जनयुद्धको बेलाको प्रभाकर खोजिरहेको छु  : नन्दकिशोर पुन 'पासाङ'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दकिशोर पुन 'पासाङ'ले जनयुद्धकालीन जनार्दन शर्मा 'प्रभाकर' नभेटिएको टिप्पणी गरेका छन् । पार्टीको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै पासाङले जनयुद्धकालीन प्रभाकरको खोजी गरेका हुन् । 

पार्टीभित्र फरक देखिने नाममा भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै उनले भने, 'जनयुद्धको बेलाको प्रभाकर खोजिरहेको छु । अहिले जनयुद्धको प्रभाकर देख्न छाडेको छु । त्यो बेला पार्टीविरुद्ध लाग्नेकाविरुद्ध जाइ लाग्नु हुन्थ्यो । अहिले फरक हुँदै जानु भएको छ ।' 

पार्टी बैठकमा पासाङले जनार्दनको टिप्पणीलाई खारेज गरे । उनले भने,  'तपाइँले अध्यक्षसहित अरु साथीले भनेका कुरा खारेज गरेँ भन्नु भयो । म तपाइँको यो कुरा खारेज गर्छु । पार्टीभित्र अतिवादी प्रवृत्तिले समस्या पारेको छ ।' 
 

प्रचण्डको चेतावनी: "संघर्ष अधुरो छ, फेरि शान्तिपूर्ण विद्रोह अपरिहार्य छ"

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा क्रान्तिको अध्याय अझै पूर्ण रूपमा सम्पन्न नभएको कुरा व्यक्त गर्नुभएको छ। उहाँले क्रान्तिका बाँकी कार्यभारहरू सम्पन्न गर्न नयाँ ढङ्गले शान्तिपूर्ण विद्रोहको आवश्यकता रहेको बताउनुभयो। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्नुहुँदै  प्रचण्डले मुलुकमा क्रान्तिको अध्याय अझै पूर्ण रूपमा सम्पन्न नभएको कुरा व्यक्त गर्नुभएको छ। उहाँले क्रान्तिका बाँकी कार्यभारहरू सम्पन्न गर्न नयाँ ढङ्गले शान्तिपूर्ण विद्रोहको आवश्यकता रहेको बताउनुभयो। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले विगतका सङ्घर्षहरू अपूर्ण रहेको र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रविरुद्ध नयाँ सङ्घर्षको तयारी गर्नुपर्ने कुरामा जोड दिनुभयो। एक पटक अझै क्रान्ति गर्नुपर्ने अवस्था आएको प्रचण्डले बताउनु भयो । उहाँले  भन्नुभयो, 'मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जिवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।' उहाँले जनयुद्धदेखि संविधान निर्माणसम्मको यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको भए पनि परिवर्तनका सम्पूर्ण लक्ष्यहरू प्राप्त नभएको कुरा उल्लेख गर्नुभयो। “म अझै जीवित छु, किनभने पुनः विद्रोहको आवश्यकता छ,” भन्नुहुँदै उहाँले वर्तमान परिस्थितिमा क्रान्तिकारी भावनालाई पुनर्जागृत गर्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो। उहाँले शान्ति प्रक्रियाका बाँकी कार्यहरू अपूर्ण रहेको र त्यसमा बाधा पुर्‍याउने तत्वहरू सक्रिय रहेको टिप्पणी गर्नुभयो। “हामी एकताबद्ध नभए प्रतिक्रियावादी शक्तिहरू बलिया हुनेछन्,” भन्दै उहाँले सजग रहनुपर्ने सन्देश दिनुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने मागलाई पुनः दोहोर्‍याउनुभयो। उहाँका अनुसार जनयुद्ध कुनै अदालती बहस नभई जनताको गौरवमय इतिहास हो, जसलाई आत्मसात गर्नु अनिवार्य छ।

के के भयो त आजको स्थायी समिति बैठकमा ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का जारी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति तथा संगठनात्मक विषयमा गर्नुभएको ब्र्रिफिंगमाथि सबैजसो सदस्यहरुले दृढ समर्थन जनाएका छन् ।    हिजो साउन १६ बाट सुरु भएको स्थायी समिति बैठकको दोश्रो दिन सबै सदस्यहरुलाई बोल्ने कार्यसूचि तय गरिएको थियो । आज बोल्ने सबै सदस्यहरुले पार्टीमा कुनै विवाद या असहमति भए त्यसलाई पार्टी समितिभित्रै छलफल गरिनुपर्नेमा जोड दिएका थिए ।  माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले केही समयमा सार्वजनिकरुपमा नै पार्टी अध्यक्ष प्रचण्डलक्षित आलोचना गरेको विषयमा आज बोल्ने सबै सदस्यहरुले शर्माको आलोचना गरेका थिए । विधि र पद्धतीको कुरा गर्नेले आफूले विधि मान्नुपर्दैन भन्ने प्रश्न गर्दै सबैजसो सहभागीले अहिलेको परिस्थितिमा अध्यक्ष प्रचण्डको विकल्पबारे सोच्न नसकिने जिकिर गरे ।    प्रचण्ड नभएको भए माओवादी आन्दोलन यहाँसम्म विकास हुन नसक्ने र उपलब्धिहरु हासिल हुन नसक्ने भन्दै सदस्यहरुले प्रचण्डको तुलना बाबुराम या अरु कसैसँग गर्नु गलत भएको टिप्पणी गरेका थिए । यसैगरी सम्बन्धित पार्टी समितिबाहिर गएर सार्वजनिकरुपमा पार्टी र नेतृत्वबारे आलोचना गर्दै हिँडनु अराजकता भएको ठहर गर्दै सहभागीहरुले नेतृत्वको रक्षार्थ गोलबद्ध हुनुपर्ने धारणा राखे । वैचारिक, सांस्कृतिक, सांगठनिक, सांस्कृतिकरुपमा केन्द्रीकरणका लागि अध्यक्ष प्रचण्डको नेतृत्व अपरिहार्य रहेको धारणा स्थायी समिति सदस्यहरुले व्यक्त गरे ।    अघिल्लो स्थायी समिति बैठकमा जनार्दन शर्माका पक्षमा अभिव्यक्ति दिने स्थायी समिति सदस्यहरुले समेत शर्माका गतिविधिहरु पार्टीलाई नै कमजोर पार्ने भएको टिप्पणी गर्दै आलोचना गरेका थिए ।    अहिले पार्टीका अगाडि बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु जोगाउने र कुशासनविरुद्ध संघर्ष गर्ने प्रमुख कार्यभार रहेकोमा जोड दिँदै स्थायी समिति सदस्यहरुले पार्टीभित्रको विवाद सिर्जना गर्दा प्रतिक्रियावादी र प्रतिगामी तत्वहरुलाई नै फाइदा पुग्ने बताए । पार्टीमा विवाद देखिँदा प्रधान कार्यभार नै ओझेलमा पर्ने, विरोधी शक्तिहरुलाई माओवादीलाई विभाजनतर्फ लैजाने षडयन्त्र गर्न सक्ने कुरामा सचेत हुनुपर्ने बताउँदै उनीहरुले जनतासँगको सम्बन्ध सुदृढ हुँदै गएको बेला नेता शर्माका गतिविधिहरुले पार्टीलाई नोक्सानी पुगेको बताए ।  व्यक्तिगत मतलाई विचार या पद्धतीसँग जोडेर प्रचार गरिनु गलत भएको भन्दै उनीहरुले सबै स्वार्थ समूह विघटन हुनुपर्ने अध्यक्ष प्रचण्डको विचारमा समर्थन जनाएका थिए । पार्टीमा व्यक्तिका आधारमा गुटबन्दी भएकोमा उनीहरुको आपत्ती थियो ।    आज १८ जना स्थायी समिति सदस्य, अनुशासन आयोगका संयोजक टंक राई र ५ जना पदाधिकारीहरुले धारणा राखेका थिए । आज धारणा राख्नुहुने पदाधिकारीहरुमा गंगानारायण श्रेष्ठ, मातृका यादव, देवेन्द्र पौडेल, राम कार्की र वर्षमान पुन अनन्त रहेका छन् ।    स्थायी समितिको बैठक भोली ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा जारी हुने माओवादी केन्द्रले जनाएको छ ।    यसअघि हिजो बैठकको शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा स्वार्थ समूह विघटन गरिनुपर्ने, जनवादी केन्द्रीयताको नीति कडाईका साथ पालना गर्नुपर्ने, असहमतिहरुलाई पार्टीभित्रै छलफल गरिनुपर्ने कुरामा जोड दिँदै पार्टीलाई एकतावद्ध बनाउन अपील गरेका थिए । 

'जिम्मेवारीबाट भाग्ने व्यक्ति नेता हुन सक्दैन' : वर्षमान पुन 'अनन्त'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन 'अनन्त'ले पार्टीभित्रका असमझदारी र मतभेदले संगठन विभाजन नहुने बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको आन्तरिक विवाद भनेर सञ्चारमाध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेको उनको दाबी छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले भने, “पार्टीभित्र सामान्य मतभेद स्वाभाविक हो। हामी यस्ता विषयलाई व्यवस्थापन गर्दै अघि बढ्छौँ।  प्रचण्डकै नेतृत्वमा हामी एकताबद्ध भएर अघि बढ्नेछौँ।” पुनले नेताहरूबीच रिसराग र असमझदारी भए पनि पार्टी छाडेर भाग्न नमिल्ने बताए। “जति रिस उठे पनि आन्दोलनको इतिहास, त्याग, र बलिदानको जिम्मेवारी लिनुपर्छ। जिम्मेवारीबाट भाग्ने व्यक्ति नेता हुन सक्दैन,” उनले भने। किसान विद्रोहका नेता भीमदत्त पन्तको ३२औँ स्मृति दिवसको अवसरमा माओवादी सम्बद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। उनले सत्तारुढ दल र माओवादीविरोधीहरूले पार्टीलाई फुटाउने प्रयास गर्न सक्ने भन्दै नेता–कार्यकर्तालाई सचेत रहन आग्रह गरे। साथै, अध्यक्ष प्रचण्डलगायत नेताहरूको कमजोरीमाथि आलोचना गर्न सकिने तर सम्बन्ध मैत्रीपूर्ण र सौहार्दपूर्ण हुनुपर्नेमा जोड दिए। पुनले नेकपा एकीकृत समाजवादी, नेकपालगायत विचार मिल्ने दलहरूसँग पार्टी एकताको सम्भावनाबारे छलफल भइरहेको जानकारी दिए।   “केही व्यक्ति एकताको प्रक्रियामा अवरोध र भ्रम फैलाउन खोज्छन्, तर हामी संयमित ढंगले छलफललाई निष्कर्षमा पुर्‍याउनेछौँ,” पुनले थपे।

माओवादी बैठकमा बाबुरामको आलोचना : प्रचण्ड नभएको भए हामी कहाँ हुन्थ्यौँ ?

काठमाडौं । नेपाल कम्युनिष्ट  पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा माओवादी छाडेर बसेका डा. बाबुराम भट्टराईको अर्को आलोचना भएको छ । माओवादी पार्टी र अन्य पार्टी एउटै खालका भन्ने अभिव्यक्ति दिएका भट्टराईको चर्को आलोचना भएको हो ।  स्थायी समिति सदस्य डा. विजयप्रकाश सैँजुले बाबुराम भट्टराईले केपी ओली र प्रचण्ड उस्तै भनेको कुरा स्मरण गर्दै बहसमा आउन चुनौती दिए । उनले बैठकमा भने, 'प्रचण्ड नभएको भए तपाइँ र हामी कहाँ हुन्थ्यौँ ? हामी यहाँ आउने अवस्था नै थिएन । अन्य पार्टी र माओवादी पार्टीको नेतृत्व कमरेड प्रचण्डबीच आकाश पातालको फरक छ । म डा. भट्टराईसँग बहस गर्न तयार छु ।'  डा. सैंजुले पार्टीभित्र संगठनात्मक पद्दतीविरुद्ध बोल्ने काम भएको भन्दै उपहासचिव जनार्दन शर्माको आलोचना गरे । त्यस्तै बैठकमा धारणा राख्दै स्थायी समिति सदस्य पूर्णकुमारी सुवेदीले पार्टीभित्र देखिएको सांगठनिक अराजकता नियन्त्रणको माग गरिन् । उनले भनिन्, 'बाहिर अभिव्यक्ति दिँदा विधि मिच्नु भएन । विधि मिच्नेले नै विधिको कुरा गर्ने ? यो सांगठनिक अराजकता हो । अहिले नेतृत्वको रक्षा गदै गोलबद्ध हुनुपर्छ ।'  बैठकमा आफ्ना  धारणा राख्दै स्थायी समिति सदस्यहरु टंक राई र प्रह्लाद बुढाथोकीले अध्यक्ष प्रचण्डले पार्टी बैठकमा राखेको प्रस्तावको समर्थन गरेका छन् । उनीहरुले पनि विधि पद्दतीअनुसार नै सबैजना चल्नुपर्नेमा जोड दिएका छन् ।  अर्का स्थायी समिति सदस्य खगराज भट्टले वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक केन्द्रीकरणका लागि अध्यक्ष प्रचण्डको नेतृत्व् अपरिहार्य भएको बताए । उनले भने, 'पार्टीभित्र विधि सबैले मान्नुपर्छ । अध्यक्षको प्रस्तावलाई एकमतले पारित गरेर जनतामा जानुको विकल्प छैन ।'  जारी बैठकमा अर्का स्थायी समिति सदस्य कालीबहादुर मल्लले अध्यक्षको प्रस्तावलाई समर्थन गर्दै मध्यपहाडी राजमार्ग केन्द्रित अभियानले जनतामा उत्साह ल्याएको बताएका छन् ।    बैठकमा अन्य सदस्यले धारणा राख्ने क्रम जारी छ । 

माओवादी स्थायी समिति बैठक : जनार्दनलाई आत्मालोचना गर्न सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर'को आलोचना भएको छ । पटक पटक अवसर पाउँदा पनि अवसरकै लागि नेतृत्वविरुद्ध विभिन्न टिकाटिप्पणी गरेको भन्दै आजको बैठकमा बोल्ने सबैले उनले आत्मालोचना गर्नुपर्ने धारणा राखेको एक स्थायी समिति सदस्यले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  बैठकको सुरुवातमा बोल्दै गणेशमान पुनले पटक पटक अवसर पाउँदा पनि पार्टी तथा नेतृत्वविरुद्ध लागेकाले शर्माले आत्मालोचना गर्नुपर्नेमा जोड दिए । संगठनमा समस्या भएमा विधि र पद्दतीअनुसार चल्नुपर्नेमा जोड दिँदै उनले विधि र पद्दतीको कुरा गरेर विधि, पद्दतीकै उल्लंघन गर्ने छुट कसैलाई नभएकोमा जोड दिए ।  पुनले जनवादी केन्द्रीयता मान्नुपर्नेमा जोड दिए । उनले भने, 'निरन्तर अवसर प्राप्त गर्दा यी विषय आएनन्, आज पार्टी अगाडि बढ्न खोज्दा फेरि किन यस्ता समस्या ? बैठकले निर्णय गरेर अगाडि जानुपर्छ ।' त्यस्तै अर्का सदस्य सत्य पहाडीले पनि विधि र पद्दतीको उल्लंघन गरेर पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिने उपमहासचिवले आत्मालोचना गर्नुपर्नेमा जोड दिइन् । उनले बैठकमा भनिन्, 'असहमति हुनु स्वभाविक हो तर विधि र पद्धतिका कुरा गर्नेले छलफलको विधि स्वीकार गर्नु पर्दैन ? जनवादी केन्द्रीयता मान्नु पर्दैन ?' स्थायी समिति सदस्य कुलप्रसाद केसी र कमला रोकाले पनि उपमहासचिव प्रभाकरले आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले सरकारले गरेका भ्रष्टाचारविरुद्ध बोल्नुपर्नेमा पार्टी नेतृत्वविरुद्ध अनावश्यक र तथ्यहीन आलोचना  गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।  त्यस्तै अर्का स्थायी समिति सदस्य जोखबहादुर महराले जर्नादन शर्माप्रति विभिन्न प्रश्न गरेका छन् । उनले बैठकमा भने, 'पार्टीको अहिलेको कार्यभार आन्तरिक विवाद सिर्जना गर्ने हो कि उपलब्धिको रक्षा गर्दै भ्रष्ट सरकारविरूद्ध संघर्ष गर्ने हो रु  आत्मआलोचना गर्नुपर्छ, अराजकता स्वीकार्य छैन । संगठनका समस्या होलान तर विधि र,पद्धती अनुरूप त्यसको हल खोजिनुपर्छ ।'  अहिले अन्य स्थायी समिति सदस्यहरुले बोल्ने क्रम जारी छ । 

माओवादी स्थायी समिति बैठक : स्थायी समिति सदस्यले बोल्न सुरु हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी समिति बैठकमा राखेका प्रस्तावमा छलफल हुने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष प्रचण्डले शुक्रबारको बैठकमा राखेको प्रस्तावमा केन्द्रित भएर बोल्न सुरु हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।  पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा स्थायी समिति सदस्यहरुले अध्यक्षको प्रस्तावमा बढीमा १५ मिनटसम्म बोल्नेगरी समय निर्धारण गरिएको छ । शुक्रबार सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा पार्टीको स्थायी समिति बैठकमा धारणा प्रस्तुत गर्नु भएको थियो।   माओवादी स्थायी समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्रको असन्तुष्टिलाई सार्वजनिक रूपमा लैजाने पछिल्ला गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।  अध्यक्ष प्रचण्डले पार्टीको विषय बाहिर लैजाने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिँदै भन्नुभयो,  “ जिम्मेवार कमरेडबाटै पछिल्लो समय लगातार बाहिरी अभिव्यक्तिहरू आएका छन्। यस्ता गतिविधिले पार्टीको हित गर्दैन। आन्तरिक कुरा बाहिर लैजान बन्द गर्नुपर्छ। हामी सबै सचेत हुनुपर्छ र आफ्ना कमी–कमजोरीलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्छ।” अध्यक्ष प्रचण्डले बैठकमा पार्टीभित्र कम्युनिस्ट आचरणमा विचलन र बुर्जुवाकरणको प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै विचार समूहभन्दा स्वार्थ समूह हाबी भएको भन्दै यस्ता समूह विघटन गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ । प्रचण्डले पार्टीभित्रको स्वार्थ समूहलाई नियन्त्रण गर्दै कम्युनिस्ट सिद्धान्तमा आधारित एकताबद्ध संगठन निर्माणमा जोड दिनु भएको एक स्थायी समिति सदस्यले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  प्रचण्डले स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानलाई भदौ १५ गते पुनः सुरु गर्ने प्रस्ताव गर्नुभयो । अध्यक्ष प्रचण्डले अभियान भदौ मसान्तसम्म सम्पन्न गर्नेगरी गरेको प्रस्ताव पारित भएको छ । अभियान अब भदौँ मसान्तभित्र सम्पन्न भइसक्नेछ । 

माओवादी स्थायी समिति बैठक : अध्यक्ष प्रचण्डबाट समसामयिक विषयमा धारणा प्रस्तुत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक विषयमा पार्टीको स्थायी समिति बैठकमा धारणा प्रस्तुत गर्नु भएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समसामयिक विषयमा झण्डै एक घन्टाभन्दा धेरै समय लिएर समग्र विषयमा धारणा प्रस्तुत गर्नु भएको छ ।  माओवादी स्थायी समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्रको आन्तरिक अन्तरविरोधलाई सार्वजनिक रूपमा लैजाने पछिल्ला गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।  अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक विवादलाई बाहिर लैजाने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिँदै भन्नुभयो,  “ जिम्मेवार कमरेडबाटै पछिल्लो समय लगातार बाहिरी अभिव्यक्तिहरू आएका छन्। यस्ता गतिविधिले पार्टीको हित गर्दैन। आन्तरिक कुरा बाहिर लैजान बन्द गर्नुपर्छ। हामी सबै सचेत हुनुपर्छ र आफ्ना कमी–कमजोरीलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्छ।” अध्यक्ष प्रचण्डले बैठकमा पार्टीभित्र कम्युनिस्ट आचरणमा विचलन र बुर्जुवाकरणको प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै विचार समूहभन्दा स्वार्थ समूह हाबी भएको भन्दै यस्ता समूह विघटन गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ । प्रचण्डले पार्टीभित्रको स्वार्थ समूहलाई नियन्त्रण गर्दै कम्युनिस्ट सिद्धान्तमा आधारित एकताबद्ध संगठन निर्माणमा जोड दिनु भएको एक स्थायी समिति सदस्यले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  प्रचण्डले स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानलाई भदौ १५ गते पुनः सुरु गर्नेगरी प्रस्ताव गर्नु भएको एक स्थायी समिति सदस्यले जानकारी दिए । अध्यक्ष प्रचण्डले अभियान भदौ मसान्तसम्म सम्पन्न गर्नेगरी गरेको प्रस्ताव पारित भएको छ । अभियान अब भदौँ मसान्तभित्र सम्पन्न भइसक्नेछ ।  शनिबार बिहान ११ बजे बस्ने बैठकमा नेताहरुले आआफ्नो धारणा राख्नेछन् । 

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक एकता र सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पार्टीको पदाधिकारी बैठकले तय गरेका एजेण्डा प्रस्तुत गर्ने कार्यक्रम छ । अध्यक्ष समग्र परिस्थितिको बारेमा जानकारी गराएपछि ती एजेण्डामा छलफल हुनेछ । बैठकमा ‘पार्टीको आन्तरिक एकता’ शीर्षकको प्रस्तावमाथि छलफल हुने र नेताहरूको कार्यविभाजन, विधान सम्मेलनको तयारी, राष्ट्रियसभा निर्वाचन र पार्टीको रुपान्तरण अभियानका विषयमा पनि विचारविमर्श हुने अपेक्षा गरिएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, बैठकले हालैका दिनमा पार्टीभित्र देखिएका अन्तरविरोधको व्यवस्थापन र सङ्गठनलाई थप सशक्त बनाउने रणनीतिमा जोड दिनेछ।

माओवादी स्थायी समिति बैठक : यी हुन् स्थायी समिति सदस्यहरु (सूचिसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजदेखि सुरु हुँदैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरु हुने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारी बैठकले तय गरेका एजेण्डाहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।  पार्टीभित्र नेतृत्वविरुद्ध केही नेताले तथ्यहीन आरोप लगाउने, नेतृत्वको तथ्यहीन आलोचना गर्नेलगायतका क्रियाकलाप गरेपछि बस्न लागेको बैठकमा यो विषयमा पनि छलफल हुनेछ ।  माओवादीको स्थायी समितिमा १२ महिला सदस्य रहेका छन् । त्यस्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ' उपाध्यक्ष मनोनित भएपछि तलको सूचीमा नाम समावेश छ ।    माओवादी स्थायी समितिका सदस्यहरु   

एउटा कमरेडलाई हाम्रा संगठनात्मक कार्यहरूबारे पत्र

प्रिय कमरेड, हाम्रो संगठनात्मक कार्यहरूबारे तपाईंको पत्र प्राप्त भयो, र मलाई यो कुरामा खुशी लाग्यो कि हामीले यी महत्त्वपूर्ण प्रश्नहरूबारे छलफल गर्न सुरु गरेका छौं। म यहाँ हाम्रा संगठनात्मक कार्यहरूको सामान्य अवस्था र तिनलाई सुधार गर्न आवश्यक सिद्धान्तहरूबारे मेरो विचार व्यक्त गर्न चाहन्छु। मलाई आशा छ कि यी विचारहरूले हाम्रो आन्दोलनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्नेछ। पहिलो: संगठनको सामान्य सिद्धान्तहरू हाम्रो आन्दोलनको मुख्य कमजोरी, मेरो विचारमा, हाम्रो संगठनात्मक कार्यहरूको अव्यवस्थित अवस्थामा निहित छ। हामीले एक केन्द्रीकृत, अनुशासित, र क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ, जसले मजदूर वर्गको नेतृत्व गर्न सक्षम होस्। यस्तो संगठन बिना, हाम्रा सबै प्रयासहरू छरपस्ट र असफल हुनेछन्। हाम्रो संगठनको आधार स्थानीय कमिटीहरू हुनुपर्छ, जसले स्थानीय स्तरमा क्रान्तिकारी गतिविधिहरूलाई व्यवस्थित गर्छन्। तर यी कमिटीहरूले स्वायत्त रूपमा काम गर्नुहुँदैन; तिनीहरू केन्द्रीय नेतृत्वको निर्देशनमा एकीकृत हुनुपर्छ। केन्द्रीय नेतृत्वले समग्र नीति र रणनीति निर्धारण गर्नुपर्छ, जबकि स्थानीय कमिटीहरूले ती नीतिहरूलाई कार्यान्वयन गर्नुपर्छ। दोस्रो: कमिटीहरूको भूमिका स्थानीय कमिटीहरू हाम्रो संगठनको आधारभूत एकाइहरू हुन्। तिनीहरूले निम्नलिखित कार्यहरू गर्नुपर्छ: मजदूर वर्गलाई संगठित गर्ने र तिनीहरूको चेतना अभिवृद्धि गर्ने। प्रचार सामग्री (पत्रपत्रिका, पर्चा) को वितरण गर्ने। स्थानीय स्तरमा क्रान्तिकारी गतिविधिहरूको समन्वय गर्ने। केन्द्रीय नेतृत्वसँग नियमित सम्पर्क राख्ने। प्रत्येक कमिटीले अनुशासित र गुप्त रूपमा काम गर्नुपर्छ, किनकि हामी जारशाही सरकारको दमनको सामना गरिरहेका छौं। कमिटीहरूका सदस्यहरूले व्यक्तिगत स्वार्थलाई त्यागेर सामूहिक लक्ष्यप्रति समर्पित हुनुपर्छ। तेस्रो: केन्द्रीय नेतृत्वको आवश्यकता हाम्रो आन्दोलनलाई एक केन्द्रीय नेतृत्वको आवश्यकता छ, जसले समग्र रणनीति र नीति निर्धारण गरोस्। यो नेतृत्वले निम्नलिखित कार्यहरू गर्नुपर्छ: सम्पूर्ण संगठनलाई एकीकृत गर्ने र स्थानीय कमिटीहरूको गतिविधिहरूलाई समन्वय गर्ने। प्रचार सामग्रीको प्रकाशन र वितरणको व्यवस्था गर्ने। अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग सम्पर्क राख्ने। क्रान्तिकारी गतिविधिहरूलाई दिशानिर्देश गर्ने। केन्द्रीय नेतृत्वले स्थानीय कमिटीहरूलाई पूर्ण स्वायत्तता दिनुहुँदैन, किनकि यसले संगठनमा अराजकता निम्त्याउँछ। तर साथै, यो नेतृत्वले स्थानीय कमिटीहरूलाई दबाउनु पनि हुँदैन; तिनीहरूलाई स्थानीय परिस्थितिअनुसार काम गर्ने केही स्वतन्त्रता दिनुपर्छ। चौथो: संगठनात्मक अनुशासन हाम्रो संगठनको सफलताको लागि अनुशासन अत्यन्त महत्त्वपूर्ण छ। प्रत्येक कार्यकर्ताले पार्टीको नीति र निर्देशनहरू पालना गर्नुपर्छ। व्यक्तिगत मतभेदहरूले सामूहिक लक्ष्यलाई बाधा पुर्‍याउनुहुँदैन। यदि कुनै कमरेडलाई नीतिमा असहमति छ भने, उसले त्यसलाई कमिटीभित्र वा केन्द्रीय नेतृत्वसामु राख्नुपर्छ, तर सार्वजनिक रूपमा विरोध गर्नुहुँदैन। हाम्रो आन्दोलनमा देखिएको गुटबाजी र व्यक्तिवादले हामीलाई कमजोर बनाएको छ। हामीले यस्ता प्रवृत्तिहरूलाई निर्मूल गर्नुपर्छ र सामूहिक अनुशासनलाई बलियो बनाउनुपर्छ। पाँचौं: प्रचार र आन्दोलन हाम्रो संगठनको मुख्य कार्य मजदूर वर्गको चेतना अभिवृद्धि गर्नु हो। यसका लागि हामीले प्रचार सामग्रीको व्यापक वितरण गर्नुपर्छ। हाम्रो पत्रपत्रिका, इस्क्रा, ले यो कार्यमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। प्रत्येक कमिटीले इस्क्रा को वितरणलाई प्राथमिकता दिनुपर्छ र मजदूरहरूलाई यसको सामग्रीबारे छलफल गर्न प्रोत्साहन गर्नुपर्छ। साथै, हामीले मजदूरहरूको आर्थिक र राजनीतिक संघर्षलाई जोड्नुपर्छ। आर्थिक मागहरू (जस्तै ज्याला वृद्धि, कामको समय घटाउने) लाई राजनीतिक मागहरू (जस्तै जारशाहीको अन्त्य) सँग जोडेर हामीले मजदूर वर्गलाई क्रान्तिकारी बनाउनुपर्छ। छैटौं: गुप्त कार्य हामीले गुप्त रूपमा काम गर्नुपर्छ, किनकि जारशाही सरकारले हाम्रा गतिविधिहरूलाई दमन गरिरहेको छ। प्रत्येक कमिटीले आफ्नो गतिविधिलाई गोप्य राख्नुपर्छ र सरकारका जासूसहरूबाट सावधान रहनुपर्छ। हामीले सञ्चारका सुरक्षित माध्यमहरू (जस्तै गुप्त पत्राचार, कोडवर्ड) प्रयोग गर्नुपर्छ। सातौं: अन्तर्राष्ट्रिय सम्पर्क हाम्रो आन्दोलन रुसी मजदूर वर्गको मात्र होइन, यो अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको हिस्सा हो। हामीले जर्मन, फ्रान्सेली, र अन्य देशका समाजवादीहरूसँग सम्पर्क राख्नुपर्छ। अन्तर्राष्ट्रिय अनुभव र सिद्धान्तहरूले हाम्रो आन्दोलनलाई बलियो बनाउनेछ। आठौं: तत्कालीन कार्यहरू हाम्रो संगठनलाई बलियो बनाउन हामीले तत्काल निम्नलिखित कार्यहरू गर्नुपर्छ: प्रत्येक क्षेत्रमा स्थानीय कमिटीहरू गठन गर्ने वा विद्यमान कमिटीहरूलाई पुनर्गठन गर्ने। कमिटीहरूबीच नियमित सम्पर्क स्थापित गर्ने। इस्क्रा को वितरणलाई तीव्र बनाउने। क्रान्तिकारी कार्यकर्ताहरूलाई प्रशिक्षण दिने। केन्द्रीय नेतृत्वको गठनलाई अन्तिम रूप दिने। निष्कर्ष कमरेड, हाम्रो आन्दोलन एक कठिन तर गौरवपूर्ण मार्गमा छ। हामीले मजदूर वर्गको मुक्तिको लागि लड्नुपर्छ, र यो लडाइँमा संगठन हाम्रो सबैभन्दा ठूलो हतियार हो। हामीले एक केन्द्रीकृत, अनुशासित, र क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ, जसले जारशाहीको अन्त्य गरोस् र समाजवादी समाजको स्थापना गरोस्। मलाई विश्वास छ कि हाम्रा सामूहिक प्रयासले यो लक्ष्य प्राप्त गर्नेछ। तपाईंको विचार र सुझावहरूको लागि म प्रतीक्षा गर्नेछु। हामीले यी प्रश्नहरूलाई कमिटीभित्र र केन्द्रीय नेतृत्वमा छलफल गर्नुपर्छ। क्रान्तिकारी अभिवादनसहित, व्लादिमिर लेनिन (व्लादिमिर लेनिन, सन् १९०२)  

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजदेखि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुक्रबारदेखि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुँदैछ। दिउँसो १ बजे बस्ने यो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक एकता र सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुनेछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा ‘पार्टीको आन्तरिक एकता’ शीर्षकको प्रस्तावमाथि छलफल हुने र नेताहरूको कार्यविभाजन, विधान सम्मेलनको तयारी, राष्ट्रियसभा निर्वाचन र पार्टीको रुपान्तरण अभियानका विषयमा पनि विचारविमर्श हुने अपेक्षा गरिएको छ। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, बैठकले हालैका दिनमा पार्टीभित्र देखिएका अन्तरविरोधको व्यवस्थापन र सङ्गठनलाई थप सशक्त बनाउने रणनीतिमा जोड दिनेछ।  

अखिल क्रान्तिकारीले सुरु गर्यो टियूमा दोस्रो चरणको आन्दोलन: शुल्क घटाउन माग गर्दै रिले अनसन

  काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा शुल्क घटाउन माग गर्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको छ। त्रिविका केन्द्रीय विभागमा गाभिएका चार विभागको शुल्क समायोजन गर्नुपर्ने माग राख्दै संगठनले रिले अनसनसहितका आन्दोलनका कार्यक्रम अगाडि सारेको छ। यसअघि, अखिल क्रान्तिकारीले शुल्क वृद्धिको विरोधमा त्रिवि प्रशासनलाई १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो। माग पूरा नभएपछि संगठनले पहिलो चरणमा शान्तिपूर्ण धर्ना गरेको थियो। त्रिवि उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र सेवा आयोगका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने, तालाबन्दी गर्ने जस्ता कदमहरू पनि चालिएका थिए। यद्यपि, अदालतको अन्तरिम आदेशपछि ताला खोलिएको थियो। हाल दोस्रो चरणको आन्दोलनअन्तर्गत रिले अनसन सुरु भएको छ। संगठनले माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। अखिल क्रान्तिकारीका त्रिवि जिल्ला समितिका कार्यवाहक अध्यक्ष शिवराज भट्टले जारी गरेको विज्ञप्तिमा शुल्क घटाउनुपर्ने, प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्तिका लागि खोलिएको विज्ञापनमा देखिएको त्रुटि सच्याउनुपर्ने लगायतका मागहरू समावेश छन्।

अध्यक्ष प्रचण्डद्वारा अखिल (क्रान्तिकारी)का उप-महासचिव भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाउकोमा चोट लागेर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका अखिल (क्रान्तिकारी)का उप-महासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। अध्यक्ष प्रचण्डले भट्टको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। चिकित्सकहरूले भट्टको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र हाल उहाँ सामान्य अवस्थामा रहेको जानकारी दिएका छन्। प्रचण्डले उपचारमा कुनै कमी नराख्न चिकित्सकहरूलाई आग्रह गर्नुभयो। सो अवसरमा अखिल (क्रान्तिकारी)का अध्यक्ष विजय सापकोटा, महासचिव रोशन थापामगरलगायत अन्य विद्यार्थी नेताहरूको उपस्थिति थियो। ​​​​​​​

नेतृत्वविरुद्ध बाहिर बोल्ने कुरा राम्रो भएन, विधिको कुरा गर्नेले विधि मान्नुपर्छ : अथक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर गहतराज 'अथक'ले पार्टीभित्र विधिको कुरा गर्नेहरुले नै विधि पालना नगरेको बताउनु भएको छ । एभरेष्ट दैनिकसँग कुराकानी गर्दै उहाँले विधिको कुरा गर्नेले विधि नमान्ने र खुला मञ्चमा गएर बोल्ने प्रविधि गलत भएको बताउनु भयो । अर्का एक टेलिभिजन कार्यक्रममार्फत पनि उहाँले पार्टीलाई कमजोर बनाउने प्रवृत्तिप्रति सबै सचेत हुनुपर्नेमा जोड दिनु भएको छ । सरकार भ्रष्टाचारको दलदलमा रहेका बेला उसकाविरुद्ध बोल्नुपर्नेमा पार्टीमा अनावश्यक समस्या निम्ताइएको बताउँदै माओवादी स्थायी समिति सदस्य अथकले अबको पार्टी बैठकमा यो विषयमा छलफल हुने बताउनु भयो । उहाँले भन्नुभयो, 'पार्टीको विधि, पद्दतीअनुसार नै चल्नु पर्यो । खुला मंचमा गएर होइन्, विधिको कुरा गर्ने तर आफैँले तोड्ने काम भएको छ । देशमा विचौलिया, भ्रष्टाचारीहरुको रजगज छ । सरकारका कयौँ मन्त्रीहरु नै भ्रष्टाचारका काण्डमा रोमलिएका छन् । यहीँ विषयमा बोल्न नै समय पुगिराखेको छैन । यस्तो बेलामा पार्टी र नेतृत्वलाई प्रहार गर्ने काम कसरी विधिसम्मत हुनसक्छ ?'  पार्टीभित्रै विधिगत छलफल गर्नुपर्नेमा बाहिर चर्चा गर्ने प्रवृत्तिले कसैलाई पनि राम्रो नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'अध्यक्ष कमरेडको नजिक भएर काम गर्नु भएको छ । त्यस्तै नेताहरुले नै बाहिर बोल्दै हिड्नु भएको छ । जनयुद्धको मुख्य आधारमध्येको एक जिल्लाको निरन्तर प्रतिनिधित्व गर्नु भएको छ । उहाँको भूमिका राज्य सत्ताको नजिक हुँदा आफ्नो जिल्लालाई राम्रो पनि गर्नु भएको छ । त्यस्तो योगदान भएको नेताले जसरी बाहिर लैजाने काम गर्नु भएको छ, यो जायज छैन । पद्दती र प्रक्रियागत मान्न सकिँदैन ।' जनतामा उभार आएका बेलामा माओवादी पार्टीभित्र विभिन्न समयमा समस्या आउने गरेको स्मरण गर्दै अथकले पार्टी भित्रका समस्याग्रत व्यक्तिहरुले बेलाबेलामा नेताहरुलाई उचाल्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, 'माओवादीबाट बाहिर गएर एक दर्जन पार्टी भएका छन् । चाकडीबाजहरुको टिमले प्रचण्डसँग कोही छैन, तपाइँ नै हो अब भनेर उचाल्ने व्यक्तिहरुका कारणले पनि समस्या भएको छ ।' पार्टीको विधि र पद्दती भन्दा बाहिर जाने विषयमा पार्टी बैठकमै छलफल हुने उहाँको भनाइ छ ।

के हो वैचारिक र शक्तिका लागि हुने संघर्षबीच भिन्नता ?

परिचय राजनीतिक र सामाजिक क्षेत्रमा संघर्षका दुई प्रमुख रूपहरू देखिन्छन्: विचारका लागि हुने अन्तर्संघर्ष र शक्तिका लागि हुने संघर्ष। विचारका लागि हुने संघर्षले सिद्धान्त, मूल्य, र विश्वासको रक्षा वा स्थापनालाई केन्द्रमा राख्छ, भने शक्तिका लागि हुने संघर्ष व्यक्तिगत महत्वाकांक्षा, प्रभाव, र संसाधनको नियन्त्रणमा आधारित हुन्छ। यो आलेखले विचारका लागि हुने अन्तर्संघर्षको सैद्धान्तिक व्याख्या, शक्तिका लागि हुने संघर्षको उत्पत्ति र कारणहरू, र विश्वभरिका राजनीतिक पार्टीहरूका उदाहरणहरूलाई समेको छ। विशेष रूपमा, शक्तिका लागि हुने संघर्षको सैद्धान्तिक र व्यावहारिक विश्लेषणलाई विस्तारमा प्रस्तुत गरिएको छ। विचारका लागि हुने अन्तर्संघर्ष: सैद्धान्तिक व्याख्या विचारका लागि हुने अन्तर्संघर्षले कुनै व्यक्ति, समूह, वा संगठनको सिद्धान्त, आदर्श, वा विश्वासलाई स्थापित गर्न वा रक्षा गर्न गरिने प्रयासलाई जनाउँछ। यो संघर्ष सामाजिक परिवर्तन, समानता, स्वतन्त्रता, वा नीतिगत सुधारका लागि केन्द्रित हुन्छ। सैद्धान्तिक दृष्टिकोणबाट, यो संघर्षले समाजको संरचना, शक्ति सम्बन्ध, र ऐतिहासिक गतिशीलतालाई परिवर्तन गर्ने उद्देश्य राख्छ। माक्र्सवादी दृष्टिकोण कार्ल माक्र्सले आफ्नो दर्शनमा वर्ग संघर्षलाई इतिहासको गतिशीलताको आधार माने। उनको Dialectical Materialism (द्वन्द्वात्मक भौतिकवाद) ले समाजमा अन्तर्निहित अन्तर्विरोधहरू (contradictions) लाई परिवर्तनको मूल स्रोत ठान्छ। माक्र्सका अनुसार, समाजको आर्थिक आधार (जस्तै, उत्पादनका साधनहरूको स्वामित्व) ले विचारधारात्मक संघर्षलाई उत्पन्न गर्छ। उदाहरणका लागि, पूँजीवादी समाजमा श्रमिक र पूँजीपतिबीचको अन्तर्विरोधले सामाजिक परिवर्तनका लागि विचारधारात्मक संघर्षलाई प्रेरित गर्छ। माक्र्सले यो संघर्षलाई साम्यवादको स्थापनासम्मको ऐतिहासिक प्रक्रियाको हिस्सा ठाने। माक्र्सको यो सिद्धान्तले विचारका लागि हुने अन्तर्संघर्षलाई सामाजिक संरचनाको परिवर्तनसँग जोड्छ। उदाहरणका लागि, विश्वभरिका कम्युनिस्ट आन्दोलनहरू (जस्तै, रसियाको बोल्सेभिक क्रान्ति) ले माक्र्सको विचारलाई आधार बनाएर शोषणमुक्त समाजको स्थापनाका लागि संघर्ष गरे। यो संघर्ष व्यक्तिगत स्वार्थभन्दा सामूहिक मुक्ति र सामाजिक समानतामा केन्द्रित थियो। लेनिनको क्रान्तिकारी सिद्धान्त भ्लादिमिर लेनिनले माक्र्सको वर्ग संघर्षको अवधारणालाई थप परिष्कृत गर्दै What Is to Be Done? र State and Revolution जस्ता रचनाहरूमा क्रान्तिकारी संगठन र विचारधारात्मक नेतृत्वको महत्त्वलाई जोड दिए। लेनिनका अनुसार, विचारका लागि हुने अन्तर्संघर्षलाई व्यवस्थित र संगठित रूपमा अगाडि बढाउन Vanguard Party (अग्रगामी पार्टी) आवश्यक छ। यो पार्टीले श्रमिक वर्गको चेतना जगाउने र क्रान्तिकारी विचारधारालाई जनतामाझ फैलाउने काम गर्छ। लेनिनले विचारधारात्मक संघर्षलाई केवल सैद्धान्तिक बहसमा सीमित राखेनन्, बरु यसलाई सशस्त्र क्रान्ति र शक्ति हत्याउने प्रक्रियासँग जोडे। रसियाको १९१७ को अक्टोबर क्रान्तिमा बोल्सेभिक पार्टीले साम्राज्यवादी र पूँजीवादी शक्तिहरूविरुद्ध विचारधारात्मक र सैन्य दुवै मोर्चामा संघर्ष गर्‍यो। यो संघर्षले साम्यवादी समाजको स्थापना गर्ने लक्ष्य राखेको थियो, जसमा विचारधारा (साम्यवाद) ले केन्द्रीय भूमिका खेलेको थियो। माओको जनयुद्ध र सांस्कृतिक क्रान्ति माओ त्से-तुङले माक्र्स र लेनिनको विचारलाई चिनियाँ सन्दर्भमा लागू गर्दै People’s War (जनयुद्ध) र Cultural Revolution (सांस्कृतिक क्रान्ति) को अवधारणा विकास गरे। माओका अनुसार, विचारका लागि हुने अन्तर्संघर्ष केवल क्रान्तिको समयमा मात्र होइन, क्रान्तिपछिको समाजमा पनि निरन्तर रहन्छ। उनले On Contradiction मा समाजमा अन्तर्विरोधहरूको निरन्तरताको कुरा उठाए, जसले विचारधारात्मक शुद्धता र क्रान्तिकारी चेतनालाई कायम राख्नुपर्ने आवश्यकता औंल्यायो। माओको सांस्कृतिक क्रान्ति (१९६६–१९७६) विचारका लागि हुने अन्तर्संघर्षको चरम उदाहरण हो। यसले पूँजीवादी विचारहरू र परम्परागत सांस्कृतिक मूल्यहरूविरुद्ध लड्ने प्रयास गर्‍यो, ताकि समाजमा साम्यवादी चेतना स्थापित होस्। यद्यपि, यो क्रान्तिले विचारधारात्मक शुद्धताको नाममा अराजकता र हिंसा पनि निम्त्यायो, जसले माओको सिद्धान्तको जटिलतालाई उजागर गर्छ। अन्य दार्शनिकहरूको योगदान एन्तोनियो ग्राम्सी: इटालेली माक्र्सवादी चिन्तक ग्राम्सीले Cultural Hegemony को अवधारणा प्रस्तुत गरे। उनले विचारका लागि हुने संघर्षलाई सांस्कृतिक र बौद्धिक क्षेत्रमा केन्द्रित गरे। ग्राम्सीका अनुसार, शासक वर्गले आफ्नो विचारधारालाई समाजमा प्रभुत्वशाली बनाउँछ, र क्रान्तिकारी संघर्षले यो प्रभुत्वलाई चुनौती दिनुपर्छ। यो सिद्धान्तले विचारधारात्मक संघर्षलाई बौद्धिक र सांस्कृतिक मोर्चामा लड्नुपर्ने आवश्यकता देखाउँछ। फ्रान्ज फानोन: फानोनले The Wretched of the Earth मा औपनिवेशिक शोषणविरुद्धको विचारधारात्मक संघर्षलाई जोड दिए। उनले औपनिवेशिक समाजमा उत्पीडित समुदायको चेतना र पहिचानको पुनर्जननका लागि विचारको महत्त्वलाई उजागर गरे। फानोनको सिद्धान्तले विचारका लागि हुने अन्तर्संघर्षलाई मुक्ति र आत्मसम्मानसँग जोड्छ। उदाहरणहरू अफ्रिकी नेसनल कंग्रेस (ANC), दक्षिण अफ्रिका ANC को रंगभेदविरुद्धको संघर्ष माक्र्सवादी र फानोनको विचारबाट प्रभावित थियो। नेल्सन मण्डेला र अन्य नेताहरूले समानता र स्वतन्त्रताको विचारलाई केन्द्रमा राखेर रंगभेदी शासनविरुद्ध लडाइँ गरे। यो संघर्षले सैद्धान्तिक आधार (समानता र मानवअधिकार) लाई सामाजिक परिवर्तनको आधार बनायो। बोल्सेभिक क्रान्ति, रसिया लेनिनको नेतृत्वमा रसियाको बोल्सेभिक क्रान्ति (१९१७) विचारका लागि हुने अन्तर्संघर्षको उत्कृष्ट उदाहरण हो। यो क्रान्तिले साम्यवादी विचारधारालाई केन्द्रमा राखेर जारशाही र पूँजीवादी व्यवस्थालाई उखेल्यो। लेनिनको Vanguard Party को अवधारणाले यो संघर्षलाई व्यवस्थित र प्रभावकारी बनायो। चिनियाँ कम्युनिस्ट पार्टी (CPC) माओको नेतृत्वमा CPC ले सामन्तवाद, साम्राज्यवाद, र पूँजीवादविरुद्ध विचारधारात्मक संघर्ष गर्‍यो। माओको जनयुद्धको रणनीतिले ग्रामीण क्षेत्रका किसानहरूलाई संगठित गरेर क्रान्तिको आधार तयार पार्‍यो। सांस्कृतिक क्रान्तिले विचारधारात्मक शुद्धताको प्रयास गर्यो । नेपालको माओवादी आन्दोलन नेपालमा १९९६–२००६ को माओवादी जनयुद्ध माओको सिद्धान्तबाट प्रेरित थियो। पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा माओवादीहरूले सामन्तवादी संरचना र राजतन्त्रविरुद्ध विचारधारात्मक संघर्ष गरे। पार्टीभित्रका अन्तरविरोध र अन्तर्सघर्षहरु यही आन्दोलन र क्रान्तिलाई अगाडि बढाउने सम्बन्धमा नै देखा परे । यो आन्दोलनले गणतन्त्र स्थापना र सामाजिक समानताको पक्षमा महत्त्वपूर्ण परिवर्तन ल्यायो। शक्तिका लागि हुने संघर्ष: सैद्धान्तिक र व्यावहारिक विश्लेषण शक्तिका लागि हुने संघर्ष व्यक्तिगत वा समूहगत स्वार्थ, प्रभाव, र संसाधनको नियन्त्रणमा केन्द्रित हुन्छ। यो संघर्षमा विचारधारा गौण हुन्छ, र व्यक्तिगत महत्वाकांक्षा, नेतृत्वको नियन्त्रण, र अवसरको प्राप्तिमा जोड दिइन्छ। यस्ता संघर्षले प्रायः आन्तरिक विभाजन, भ्रष्टाचार, र संगठनात्मक अस्थिरता निम्त्याउँछ। शक्तिका लागि हुने संघर्षको उत्पत्ति र कारणहरू शक्तिका लागि हुने संघर्ष विभिन्न कारणले उत्पन्न हुन्छ। यी कारणहरूलाई सैद्धान्तिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ: व्यक्तिगत महत्वाकांक्षा: मानव स्वभावमा शक्ति, प्रभाव, र मान्यताको चाहना अन्तर्निहित हुन्छ। सिग्मन्ड फ्रायडको मनोविश्लेषण सिद्धान्तअनुसार, व्यक्तिको Ego (अहं) ले मान्यता र नियन्त्रणको खोजी गर्छ। राजनीतिक नेताहरूमा यो चाहना प्रबल हुन्छ, किनभने उनीहरूले आफूलाई समूह वा समाजको नेतृत्वकर्ताको रूपमा देख्छन्। उदाहरणका लागि, पार्टीभित्र नेतृत्वको अवसर प्राप्त गर्न नेताहरूले विचारधारालाई पन्छाएर व्यक्तिगत प्रभाव स्थापित गर्न खोज्छन्। संसाधन र अवसरको सीमितता: म्याक्स वेबरको Power and Authority सिद्धान्तअनुसार, शक्ति सीमित संसाधनहरू (जस्तै, नेतृत्वको पद, आर्थिक स्रोत, वा नीतिगत नियन्त्रण) मा नियन्त्रण प्राप्त गर्न खोज्ने प्रक्रिया हो। पार्टीभित्र सीमित नेतृत्वका अवसरहरूले नेताहरूबीच प्रतिस्पर्धा र टकराव उत्पन्न गर्छ। यो टकराव प्रायः विचारधारात्मक मतभेदको रूपमा प्रस्तुत गरिए पनि, वास्तवमा यो शक्तिको नियन्त्रणमा केन्द्रित हुन्छ। संस्थागत संरचना र अवसरवादी व्यवहार: रोबर्ट मिशेल्सको Iron Law of Oligarchy सिद्धान्तअनुसार, कुनै पनि संगठनमा समयसँगै सानो समूहले शक्ति कब्जा गर्छ। यो समूहले आफ्नो प्रभाव कायम राख्न अवसरवादी व्यवहार अपनाउँछ। पार्टीभित्र नेताहरूले विचारधारालाई उपेक्षा गर्दै पद र प्रभावको खोजी गर्छन्, जसले आन्तरिक संघर्षलाई बढावा दिन्छ। सामाजिक र सांस्कृतिक प्रभाव: एन्तोनियो ग्राम्सीको Cultural Hegemony को अवधारणाले शक्तिका लागि हुने संघर्षलाई सांस्कृतिक र सामाजिक सन्दर्भमा व्याख्या गर्छ। नेताहरूले आफ्नो प्रभाव स्थापित गर्न समाजमा प्रचलित मूल्य र मान्यताहरूलाई उपयोग गर्छन्। उदाहरणका लागि, लोकप्रियतावादी नेताहरूले जनताको भावनालाई उक्साएर शक्तिमा पुग्ने प्रयास गर्छन्। पार्टीभित्र महत्वाकांक्षाको विकास: समयसँगै पार्टीभित्र नेताहरूमा महत्वाकांक्षा पलाउनुका पछाडि विभिन्न कारकहरू हुन्छन्: नेतृत्वको अवसर: पार्टीमा माथिल्लो तहमा पुग्ने सीमित अवसरले नेताहरूलाई प्रतिस्पर्धी बनाउँछ। वैचारिक विचलन: प्रारम्भमा विचारधाराप्रति प्रतिबद्ध नेताहरू समयसँगै व्यक्तिगत स्वार्थतर्फ आकर्षित हुन्छन्, किनभने शक्तिले तत्कालिक लाभ र मान्यता प्रदान गर्छ। बाह्य प्रभाव: बाह्य शक्ति (जस्तै, आर्थिक समूह, अन्तर्राष्ट्रिय शक्ति, वा मिडिया) ले नेताहरूलाई शक्तिको खेलमा प्रेरित गर्छ। मनोवैज्ञानिक कारक: नेताहरूमा आफूलाई "निर्णायक" वा "अपरिहार्य" ठान्ने मनोवृत्ति विकास हुन्छ, जसले महत्वाकांक्षालाई बढावा दिन्छ। सैद्धान्तिक आधार होब्स र म्याकियावेली: थमस होब्सले Leviathan मा मानव स्वभावलाई स्वार्थी र शक्तिको खोजीमा केन्द्रित माने। निकोलो म्याकियावेलीको The Prince मा शक्तिको प्राप्ति र कायम राख्नका लागि नैतिकताभन्दा रणनीति र अवसरवादलाई महत्त्व दिइएको छ। यी दार्शनिकहरूले शक्तिका लागि हुने संघर्षलाई मानव स्वभावको अभिन्न अंग ठाने। म्याक्स वेबर: वेबरले शक्तिलाई सामाजिक सम्बन्धहरूमा प्रभाव पार्ने क्षमताको रूपमा परिभाषित गरे। उनले Charismatic Authority को अवधारणा प्रस्तुत गर्दै नेताहरूले व्यक्तिगत आकर्षण र प्रभावमार्फत शक्ति प्राप्त गर्ने कुरा उल्लेख गरे। मिशेल फुको: फुकोले Power/Knowledge को अवधारणामार्फत शक्तिलाई ज्ञान र सामाजिक संरचनासँग जोडे। उनले शक्तिका लागि हुने संघर्षलाई सामाजिक सम्बन्धहरूको जटिल जालको रूपमा व्याख्या गरे। विश्वभरिका उदाहरणहरू नेपालका पार्टीहरुमा देखा पर्ने विभाजन: नेपालका बिभिन्न राजनीतिक दलहरुमा देखा पर्ने विभाजनहरुको मूल प्रवृति शक्तिका लागि संघर्ष नै देखिन्छ । कुनै बेला नेकपा एमालेमा वामदेव गौतमको विभाजन, नेपाली काग्रेसमा शेर बहादुर देउवाले गरेको विभाजनदेखि मधेसवादी दल, राप्रपा लगायत कैयन दलहरुमा बिभिन्न समयमा देखा परेका विभाजनहरु वैचारिक र सैद्धान्तिक थिएनन् ।  नेताहरुबीच देखिएका टकराव विचारधारात्मक मतभेदभन्दा नेतृत्व र पार्टीको नियन्त्रणमा केन्द्रित थिए।   रिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिका: डोनाल्ड ट्रम्पको उदयपछि रिपब्लिकन पार्टीमा व्यक्तिगत वफादारी र शक्तिको नियन्त्रणमा आधारित संघर्ष देखिएको छ। ट्रम्प समर्थक र परम्परागत रिपब्लिकनहरूबीचको टकरावले विचारधारालाई गौण बनाएर व्यक्तिगत प्रभाव र नेतृत्वको खोजीलाई प्राथमिकता दिएको छ। लेबर पार्टी, बेलायत: टोनी ब्लेयर र जेरेमी कोर्बिनबीचको संघर्षले लेबर पार्टीमा विचारधारा र शक्तिको नियन्त्रण दुवैलाई प्रभावित गर्‍यो। ब्लेयरको मध्यमार्गी नीति र कोर्बिनको समाजवादी दृष्टिकोणबीचको टकरावमा नेतृत्वको नियन्त्रण मुख्य मुद्दा बन्यो। कोर्बिनको नेतृत्वलाई चुनौती दिने आन्तरिक समूहहरूले शक्तिको खोजीमा विचारधारालाई पन्छाए। कंग्रेस पार्टी, भारत: भारतीय कंग्रेस पार्टीमा गान्धी परिवारको प्रभाव र अन्य नेताहरू (जस्तै, प्रणव मुखर्जी वा हालका नेताहरू) बीचको शक्तिको संघर्ष बारम्बार देखिएको छ। पार्टीभित्र नेतृत्वको अवसर र प्रभावको खोजीले विचारधारात्मक बहसलाई कमजोर बनाएको छ। तुलनात्मक विश्लेषण प्रकृति: विचारका लागि हुने अन्तर्संघर्ष सैद्धान्तिक, दीर्घकालीन, र सामाजिक परिवर्तनमा केन्द्रित हुन्छ, जबकि शक्तिका लागि हुने संघर्ष व्यक्तिगत, तत्कालिक, र स्वार्थमा आधारित हुन्छ। प्रभाव: विचारधारात्मक संघर्षले सामाजिक सुधार र परिवर्तन ल्याउन सक्छ, तर शक्तिको संघर्षले अस्थिरता, विभाजन, र भ्रष्टाचार निम्त्याउँछ। सैद्धान्तिक आधार: विचारधारात्मक संघर्ष माक्र्स, लेनिन, माओ, र ग्राम्सीका सिद्धान्तहरूमा आधारित हुन्छ, भने शक्तिको संघर्ष होब्स, म्याकियावेली, र वेबरका सिद्धान्तहरूसँग जोडिन्छ। निष्कर्ष विचारका लागि हुने अन्तर्संघर्ष र शक्तिका लागि हुने संघर्ष दुवैले राजनीतिक र सामाजिक परिदृश्यलाई आकार दिन्छ। विचारधारात्मक संघर्षले सामाजिक परिवर्तन र मुक्तिको आधार तयार गर्छ, जसलाई माक्र्स, लेनिन, माओ, र ग्राम्सीले सैद्धान्तिक रूपमा स्थापित गरे। अर्कोतर्फ, शक्तिका लागि हुने संघर्ष व्यक्तिगत महत्वाकांक्षा, सीमित अवसर, र संस्थागत संरचनाका कारण उत्पन्न हुन्छ, जसलाई होब्स, म्याकियावेली, र वेबरका सिद्धान्तहरूले व्याख्या गर्छन्। विश्वभरिका उदाहरणहरूले देखाउँछन् कि विचारधारात्मक संघर्षले दीर्घकालीन परिवर्तन ल्याउन सक्छ, तर शक्तिको संघर्षले संगठन र समाजमा अस्थिरता र कमजोरी निम्त्याउँछ। यी दुवैको सन्तुलन र व्यवस्थापनले कुनै पनि समाजको प्रगति निर्धारण गर्छ।