दुई लाख तीस हजार अवैध भारतीय नगदसहित एक पक्राउ

काठमाडौं, कार्तिक १९ ।

प्रहरीले आइतबार साँझ ५ बजे पर्साको वीरगञ्ज महानगरपालिका–८ बाट दुई लाख तीस हजार अवैध भारतीय रुपैयाँ नगद सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको जरनाथपुर – ५ घरभई वीरगञ्ज महानगरपलिका – १३ राधेमाई बस्ने ४५ वर्षीय विजय साह कलवार रहेका छन् । प्रहरीले उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । उनको साथबाट भारतीय मुद्रा दुई हजार दरको नोट एक सय थान र पाँचसय दरको नोट साठ्ठी थान गरी दुईलाख तीस हजार भारतीय रुपैयाँ बरामद गरेको छ

पक्राउ परेका कलवारलाई बरामद गरिएको भारतीय रुपैयाँसहित आवश्यक अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रशासनबाट

७ वर्षअघि निर्माण गरेको व्यवस्थित हाटबजार प्रयोग हुँदा स्थानीयको गुनासो

धनकुटा, कार्तिक १८ । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा ७ वर्षअघि निर्माण गरिएको व्यवस्थित हाट बजारस्थल प्रयोगविहीन भएको छ । एसियाली विकास बैंकको ५० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको हाट बजारस्थल वर्षौसम्म प्रयोगविहिन बनेको हो । उद्देश्य अनुसार सो स्थानमा हाट बजार नलगाईदा भौतिक संरचना जिर्ण बन्दै गएको स्थानीयको गुनासो छ । पर्यटकीय दृष्टिले महत्व बोकेको सिधुवा तरकारी उत्पादन तथा बिक्रीका दृष्टिले समेत प्रसिद्ध स्थल हो । बजारबाट टाढा भएको र बाटो समेत सहज नभएकोले सो स्थानमा हाट बजार लगाउन नसकिएको बजार व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । लाखौको लागतमा निर्माण गरिएको स्थलमा हाट बजार व्यवस्थापन गर्न स्थानीयबासीसँग समन्वय गरिने गाउपालिकाको उपाध्यक्ष भीमकला श्रेष्ठले बताए । कान्तिपुरबाट

राजधानी तोकिएपछि कैलालीको तेघरी वन अतिक्रमण तीव्र

कैलाली, कार्तिक १८ । तेघरी जंगलछेउ बस्दै आएका बाढीपीडित र सुकुमबासीहरू पछिल्लो समयमा वन अतिक्रमण गर्न सक्रिय भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगल क्षेत्रमा राजधानी बनाउने घोषणा गरेपछि बाढीपीडित र सुकुमबासीहरू सामुदायिक र राष्ट्रिय वन मासेर बस्नयोग्य जमिन बनाउन जुटेका हुन्।   वन छेउ बसेका बाढीपीडित र सुकुमबासी अहिले जंगलको सिमाना मिच्दै अगाडि बढिरहेको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेमराज भण्डारीले बताए। ‘बाढीपीडित र सुकुमबासीका नाममा टहरो बनाएकाहरूले अहिले सात बिघाभन्दा बढी जंगल क्षेत्र कब्जा गरिसकेका छन्,’ उनले भने, ‘जंगल मिच्दै रातारात खोरिया बनाउन थालेका छन्।’   उनीहरूले नातेदारलाई समेत ल्याएर वन मासेर बस्ती बसाल्ने योजना बनाएको उनले बताए। उनले भने, ‘टहरो मात्रै बनाएर बसेकाहरू खुर्सानी तथा सागपात लगाउने भन्दै जंगलको सिमाना मिच्दै जमिन बढाउन थालेका छन् ।’ एउटैले दुई÷चार कठ्ठा जमिन मिचेको उनले बताए।   वन अतिक्रमणबारे वन कार्यालय र गोदावरी नगरपालिका कार्यालयमा पटकपटक उजुरी गर्दा पनि सुनुवाइ नभएको भण्डारीले बताए। उनले भने, ‘वन अतिक्रमणकारीलाई कसैले पनि उठाउने साहस गर्दैनन्।’ स्थानीय रामचन्द्र अवस्थीले राजनीतिक दल, सामुदायिक वनका अध्यक्षलगायतको मिलेमतोमा बाढीपीडित र सुकुम्बासीका नाममा वन अतिक्रमण भएको बताए। उनले भने, ‘बाढीपीडित र सुकुमबासीका नाममा वन क्षेत्र मिचिएको छ। यस कार्यमा राजनीतिक दलको संरक्षणसमेत देखिएको छ।’   अत्तरिया क्षेत्रमा त झनै वन क्षेत्र अतिक्रमणमा परेको उनले बताए। ‘अत्तरिया बजार क्षेत्रको सुरक्षा सामुदायिक वन र दुर्गालक्ष्मी सामुदायिक वन अतिक्रमणमा परेको छ,’ उनले भने, ‘अतिक्रमित क्षेत्रमा जनप्रतिनिधि, सामुदायिक वनका अध्यक्षलगायतका व्यक्तिले कुनै चासो नदेखाउँदा उनीहरुकै मिलेमतो भएको जनताले बुझेका छौं।’   चौकीडाँडाका वडा अध्यक्ष मोहन खत्रीले अतिक्रमित वनबारे नगरपालिकासँग कुराकानी भइरहेको बताए । गोदावरी नगरपालिका क्षेत्रको चौकीडाँडा महिला सामुदायिक वन, सुरक्षा सामुदायिक वन, दुर्गालक्ष्मी सामुदायिक वन, तेघरी सामुदायिक वनलगायतका सामुदायिक वन अतिक्रमणमा परेको इलाका वन कार्यालय अत्तरियाका सहायक वन अधिकृत शेरबहादुर भण्डारीले बताए। नागरिक दैनिकमा खबर छ ।

प्रचण्डको घोषणा– दश वर्षभित्र नेपाल दक्षिण एसियाकै समृद्ध राष्ट्र बन्छ

काठमाडौं, कार्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आगामी दश वर्षभित्रमा नेपाल दक्षिण एसियाको समृद्ध राष्ट्र बन्ने दाबी गरेका छन् । रुपन्देहीको बुटवलमा नेकपाले आज (शनिबार) आयोजना गरेको शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् । साथै, उनले नेकपाको सरकारले मात्र मुलुकमा विकास र समृद्धि ल्याउने बताए । मुलुकलाई पछाडि धकेल्न चाहनेहरुले जति षड्यन्त्र गरेपनि विकास र समृद्धि नरोकिने दाबी गर्दै उनले अब विकास कसैले रोकेर नरोकिने भएकाले नेपाल एसियाकै सम्पन्न राष्ट्र बन्ने दृढता जनाए । त्यस्तै, अध्यक्ष प्रचण्डले केही समयभित्र तल्लो तहसम्मै पार्टी एकता हुने पनि बताए । विवादको कारण नभई भविष्य हेरेर गृहकार्य गर्दा केही ढिलाई भएको उनको भनाइ थियो । कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेलले अहिल्यै सरकारको मुल्याङकन गर्ने बेला नआएको बताउँदै सरकारलाई असफल हुने छूट पनि नरहेको तर्क गरे ।

शौलाचय गएकी १३ वर्षीय बालिका बलात्कृत

कपिलवस्तु, कार्तिक १७ । जिल्लाको शिवराज नगरपालिका १ मा बुधबार राती १३ बर्षीया बालिका बलाकृत भएकी छिन् । राती शौच गर्न जाँदा स्थानीय २२ बर्षीय खिम बहादुर विकले बारीमा लगि जबरजस्ती करणी गरेको भनी पीडित बालिकाका परिवारले वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् । देउसी भैलोको तयारी गरी राती करिब १० बजे घरमा आएकी बालिका शौचालय गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा पिडकले जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पीडितको आरोप छ । परिवारलाई राती नै बालिकाले घटनाबारे बताएको भए पनि  बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो । उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए । पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार गरेर घर ल्याइएको प्रहरीले जनाएको छ । विकले भने आफूले करणी नगरेको दावी गर्दै आएको प्रहरीले जनाएको छ । बालिकाको मेडिकल रिपोर्ट अझै नआएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पीडित परिवारले भने प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेर दोषीलाई छुटाउने चलखेल भइरहेकोे भन्दै शुक्रबार प्रहरी कार्यालय घेराउ गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग राखेका छन् । इमेजखबरबाट

बलात्कारीलाई जोगाउन गलत रिपोर्ट दिने २ चिकित्सकविरुद्ध मुद्धा

कठमाडौं, कार्तिक १७ । वर्षीया बालिकाको बलात्कारीलाई जोगाउन गलत मेडिकल रिपोर्ट दिने दुई जना डाक्टरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।   धनुषामा बलात्कार घटनामा पीडित बालिकाको स्वास्थ्य परीक्षणबारे गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पताल धनुषाका डा. भिके सिंह भनिने विजयकुमार सिंह र डा। रम्भा गोइतविरुद्ध अख्तियारले मद्दा दायर गरेको हो।   अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार धनुषा जिल्लामा गत भदौ ४ मा १२ वर्षीया बालिका बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान क्रममा भदौ ९ मा जनकपुर अञ्चल अस्पतालमा पीति बालिकाको स्वास्थ्य परीक्षण गराउँदा डा. सिंह र गोइतले बलात्कार नभएको प्रतिवेदन दिएका थिए।   त्यसपछि प्रतिवेदनमाथि शंका गर्दै भदौ २४ मा जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको थियो। डा. सिंह र डा. गोइतले बलात्कारी जोगाउन गलत प्रतिवेदन दिएको भन्दै अख्तियारमा पीडितको उजुरी परेको थियो । आजको नागरिक दैनिकमा यो खबर छ ।

फेसबुक असुरक्षितः हजारौं प्राइभेट म्यासेज चोरी, एकाउन्ट बेच्न विज्ञापन !

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक अहिले सबैको अनिवार्य बनेको छ । उठ्दाबस्दा अधिकांशको फेसबुक निकै अपरिहार्य भएको छ । तर, ह्याकरहरुले हजारौं फेसबुक प्रयोगकर्ताको एकाउन्ट ह्याक खबर सार्वजनिक भएको छ । ह्याकरले निजी सन्देश (प्राइभेट म्यासेज) प्रकाशित गरेका छन् । कम्तिमा ८१ हजार भन्दा बढी फेसबुक प्रयोगकर्ताका म्यासेजहरु उनीहरुले सर्वाजनिक गरेका हुन् ।   यसमा संलग्नहरुले बिबिसीको रुसी सेवालाई आफूहरुसँग १२० मिलियन फेसबुक एकाउन्टको विस्तृत जानकारी रहेको बताएका छन् । उनीहरुले त्यो जानकारी बेच्ने प्रयास गरेका छन् ।   फेसबुकले प्रयोगकर्ताको गोपनियतामा कुनै पनि किसिमको सम्झौता नगरिने बताएको छ । थप एकाउन्ट प्रभावित नहुन भनेर आफूहरुले सुरक्षात्मक उपाय अपनाएको फेसबुकले जनाएको छ ।   अहिले ह्याकरले चोरी गरेका जानकारीहरु विशेष गरी युक्रेन र रुसका प्रयोगकर्ताको छ । यस्तै बेलायत, अमेरिका, ब्राजिल र विश्वका अरु देशका प्रयोगकर्ताको जानकारी पनि उनीहरुसँग छ । ह्याकरले एउटा एकाउन्ट १० सेन्टमा बेच्ने प्रस्ताव गरेका थिए । उनीहरुले यसबारेको विज्ञापन अनलाइनमा प्रकाशित गरेका थिए । अहिले उनीहरुको विज्ञापन अफलाइन गरिएको छ । देशसञ्चारबाट

नेपालकाे आर्थिक वृद्धि ६ प्रतिशत : विश्व बैंक

काठमाडौं, कार्तिक १५ । विश्‍व बैंकले आगामी तीन आर्थिक वर्षसम्म नेपालको औसत आर्थिक वृद्धि दर ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ। विश्‍व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल अपडेट’ प्रतिवदेनले सन् २०२१ सम्ममा ६ प्रतिशतको औसत आर्थिक वृद्धि रहने उल्लेख गरेको हो । सरकारले १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा विश्‍व बैंकले भने ६ प्रतिशतको रहने प्रक्षेपण गरेको हो। विश्‍व बैंकको प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने जनाएको छ। त्यस्तै, आर्थिक वर्ष २०१९ ०२० मा ५.९ प्रतिशत र २०२० ०२१ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्ने प्रक्षेपण गरेको छ। विश्‍व बैंकले नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ। बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले विगतको तुलनामा नेपालले राम्रो गरे पनि त्यति मात्रैले नुपुग्ने बताए। उनले सरकारले केही गर्न खोजे पनि विगतमा नै धेरै काम गर्न नसेकेको कारण पर्याप्त नभएको समेत उल्लेख गरे। ुनेपालको विकासका लागि सबै विकल्पहरू खोल्नुपर्छु, फ्यानले भने। विश्‍व बैंकले अहिलेको अवस्थामा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी रेमिट्यान्सले योगदान दिएको उल्लेख गरेको छ भने प्रमुख चुनौती बढ्दो व्यापार घाटा रहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २।८, औद्योगिक क्षेत्रको वृद्धिदर ८।८ र सेवा क्षेत्रको वृद्धिदर ७।१ प्रतिशत रहने अनुमान गरिएको छ। प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले नेपाल सुधारको बाटोमा रहेको बताए। ुसरकार समृद्ध नेपाल, सुखी नेपाली अभियान अघि सारेर अघि बढेको छु, खतिवडाले भने। उनले डुइङ विजनेसमा नेपाल केही खस्किएको देखिए पनि नेपालमा व्यावसायिक वातावरण बन्दै गएको बताए। बैंकको एक प्रतिवेदनमा विश्व व्यापार गर्न सहज १९० देशहरूको सूचीमा नेपाल १०५औँ स्थानमा परेको समेत उल्लेख छ। सरकार निजी क्षेत्रसँग सहकार्य गरेर तीव्र अंकको आर्थिक वृद्धि गर्ने अर्थमन्त्री खतिवडाको भनाइ रहेको छ। उनले पुराना नीति नियमहरू सुधार हुँदै गएको अवस्थामा व्यावसायिक वातावरणलाई सहयोग पुर्‍याउने अर्थमन्त्री खतिवडाको भनाइ छ।

बिस्थापित बन्दै केशव स्थापित, प्रधानमन्त्रीको निर्णय पर्खाई

हेटौडा, प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउने तयारीमा मुख्यमन्त्री डोरमणि पौडेल जुटेका छन् । यसै बिषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्न बिहीबार उनी काठमाडौं गएको कान्तिपुर दैनिकले जनाएको छ । मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक पटक अपमान गरेको आरोप छ । बुधबारको मन्त्रिपरिषद बैठकमामु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेका थिए। उक्त विचार व्यक्त गर्ने वितिक्कै मन्त्री स्थापितले आफूले मन्त्रालयको काम गरिरहेको जिकिर गर्दैै मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेका थिए। १३ अर्ब वजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन। मन्त्री स्थापितलाई पदबाट हटाउन नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौ गएका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुमति पाएपछिमात्र मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदबाट हटाउने बताइएको छ । मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारवाट अत्यन्त आक्रोशित भएको एक मन्त्रीले बताए। ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका छन्,’ती मन्त्रीले भने, ‘स्थापित कहिल्यै गम्भीर नहुने स्वभावका रहेछन्।’ तर, मन्त्री स्थापितले भने, मेरो अलि स्वर ठूलो छ, ठूलो स्वरमा कराएँ, अभद्र व्यवहार गरेको छैन।’ एक मन्त्रीका अनुसार स्थापित अभद्र ढंगले प्रस्तुत भएपछि बैठकमै टेबुल ठोकाठोक भयो। मन्त्री स्थापित पनि बुधबार बेलुका नै काठमाडौं आइसकेका छन्।

छुट्टाछुट्टै स्थानमा ३ जनाको शव भेटिए

गौशाला, कार्तिक १५ । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार २ जनाको शव भेटेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव भेटिएको हो । उनका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको बरण्डामा जनकपुर उपमहानगरपालिका–२१ बस्ने महाजन मण्डलका छोरा ३९ वर्षीय मखन मण्डलको शव भेटिएको हो । त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्सा टोलस्थित बाँसघारीमा स्थानीय ८० वर्षीय तपसी ठाकुर बरहीको शव डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको हो । त्यसैगरी जिल्लाको गौशाला नगरपालिका–११ मा ढोलन खोला किनारमा रहेको आँप बगैँचामा स्थानीय भोला महतोको छोरा १६ वर्षीय सचिनकुमार महतोको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिरहेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । भारतबाट ल्याउँदै गरेको ९२ प्याकेट पटाका बरामद भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको ९२ प्याकेट पटाका गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–३ मलिवारास्थित बस बिसौनीमा भारतबाट भन्सार छली लुकाइछिपाइ ल्याएको विभिन्न ब्राण्डका ९२ प्याकेट पटाका प्रहरीले बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले गस्तीको क्रममा बस बिसौनीबाट ५० प्याकेट नागिन ब्राण्ड, ३५ प्याकेट फुलझरी ब्राण्ड र सात प्याकेट आलुबम ब्राण्डका गरी जम्मा ९२ प्याकेट पटाका बरामद गरेको छ । रासस

साफ यू–१५ च्याम्पियनसिपः भारत ४–२ ले पराजित, बंगलादेश फाइनलमा

कार्तिक १५ । साफ यू–१५ च्याम्पियनसिप अन्तर्गतको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई ४–२ ले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सूटआउट मार्फत बंगलादेश फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ गोल भएपछि खेल पेनाल्टी सूटआउट तर्फ गएको थियो। फिफाको खेल नियमअनुसार ९० मिनेटपछि ३० मिनेट अतिरिक्त समय थपेर खेलाइने भएपनि साफ यू -१५ को खेलमा अतिरिक्त समय नखेलाई सिधै पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको छ । अबको अर्कों सेमिफाइनल खेल नेपाल र पाकिस्तानबीच अहिले २ः३० बजे हुँदैछ ।

माओवादी एम्बुसमा परेर पत्रकारसहित ३ को मृत्यु

दन्तेवाडा । भारतमा सशस्त्र जनयुद्द गरिरहेका माओवादीको एम्बुसमा परि तीन जनाको मृत्यु भएको छ । भारतीय पत्रिकाका अनुसार, नक्सलवादी प्रभावित क्षेत्र अरनपुर थानाक्षेत्रमा प्रहरी र माओवादीबीच भीडन्त भएको हो । भीडन्तका क्रममा दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने एकजना पत्रकार मारिएका छन् । मारिने पत्रकार सरकारी सञ्चारमाध्यम दूरदर्शनका क्यामेरामेन भएको बताएको छ । प्राप्त जानकारी अनुसार, दन्तेवाडाको अरनपुर थानाक्षेत्र अन्तर्गत रहेको नीलबाया गाउँ नजिक प्रहरी, दूरदर्शनका पत्रकारसहित सुरक्षाकर्मीहरु गस्तीमा रहेका थिए । गस्तीमा रहेको बेला माओवादीले एक्कासी आक्रमण गरेपछि दुई जना सुरक्षाकर्मी घाइते भए पनि एकजना असईको तत्कालै मृत्यु भएको थियो । माओवादीबाट चौतर्फी घेरिएका सुरक्षाकर्मीसँगै क्यामराकर्मी समेत मारिएको पत्रिकाले उल्लेख गरेको छ । दन्तेवाडा माओवादीको मुख्य प्रभाव रहेको क्षेत्र हो । भारतीय सुरक्षाकर्मीहरुले दर्जनौ अप्रेसन चलाएपनि सरकारी अभियानले आम सर्वसाधारणलाई नै निशाना बनाएको भन्दै ठूलो संख्यामा स्थानीय जनता माओवादीलाई समर्थन गर्दै आएका छन् ।

समृद्धिको ढोका खोल्दै ‘कर्णाली’

सुर्खेत, कात्तिक १३ । ‘पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौँ।’ यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा दलका नेताहरूले अधिक दोहो¥याएको वाक्य हो । प्रदेशको विकास र समृद्धिका लागि सत्तापक्ष÷प्रतिपक्ष एकताबद्ध भएर अघि बढ्ने नेताहरुको प्रणसँगै कर्णाली प्रदेश सरकारले केही आशालाग्दा कामको थालनी गरेको छ । जसले कर्णाली समृद्धिको मार्गमा अघि बढ्दैछ भन्ने संकेत गरेको छ। प्रदेशसभा शुरु भएको पाँचौ दिनमा विपक्षी काङ्गे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीको राजधानी ‘सुर्खेत’ र तत्कालीन एमालेका नेता यामलाल कँडेलको नामाकरण ‘कर्णाली’ कायम गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भयो । सरकारले ल्याउनुपर्ने प्रस्ताव विपक्षीले ल्याएर सत्तापक्षले समर्थन गरेको यस्तो उदाहरण संसदीय व्यवस्थामा विरलै देख्न पाइन्छ । तर कर्णाली संसद् अपवाद बनेको छ । एकाधबाहेक महत्वपूर्ण विषयवस्तुमा सत्तापक्ष÷प्रतिपक्षको एकता उदाहरणीय छ । संविधान निर्माणको पूर्वसन्ध्यामा प्रमुख चार दलका नेताहरू सम्मिलित विशेष समितिले ०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गर्यो । सुदुरका ९ तथा मध्यपश्चिमका १० जिल्ला समेटेर एउटै प्रदेशको खाका तयार पारिएको थियो । दलबीच भएको यही सहमतिविरुद्ध भेरी–कर्णालीमा असन्तुष्टिको आगो बल्यो । ‘अखण्ड मध्यपश्चिम’ अर्थात् बेग्लै प्रदेशको माग राखी शुरु भएको आन्दोलनको राप बढ्दै गयो । १३ दिनसम्म चलेको आन्दोलनमा थुपै्र घाइते भए । सुर्खेत र जुम्लामा गरी चार जनाले ज्यान गुमाए । आन्दोलन उत्कर्षमा पुगेपछि भदौ ४ गते दलहरू भेरी–कर्णालीका १० जिल्लालाई बेग्लै प्रदेशमा राख्न सहमत भए । अन्ततः यही ‘कान्छो प्रदेश’ले आफ्नो नाम र राजधानी टुङ्गो सहजै लगायो । अन्य प्रदेशका लागि पेचिलो बनेको यो मुद्दा तत्कालीन ‘प्रदेश–६ संसद्’ ले टुङ्ग्याएपछि चौतर्फी वाहीवाही बटुल्यो । प्रदेश सरकारको पहिलो बैठकले प्रमुख पर्यटकीय गन्तव्य रारालाई केन्द्रबिन्दु बनाएर २०७५ लाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने निर्णय ग¥यो । ‘रारा–कर्णाली पर्यटन वर्ष’ नाम दिइएको यस अभियानको पहिलो पर्यटक बन्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री ओलीबाट वैशाख १ गते राराताल परिसरमा शुभारम्भ भएको यस अभियानले कर्णालीको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्न थप मद्दत पुग्यो । “पर्यटनबाटै समृद्धि सम्भव छ’ भनेर अभियान सुरुवात ग¥यौँ, यहाँ आउने पर्यटकले एकपटक ढुङ्गाकै सिरानीमा सुत्नुपर्ने बाध्यता छ,” मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, “लाखौँ पर्यटक भित्र्याएर यहाँको पर्यटन पूर्वाधारको विकास गर्नु छ ।” अभियानकै प्रभावभन्दा फरक पर्दैन, यतिबेला रारातालमा रमाउनेको बाक्लो भीड देख्न सकिन्छ । रारा रुटमा पर्ने सुर्खेतका बुलबुले, काँक्रेविहार, दैलेखका पञ्चकोशी, जुम्लाको सिञ्जालगायतका स्थानमा पर्यटकको चहलपहल विगतमा भन्दा बढ्दो छ। प्रदेश सरकारले रारा, से–फोक्सेण्डो, बुलबुले, काँक्रेविहार, पञ्चकोशी ज्वाला, कुभिन्डे दह, सिञ्जालगायतका पर्यटकीयस्थलमा गरी यो वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । अभियानकै कारण रारामा उल्लेख्य पर्यटक भित्रिएको सरकारको दाबी छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले यसै वर्ष पर्यटन प्राधिकरण गठन गर्ने सरकारको कार्यक्रम रहेको जानकारी दिनुभयो । यसले सिङ्गो प्रदेशको पर्यटकीय गुरुयोजना निर्माणदेखि पूर्वाधार विकासमा टेवा पुग्ने उनको भनाइ छ । वैशाख १ गते रारामै बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले भारतीय सीमा जमुनाहादेखि उत्तरी तिब्बत जोड्ने हिल्सा नाकालाई पर्यटकीय राजमार्गका रूपमा अघि बढाउने निर्णय गर्यो । उक्त निर्णय प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो । अहिले यो सडक निर्माणमा चिनियाँ लगानीकर्ता इच्छुक देखिएका छन् । मुख्यमन्त्रीको हालै सम्पन्न चीन भ्रमणका क्रममा राजमार्ग निर्माणमा चिनियाँ हाइवे कम्पनीका प्रतिनिधिले सकारात्मक प्रतिक्रिया दिएका थिए । भ्रमणमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उत्तर–दक्षिणका यी नाका जोड्ने राजमार्ग विस्तार भएसँगै कर्णाली प्रदेशले मात्र नभई सिङ्गो मुलुकले आर्थिक लाभ पाउने अपेक्षा विश्वास लिइएको छ । उत्तरी छिमेकी चीनबाट बौद्ध धर्मावलम्बीलाई कर्णालीको लुम्बिनीका रूपमा चिनिएको सुर्खेतस्थित काँक्रेविहारसम्म ल्याउन तथा भारतीय हिन्दू पर्यटकलाई मानसरोवर जानसमेत यही रूट भरपर्दो हुने हुँदा पर्यटन उद्योगमा ठूलो परिवर्तन ल्याउने ठानिएको छ । कर्णाली सरकार डिजिटल र अर्गानिक प्रदेशको आधारशिला निर्माण गर्ने काममा जुटेको छ । प्रदेश मन्त्रालयलाई ‘पेपरलेस’ बनाउन सरकारले गृहकार्य गरिसकेको तथा महत्वपूर्ण स्थानमा सिसीटिभी क्यामरा जडान गर्नेदेखि विद्यालयमा सोलार र इन्टरनेट जडान गर्ने लगायतका काम शुरु भइसकेका छन् । अर्गानिक प्रदेश निर्माणका लागि कर्णालीका प्रत्येक जिल्लाका प्रत्येक स्थानीय तहमा रु एक÷एक करोड बजेट विनियोजन गरिएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक कार्यक्रमले स्थानीय कृषि उत्पादन वृद्धिका साथै बजारीकरणमा समेत टेवा पुग्ने विश्वास लिएको छ । जडिबुटी कर्णाली प्रदेशको मुख्य आम्दानीको स्रोत हो । बहुमूल्य यार्सागुम्बालगायतका जडिबुटीलाई प्रशोधन गरेर एकद्वार प्रणालीमार्फत बिक्री वितरण गर्ने सरकारको योजना छ । प्रदेश सरकारले यस वर्षलाई कानून र भौतिक पूर्वाधारको गुरुयोजना निर्माणका रुपमा लिएको छ । यस अवधिमा २१ कानून बनाइसकेको छ । सङ्घीय कानून नबन्दाका अप्ठ्यारा बाहेक आफूले बनाउनुपर्ने सबै कानून बनाइसकेको छ । त्यस्तै, सरकारले श्रमप्रति सम्मान बढाउन महीनाको १ र १५ गते ‘श्रम दिवस’ मनाउँदै आएको छ । मुख्यमन्त्री, मन्त्रीसहित प्रदेश सरकारका उच्च अधिकारी श्रम दिवसमा सहभागी भएर विकास निर्माण कार्यमा सहभागिता जनाउने प्रचलन छ । कर्णाली सरकारको अर्को महत्वपूर्ण निर्णय हो, “गम्भीर बिरामीलाई एयर लिफ्टिङमार्फत उद्वार गर्ने ।” कार्यक्रमबाट सडकको पहुँच नपुगेका क्षेत्रका बासिन्दाले लाभ पाउनेछन् । माथिल्लो कर्णालीका जिल्लाबाट प्रदेश राजधानीमा नियमित उडानका लागि विमान कम्पनीसँग प्रदेश सरकारले छलफल अघि बढाइरहेको छ । प्रदेश सरकारकै पहलमा लामो समय अवरुद्ध सुर्खेत–काठमाडौँ हवाई उडान सञ्चालन भएको छ । दश जिल्ला रहेको कर्णाली प्रदेशमा कृषि, पर्यटन, जडीबुटीका अतिरिक्त जलस्रोतका दृष्टिले धनी मानिन्छ । यहाँ निर्माणाधीन जलविद्युत् आयोजना समयमै पूरा भए कर्णालीले विकासको कोल्टे फेर्न धेरै वर्ष कुर्नु पर्दैन । माथिल्लो कर्णाली, तिला १ र २, नलगाड, बेतान कर्णालीले निर्धारित समयमै निर्माण पूरा भए विद्युत्बाटै प्रदेशले उल्लेख्य लाभ लिनसक्ने आधार छन् । सरकारले उपलब्ध अपार स्रोतलाई समयमै सदुपयोग गर्न सकेको खण्डमा अहिलेजस्तो सबै सूचकाङ्कमा पछाडि रहेको गरीब प्रदेशका रूपमा चित्रित कर्णाली छोटो समयमै समृद्ध बन्न सक्छ । रासस

नेकपाकाे सचिवालय बैठक जारी (फाेटाे फिचर)

काठमाडौं, कार्तिक ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) के सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भइसकेकाे छ । पटक-पटक स्थगित हुँदै आएको बैठक अइतबार बिहान ११ बजे हुनुपर्ने भएके भए पनि दिउँसाे मात्र सुरू हुन सकेकाे थियाे । अध्यक्ष प्रचण्डको सचिवालयले जनाए अनुसार बैठक साेमबारसम्म चल्नेछ । बैठकमा नेकपा मन्त्रीहरूकाे हेरफेर र नेता बामदेव गौतमलाई उम्मेदवार बनाउन भनेर काठमाडौं-७ का सांसद रामवीर मानन्धरले पार्टीमा बुझाएको राजीनामाको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । वामदेवले काठमाडौं ७ मा चुनाव नलड्ने घोषणा गरिसकेकाले रामवीरको राजीनामा स्वीकृत नहुने र यो प्रकरणको टुङ्गे लाग्ने समेत बताइएके छ । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गरेको असहमति, सरकारको समीक्षा, पार्टी एकीकरणको कार्यान्वयन लगायतका विषयमा छलफल हुने भएको छ । हेर्नुहाेस तस्बिर:

अमिताभले ८५० बढी किसानको ऋण तिरिदिने !

एजेन्सी । बलिउडका अग्रज अभिनेता अमिताभ बच्चनले गरिब किसानको ऋण तिर्ने बताएका छन्। अमिताभले उत्तर प्रदेशका ८ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा मद्दत गर्ने घोषणा गरेका हुन्।   उनले यसअघि महाराष्ट्रका ३ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा सहयोग गरेका थिए। अमिाताभले ऋण तिर्न नसकेर आत्महत्याको कदम उठाउन बाध्य किसानलार्इ रोक्न आफूले ऋण तिरिदिने निर्णय गरेको उल्लेख गरेका छन्।   यो भन्दा पहिला आन्ध्र प्रदेश र विदर्भका किसानको ऋण पनि उनले तिरिदिएका थिए। पछिल्लो समय युपीका किसान ऋण समस्यामा रहेको जानकारी पाएपछि अमिताभले ५.५ कराड भन्दा बढी ऋण रकम तिरेर सहयोग गर्ने बताएका हुन्।   कौन बनेगा करोडपति कार्यक्रमका सञ्चालक समेत रहेका अमिताभले गरिबलार्इ सहयोग गर्न पाउँदा आफूलार्इ सन्तुष्टि मिल्ने बताउँछन्।उनले केही दिनअघि महाराष्ट्रका ४४ सहिद परिवारलार्इ पनि आर्थिक सहयोग गरेका थिए।

टी-२० विश्वकप छनोट : नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडाै‍ँ, असाज २६ । टी–२० विश्वकप छनोट एसिया क्षेत्र ए को उपाधिको लागि नेपालले सिंगापुर बिरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । सात टोली सम्मिलित प्रतियोगितामा कुनै फाइनल खेल नभएको र लिग चरणको खेलमा जुन टोली प्रथम हुन्छ उसले नै उपाधि जित्ने छ । आजको नेपाल र सिंगापुर बिचको खेल अघोषित फाइनल खेल हो । खेल पाँच खेल खेलेको नेपाल १० अंक सहित अंक तालिकाको पहिलो स्थानमा छ भने पाँच खेलमा नै १० अंक जोडेको सिंगापुर नेट रनरेटका आधारमा दोश्रो स्थानमा छ । आजको खेलमा जित निकाल्ने टोलीले एसिया क्षेत्र छनोट ए को उपाधि माथि कब्जा जमाउने छ । आजको खेलमा नेपालले प्रदिप ऐरी, आरिफ शेख र ललित सिंह भण्डारीलाई बिश्राम दिएको छ ।