न्यूयोर्क सिटीको नयाँ मेयर : भारतीय मुलका जोहरान ममदानी
काठमाडौं । ३४ वर्षीय जोहरान ममदानी न्यूयोर्क सिटीको मेयरमा निर्वाचित भएका छन् । पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस सिल्वालाई पराजित गर्दै उनी सहरका पहिलो मुस्लिम, दक्षिण एशियाली मूलका तथा अफ्रिकामा जन्मेका पहिलो मेयर बनेका छन् । जनवरी १ मा पदभार ग्रहणपछि एक शताब्दीमा सबैभन्दा कान्छा मेयर पनि बन्नेछन् ।
ममदानी को हुन् ?
युगान्डामा जन्मेका भारतीय मुलका ममदानी पूर्व हिप–हप र्यापर थिए ; उनको गीत 'काण्डा' ले कम्पालाको युवा संघर्ष चित्रण गर्दै भाइरल भएको थियो । सन् २०१७ मा डेमोक्र्याटिक पार्टीबाट राजनीतिमा प्रवेश गरेका उनी २०२० मा न्यूयोर्क स्टेट असेंबली सदस्य बने र २०२२–२०२४ मा निर्विरोध जिते ।
उनले सस्तो आवासको अधिकार, निःशुल्क सार्वजनिक यातायात, ३० डलर प्रतिघण्टा न्यूनतम तलब जस्ता मुद्दा उठाए । २० विधेयक समर्थन गरेका मध्ये ३ कानून बने, जसमध्ये 'भाडा नियन्त्रण विधेयक' लोकप्रिय छ । चुनावमा धनीमाथि कर लगाई गरीबका लागि आवास योजना दिने वाचा गरे ।
चुनाव कसरी भयो ?
न्यूयोर्कमा र्याङ्क च्वाइस भोटिङ प्रणाली छ : मतदाताले उम्मेदवारलाई १–३ प्राथमिकतामा क्रमबद्ध गर्छन् । ५०% भन्दा बढी नपुगे कम मत पाउने बाहिरिन्छ र मत दोस्रो प्राथमिकतामा बाँडिन्छन् । प्रारम्भिक नतिजा १–२ दिनमा, अन्तिम एक हप्तामा आउँछ ।
राजनीतिक हलचल
ट्रम्पको दोस्रो कार्यकालको एक वर्ष पुग्दा यो चुनाव 'लिटमस टेस्ट' मानियो । कुमो (यौन उत्पीडन आरोपमा राजीनामा दिएका निर्दलीय) लाई ट्रम्पले समर्थन गरे, ममदानीलाई 'कम्युनिस्ट' भन्दै संघीय फन्ड रोक्ने चेतावनी दिए । डेमोक्र्याटहरूले यसलाई ट्रम्पविरुद्ध 'मिनी जनमत संग्रह' भनेका छन्, जबकि रिपब्लिकनहरूले नीतिगत विजय ठान्छन् ।
न्यूयोर्क (जीडीपी २.३ ट्रिलियन डलर) को मेयरले प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्य नियन्त्रण गर्छन् । यो जितले अमेरिकी राजनीतिमा ठूलो प्रभाव पार्नेछ ।
प्रचण्डको जनार्दनलाई अपिल: अझै विचार गर्नुस्, फर्कनुस्, अघि बढ्नुपर्छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट बिदा मागेका नेता जनार्दन शर्मालाई फर्कन अपिल गर्नुभएकाे छ छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा प्रचण्डले ‘अझै विचार गर्नुस्, फर्कनुस्, अघि बढ्नुपर्छ’ भन्दै आव्हान गर्नुभएकाे हाे । नेता अग्निप्रसाद सापकोटाका अनुसार प्रचण्डले देशभक्तहरूलाई एकताबद्ध हुन र नेतृत्वको बलियो टिम निर्माण गर्नुपर्ने बताउनु भएकाे छ । बैठकपछि सापकोटाले राष्ट्रिय मुक्ति आन्दोलनका लागि शक्तिशाली आधार तयार भएको टिप्पणी गर्नुभयाे ।
माओवादी केन्द्रबाट पार्टी एकताको एजेन्डा पारित भएकाे संयाेजक प्रचण्डकाे घाेषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठकले बाट पार्टी एकताको एजेन्डा पारित भएकाे घाेषणा गरिएकाे छ । आगामी राजनीतिक दिशा र संगठन सुदृढीकरणका विषयमा केन्द्रीत उक्त बैठकमा पार्टीभित्रको एकता र सम्भावित वाम एकीकरणबारे पेस भएकाे प्रस्ताव माओवादी केन्द्रका संयाेजक पुष्पकलम दाहाल प्रचण्डले बहुमतले पारित भएकाे घाेषणा गर्नु भएकाे हाे । बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । पार्टी एकताकाे एजेन्ड पारितभएसँगै बैठक सम्पन्न भएकाे छ ।
माओवादी केन्द्रकाे बैठकबाट पार्टी एकताको एजेन्डा पेस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताको एजेन्डा पेस भएकाे छ । आगामी राजनीतिक दिशा र संगठन सुदृढीकरणका विषयमा केन्द्रीत उक्त बैठकमा पार्टीभित्रको एकता र सम्भावित वाम एकीकरणबारे पनि गम्भीर छलफल जारी छ । बैठकमा समितिका संयोजकको तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उनले पार्टीभित्रको विचार, संगठन र नेतृत्व तहबीचको समन्वयलाई अझ सुदृढ गर्दै व्यापक एकता अभियान अघि बढाउनुपर्ने धारणा राखेका थिए । श्रेष्ठले पार्टी एकता अबको ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्दै क्रान्तिकारी आन्दोलनलाई एकीकृत र सशक्त रूपले अघि बढाउन सबै तहका नेताहरू र कार्यकर्ताहरूलाई आह्वान गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै एकताको दिशा र तयारीका कार्यहरू अघि बढाउने निर्णय गरेको छ । बैठकमा समितिका सदस्यहरू, केन्द्रीय नेता तथा विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
पार्टी एकतालाई अनुमाेदन गर्न माओवादी केन्द्रकाे राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु
काठमाडौं । पार्टी एकतालाई अनुमाेदन गर्न नेकपा माओवादी केन्द्रकाे राष्ट्रिय महाधिवेशन आयोजक समितिको सुरु भएकाे छ । कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएकाे हाे । बैठक नेकपा (एकीकृत समाजवादी) सहित नौ दलबीच भएको एकता सहमतिको अनुमोदनका लागि बोलाइएको हाे । पार्टीका अनुसार पछिल्लो सचिवालय बैठकका निर्णयहरू र नौ दलीय सहमतिको अनुमोदनपछि बैठक समापन हुनेछ । नाैदलबीच भाेली एकताकाे घाेषणा हुनेछ । यसैबीच, पार्टी एकताको औपचारिक घोषणा कात्तिक भाेलि १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी छ । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत आठ दलबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
भदौ २४ को आगजनी घटनामा सर्वोच्च र काठमाडौं जिल्ला अदालतको जाहेरी
काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले गत भदौ २४ गते भएको आगजनी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । अदालतहरूले दिएको जाहेरीमा कसैको नाम किटान गरिएको छैन । जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । जिल्ला अदालत काठमाडौंले भवन तथा अन्य सामग्रीमा भएको क्षति करिब ६२ करोड रुपैयाँको रूपमा अनुमान गरी जाहेरी दर्ता गरेको जनाएको छ । उक्त घटनामा सातवटा उच्च अदालतमा आगजनी र तोडफोड भएको थियो । सर्वोच्च अदालतको पत्राचारअनुसार ती अदालतहरूले पनि क्षतिको विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेका छन् ।
दोलखामा हिमपहिरोमा परी तीन जनाको मृत्यु, आठ जना बेपत्ता
दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ यलुङ बेसक्याम्प क्षेत्रमा परेको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । हिमपहिरोमा परेर घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित करिब ५० जनाको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनका अनुसार प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न नसकेको छ । घाइतेमध्ये क्यानेडियन नागरिक मार्को दी मार्सेलो, इटालियन नागरिक पाउलो कोको र फ्रान्सेली नागरिक कारोले फुच्स रहेको जनाइएको छ । उद्धार कार्यमा जनप्रतिनिधि र स्थानीयवासीको समेत सहयोग रहेको गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले बताए ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, पार्टी एकता सहमति अनुमोदन गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने भएको छ । नेकपा एकीकृत समाजवादी सहितका ९ दलहरूबीच भएको एकता सहमतिको अनुमोदनका लागि बैठक बोलाइएको हो । पछिल्लो सचिवालय बैठकका निर्णयहरू र ९ दलीय सहमतिको अनुमोदनपछि बैठक समापन हुने पार्टीले जनाएको छ । "९ दलीय एकता सहमति र सचिवालयका निर्णयहरू अनुमोदनका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय दिइएको छैन," माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए । यसैगरी, पार्टी एकताको घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको उनले बताए । आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका ८ दलहरूबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो । माओवादीबाट बाहिरिएको गोपाल किरातीको समूह पनि माओवादी केन्द्रमा समाहित भइसकेको छ ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताका बाँकी प्रक्रियाका बारेमा छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा सोमबार दिउँसो भएको सो छलफलमा पार्टीको नामबारे छलफल भएको छ। ‘पार्टीको नामको विषयमा छलफल भएको हो । विभिन्न नामहरू छलफलमा छन् । भोलि बिहानसम्म टुङ्गो लाग्छ होला,’ स्रोतले भन्यो । हिजो आठ दलबीच भएको सहमतिमा पार्टीको नाम खाली राखिएको थियो । छलफलमा नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टीलगायतका नाममाथि छलफल भइरहेको नेताहरूले बताएका छन् ।
जनार्दनले १ वर्षअघि नै राखेका थिए नाम र चिन्ह फेर्न प्रस्ताव
काठमाडौं — नेकपा (माओवादी केन्द्र)ले बिभिन्न समूहसँग एकता गर्दै पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्ने निर्णय गरेको छ। तर विडम्बना के छ भने, एक वर्षअघि यही प्रस्ताव राख्ने पार्टी नेता जनार्दन शर्माका समर्थकहरू भने अहिले त्यसैको विरोधमा उत्रिएका छन्। गत वर्ष साउन २६, २०८१ मा बसेको स्थायी समिति बैठकमा जनार्दन शर्मा ‘प्रभाकर’ले “पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार” शीर्षकमा १४ पृष्ठको लिखित प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावको ११ पेजमा पार्टी निर्माणका आधार उपशीर्षक अन्तर्गत पाँचौँ बुँदामा उनले स्पष्ट लेखेका थिए — “वर्तमान परिवेश र काम अनुसार तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्न । साथै आम जनताले सहज रूपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने।” नेता शर्माले प्रस्तावका पक्षमा निरन्तर पैरवी गर्दै आएका थिए। पार्टीभित्र चरम अल्पमतमा रहेका शर्मा निकट समूहले पार्टीको नाम र।चुनाव चिन्ह फेर्ने विषयलाई पार्टीको इतिहाससँग जोडेर संवेदनामाथि राजनीति गर्न खोजेको देखसन्छ। हालैको सचिवालय बैठकमा शर्माले “आदर्शविहीन एकता” पार्टीका लागि विनाशकारी हुन सक्ने चेतावनी समेत दिए। उनले विचार, सिद्धान्त र संगठनात्मक तयारीबिनाको हतारो एकता जनताको भ्रम र पार्टीको चरित्रमा असर पार्ने दाबी गरेका छन्। रोचक कुरा त के छ भने शर्मा कुनै बेला नेकपा गठनका लागि एमालेसँग एकता प्रक्रियामा हस्ताक्षरकर्ता नै थिए। संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एकता र नाम परिवर्तनलाई “समयको माग” बताएका छन्। उनका अनुसार, “विभिन्न वामशक्ति एउटै छातामुनि आउनु नै क्रान्तिकारी पुनर्गठनको सुरुवात हो।” पार्टीको उद्देश्य समाजवादी क्रान्तिका हुनु नै विचार र सिद्धान्तको रक्षा र संश्लेषण भएको एकता पक्षधरहरूको तर्क छ ।
गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादीमा समाहित
काठमाडौं – हालको राजनीतिक अस्थिरताबीच देशलाई सही दिशातर्फ लैजाने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच तीन बुँदे सहमति भएको छ। यो सहमतिसँगै गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ। सोमबार सार्वजनिक सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्य–व्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासन अन्त्य गर्न एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ। सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका छन्। सहमतिपछि जारी संयुक्त अपिलमा देशभक्त, मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित, जातीय तथा क्षेत्रीय समुदाय र पहिचानसहितका जनसमुदायबीच समाजवादी ध्रुवीकरण बढाउँदै राष्ट्रिय स्वाधीनता, अखण्डता र संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनमा जुट्न आह्वान गरिएको छ। यसले नेपाली वाम आन्दोलनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू पुनः उही घेरामा फर्किँदै गएका छन्: हरिबोल गजुरेल
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले पार्टीको पटक–पटक हुने विभाजनलाई व्यक्तिगत महत्वाकाङ्क्षा र नेतृत्वसँगको असमझदारीको परिणाम ठहराउँदै यसलाई राजनीतिक अपरिपक्वताको चरम प्रदर्शन भनेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा उनले यस्ता विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न नसकेको उल्लेख गर्दै प्रचण्डप्रति दोषारोपण गर्नेहरूलाई 'पुरानो घेरामा फर्किने' प्रवृत्ति भएको भन्दै आलोचना गरेका छन्। गजुरेलले आफ्नो स्टाटसमा लेखेका छन्, "माओवादी पार्टी पटक–पटक विभाजनको सिकार बन्यो। तर ती विभाजनहरू विचारगत कारणले होइन—व्यक्तिगत महत्वाकाङ्क्षा, असन्तुष्टि र नेतृत्वसँगको असमझदारीका परिणाम हुन्। यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन्। प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका छन्।" उनले यो अवस्थालाई 'विडम्बना' मात्र नभई राजनीतिक अपरिपक्वताको प्रमाण ठानेका छन्। गजुरेलका अनुसार, पार्टीको इतिहासमा यस्ता घटनाहरूले संगठनात्मक कमजोरी निम्त्याएका छन्, जसले वाम आन्दोलनको समग्र शक्तिलाई प्रभावित पारेको छ। गजुरेलले आफ्नो भनाइमा नेपाली वाम आन्दोलनको ऐतिहासिक सन्दर्भ पनि जोडेका छन्। उनले २०४६ सालको जनआन्दोलनपछिको वाम ध्रुवीकरण र चार पार्टीहरू—मशाल, चौ.म, सर्वहारा श्रमिक संगठन र विद्रोही मसाल—बीचको एकताले जनयुद्धको वैचारिक तथा संगठनात्मक आधार तयार पारेको स्मरण गराए। यसले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गराएको उल्लेख गर्दै उनले अब २०८२ सालको 'जेन–जी आन्दोलन' (Gen-Z आन्दोलन) पछिको नयाँ ध्रुवीकरण र आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्ने विश्वास व्यक्त गरे। "इतिहास फेरि दोहोरिँदैछ—तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगीन यात्राको हो," गजुरेलले लेखेका छन्। गजुरेलले आफ्नो स्टाटसको अन्त्यमा पार्टीको रूपान्तरण र समाजवादी भविष्यतर्फको यात्रालाई एकमात्र सम्भावित बाटो ठहराएका छन्। "अहिलेलाई, यही नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको एकमात्र सम्भावित बाटो देखिन्छ," उनको भनाइ छ।
निर्वाचनको वातावरण निर्माणमा सातै प्रदेशका मुख्यमन्त्री तयार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार बालुवाटारमा सम्पन्न सातै प्रदेशका मुख्यमन्त्रीसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । बैठकमा सहभागी मुख्यमन्त्रीहरूले आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा संघीय सरकारसँग पूर्ण सहकार्य गर्न तयार रहेको जनाएका छन् । प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा मुख्यमन्त्रीहरूले सराहना व्यक्त गर्दै ती पहलले निर्वाचन प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्रीहरूको भनाइमा निर्वाचनको मुख्य चुनौती शान्ति–सुरक्षासँग सम्बन्धित रहेकोले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य, समन्वय र सहअस्तित्वका साथ अघि बढे तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सकिनेछ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “म एमालेको प्रतिनिधित्व गर्छु । हामी चुनावका विरोधी होइनौँ । तर, चुनावको वातावरण बनाउन संघ सरकारले पहल गरोस् र त्यसमा हाम्रो भूमिकालाई पनि नबिर्सोस्। अबको निकास चुनाव नै हो ।” मुख्यमन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू पुनःनिर्माणका लागि संघ सरकारले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव पनि दिएका छन् । त्यस्तै, खर्च कटौतीका लागि संघीय सरकारले जारी गरेको परिपत्रले प्रदेश सरकारको अधिकारक्षेत्रमा हस्तक्षेप गर्ने प्रयास गरेको हो कि भन्ने आशंका समेत मुख्यमन्त्रीहरूले प्रकट गरेका छन् । संघ सरकारले हालै सार्वजनिक परिपत्रमार्फत कानुनले तोकेभन्दा बढी सहयोगी वा सल्लाहकार ननियुक्त गर्न, १० लाख रुपैयाँभन्दा माथिका योजना प्रतिस्पर्धामार्फत ठेक्कामा दिनुपर्ने लगायतका निर्देशन जारी गरेको थियो । मुख्यमन्त्रीहरूले उक्त परिपत्रले न्यायिक र प्रशासनिक सुधारका पक्षमा चासो नदेखाई प्रदेशका राजनीतिक पदाधिकारीहरूको सुविधामात्र सीमित गरेको आरोप लगाएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत प्याकेज घोषणा गर्न संघ सरकारसँग माग गरे । उनले डेडिकेटेड फिडरको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली लाइन काट्ने निर्णयले उद्योग, मजदुर र राजस्वमा नकारात्मक असर पार्ने भन्दै त्यसबारे पुनर्विचार गर्न आग्रह पनि गरे । प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरू नै वर्तमान व्यवस्थाका वाहक भएकाले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गरी जननिर्वाचित दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताइन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबीच १८ बुँदे 'पार्टी एकता सहमति'
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका ८ वटा राजनीतिक दलहरूबीच पार्टी एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। यस एकताले वामपन्थी शक्तिहरूको पुनर्संरचनालाई गति दिने अपेक्षा गरिएको छ। आइतबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी दलहरूबीच उक्त सहमति भएको हो। सहमतिअनुसार, १९ गते औपचारिक एकता घोषणा गरिने बताइएको छ। सहमतिमा सामेल दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का साथै अन्य साना वामपन्थी दलहरू रहेका छन्। यसले पार्टीको नाम, नेतृत्व संरचना, नीति तथा कार्यक्रमहरूमा एकरूपता कायम गर्ने लक्ष्य राखेको छ। एकतापछि नयाँ पार्टीको रूपमा गठन हुने संस्थाले संसदीय र स्थानीय तहमा साझा रणनीति अपनाउने जनाइएको छ। यो एकता प्रक्रिया विगतका विभाजनहरूको पृष्ठभूमिमा महत्वपूर्ण मानिन्छ, जसले वाम गठबन्धनलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
माओवादी केन्द्रको सचिवालय बैठक सकियो, आगामी १९ गते विभिन्न वामपंथी दलबीचहरुबीच एकता गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालयको बैठकले आगामी कात्तिक १९ गते विभिन्न बामपंथी दलहरुबीच पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार आज पार्टी कार्यालय पेरिडाँडामा बसेको केन्द्रीय सचिवालय बैठकले आगामी कार्तिक १८ गते केन्द्रीय समितिको बैठक बोलाएको र त्यही बैठकबाट पार्टीको एकताको निर्णय गर्दै कात्तिक १९ गते झण्डै आधा दर्जनबढी कम्युनिस्ट पार्टीबीच एकता गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । यसअघि हिजो बसेको बैठकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीसँगकाे एकताबारे ब्रिफिङ गर्नुभएको थियो । वामपन्थीबीचको एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएकाले एकता प्रक्रिया छिटो टुंग्याउने गरी तयारी थालिएको थियो ।
माओवादी सचिवालय बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिए । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)सँगको पार्टी एकताबारे ब्रिफिङ गरेका थिए । प्रचण्डले वामपन्थीबीचको एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएकाले एकता प्रक्रिया नरोकिने स्पष्ट पारेका थिए । महाधिवेशन आयोजक समितिको बैठक कात्तिक १७ गते पुनः बस्ने र १८ गते पार्टी एकता घोषणा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । यस विषयमा आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।

