आजदृेखि देशैभरका हलहरुमा ‘छक्का पञ्जा ३’ रिलिज, सबै हलहरुमा हाउसफुल
काठमाडौं । असोज २४ गते अर्थात घटस्थापनाको शुभ अवसरमा मुलुकभरिकै सबै हलहरुमा नेपाली कथानक चलचित्र छक्का पञ्जा ३ भव्यरुपमा प्रदर्शन भएको छ ।
बुधबारबाट देशभरका सबैजसो पर्दामा रिलिज भएको यो चलचित्रले बिहानैबाट आक्रामक सुरुवात गरेको छ । काठमाडौं लगायत देशभरका अधिकांश मल्टिप्लेक्स हलमा दर्शकको उच्च चाप छ । अधिकांश हलमा बुकिङ तीव्रगतिमा भएकाले पनि दर्शकको निकै भीड देखिएको हो । सबैजसो मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो दिएका थिए ।
काठमाडौंका सिंगल हलमा पनि चलचित्रले राम्रो सुरुवात गरेको छ । बुधबार घटस्थापना भएपनि सार्वजनिक बिदा भने छैन । तर, पनि दर्शकको चलचित्रप्रतिको मोह भने गज्जबको देखिएको छ ।
काठमाण्डौको गोपिकृष्ण हलमा बिहानैबाट दर्शकको चाप देखियो । बिहानी शोमा गोपिकृष्णका ४ वटा पर्दा हाउसफूल थिए । काठमाण्डौ बाहिर पनि चलचित्रले आक्रामक सुरुवात गरेको छ । चितवनको क्यूएफएक्स जलमाले १० शो दिएकोमा, ७ शो सोल्ड आउट भैसकेका छन् ।
बिहान ८ बजेको शोमा पनि दर्शकको चाप उच्च देखिएपछि निर्देशक दिपाश्री निरौलाले आफूहरु सफल भएको बताइन् । निर्माता तथा कलाकार दीपकराज गिरीले भने- ‘यसपटक हामीले ५० प्रतिशत बिषय र ५० प्रतिशत कमेडीमा ध्यान दिएका थियौ । दर्शकले त्यसलाई मन पराइदिनु भएको छ ।’
अघिल्ला २ चलचित्रमा बिषयवस्तु भन्दा कमेडीलाई ध्यान दिएको यसको निर्माण पक्षले यसपटक भने विषयवस्तुमा जोड दिएको छ । यसपटक सरकारी विद्यालयमा हुने राजनीति र त्यसले निम्त्याएको परिणामलाई उठान गरिएको छ ।
सरकारी विद्यालयमा हुने राजनीतिले विद्यार्थीको भविष्यलाई कसरी खेलवाड गरिरहेको छ भन्ने कथालाई चलचित्रले उठान गरेको छ । चलचित्र हेर्ने सबैले यसपटक बिषयवस्तु बलियो रहेको प्रतिक्रिया दिएका छन् । निर्देशक दिपाश्री निरौलाले भने यसपटक सबैले देखेर पनि बोल्न नसकेको बिषयलाई पर्दामा उठान गरेको प्रतिक्रिया दिइन् ।
दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रमा नायिकाद्धय प्रियंका कार्की र स्वस्तिमा खड्काको साथमा नायक संजोग कोइरालाको बिशेष भूमिकिा देख्न सकिन्छ ।
नेपाल भर्सेस चीनः नेपाल टस जितेर फिल्डीङ गर्दै
काठमाडाै, असाेज २४ । मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ खेल अहिले खेल चीनसँग खेल्दै छ । आज नेपालले टस जितेर फिल्डीङ रोजेको छ । खेल बिहान ७ः४५ देखि सुरु भएको हो । आज नियमित कप्तान पारस खड्काले विश्राम लिएका छन् । कप्तानको जिम्मा ज्ञानेन्द्रलाई दिइएको छ । लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस् प्रतियोगिता अन्तर्गत नेपालले खेलेको चार वटै खेलमा म्यानमार, मलेसिया, थाइल्याण्ड र भुटानलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।
नेकपा विवाद : गाँठो फुकाउँदै प्रचण्ड
काठमाडौं, असोज २३ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न थालेपछि अध्यक्ष दाहालकै पहलमा आज भेटवार्ता भएको हो । ललितपुरस्थित नेकपाका नेता कृष्णलाल महर्जनको निवासमा भएको भेटवार्तामा दुई नेताबीच पार्टीभित्रका समस्या, सरकारले गरेका कामलगायतका विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष दाहालसँगको भेटवार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालन पद्धतिमा सुधार गर्नुपर्ने अवस्था देखिएको औल्याएका थिए । साथै उनले सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका थिए । उनले पार्टी एकीकरण प्रक्रिया अझै टुंगि नसकेको अवस्थामा सबै कार्यकर्ताको भावनालाई बुझेर मात्र नेतृत्वले निर्णय गर्नुपर्नेमा जथाभावी निर्णय हुन थालेको भन्दै असन्तुष्टि जनाएका थिए । जवाफमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका आन्तरिक विवादलाई छलफलबाटै टुंगो लगाइने बताएका थिए । उनले पार्टीको सचिवालय बैठकमै सबै विषयमा छलफल गरेर विवाद टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।
भुटान ३३ रनमै अलआउट, नेपालको लगातार चौंथो जित
काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी-२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा पनि नेपाल विजयी भएको छ । आज भुटानलाई हराउँदै नेपाल चौंथो खेलमा ११७ रनले विजयी भएको हो । टस हारेर ब्याटिङको मौका पाएको नेपालले चार विकेटको क्षतीमा १५० रन बनाउ सक्यो । १५१ रनको विजयी लक्ष्य पछ्याएको भेटान ३३ रन मात्र बनाउँदै अलाआउट भयो । भुटानका लागि तेन्जिन वाङचुकले ११ रन बनाउनुबाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन । बलिङमा नेपालका सन्दीप र ललित नारायण राजवंशीले समान तीनतीन विकेट, बसन्त रेग्मीले २, दिपेन्द्र ऐरी र शरद भेषवाकरले समान एकएक विकेट लिन सफल भए । आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे । अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।
भुटानले १० रन बनाउँदा ६ विकेट गुमायो, नेपाल जित नजिक !
काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनमो विजयी लक्ष्य पछ्याउने क्रमममा भुटानले दश रनमै सात विकेट गुमाएकोे छ । भुटानको इनिङ तहसनहस बनाउन नेपालका सन्दिप र ललित घात भए । उनीहरु दुवैले समान ३ ३ विकेट लिन सफल भए । आज ललितनारायाण राजवंशीले पहिलो ओभरमै २ विकेट लिएका थिए । यस्तै, उनले छैठौं ओभरमा अर्को विकेट थप्दै आफ्नो खातामा तेस्रो विकेट लेखे । यस्तै सन्दिपलेपनि तिन विकेट लिएका छन् । उनले दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिए । र तेस्रो विकेट ५.५ ओरमा लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे । लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस् अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।
भुटानले गुमायो ४ ओभरमा ४ विकेट, सन्दीपलाई दोस्रो सफलता !
काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनको विजयी लक्ष्य पछ्याउने क्रमममा भुटानले चार ओभरमा चार विकेट गुमाएको छ । साथै, उसले चार ओभरको खेल सकिदा मात्र चार रन बनाएको छ । सन्दिप लामिछानेले २ मेडन ओभरसहित २ विकेट लिएका छन् । यस्तै, ललित राजवंशीले पनि पहिलो ओभरमै २ विकेट लिएका छन् । लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले द्धार विकेट गुमाउँदै १५० रन बनाएको थियो । आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे । भुटानको लगातार विकेट पतन हुन थालेका छन् । पहिलो ओभरमै २ विकेट गुमाएको उसले फेरि अर्को विकेट गुमाएको छ । भुटानको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।
नेपालद्वारा भुटानलाई १५१ रनको लक्ष्य, प्रदिपले बनाए नटआउट ७५ रन
काठमाडौं, असोज २३ । मलेसियामा जारी आइसिसी विश्व टी-२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे । अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन् ।
नेपाल भर्सेस भुटानः नेपाललाई पहिलो झड्का, बिनोद शून्य रनमै आउट !
काठमाडौं, असोज २३ । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’को चौथो खेलमा नेपाल आज भूटानसँग भिड्दैछ। लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस् भुटानले टस जितेर पहिले फिल्डिङ रोजेको छ भने नेपालले पहिहले ब्याटिङ गर्दैछ। यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ। खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुँदैछ। यसैबीच, नेपाललाई खराब सुरुवात गरेको छ । उसले प्रारम्भिक ब्याट्स्म्यान बिनोद भण्डारी आउट भएका छन् । उनी शून्य रनमै आउट भएका छन । यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन्।
टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या
काठमाडौं । बुल्गारियाको उत्तरपूर्वी रुज शहरमा एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ । प्रहरीका अनुसार ३० वर्षीया विक्टोरिया मरिनोवाको शव बेवारिसे अवस्थामा शनिबार फेला परेको छ । शरीरमा प्रहार गरिएको र घाँटी चेपिएको अवस्थामा शव फेला परेको थियो । टाउको माथिपनि प्रहार भएको प्रहरीको भनाइ रहेको छ । बलात्कार भएको समेत पुष्टि भएको छ । अन्तराष्ट्रिय जगतमा यस घटनाको व्यापक आलोचना भएको छ । घटनास्थलबाट मरिनोवाको मोबाइल, कारको साँचो समेत गायब पारिएको थियो । लुटपाट गर्ने नियतले उनको हत्या नभएको प्रहरीले स्पष्ट पारेको छ । त्यहाँको स्थानीय मिडियाका अनुसार मरिनोवा रुजको टिवीएन टेलिभिजनकी प्रशासनिक निर्देशक थिइन् । उनले त्यहाँ ‘टक सो’ कार्यक्रम चलाउने गरेकी थिइन् ।
चार वटा समिति सभापतिद्वारा सपथ ग्रहण
कैलाली, असोज २२ । सुदूरपश्चिम प्रदेशसभाका विभिन्न चारवटा समितिका सभापतिहरुले सपथ लिएका छन् । धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा आयोजित एक कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले समितिका सभापतिहरुलाई शपथ गराएका हुन् । अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालु चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बमले शपथ लिएका हुन् । कुँवर, जोशी र चौधरी नेकपा तथा बम नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् । चारओटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए ।
सरकारले जनताको अपेक्षा पूरा हुने गरी काम गर्न सकेको छैन : पौडेल
काठमाडौँ, असोज २० । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए । उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए । पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उनको भनाई थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गर े । उनले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताए । ‘ राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा दशकौं देखिको वेथिति सङ्ग्रह छ’, उनले भने, ‘‘त्यसलाई दुरुस्त गर्नका लागि ६–८ महिनाको समयले पुग्दैन । त्यसकारण सरकारले जनताको अपेक्षा पूरा हुने गरी विकासलाई अगाडि बढाउन सकेको छैन ।’ उनले चाँडै नै सरकारले परिमाण आउने गरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिने गरी काम अगाडि बढाउनेसमेत बताए । नेता पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राखे ।
सन्दिप एक्लैले लिए ५ विकेट, मलेसियालाई आठौं झड्का ! [LIVE]
काठमाडौं, असोज २० । मलेसियामा भइरहेको आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले आज घरेलु टोलीसँग खेलिरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजेबाट सुरु भएको छ । यसैबीच, सन्दिप लामिछानेले ५ विकेट लिएका छन् । यस्तै, आठौं विकेट सन्दिपले नै लिएका छन् । योसँगै सन्दिपको खातामा आज ५ विकेट दर्ता भएको छ । सन्दिपले बिस्फोटाक ब्याट्म्यान मोहम्मद सरफिलाई ४९ रनमा आउट गरेका छन् । योसँगै मलेसियालाई आठौं झड्का लागेको छ । सातौं विकेटका रुपमा पारस खड्काको बलमा मलेसियाका खेलाडी रन आउट भएका छन् । यसअघि सोमपाल कामीले लगातार २ विकेट लिएका थिए । तेस्रो र चौंथो विकेट कामीले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको पहिलो र दोस्रो बलमै २ विकेट लिन सफल भए । आज मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो । खेलको लाइभ स्कोर हेर्न हयाँ क्लिक गर्नुस्– नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।
चार वर्ष जेल सजाय सुनाएका फरार सिइओ ज्ञवाली पक्राउ
काठमाडौं, असोज १९ । तत्कालिन किष्ट बैंकका सिइओ कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अन्तर्गत अदालतले उनलाई साँढे चार करोड रुपैयाँ र ४ बर्ष जेल सजायको फेसला सुनाएको थियो । ज्ञवाली फरार रहेका थिए । उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले कन्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले ज्ञवाली पक्राउ परेको बताए । उनलाई पाटन उच्च अदालतको फैसलाले साँढे चार करोड जरिवाना र ४ बर्ष कैद सजायको फैसला गरेको थियो । तत्कालिन किष्ट बैंकका सिइओ रहेको बेला आर्थिक अपचलन गरेको अभियोगमा राष्ट्रबैंकले बैंकिङ कसुर अन्तर्गत उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।
आईजीपी खनाललाई हटाउन नेकपाभित्र गोप्य छलफल
काठमाडौं, असोज १९ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले गोप्य छलफल अघि बढाएको छ । आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च तहका नेताहरु नै महानिरीक्षक खनाललाई वर्खास्त गर्ने गरी लबिङ थालेका हुन् । कारोबार दैनिकमा खबर छ । बर्खास्त गर्न तत्काल सम्भव नभए आइजीपी खनाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारीबाट हटाउन सक्ने विषयमा पनि नेकपाभित्र छलफल चलिरहेको उच्च स्रोतले बतायो ।
प्रधानमन्त्री स्वदेश फिर्ता
काठमाडौँ, असोज १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपालको कुरा स्पष्ट ढङ्गले राखिएको बताएका छन् । बिहिबार संयुक्त राष्ट्र संघको ७३ औं महासभामा सहभागिता जनाएर बिहिबार स्वदेश फर्केपछि पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा प्रधानमन्त्रीकाले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्रीको कार्यशैलीबारे नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसदमा दिएको अभिव्यक्तिबारे पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्रीले कविमनले कवितात्मक ढङ्गले केही भनिहाले पनि त्यसैलाई सबै कुरा मानेर पछि पछि दौडिहाल्नु पर्ने केही नभएको बताएका छन् । साथै प्रधानमन्त्रीले पार्टी एकता पार्टीभित्र कुनै पनि समस्या नरहेको बताउँदै यो सरकार पाँच वर्ष टिक्ने र निर्वाचन गराएर अझ शक्तिशाली भएर आउने समेत दाबी गरे । प्रधानमन्त्री अपरान्ह पौने ४ बजे कतार एयरलायन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्रीको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा,राष्ट्रसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना,रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेता सुवास नेम्बाङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन गत असोज ६ गते अमेरिकाको न्यूयोर्क गएका थिए । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँग उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत अमेरिका गएका थिए ।
भारतबाट दशैंका लागि घर फर्किनेहरुको घुइँचो
बाँके, असोज १८ । भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुग्नुभयो । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित देखिएका छन् । उहाँलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । “कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डरार्इडरार्इ जमुनाहासम्म आइपुगेँ”, शाहीले भने । तर, जब उहाँ जमुनाहा पुग्नुभयो ढुक्कसँग नेपाल प्रवेश गरे । दुई वर्षसम्म नेपाल नआएकोले उहाँ ढुक्कसँग घर पुग्नेमा आशावादी देखिएका छन् । उहाँजस्तै भारतको सिमलाबाट नेपाल फर्किदै गरेका जाजरकोट जगतीपुरका आइते विकलाई पनि उस्तै चिन्ता थियो । उनले भने, “सीमामा भारतीय प्रहरीले दुःख दिन्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो तर त्यसो भएन ।” दशैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी निरीक्षक शिव वलीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा नेपाल प्रहरी आफैँ पुगेर यात्रुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ । प्रहरी निरीक्षक वलीले भने, “रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा हुने ठगी, लुटपाट र अन्य घटना हुन नदिन नेपाल प्रहरी त्यहाँ पुग्ने गरेको छ ।” भारतबाट नेपाल आउने नेपाली यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन प्रहरीले सीमानाका जमुनाहामा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीलाई लुटपाट, ठगी र अन्य अपराधजन्य घटना हुन नदिन यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीलाई जाँचका क्रममा बिना झण्झट सुरक्षित नेपाल आउने व्यवस्था मिलाइरहेको छ । नेपाली आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । जमुनाहा नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली फर्किरहेको प्रहरीले जनाएको छ । जाजरकोट शिवालय–२ का खगेन्द्र विक चाडपर्व मनाउन नेपाल फर्किएको बताउँछन् । “घर परिवारसँगै चाडपर्व मनाउन घर फर्किएको हुँ”, उनले भने, “तिहारपछि फेरि उतै फर्कन्छु ।” कुशे गाउँपालिका–५ का हीरालाल टमाटा एक वर्षपछि चाडपर्व मनाउन आफू घर फर्किएको बताउँछन् । चाडपर्व मनाएर फेरि भारतनै जाने बताउँदै हीरालालले भन्नुभयो, “उता कमाइ ठीकठीकै छ । यता बसेर रोजगारी पाइँदैन, भारत नगई सुखै छैन ।” भारतबाट फर्किने नेपालीका कारण एक महीनायता नेपालगञ्जका होटल भरिभराउ भएर राम्रो व्यवसाय गर्न थालेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट वर्षेनी हजारौँ नेपाली रोजगारीलाई भारत जान्छन् । “अरु बेला आउन नसकेपछि दशैँको बेला बिदा मिलाएर टीका जमरा थाप्न घर आएका छौँ”, श्रीमान्सँग भारतको दिल्लीमा कमाउन गएको बताउँदै सुर्खेत चिङ्गाड गाउँपालिका–३ की जमुना विकले भने, “वर्षमा आउने ठूलो चाड घर त आउनु नै पर्यो नि ।” चिङ्गाडकै विवेक खड्का दशैँ तिहार मनाउन घर फर्किन पाउँदा खुशी भएको बताउनुहुन्छ । “चाडपर्वमा घर आउने भन्छौँ के के नमिल्ने यसपालि आउन पाउँदा धेरै खुशी छु । परदेशमा दशैँ मनाउनु र आफ्नै गाउँठाउँ र साथीसंगीसँग मनाउन पाउँदा कसलाई खुशी लाग्दैन र ?” आर्थिक स्थिति कमजोर भएका नेपाली भारतमा कमाइ गरेर दशैँ तिहार मनाउन भदौ महिनादेखि घर फर्किने गर्छन् । रासस