अमेरिका, चीन र रुसबीच अस्त्र बनाउने प्रतिस्पर्धा

साउन २६ । शीतयुद्धताका चर्चा हुने गरेको अस्त्रको विकास बिस्तारै वास्तविकतामा परिणत हुन थालेको देखिन्छ। चीनले गत हप्ता स्टारी स्काइ-२ नामक ‘हाइपरसोनिक’ विमानको परीक्षण गरेको घोषणा गर्‍यो।

ध्वनिको भन्दा ६ गुणा बढी गति भएको उक्त विमान दुई घण्टामा चीनबाट इक्वेडर पुग्नसक्छ। रुसले गत महिना मिग-३१ एस विमानले क्यास्पियन सागरको निगरानी गरिरहेको र एप्रिलदेखि किन्जल नामक  ‘हाइपरसोनिकु क्षेप्यास्त्र तैनाथ गरिएको बताएको थियो।

रुसी रक्षा मन्त्रालयले अन्तरमहादेशीय दूरी तय गर्नसक्ने ‘एभेनगार्ड’ नामक क्षेप्यास्त्र प्रणाली छिट्टै तयार गर्ने बताएको छ। त्यसको ‘हाइपरसोनिक’ गति प्रतिघण्टा २४,१४० किलोमिटर हुनेछ। सन् २०१५ मा अमेरिकी वायुसेनाले सन् २०२३ सम्ममा ‘हाइपरसोनिक’ अस्त्रको विकास गरिसक्ने घोषणा गरेको थियो।

तर रुस र चीनले त्यस्तो अस्त्रको विकास गरिसकेको समाचारपछि अमेरिका चिन्तित बनेको बताइन्छ। हालै अमेरिकी क्षेप्यास्त्र एजेन्सीले सन् २०१९ को बजेटमा ुहाइपरसोनिकु क्षेप्यास्त्र प्रणाली विकसित गर्नका लागि १२ करोड डलर माग गरेको थियो।

सन् २०१६ मा सोही प्रयोजनका लागि उसले साढे ७ करोड डलर माग गरेको थियो। हाइपरसोनिक अस्त्रका एकजना विज्ञ जर्ज नकुजीले अमेरिकासँग क्षेप्यास्त्र प्रतिरोधी प्रविधि भए पनि नयाँ प्रणालीको सामना गर्नसक्ने उपकरण उससँग नभएको बीबीसीलाई बताए।

वाशिङटनस्थित ‘थिङ्क ट्याङ्क’ सीएएफआईपीको परमाणु नीति कार्यक्रमका सह-निर्देशक जेम्स एक्टनका अनुसार ‘हाइपरसोनिक’ अस्त्रको गति ध्वनिको भन्दा पनि तीव्र हुन्छ। विशेषज्ञहरू भन्छन्, ‘सैद्धान्तिक रुपमा यी पाँच, १० र २० गुणाभन्दा बढी तीव्र रूपमा जानसक्छन् वा ध्वनिको गतिभन्दा तीव्र हुन्छ।’ एक्टनका अनुसार शीतयुद्धपछि नै त्यस्तो अस्त्रको विकास गर्ने आकाङ्क्षा रहिआए पनि त्यसलाई विकसित गर्न कैयौँ चुनौतीको सामना गर्नुपरेको छ।

उनी भन्छन्, ‘हाइपरसोनिक अस्त्रका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम हो किनकि तापक्रम बढेपछि त्यो पग्लिने सम्भावना हुन्छ।’ त्यसैगरी लामो दूरी तय गर्नसक्ने र विस्फोट पनि नहुने इन्जिन बनाउने चुनौती रहेको उनको भनाइ छ। त्यसका साथै रणनीतिक चुनौती पनि रहेको नकुजी बताउँछन्।

उनका अनुसार गति परिवर्तन भइरहने ‘हाइपरसोनिक’ अस्त्रको उडान अनिश्चित हुन्छ। र, त्यसको रक्षाका लागि अमेरिकासहित कुनै पनि मुलुकसँग प्रतिरक्षा प्रणाली छैन। यद्यपि खुशीको खबर के छ भने यी तीनवटै शक्तिशाली देश त्यसको विकास गर्नसक्छन्। तर नराम्रो खबर के छ भने सोही बहानामा ‘नयाँ अस्त्र बनाउने होडबाजी’ शुरू भएको छ। त्यो होडबाजीमा तीनवटा देश सामेल भएको कुरामा एक्टन सहमत छन्। -बीबीसी

पीण्डेश्वर बोलबम–दर्शनार्थीको भीड

इटहरी । सुनसरीको धरानस्थित धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा आज साउनको पहिलो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ । बेलपत्र धतुरोका दाना मह, ध्यू, दही आदिसमेत शिवालयमा चढाइ भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्ने भक्तजनको शिवालयमा भीड लागेको हो । विगतमा झै साउन महिनाको पहिलो सोमबार परेकाले हजाराँै हिन्दू भक्तजनले स्थानीय तलाउ, कुवा, पोखरी वा धाराबाट जल उठाई पीण्डेश्वर शिवालयमा चढाइरहेका छन् । त्यस्तै काबरिया बोलबम तीर्थयात्रीले समेत बराहक्षेत्र र चतरास्थित कौशिकी तटमा स्नान गरी शुद्ध जल उठाएर पीण्डेश्वर शिवालयमा ल्याई चढाउने भक्तजनको पनि विशाल भीड रहेको पाइएको छ । प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा जल अर्पणका लागि आउने हजारौँ स्थानीय तथा चतरा बराहक्षेत्रबाट जन उठाएर आउने काबरिया बोलबम भक्तजनलाई लामबद्ध जल चढाउन पालो मिलाउन सयाँै स्वयंसेवकसमेत परिचालन गरिनुका साथै स्वास्थ्य तथा सुरक्षा व्यवस्था मिलाइएको पीण्डेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिले जनाएको छ । धरानका पीण्डेश्वर शिवालयसँगै सुनसरीका अन्य सम्पूर्ण शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी शुद्ध आत्माले जल उठाइ भगवान् शिवको मूर्तिमा अर्पण गर्ने र फूल प्रसाद चढाइ मनोकाङ्क्षा पूरा होस् भन्ने कामना गर्ने र चिताएको पूरा भएको खुशियालीमा मन्दिर गएर पूजापाठ गर्नेको पनि लामो ताँती लागिरहेको छ । चतरा कौशिकी तट र बराहक्षेत्रदेखि पहेलो बस्त्र धारण गर्ने काबरिया टोलीले पनि बिहान ५ बजेदेखि नै पैदल यात्रा तय गरी धरानमा आएर जल अर्पर्ण गरिरहेको र अन्य शिवालयमा पनि जल अर्पण गर्ने कार्य भइरहेको जनाइएको छ । आजै सोमबार ठूलो एकादशीसमेत परेकाले सम्पूर्ण हिन्दू नरनारीले घर घरमा तुलसी रोपेर भगवान् विष्णुको पूजापाठसमेत गरेका छन् । रासस

सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आह्वान

काठमाडौँ, असार ३२ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत डा केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै यसमा सरकार वार्तामार्फत समाधानका लागि गम्भीर नहुनुलाई झनै गम्भीर विषयका रुपमा लिएको बताउनुभएको छ । सभापति देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा केसीसँग वार्ता गरी उहाँका माग सम्बोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण गराउनुभएको छ । “मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको थियो । डा केसीसँगको वार्ता, सरोकारवालासँगको छलफल, उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत् हल हुने मेरो दृढ निष्कर्ष छ” विज्ञप्तिमा उल्लेख छ । शासन सञ्चालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउने उल्लेख गर्दै उहाँले डा केसीको जीवनमा तलमाथि हुनसक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको बताउनुभएको छ । सभापति देउवाले अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानकाप्रति नै गम्भीर घात हुने चेतावनी समेत दिनुभएको छ । डा केसी चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १७ दिनदेखि जुम्लामा आमरण अनशनरत हुनुहुन्छ । उहाँको यो १५ औँ आमरण अनशन हो । यता काँग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा डा केसीका माग सम्बोधनमा सरकार गम्भीर नदेखिएको भन्दै सदन अवरुद्ध गरेको छ ।

नेइमारले रियल मड्रिड आउने चाहना राखेका हुन् ? मड्रिडको विचार यस्तो छ

एजेन्सी, असार ३० । ब्राजिलका स्टार नेइमारलाई रियल मड्रिडले क्लब भित्र्याउन चाहना राखेका खबरहरु बारम्बार आइरहेका छन् ।  झण्डै दुई हप्ताअघि स्पेनको एक टेलिभिजनले रियल मड्रिडले नेइमारलाई क्लब ल्याउनका लागि पहल थालेको र त्यसका लागि २७५ मिलियन पाउण्डको प्रस्ताव गरेको खबर प्रशारण गरेको थियो । त्यसपछि रियल मड्रिडले विज्ञप्ति नै निकालेर सबै कुरा असत्य रहेको भन्दै नेइमारसँग जोडिएका कुरा अस्वीकार गरेको थियो । र पनि नेइमार तथा रियल मड्रिडसँग जोडिएर खबर आउन छोडेका छैनन् । फेरि रियल मड्रिडले नेइमारलाई क्लब ल्याउन लागेको भन्ने कुरा अस्वीकार गर्नु परेको छ । क्लबले भनेको छ, ‘रियल मड्रिड स्पष्ट पार्न चाहन्छ कि नेइमारलाई प्रस्ताव गर्ने क्लबको कुनै मनसाय छैन ।’ रोनाल्डोले नयाँ क्लबमा कति नम्बर जर्सी पाए ? रोनाल्डोको ठाउँमा हाजार्डलाई ल्याउने रियलको तयारी! रियल मड्रिडले पिएसजीका नेइमार र केलियन एमबाप्पेलाई अनुबन्ध गर्न सम्झौता नै गर्न लागेको कुरा आएपछि जुलाई २ मा विज्ञप्ति निकालेर अस्वीकार गरेको थियो । रियल मड्रिडको पछिल्लो स्पष्टिकरणमा भनिएको छ, ‘पिएसजी र रियल मड्रिडबिच राम्रो सम्बन्ध छ, यदी रियल मड्रिड पिएसजीका कुनै खेलाडीका लागि चासो राख्छ भने पहिलो क्लबमै प्रस्ताव गरिन्छ न कि खेलाडीसँग ।’ गएको वर्ष २०० मिलियन पाउण्डमा बार्सिलोनाबाट नेइमार पिएसजी गएका हुन् ।

छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न फूजेलवासीको माग

काठमाडौं, असार २८ । गोरखा फुजेलका नागरिक अगुवाले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहाईको माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक अगुवाले पत्रकार सम्मेलन दवाव र प्रभावमा परि झूठो आरोप लगाई एक विकासवादी नेतालाई कारागारमा राखिएको भन्दा निर्दोष पौडेललाई तत्काल रिहा गर्न उनीहरुले माग गरेका हुन । पत्रकार सम्मेलनमा फुजेलबासी पर्शुराम पौडेलले प्रेस विज्ञप्ती पढेर सुनाएका थिए । उनले भने,‘छविलाल पौडेल निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो गाउँको विकासवादी नेता हो, उहाँ घरमा बस्नुभएको हुन्थ्यो, उहाँलाई फरार भनेर समाचार लेखिन्थ्यो, तर त्यस्ता समाचारले उहाँलाई पीडामा पाथ्र्यो, सर्वोच्च अदालतको आदेशलाई शिरोधार गर्दै गंगामायाले कानूनसम्मत रुपमा न्याय पाउन भनेर र आफू निर्दोष छु भनेर अदालतसामु जानु भएको हो ।’ कार्यक्रममा महाप्रसाद पौडेलले छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्दप्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाए । कृष्णप्रसाद अधिकारी हत्याको जिम्मेवारी तात्कालिन माओवादीले लिईएको र आज आएर परिवारका सदस्यहरुलाई फसाउन खोज्नु अन्यायमा पार्नु हो, नन्दप्रसादकी बुहारीलाई अंश नदिएर चर्को आर्थिक अभावमा पारेको देखेर गाउँलेहरुले अशं दिलाउन पहल गरेको कुरालाई रिसिईबीका रुपमा लिएर गाउँलेहरु पनि छोराको हत्यारा हुन भनेर किटानी दिएको कुरा स्ष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘मृतक कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीले गाउँलेहरुको सार्वजनिक जीवनमाथि प्रश्न चिन्ह लगाउने काम गरिहरका छन्, उनले भाईको न्यायको लागि काम कम तर कमाउ धन्दा बढि गरिहरको छन्, आफ्ना छोरा र श्रीमतीलाई घर निकाला गरेर अलपत्रमा पारेका छन्, उक्त घट्ना एकतर्फी प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ ।’ भर्खरै आँखाको शल्यक्रिया गरेका ७८ वर्षीया छविलाल पौडेल उच्च रक्तचाप र पिसावसम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारले जनाएको छ ।

८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म !

भक्तपुर, असार २८ । भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा जिल्लाका खानेपानीका १८ मुहानको पानीको परीक्षणमा १६ मुहानका पानी प्रदूषित पाइएकाले भक्तपुर महामारीजन्य रोगको प्रकोपको उच्च जोखिममा रहेको बताउनुभयो । कार्यालयले चाँगुनारायण, नगरकोट, नंखेल र सूर्यविनायकमा रहेको खानेपानीको मूलबाट आउने पानीको परीक्षण गर्दा सूर्यवनायक नगरपालिका-६ कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा-६ नगरकोटस्थित स्वास्थ्यचौकी मूलको पानीमात्रै खानयोग्य पाइएको छ । भक्तपुर र मध्यपुरथिमि नगरका बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको मूल रहेको नगरकोटस्थित मुहानपोखरी र बोडेको पानीसमेत प्रदूषित छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्दै आएको खानेपानीमध्ये नगरकोटस्थित मुहानपोखरीमा फिल्टर प्लान्ट नै छैन भने बोडेमा वर्षौंदेखि फिल्टर प्लान्ट बिग्रिएको छ । प्रमुख चन्दले भक्तपुर सरुवा रोगको महामारीको उच्च जोखिममा रहेकाले कार्यालयले विपद व्यवस्थापनको अग्रिम तयारी गरेको बताउनुभयो । कार्यालयले विपद् व्यवस्थापनका लागि चिकित्सा अधिकृतसहित चिकित्सक, प्रयोगशाला र औषधिसहितको जनशक्तिलाई तयारी अवस्थामा राखेको छ । उहाँले भन्नुभयो, “जिल्लाका चार वटै नगरपालिकादेखि समुदायस्तरसम्म टोली बनाएको छाै‌, स्वास्थ्य तथा स्वयंसेवक टोलीलाई तालीमसमेत दिएर तयारी अवस्थामा राखेका छौँ, जनशक्तिको तयारी र आवश्यक औषधिको भण्डारण गरेका छौं ।” वर्षायाम शुरु भएसँगै खानेपानीबाट सर्ने हैजा, डेंगु, स्क्रब टाइफस, झाडापखाला, एन्फ्लुएञ्जा, कालाज्वरलगायत रोगको महामारी फैलिनसक्ने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी खान उहाँले आग्रह गर्नुभयो । -रासस

प्रधानमन्त्रीद्वारा मन्त्री र सचिवलार्इ निर्देशन

काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर समसामयिक विषयमा छलफल गरेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारको नीति तथा, कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवसँग प्रधानमन्त्रीले सघन छलफल गरिरहेका छन् । जारी बैठकमा समृद्धि र विकासको आधार सिर्जना गर्ने गरी प्रभावकारी सेवा दिन ठोस् कार्ययोजना मगार्इ मन्त्री र सचिवसँग छलफल गर्नुभएको हो । गत असार २५ गते भएको सोही प्रकारको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो । बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सबै मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्छ ।

क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौं, असार २७ । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा बुधबार क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ । क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको छ भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ । सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इङ्ग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो भने इङ्ग्ल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो । अहिले विश्वकपमा क्रोएसिया र इङ्ग्याण्ड पहिलो पटक भिड्न लागेको हो । यसअघि सन् २००४ को भएको युरोकपमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । यी दुई टोलीले अहिलेसम्म सात खेल खेलेकामा इङ्ग्ल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले दुई खेल जितेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । यी दुई टोली क्रोएसिया र इङ्ग्लयाण्डका विजेताले फाइलनमा फ्रान्ससंग सामना गर्नेछन् ।

नेपाली रुपैयाँ डलरको तुलनामा अहिलेसम्मकै कमजोर !

काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै सबैभन्दा कमजोर भएको छ। डलरको तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्यन भएपछि यसको प्रभाव नेरुमा पनि देखिएको हो। भारुसँग नेरुको विनिमय दर स्थिर रहने गरे पनि भारूको मूल्य घट्दा नेरू कमजोर भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि भारतको चालू खाता घाटा बढ्ने चिन्ताले डलरको तुलनामा भारु सस्तो भएको छ। भरुमा डलरको जेजस्तो प्रभाव पर्छ त्यसको सोझो असर नेरुमा पर्छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक डलरबाराबर ११० रुपैयाँ ६२ पैसा विनिमयदर तोकेको थियो। अघिल्लो दिन ११० रुपैयाँ २८ पैसा तोकिएको थियो। यो नेपाली रुपैयाँको अहिलेसम्मकै कमजोर अवस्था हो। आर्थिक अभियानमा खबर छ ।

चलचित्र ‘बाबु कान्छा’को गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सलोन बस्नेतद्धारा अभिनित नेपाली चलचित्र ‘बाबु कान्छा’ को टाइटल गीत सार्वजनिक गरिएको छ । यही असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक निकै मन पराएपछि चलचित्रको शीर्ष गीत रिलिज गरिएको निमार्ण पक्षले जानकारी दिएको छ । चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’मा गीत गएका छन । अहिलेका निकै चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द तथा संगीत रहेको यस गीतलाई दर्शक तथा श्रोताले मन पराउने चलचित्रका निर्देशक सोवित बस्नेतले बताए । युवा पुस्तामा हुने माया प्रेम र रोमान्सलाई सामाजिक रुपमा देखाउन खोजिएको उनले बताए । ‘बाबु कान्छा’मा सलोनसँगै निर शाह, सरोज खनाल, करिष्मा श्रेष्ठ, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट् सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन । आफुले सानो बजेटमा सर्वोकृष्ट चलचित्रको निमार्ण गरेको निर्देशक बस्नेतले बताए ।

टिसिएल एलइडीमा ३ वर्षको वारेण्टी

काठमाडौं । अन्तराष्ट्रियस्तरको तेस्रो ठूलो टिभी ब्राण्ड, टिसिएलको ‘मेरो टिसिएल मेरो विश्वास’ अत्याधिक सफल भएको छ । यसपालिको फिफा वल्र्ड कपलाई लक्षित गरी ल्याएको यस योजनामा ग्राहकहरुले, एलइडी टिभीको खरिदमा २५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको थियो । टिसिएल ब्रान्डका लागि विश्व प्रख्यात ब्राजिलियन फुटबलर नेमार जिआर ब्राण्ड एम्बेसेडर रहेको छन् । टिसिएलका एलइडी टिभीहरुमा ३ वर्षको वारेण्टी पनि कम्पनिले प्रदान गर्दै आइरहेको छ । नेपालका लािग आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।

राज्यमन्त्री चौधरीको गृह जिल्ला खुल्ला दिशामुक्त

सुनसरी, असार १९ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेकी छिन । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (D-WASH -CC) सुनसरीद्वारा आयोजित कार्यक्रममा सुनसरीलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेकी हुन । ‘सुनसरी जिल्लाबाट खुला दिशालाई बिदाबारीः पूर्ण सरसफाइको यात्रा जारी’ मुल नाराका साथ आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै अब हामी सबै जना चर्पी अनिवार्य प्रयोग गर्छौ । खुला दिशा पिसाव गर्दा बर्सेनी कैंयौको झाडापखलाबाट ज्यान समेत गएको र अब देखि हामी सचेत भैइसकेकाले चर्पी प्रयोग गर्छौ। रोग बाट आफु बच्ने अरुलाइ बच्चाउने अभियानमा हामी सबै लाग्छौ राज्यमन्त्री चौधरीले भनिन । यस अघि नै सुनसरीका १२ वटै स्थानीय तह खुला दिशामुक्त घोषणा भर्इ सकेको छ । आफू, आफ्ना परिवार र आफ्नो समाजलाई सचेत गराउदै सफा पानी पिउने सल्लाह पनि दिइन । भूमिमा देखिएको समस्या हल गर्न भुमि निति बनिरहेको बताउनु भयो ।अब देखी कुनै बहना वा कारण देखाएर हामी जमिन बाझो नराखौ । यस्ले हाम्रो देशको उत्पादनमा ह्रास ल्याउछ । यो सम्बन्धी मन्त्रालयले कडा कानुन बनाइ रहेको मन्त्री चौधरीले बताइन ।मोहियानी समस्या समाधान गर्न मन्त्रालयले इकाई गठन गरि सबै जिल्लाको माध्यम बाट निवेदन लिइरहेको र मोहि समस्या बाट पीडितहरुले निवेदन दर्ता गर्नु पर्ने बताइन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिताराम मेहता ,१ नं प्रदेश बन मन्त्री जगदीश कुसयेत ,१ नं प्रदेशको प्रतिपक्ष दलका नेता राजिव कोइराला ,जिल्ला प्रशासन कार्यलय प्रमुख प्रेमप्रसाद उप्रेती र खानेपानी बिभागका उपमहानिर्देशक समेतले शुभकामना मन्तव दिएका थिए । कार्यक्रममा स्थानीय तहका मेयर, अध्यक्षको पनि उपस्थित थियो । अभियानमा सफल पार्न सहयोग गर्ने संघ, संस्थाका प्रतिनिधिहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

सूचना टाँस गरी प्रदेशसभा बैठक स्थगित

पोखरा । प्रदेश नं ४ को मंगलबार १ः०० बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । उपसभामुख सिर्जना शर्माले जारी गर्नुभएको सूचनामा आज बस्ने भनिएको बैठक विशेष कारण जनाइ असार २१ गते दिनको २ः०० बजेसम्मका लागि सारिएको छ । स्रोतका अनुसार आजको बैठकमा प्रदेशको नामकरण सम्बन्धमा छलफल गरिने कार्यसूची रहेकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो सम्बन्धमा एकमत हुन नसकेका कारण थप छलफलका लागि बैठक सारिएको हो । नामङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले गत जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गरेको प्रतिवेदनमा पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि रहेको छ । रासस

निकुञ्जमा बिच्छ्याइएको विद्युतीय तार कमसल हुँदा समस्या

चितवन । जिल्लाको माडी क्षेत्रमा गरिएको विद्युतीकरण असफल भएपछि नयाँ तार बिच्छ्याइने भएको छ । यसअघि बिच्छ्याइएको तार कमसल भएकाले नयाँ तार प्रयोग गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार जमिनमुनि बिच्छ्याइएको तार कमसल परेपछि समस्या उत्पन्न भएको थियोे। चनौली सबस्टेशनबाट चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा भूमिगत तार बिच्छ्याएर माडीमा विद्युतीकरण गरिएको थियो । विसं २०७३ फागुनदेखि माडी क्षेत्रमा विद्युत् पुगे पनि पटक पटक समस्या आउने गरकाले विगत १० दिनयता माडी क्षेत्रमा विद्युत् सेवा प्रभावित हुँदै आएको छ । पटक पटक गरी अहिलेमात्रै तीन पटक मर्मत गरे पनि मर्मत गरेको दुई तीन घण्टामै विद्युत् आपूर्ति बन्द हुने गरेकोे र भूमिगत तार गुणस्तरीय नहुँदा समस्या आएको उहाँले बताउनुभयो । तारको सुरक्षाका लागि राखिएको पाइपमा पानी जमेको र सोका कारण तारले राम्रोसँग काम नगरेको अहिले मर्मत गरेको स्थानबाट दुई तीन मिटर फरकमा फेरि तार जल्ने गरेकाले दिगो रुपमा समस्या समाधानका लागि नयाँ तार आवश्यक हुने देखिएपछि टेण्डरको प्रक्रिया शुरु गरिएको प्रमुख महतोले बताउनुभयो । चनौली माडी ३३ केभिए सवस्टेशन निर्माण आयोजनाले निर्माण सम्पन्न गरेर हस्तान्तरण नगर्दै सो समस्या आएको थियो । तारमा आवश्यकताअनुसारको इन्सुलेन्सको कमीका कारण पटक पटक समस्या आउने गरेको उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रमा गरिएको भूमिगत तार बिच्छ्याइएका कारण माडी क्षेत्रका जनताले पटक पटक यस्तो समस्या खेप्नुपरेको छ । माडी क्षेत्रमा विद्युत्का पाँच हजार ग्राहक छन् । रासस

महाकालीमा पानीको बहाव उच्च, नदी आसपासका स्थानीय रातभर जाग्राम

दार्चुला, असार १९ । महाकाली नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकोमा बेलुका केही घटेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख राजकुमार घिमिरेले बताउनुभयो । तर फेरि पानी पर्न शुरु भएका कारण पानीको बहाव बढ्न सक्ने खतरा छ । महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ । महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन् । महाकालीको डरले रात भर जाग्राम बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ का निर्मला चन्दले बताउनुभयो । नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ । पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको गुल्मपति अम्बिकाप्रसमद जोशीले जानकारी दिनुभयो । लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ । लगातार पानी पर्ने क्रम जारी रहेका कारण महाकालीमा बाढी आउने आंशका गरिएको छ । भारतको खोतिला क्षेत्रमा गत वर्ष गएको सुख्खा पहिरो अहिले नेपालको बंगाबगड क्षेत्रमा असर गर्ने सम्भावना रहेको छ । जिल्लाका अन्य क्षेत्रमा पनि वर्षा भइरहेको छ । पाँच वर्ष अघिको विनाशकारी बाढीबाट प्रभावित बनेका दार्चुलावासी यसपालिको वर्षात्मा पनि बाढी आउने भन्दै त्रसित बनेका छन् । महाकालीमा पानीको बहाव बढेपछि स्थानीयमा फेरि बाढी आउने त्रास बढेको हो । -रासस

बेपत्ता पौडेलको अवस्था सार्वजनिक गर !

पोखरा, असार १७ । नेपाली काँग्रेस कास्कीले नौ दिनदेखि बेपत्ता पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत तथा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष ओमराज पौडेलको खोजी र छानवीनका उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । पार्टीका जिल्ला सभापति कृष्णबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले आज कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै खोजीलाई प्रभावकारी बनाउन माग गरेको छ । अवस्था अज्ञात रहेकै अवस्थामा शनिबार महानगरपालिकाले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउनु र सोही बेला कास्की प्रहरी प्रमुखले अभिव्यक्ति र सार्वजनिक गरेका घटना विवरणप्रति पार्टीको ध्यानाकर्षण भएको पार्टी सभापति केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।महानगरपालिकाले पौडेललाई जिम्मेवारीबाट हटाउने र मनोबल गिराउने किसिमबाट गरिएका व्यवहारको छानवीन गर्न पार्टी सभापति केसीले माग गर्नुभयो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले बेपत्ताको खोजीलाई प्रशासनले निरन्तर रुपमा अघि बढाएको बताउँदै दवाव वा अन्य मनोवैज्ञानिक तनावका कारकको खोजी एवं अनुसन्धान गरिने उल्लेख गर्नुभयो ।