । मोटरसाईकलहरुमा लागेको आगो निभाउन स्थानीयहरुले तत्कालै प्रयास गरेपनि मोटरसाईकल र साईकल जलेर ध्वस्त भईसकेको थियो । उक्त पार्किङ स्थलमै रहेको जनकन्दिनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्षको सरकारी गाडी समेत जलेर ध्वस्त भएको छ । घटनामा ५ ओटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाईकल जलेर नष्ट भएको एसपी खनाले जानकारी दिए । सार्वजनिक जग्गामा पार्किङ गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ ९गाउँपालिकाको वडा नं.. ३ को० र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाईकलहरु जलेर ध्वस्त भएको हो । आगलगीमा त्यही पार्किंग गरी राखिएको बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत जलेर ध्वस्त भएको हो । एकैपटक ९ मोटरसाईकल र ३ साईकलमा आगलगी भएपछि त्यहाँका स्थानीयबासी त्रसित बनेका छन् ।
चिनियाँ राष्ट्रपति भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल
काठमाडौंः चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

