ज्ञानेन्द्र शाही प्रकरणः सामाजिक सञ्जालका सामग्रीप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण (विज्ञप्तिसहित)
चितवन– प्रहरीविरुद्ध सामाजिक सञ्जालमा आएका सामग्रीप्रति जिल्ला प्रहरी कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको छ।
बिहीबार कार्यालयले विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीमाथि भएको घटनालाई जोडेर प्रहरीविरुद्ध आएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
सामाजिक सञ्जालमा सम्प्रेषित पूर्वाग्राहीपूर्ण सामग्रीले प्रहरीको छवि धमिल्याउने उद्देश्यले आएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीले उक्त घटनाका सम्बन्धमा अनुसन्धान टोली बनाइ गम्भीरतापूर्वक अनुसन्धान भइरहेको पनि जनाएको छ।
प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले उक्त दिन शाही होटलमा बसेको जानकारी नभएकाले सो घटना घटेको बताए।
उनले खबर प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी पुगी उद्धार गरी अस्पताल पुर्याएको र आक्रमणमा संलग्नको पहिचान गर्ने काम भइरहेको बताए।
एसपी मल्लका अनुसार घटनामा सम्बद्धपक्षबाट प्रहरीमा जाहेरी नआए पनि संलग्नको पहिचान तथा खोजतलास गर्ने कार्य जारी रहेको बताए।
शाहीलाई असोज ११ गते दिउँसो ३ बजेतिर भरतपुर महानगरपालिका १० चौविसकोठीस्थित होटल परिसरमा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएका थिए। हेर्नुस् चितवन प्रहरीले जारी गरेको विज्ञप्ति–
‘विकासको अभियानमा मिलेर अगाडि बढौं’
बुटवलः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको आज उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गरे । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा राखे । महासचिव पौडेलले बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाए । उनले तीनाउपारीका क्षेत्रको विकासका लागि तिनाउ–दानव करिडोर निर्माणको योजना बनाएको बताउँदै यो योजना समयमै सम्पन्न गर्न स्थानीयको सक्रियता हुनुपर्ने बताए । ‘यो करिडोर तिनाउ र दानव नदीको दोभानबाट शुरु भएर लुम्बिनी जाने सडकसम्म जोडिन्छ ।’ उनले भने । आफ्नो क्षेत्रको विकासमा चासो र सक्रियता बढाउँदै गए योजना प्नि समयमै सकिने उनको भनाइ थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेले स्थानीयको सक्रियतामा मन्दिर निर्माण गरेको बताए । उनले मन्दिर र सभाहलको निर्माणपछि वडाका धार्मिक गतिविधि सञ्चालनका लागि सहज हुने बताए । जितेश्वरी आमा समूहका अध्यक्ष मन्दिरा गौडेलले धर्मले मानिसलाई सही आचरणमा रहन सिकाउने हुँदा वडामा धार्मिक गतिविधिलाई बढावा दिएको बताए ।
नगर बसमा महिला मात्र कन्डक्टर
बाँकेः नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा. धवलशमसेर राणाले भने, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन् । महिलाले दिएको जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ भन्ने देखाउनकै लागि यो काम शुरु गरेका हौँ ।” उपमहानगरले सातवटा नगर बस खरीद गरेर सञ्चालनमा ल्याएको छ । यी बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना उपमहानगरको छ । त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिइएको छ । तर, अझै तयार बनाउन समय लाग्ने भएकाले तत्काललाई ‘कन्डक्टर’ मात्र राखिएको हो । प्रमुख राणाले भने, “अहिले ‘कन्डक्टर’ गरेर पछि चालक बनाउने हो । उहाँहरु दक्ष भएपछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बुधबारदेखि परीक्षणका लागि बस सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए । सूचना अधिकारी पौडेलले गत असारमै बस खरीद गरेर ल्याइए पनि रुट परमिटलगायतको तयारीका कारण सञ्चालनमा केही ढिलाइ भएको बताए । सात वटा बस खरीदका लागि उपमहानगरपालिकाले रु तीन करोड ४५ लाख खर्च गरेको छ । रासस
एकल पुरुषलाई पनि भत्ता
मेलम्ची– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउँने भएका छन् । एकल महिलाले झैँ एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउँने भएका हुन् । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हेलम्बु गाउँपालिकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । एकलल पुरुषले अब मासिक ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । एकल पुरुष भत्ताका लागि चालु आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । ‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिक रूपमा नै पनि कार्यान्वयनमा ल्याउनका लागि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हौँ’ अध्यक्ष शेर्पाले भने । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये हेलम्बु कम आन्तरिक आय भएको गाउँपालिकामा भएको समेत उहाँको भनाइ छ । गत आर्थिक वर्षमा ४० लाख आन्तरिक आम्दानी गरेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए । हेलम्बुले यस आर्थिक वर्षमा ६१ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको समेत बताए । वृद्धभत्ता लिइरहेका एकल पुरुषको हकमा भने एकल भत्ता लिन नपाउँने व्यवस्था गरेको छ । सरकारी तर्फबाट दोहोरो सुविधा नपाउने भएकाले यस्तो व्यवस्था पालिकाले गरेको हो । हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको पालिकाले जनाएको छ । करिब ३ सय ५० एकल पुरुष रहेको अनुमान गरिएको पालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।
राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश घुम्न निम्तो
पोखराः गण्डकी प्रदेशले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई गण्डकी प्रदेश घुम्न निम्त्तो दिएको छ । बुधबार गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको नेतृत्वमा रष्ट्रपति भवन शितल निवास पुगेको टोलीले राष्ट्रपतिलाई गण्डकी प्रदेश घुम्ने निम्त्तो दिईएको हो । गण्डकी प्रदेशको निम्त्तो पाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्राकृति,सांस्कृति,धार्मीक र सहासिक पर्यटनका हिसाबले अत्यान्तै महत्वपूण प्रदेश रहेको बताइन् । उनले आफू पनि समय मिलाएर एक पटक गण्डकी प्रदेशका नयाँ पर्यटकीय स्थलहरुमा घुम्न आउने प्रतिबद्धता जनाइन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन वर्ष सफल पार्नका लागि पूर्वाधारको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । नेपालमा थुप्रै पर्यटकीय गन्तव्यहरु भए पनि प्रचार प्रसारको अभावमा पर्यटकहरु पुग्न नसकेको र भएका पर्यटकीय स्थलहरुमा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको भन्दै त्यस्ता पर्यटकीय गन्तव्यहरुको पहिचान गरी पूर्वाधार निर्माणमामा जोड दिन राष्ट्रपति भण्डारीले आग्रह गरिन् । गण्डकी प्रदेश भित्र थुप्रै पर्यटकीय स्थलहरु रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले एउटा पर्यटकीय स्थलदेखि अर्को पर्यटकीय स्थलसम्म पुग्ने सडकलाई सहज बनाउँन आग्रह गरेकी थिइन् । राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष, सन् २०२० नेपाल भ्रमण वर्ष सँगै छिमेकी पर्यटन वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्षको रुपमा मनाउँन लागेको जानकारी गराएका थिए । आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल पार्नका लागि देशका विभिन्न ठाउँमा पुगेको गण्डकी सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको नेतृत्वको टोलीले प्रदेश नम्बर एक, दुई र तीनका मुख्यमन्त्री, त्यहाँका व्यवसायीसँग अन्तरक्रिया गरी काठमाडौं पुगेको मन्त्री लम्सालले जानकारी दिए ।
मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु
सिमरा । बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ । मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले बताए । भारतीय नागरिक लालमुनीका बुबा हुन् । प्रहरीका अनुसार उनीहरू बुधबार बेलुकी करिब ८ बजे एउटै खाल्डोमा डुबेका हुन् । ‘पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो,’ एसपी खनालले भने, ‘मृतकहरूको शरीरमा चोटपटक वा रगत देखिँदैन ।’ उनीहरूको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको उनले बताए । मदिरा उत्पादन गर्न घरभित्रै बनाइएका २ वटा खाल्डामध्ये पानी रहेको खाल्डामा उनीहरू डुबेका हुन् । एउटा खाल्डो (ट्यांकी) मदिरा बनाउने गुडले भरिएको छ । बिजुलीको पोलबाट हुक लगाएर बत्ती बाल्ने गरेको देखिएकाले करेन्ट लागेको पनि हुनसक्ने प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए । जोगा परिवारले लामो समयदेखि घरमै मदिरा भट्टी सञ्चालन गर्दै आएको थियो । १५ दिनअघि प्रहरीले भट्टी भत्काई कच्चा पदार्थ नष्ट गरे पनि उनीहरूले फेरि मदिरा बनाउन भट्टी र कच्चा पदार्थ तयार गरेको देखिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
प्रहरी बढुवामा अब विभूषणको नम्बर गणना नहुने
काठमाडौं । प्रहरीको बढुवामा अब विभूषणको नम्बर गणना नहुने भएको छ । प्रहरीको नयाँ ऐनको मस्यौदामा विभूषणबापतको नम्बर हटाइएको हो । बढुवामा विभूषणको नम्बर राख्दा विकृति बढाएको भन्दै गृह मन्त्रालयले बढुवासम्बन्धी प्रावधानमा संशोधन गर्न लागेको हो । हाल विभूषण पाएका प्रहरीले बढुवा मूल्यांकनमा थप २ नम्बर पाउँछन् । बढुवाकै लागि विभूषण लिन शक्तिकेन्द्रहरूबाट दबाब दिने विकृति देखिएपछि बढुवामा यस्तो प्रावधान हटाउन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । प्रहरीको नयाँ ऐनको मस्यौदा हाल रायका लागि लोकसेवा आयोगमा छ । जसमा कानुन तथा अर्थ मन्त्रालयले सहमति दिइसकेको छ । लोकसेवाबाट आएपछि मन्त्रिपरिषद्मा पेस गरिने मन्त्रालयका सहसचिव पुष्कर सापकोटाले बताए । प्रहरी बढुवामा एक सय पूर्णांकमा मूल्यांकन हुन्छ । जसमा धेरै नम्बर ल्याउनेहरूको बढुवा सिफारिस हुन्छ । एक सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७।५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत ५, बढुवा समितिले दिने ७।५ तथा विभूषणबापत २ नम्बर दिइन्छ । कामको आधारमा भन्दा पनि सोर्सफोर्सको आधारमा विभूषण पाउने प्रवृत्ति बढेपछि यसले बढुवामा समस्या ल्याएको छ । विभूषण पाउन नसक्दा कतिपय प्रहरी बढुवामा पछि पर्ने गरेका छन् । सोही कारण यससम्बन्धी प्रावधान संशोधन गर्नुपरेको गृह मन्त्रालयले जनाएको छ । नयाँ ऐनमा बढुवा सिफारिस समितिको अधिकार पनि कटौतीको प्रस्ताव गरिएको छ । हाल बढुवा सिफारिस समितिले ७।५ नम्बर तथा आइजिपीले ५ नम्बर दिन सक्ने अधिकार छ । स्वविवेकी आधारमा सो नम्बर दिइने भएकाले बढुवामा त्यही नम्बरबाट चलखेल हुने गरेको छ । यस्तो स्वविवेकी अधिकार कटौती गरे बढुवामा चलखेल कम हुने गृहको आकलन छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
१० हजार घूससहित पक्राउ
चिप्लेढुंगा । घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घूस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मंगलबार साँझ भण्डारीलाई १० हजार घूस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
आज – १६ आश्विन २०७६ बिहिवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामान हराउन सक्छ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला,साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
एसिड पीडित मुस्कानलाई अमिताभ बच्चनले पठाए भिडियो सन्देश
काठमाडौंः एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले शीघ्र स्वास्थ्यको कामना गर्दै भिडिओ सन्देश पठाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा पठाएको भिडियो सन्देशमा अमिताभले भनेका छन्, ‘मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन । तिम्रो देशको कानुनले अभियुक्तहरूलाई पक्राउ गरी सजाय दिनेछ।’ मुस्कान को लागि श्री अमिताभ बच्चन को सन्देश। pic.twitter.com/bgTnLb7MRc — Ujjwal Bikram Thapa (@UjjwalBikram) October 2, 2019 यसअघि बलिउड अभिनेता वरूण धवनले पनि मुस्कानलाई भिडिओ सन्देश पठाएका थिए भने गायक राजु लामा उनलाई भेट्न अस्पतालमै पुगेका थिए। भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो। मुस्कानलाई एसिड हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो।
एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ १० देशमा
काठमाडौंः एनसेलका ग्राहकले अब विभिन्न १० देशको भ्रमणमा रहँदा सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहीबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ । यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ करसहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् । यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् । यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक माथि उल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वा ती गन्तव्यहरुमा पुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरको हुनु पर्नेछ ।
‘नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्छ’
काठमाडौंः कानुन व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसद्को पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनीहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचन मात्रै अन्तिम विकल्प भएको बताए । नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले संसद्मा घटेको अनौठो घटनाप्रति आश्चर्य प्रकट गर्दै अब सभामुखको राजीनामापछि संविधान, कानून तथा संसदीय नियमावलीअनुसार नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्ने बताए । उनले पीडितले मौखिक सूचना दिइसकेकाले महरामाथि फौजदारी कार्यविधि संहिता आकर्षित हुने प्रस्ट पारे । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले पीडितको सूचनाका आधारमा महरामाथि अनुसन्धान शुरु गर्नुपर्ने र निर्दोष ठहरिए पुनः सांसद हुने नाताले नयाँ सभामुखको निर्वाचनमा उम्मेदवार बन्न पाउने बताए । उनले अनुसन्धानका क्रममा प्रमाण नपुगेको अवस्थामा प्रहरीले त्यो मुद्दालाई तामेलमा राख्नसक्ने अथवा महान्यायाधिवक्ताले मुद्दा चल्न नसक्ने भनी निर्णय गर्नसक्ने बताए । ज्ञवालीले पीडितले जाहेरी नदिए पनि अनुसन्धान प्रक्रिया नरोकिने बताउँदै बलात्कार भएको पुष्टि भए १५ वर्ष, सामान्य भए तीन वर्ष तथा कुटपिट गरेको ठहरिए एक वर्ष कैद सजाय हुने व्यवस्था रहेको जानकारी दिए । नेपाल बार एसोसिएशनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले महराका साथै पीडितको पक्षमा पनि अनुसन्धान गर्नुपर्ने बताए । पीडित महिलाले महराको चरित्र हत्या गर्ने मनसायले त्यस्तो अभिव्यक्ति दिएको हो भने ती महिलामाथि पनि अनुसन्धान गरी साइबर क्राइमको मुद्दा चलाउन सकिने उनको भनाइ थियो । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका महासचिव लक्ष्मी दाहालले अब सभामुखको नयाँ निर्वाचन हुनुपर्ने तथा महरा र पीडितको पक्षमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।
दशैं मनाउन राजधानीबाट १२ लाख यात्रु बाहिरिए
काठमाडौंः दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिए । उनका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ । अहिलेसम्म दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिनुभयो । प्रहरीले यही असोज पहिलो सातादेखि चाडबाड केन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो । सोही योजनाअनुसार राजधानीमा ३०० बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ । विभिन्न क्षेत्रमा मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताउनुभयो । राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ । नागढुङ्गा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको पौडेलले बताए । उनले चाडबाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेको निगरानी र कारवाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी दिए । अभियानका कारण महाशाखाले लामो दूरीका सवारीमा अनिवार्य दुई चालक नराखेका १५ र ‘ओभरलोड’ बोक्ने ४० सवारीलाई कारवाही गरिएको छ । यो बीचमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ८४८ सवारीलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।
५० बढी शहरमा फोरजी सेवा सञ्चालन
काठमाडौंः नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गरे । प्रधामन्त्री ओलीले समृद्धि नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न देश हरेक दिन एक कदम अघि वढेको वताए । प्रधानमन्त्री ओलीले खुला दिशामुक्त देशको घोषणा, विभिन्न आयोजनालाई अगाडी बढाउने र फोरजी सेवाको सुरुवात जस्ता धेरै महत्वपूर्ण कामहरु सरकारले गरेको वताए । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको नेपाल टेलिकमले जनाएको छ । फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य टेलिकमले लिएको छ । सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ । फोर जी उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो । टेलिकमका अनुसार फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिने र फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ ।
पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि महिलाको मृत्यु
बर्दियाः पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एक महिलाको मृत्यु भएको छ । जिल्लाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणमा परि बाँसगढी नगरपालिका–२ राँझाकी ४० वर्षीया गंगा सलामी मगरको बुधबार बेलुका मृत्यु भएको हो । ‘बाघले मृतकको हात र घाँटीमा हानेको गम्भीर घाउ देखिन्छ, उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने । एक साताअघि भगवती सामुदियक वनमा घाँस काट्न गएकी एक महिला लक्ष्मी मल्ललाई पनि पाटे बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उनको उपचार भइरहेको निकुञ्जले जनाएको छ । मंगलबार दिउँसो पाटे बाघले एउटा गोरु र ८ वटा बाख्रा समेत मारेको स्थानीयले जनाएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । निकुञ्ज भित्रबाट निस्किएर सामुदायिक वनमा समेत पाटे बाघले आक्रमण गरेपछि यस क्षेत्रका स्थानिवासी त्रसित बनेका छन् । ७ महिनाको अवधिमा बर्दियामा पाटे बाघको आक्रमणमा परि हालसम्म ५ जनाको ज्यान गएको छ ।
दुनियाँलाई हिंसा र त्रासबाट मुक्त राख्न जरुरी छः प्रधानमन्त्री ओली
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन् । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा नेपाल भारत मैत्री समाजले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गान्धीका कालजयी र मानवतायुक्त विचार, व्यवहार र योगदानका बारेमा लामो चर्चा गर्न सकिने भन्दै ती विचारहरु पुराना नहुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘गान्धीले सत्यका पक्षमा उभिन प्रेरित गर्नुभयो र आफू पनि उभिनुभयो । यो कहिले पनि पुरानो हुँदैन । त्यसबेलाको औपनिवेशिक भारतलाई कसरी स्वाधीन बनाउने भन्नेमा गान्धीको शान्तिपूर्ण विचार बलियो साबित भएको थियो ।’ प्रधानमन्त्री ओलीले भने, “विज्ञान र प्रविधिका कारण आम विनाशकारी हतियार र विस्फोटक पदार्थ उत्पादन र स्वार्थका लागि हतियारको प्रयोग गर्ने गलत बाटोलाई गान्धीपथले स्वीकार्दैन । दुनियाँलाई हिंसा र त्रासबाट मुक्त राख्न जरुरी छ ।” पारस्परिक विश्वास र शान्तिपूर्ण सहअस्तित्व, एकअर्काले निर्भयपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै उहाँले हिंसाका तयारी रहँदा शान्तिको दिशामा विश्व आश्वस्त हुन नसक्ने बताए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गान्धी बिसौँ शताब्दीका महान् र आत्मिक चिन्तनयुक्त व्यक्तित्व भएको बताउँदै गतिशील र परिवर्तनशील समाजमा पूर्ण मानव बन्नका लागि भौतिक विकाससँगै आत्मिक सुखलाई पनि सँगसँगै लानुपर्ने बताए । उनले समाज परिवर्तनका लागि अहिलेको विश्वव्यापीकरणका सन्दर्भमा आणविक हतियारबाट होइन शान्तिपूर्ण दबाब र सत्याग्रहको गान्धीपथ सामयिक हुने धारणा राखे । कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदार, नेपालका लागि भारतीय राजदूत मञ्जिब पुरीलगायत उपस्थिति थिए ।


