मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नंको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा गाडी चालकसहित छजना घाइते भएकामा सबैको उक्तअस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि उक्त स्थानबाट करीब ६÷७ मिनेटको दूरीमा रहेको घटनास्थल एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीय बासिन्दा आक्रोशीत भएकमा थिए । दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए । रासस

इंग्ल्याण्ड र पानामाबीचको खेल शुरु, कसले मार्ला बाजी ?

काठमाडौं, असार १० । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत आज ११औं दिन पनि तीन खेल हुँदै छन् । आजको पहिलो खेलमा अहिले इंग्ल्याण्ड र पानामा भिडिरहेका छन् । इंग्ल्याण्ड पहिलोपटक विश्वकप खेलिरहेको पानामालाई हराउँदै प्री क्वाटरफाइनलमा आफ्नो स्थान बनाउनेलक्ष्यका साथ मैदान उत्रने छ । इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा ट्युनीशियालाई २–० ले पपराजित गरेको थियो । इंग्ल्याण्डका लागि दुवै गोल कप्तान ह्यारी केनले गरेका थिए । उनीहरुको खेल निज्नी नोभ्गोरोड रङशालामा हुने छ । पानामा र इंग्ल्याण्डबीचको खेलनेपाली समय अनुसार पौने ६ बजे शुरु भएको हो । यता बेल्जियमसँग हारेको पानामालाई भने कुनैपनि हालतमा पनि प्री क्वाटरफाइनलमा पुग्नका लागि इग्ल्याण्डलाई हराउनै पर्ने दबाब छ ।

खेलकूद प्रशिक्षक कामविहीन

बागलुङ । भौतिक पूर्वाधार र सामग्रीको अभावमा यहाँका खेल प्रशिक्षक कामविहीन बनेका छन् । सरकारी तलब खाने प्रशिक्षक वर्षौंदेखि फुर्सदिला देखिन्छन् । जिल्ला खेलकूद विकास समितिअन्तर्गत एक प्रशिक्षक र छ सहायक प्रशिक्षक गरी सात खेलका प्रशिक्षक छन् जसमा भारत्तोलन, ह्याण्डबल र जिम्न्यास्टिकको प्रशिक्षण अहिले बन्द छ । पूर्वाधारको कमीले प्रशिक्षण चलाउन नसकिएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । समितिको नाममा रहेको एउटा मात्र ‘टेबुल टेनिस कर्भड हल’ पनि अहिले निर्माणको चरणमा छ । जीर्ण कर्भड हल भत्काएर नयाँ बनाउन थालेपछि टेबुल टेनिसको प्रशिक्षण पनि चल्न सकेको छैन । व्यवस्थित कर्भड हल र खेल मैदान नहुँदा खेलकुद अस्तव्यस्त बनेको समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । मार्शल आर्टतर्फ तेक्वान्दो, कराँते र उसुको भने नियमित प्रशिक्षण चलिरहेको उहाँको भनाइ छ । जिल्लामा सबैभन्दा बढी मार्शल आर्टकै खेलाडी उत्पादन हुँदै आएका छन् । अन्य खेलमा भने नयाँ खेलाडी उत्पादन ठप्प छ । कुनै खेलका प्रशिक्षक छन् तर खेलाडी छैनन् । कुनैमा खेलाडी भएपनि प्रशिक्षक छैनन् । सबैभन्दा सम्भावना भएको भलिबल, क्रिकेट, सुटिङ, एथलेटिक्स लगायतका खेलमा प्रशिक्षकै छैनन् जब कि जिल्लामा खेल्दै नखेलिने जिम्न्यास्टिक, ह्याण्डबल र भारत्तोलनका प्रशिक्षक छन् । खेल मैदान नहुँदा ह्याण्डबल खेलाउन नसकिएको सहायक प्रशिक्षक भीमसेन शाक्यले बताउनुभयो । ‘ह्याण्डबलको लागि निश्चित मापदण्डको मैदान चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘मैदान व्यवस्थापनका लागि प्रयास भइरहेको छ ।’ बागलुङ नगरपालिका–१ को बाङ्गेचौर फुटबल मैदान व्यस्त हुने हुँदा ह्याण्डबल खेलाउन सम्भव नभएको उहाँको भनाइ छ । सहायक प्रशिक्षक शाक्यले समितिमा कार्यालय सचिवको समेत जिम्मेवारी सम्हाल्नुभएकाले ह्याण्डबललाई पर्याप्त समय दिन सक्नुभएको छैन । जिम्न्यास्टिक खेलको प्रशिक्षण त वर्षौंदेखि बन्द छ । उक्त खेलका लागि चाहिने ‘म्याट’ थोत्रिएपछि प्रशिक्षण चलाउन नसकिएको समितिका अध्यक्ष परियारले बताउनुभयो । ‘पहिले राखेपले दिएको म्याट जीर्ण भएर खेल्न नमिल्ने भएको छ,’ उहाँले भन्नुभयो । भारत्तोलनका सामग्री पनि जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् । ‘सामग्री थपथाप गरेर भारत्तोलन शुरु गर्ने तयारी छ, प्रशिक्षक पनि लाग्नुभएको छ,’ उहाँले भन्नुभयो । खेल सामग्री मात्र नभएर खेल खेलाउने ठाउँको समेत उत्तिकै अभाव रहेको उहाँको भनाइ छ । भाडा तिरेर प्रशिक्षण चलाउन सक्ने अवस्था नरहेको समितिले जनाएको छ । खेलकूदमा आउने न्यून बजेटले पूर्वाधार विकासका काम यथोचित रुपमा अघि बढ्न सकेका छैनन् । बहुउद्देश्यीय कर्भड हल बनेमा मात्र खेल प्रशिक्षण नियमित चलाउन सकिने प्रशिक्षकहरु बताउँछन् । जिल्लामा भारत्तोलनको प्रशिक्षकमा विकासकुमार शाक्य, ह्याण्डबलमा भीमसेन शाक्य, टेबुल टेनिसमा सुख शाक्य, उसुमा दिलबहादुर किसान, तेक्वान्दोमा परशुनारायण बोहोरा, जिम्न्यास्टिकमा राजेश बाँस्कोटा र कराँतेमा धनदास महर्जन रहनुभएको छ । शाक्य प्रशिक्षक र बाँकी सहायक प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । पूर्वाधारसँगै समितिमा कर्मचारीको समेत अभाव छ । समितिमा रहेको नायब सुब्बा र सहायक लेखापालको दरबन्दी अहिले रिक्त छ । रासस

विश्वकप फुटबलः रोनाल्डो के अब १० गोल गर्न सक्लान् ?

काठमाडौ‌ं, असार ८ । रसियामा जारी विश्वकपका आफ्ना दुई खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले चार गोल गरिसकेका छन् । गोलको यो गति हेर्दा प्रश्न उठ्न सुरु भएको छ, के यी रियल म्याड्रिड विन्गरले फ्रान्सका जस्ट फोन्टेनको नाममा रहेको एक विश्वकप संस्करणमा सर्वाधिक गोलको कीर्तिमान भंग गर्नेछन् त ? फ्रान्सका फोन्टेनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेका थिए । विश्वकप इतिहासमा यसलाई कहिल्यै भंग नहुने कीर्तिमान मानिएको छ, किनभने आधुनिक फुटबलमा एकै खेलमा धेरै गोल हुन छाडेका छन् । कम्तीमा अहिले रोनाल्डोले त्यसको झिनो आस नै सही, त्यो सम्भावनालाई जगाएका भने छन् । -एजेन्सी

रोनाल्डोका फ्यान रेफ्री ! प्रभावित हुँदै जर्सी मागेपछि‍‍‍‍‍‍‍……..

मस्को । रुसमा जारी विश्वकप फुटबलमा विभिन्न रोचक घटना सुनिन थालेका छन् । यसै रोचक घटनामध्ये एक हो खेलाडीसँग रेफ्रीले जर्सी मागेको । रेफ्रीले जर्सी माग्नुको मुख्य कारण खेलाडीसँग प्रभावित भएर हो । त्यो पनि खेल मैदान मै ।अझ रोचक कुरा त केछ भने हाफ टाइममा नै रेफ्रीले जर्सी मागेका हुन् । ती हुन् अमेरिकी रेफ्री मार्क गाइगर । उनले क्रिष्टियानो रोनाल्डोसँग प्रभावित भएर उनको जर्सी मागेका समाचार आएका छन् । तर, विश्व फुटबलको प्रशासकीय निकाय फिफाले भने रेफ्रीले रोनाल्डोसँग जर्सी नमागेको र यो आरोप पूर्णरुपले झुठ रहेको बताएको छ । मोरक्कोका नोर्डिन अमराबातले रेफ्रीले हाफ टाइममा रोनाल्डोसँग जर्सी मागेको बताएका थिए । तर फिफाले भने त्यसको आलोचना गरेको हो । रेफ्रीले पूर्ण रुपले व्यवसायिक भएर काम गरेको फिफाको भनाई छ । तर वाट्फोर्डका विंगर अमराबातले भने पोर्चुगलका पेपेले यो कुरा आफूलाई सुनाएको बताएका छन् । उनले डच टेलिभिजनसँग यस्तो बताएका हुन् । रोनाल्डोबाट रेफ्री निकै प्रभावित भएको उनको भनाई छ । बुधबार बेलुका पोर्चुगलले मोरक्कोसँग खेलिरहेको थियो । यो खेलमा रेफ्री गाइगर थिए। -एजेन्सी

विश्वकप: स्टार खेलाडीको भिड्न्त आज, कसले मार्ला बाजी ?

काठमाडौं, असार ५ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा मंगलबार पनि तनिवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा समूह एचमा रहेका जापान र कोलम्बिया साँझ ५ः४५ बजे भिड्दैछन् । जापान ४ पटकको एसियन च्याम्पियन हाे भने कोलम्बिया सन २०१४ मा विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको टोली हो । २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका जेम्स रोड्रिगेज यो पटक पनि फर्ममा छन् । कोलम्बियालाई अघि बढाउन राडामाल फल्काओको भूमिका पनि निकै महत्वपूर्ण हुनेछ । यी दुवै टिम समूह एच मा रहेका छन् । यसैगरी, समूह एच कै अर्को खेल राति ८ः४५ बजे पोल्यान्ड र सेनेगल आमनेसामने हुनेछन् । सेनेगलका फरवर्ड साडियो माने र पाल्यान्डका रोबर्ट लेवान्डोस्कीको खेल हेर्न लायक हुनेछ । मानेले सेनेगलका लागि ४९ खेलमा १४ गोल गरेका छन् भने लेवान्डोस्कीले पोल्यान्डका लागि खेलेको ९५ खेलमा ५५ गोल गरेका छन् । मंगलबारको अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रसिया र अफ्रिकन च्याम्पियन इजिप्टको खेल हुँदैछ । समूह चरणको पहिलो खेलमा रसियाले साउदी अरबलाई ५–० गोल अन्तरले हराएको थियो । इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १–० गोलले हारेको थियो । आजको खेलमा इजिप्टलाई अलि दबाब रहेको छ । पहिलो खेल हारिसकेको हुनाले अर्को चरण पुग्ने आश जगाउन पनि आजको खेल जित्तुपर्ने दबाब इजिप्टसँग छ । पहिलो खेल गुमाएका इजिप्टका स्टार खेलाडी मोहमद सलाह मंगलबार भने मैदानमा उत्रने सम्भावना छ । यता, रसियाले आजको खेल जितेमा अन्तिम १६ मा पुग्ने सम्भावना झन बलियो बन्नेछ ।

गृहमन्त्रीले मागे क्रसर उद्योगको विवरण

काठमाडौं, असार ४। गृहमन्त्री रामबहादुर थापाले मापदण्ड नपुगेका क्रसर उद्योगहरुको विवरण माग गरेका छन् । सोमबार गृह मन्त्रालयमा गृहमन्त्री थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले जिल्ला प्रशासनसँग क्रसरको विवरण पाँच दिनभित्र माग गर्ने निर्णय गरेको गृह मन्त्रीको सचिवालयले जनाएको छ । खानी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, तत्कालिन जिल्ला विकास समिति, स्थानीय तहहरुले अनुमति दिए अनुसार मापदण्ड पुगेको वा नपुगेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग पाँच दिनभित्र विवरण माग गरेका हुन् । सो बैठकले किसानको उखुको मूल्य नदिने चिनी उद्योगकलाई पनि कारबाही गर्ने तयारी गरेको छ । सुनसरी, सिरहा, सर्लाही, बारा, पर्सा, नवलपरासीलगायतका जिल्लामा उखुको रकम भुक्तानी नगर्ने उद्योगलाई प्रमुख जिल्ला अधिकारीले बोलाइ छलफल गरी तत्काल रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । उद्योगीहरुले तत्काल कृषकको रकम दिन नमानेमा कानुन कमोजिम कारवाही गर्नेबारेमा सात दिनभित्र गृह मन्त्रालयमा सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

फ्रान्स २–१ ले अगाडि

रसियामा जारी विश्वकप फूटबलको तेस्रो दिनको पहिलो खेलमा अहिले फ्रान्स र अष्ट्रेलिया भिडिरहेका छन् । पहिलो हाफमा गोलरहित खेलका उनीहरुले दोस्रो हाफको ५८ मिनेटमा पेनाल्टीमार्फत फ्रान्सका लागि एनटोनी ग्रिजम्यानले पहिलो गोल गर्दै टोली १–० अग्रता दिलाए । त्यसका ४ मिनेटपछि अष्ट्रेलियाका लागि मिले जेदिनकले पेनाल्टीमार्फतै गोल गर्दै टोलीलाई बराबरी गरे । खेलको ८० औं मिनेटमा फ्रान्सका लागि पाउलो पोग्बाले दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार बेपत्ता

संखुवासभा, असार २ । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदार बेपत्ता भएका छन् । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्कोे झरेको थियो । ढिस्कोेले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदार बेपत्ता भएको र उनीहरुको खोजी कार्य तथा उद्धार गर्ने प्रयास तीव्ररुपमा भइरहेको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताउनुभयो । ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोर बेपत्ता भएका हुन् । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए । घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कढिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सारुमगरले बताउनुभयो । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थलमा लगिसकिएको छ ।  रासस

विश्वकपमा सहभागी सर्वाधिक पाँच धनी खेलाडी, कसको कमाइ कति ? हेर्नुहोस्

फुटबलकै महाकुम्भ हिजो मात्रै रसियामा सुरु भएको छ । अहिले सबै फुटबलप्रेमीको ध्यान रसियामा छ । हरेक खेलको नायँ जानकारी लिन पाठक निकै उत्सुक छन् । खेलाडीको पृष्ठभूमि, सम्पत्ति, योगदान तथा वर्तमान अवस्था इत्यादि विषयमा जान्ने रुचि खेलप्रेमीलाई हुन्छ । बिहिबारदेखि सुरु भएको विश्वकमा फुटबलका स्टारदेखि नयाँ खेलाडी छन् । यो पटकको विश्वकमा ३२ राष्ट्र सहभागि छन् । ती राष्ट्रबाट विश्वकपमा ७ सय ३६ खेलाडी सहभागी छन् । यी सयौं खेलाडीमध्ये यो पटकको विश्वकपमा केही यस्ता छन्, जो विश्वचर्चित मात्र नभएर त्यत्तिकै धनी पनि छन् । यसैविच अमेरिकन चर्चित पत्रिका फोर्ब्सले विश्वकपमा सहभागीमध्ये धनी खेलाडीको नाम सार्वजनिक गरेको छ । फोर्ब्सले सर्वाजनिक गरेको सूचिमा अर्जेन्टिनाका लियोनल मेसी सबैभन्दा धनी देखिएका छन् । त्यसपश्चात पोर्चुगलका क्रिस्टियानो रोनाल्डो स्थानमा छन् । यस्तै, ब्राजिलका नेइमार तेस्रो धनी खेलाडीमा देखिएका छन् । यी तीनजना समग्रमा विश्वकै धनी खेलाडीको शीर्ष दशभित्र समावेश छन् । खेलाडीहरूको मुख्य आम्दानी नै क्लबबाट पाउने वार्षिक पारिश्रमिक हो । यसैगरी, उनीहरूले विभिन्न कम्पनीसँग सहकार्य गर्दै आम्दानी गर्ने गर्छन् । फोर्सले सहभागी सबै ३२ राष्ट्रका खेलाडीको समग्रमा वार्षिक आम्दानी ४ सय मिलियन पाउन्ड रहेको जनाएको छ । उसले केवल विज्ञापन र वार्षिक आम्दानीको मात्र विश्लेषण गरी खेलाडी छनोट गरिएको जनाएको छ । फोर्सले राष्ट्रिय टिमबाट दिइने पारिश्रमिक जोडेको छैन । १- लियोनल मेसी (अर्जेन्टिना) पाँचपटकका फिफा वर्ष खेलाडी लियोनल मेसीको कुल सम्पत्ति ११ करोड १० लाख डलर रहेको छ । आधुनिक फुटबलकै सर्वोकृष्ट खेलाडी मेसी बार्सिलोना र अर्जेन्टिनाका प्लेमेकर हुन् । बार्सिलोनाको आत्मा भनिने मेसीले क्लबबाट प्रतिवर्ष २ करोड ७० लाख डलर पारिश्रमिकका रूपमा लिने गर्छन् । एडिडास, मास्टर कार्ड तथा पेप्सीको विज्ञापन गरेबापत उनले २ करोड ७० लाख डलर थप आर्जन गर्छन् । २- क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएयता पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा चुलिएको हो । म्याड्रिडका अध्यक्ष परेजले रोनाल्डोविनाको क्लब पूरा नहुने बताउने गर्छन् । रोनाल्डो रसिया विश्वकपकै दोस्रो धनी फुटबलरमा गनिन्छन् । उनको वार्षिक कमाइ १० करोड ८० लाख डलर रहेको छ । रोनाल्डोले रियलबाट प्रतिसता ३ लाख ६५ हजार डलर थाप्छन् । ३- नेइमार (ब्राजिल) २६ वर्षीय ब्राजिलियन नेमार जुनियर व्यावसायिक फुटबलमा भाग्य चम्काउन युरोपतिर हानिएका फुटबलर हुन् । ब्राजिलको सान्तोषमा आफ्नो करिअर नदेख्दा उनले रियल म्याड्रिडको आकर्षक प्रस्तावसमेत स्विकारेनन् । सानैदेखि मेसीलाई आदर्श मानेका नेमार बार्सिलोनासँग सामान्य मूल्यमै अनुबन्ध भए । बार्सिलोनामा तीन सिजन बिताउँदा उनी विश्वकै एक स्टार खेलाडी बनिसकेका थिए । महत्वाकांक्षी सपना देख्ने नेमार पुनः आफ्नो स्टारडमलाई एक उचाइ दिन फ्रेन्च क्लब पिएसजीमा विश्वकीर्तिमान रकम १९ करोड ८० लाख पाउन्डमा अनुबन्धित हुन पुगे । जीवनमा परिवर्तन खोजिरहने नेमार अहिले विश्कपकै तेस्रो धनी फुटबलमा पर्छन् । ब्राजिलियन कप्तान नेमारले ७ करोड ३० लाख डलर पारिश्रमिकबाट कमाएका छन् । उनले १ करोड ७० लाख पाउन्ड विज्ञापनबाट आर्जन गरे । ४-पाउल पाउग्बा (फ्रान्स) पाउग्बा रसिया विश्वकपकै महँगा खेलाडीमा पर्छन् । २५ वर्षीय उनको वार्षिक आम्दानी २ करोड ९५ लाख पाउन्ड रहेको छ । युनाइटेडका महँगा खेलाडी पोग्बाले प्रतिसाता २ लाख ९० लाख पाउन्ड कमाउन्छन् । ५- ओस्कार (ब्राजिल) ब्राजिलियन मिडफिल्डर ओस्कार अहिले चीनको संघाई क्लबमा आबद्ध छन् । चेल्सीबाट संघाईमा अनुबन्धित हुँदा उनको सम्झौता रकम ६ करोड पाउन्ड रहेको थियो । चेल्सीमा साढे चार वर्ष बिताएपछि ओस्कारले एकाएक संघाईको राम्रो प्रस्ताव स्विकार्दै सबैलाई स्तब्ध पारे । राष्ट्रिय टोलीबाट अहिलेसम्म उनले १२ गोल गरेका छन् । उनले संघाईबाट प्रतिसाता ४ लाख पाउन्ड आर्जन गर्छन् । -एजेन्सी

खर्च घटाउन पाँच सांसदको आग्रह

काठमाडौँ । विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा छ जना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उहाँहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा मीनेन्द्र रिजालले आगामी आवमा २० लाख पर्यटन भित्र्याउन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणाधीन विमानस्थलको समयावधि र खर्च विनियोजनको तादाम्यता नमिलेको भन्दै खर्च कटौतीको प्रस्ताव गरेको बताउनुभयो । सांसद प्रेम सुवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालय शीर्षकको खर्च रकमलाई घटाउन प्रस्ताव गर्नुभयो । उहाँले विश्व सम्पदासूचीमा सूचीकृत सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान नदिएको भन्दै खर्च कटौती गर्नुपर्ने प्रस्ताव पेश गरेको स्पष्ट पार्नुभयो । युवा तथा खेदकूद मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद प्रमिला राईले अनावश्यक रकम घटाउनुपर्ने बताउनुभयो भने अर्का सांसद प्रकाश रसाइलीले अर्थमन्त्रालय शीर्षकको खर्च रकम घटाउनुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । त्यसैगरी सांसद दुर्गा पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च रकममा ग्रामीण पर्यटनको विकासमा ध्यान नदिएको भन्दै उक्त मन्त्रालयको विनियोजित बजेट घटाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रचण्डको उपस्थितिमा भरतपुर महानगर समृद्धीकाे गुरुयोजना बनाउदै

चितवन, जेठ २९ । भरतपुर महानगरपालिकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा विकासका लागि गुरुयोजना निर्माण गर्न एक दिने कार्यशाला गोष्ठी गरेको छ । भरतपुर महानगरपालिकाले मंगलबार ‘समृद्ध भरतपुर महानगरको एकीकृत विकास गुरुयोजना निर्माणका लागि अवसर, चुनौति र भावी कार्यदिशा विषयक एकदिवसीय कार्यशाला गोष्ठी’ को आयोजना गरेको हो । प्रमुख अथिति नेकपाका अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘देशले स्थिर र इतिहासकै शक्तिशाली सरकार पाएकाले अब विकास र सम्बृद्धिलाई कसैले रोक्न सक्दैन ।’ कार्यक्रमको शुरुवात गर्दै महानगर प्रमुख रेणु दाहालले टालटाले कार्यक्रम वा विकासे कामले देश र जनताले अपेक्षा गरेको विकास र समृद्धि हासिल नहुने बताउदै दीर्धकालीन योजना बनाउन लागेका बताइन । कार्याशालामा जिल्लाका सांसद, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका उच्चअधिकारी, व्यापारी, शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक, कानुन व्यावसायी, चिकित्सकलगायतका व्यक्तिहरुको सहभागीता रहेको छ । प्रचण्ड चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन । भरतपुर महानगर पालिकाका अधिकांश क्षेत्र सो क्षेत्रमा पर्छ ।

एउटै रुखमा ५१ प्रजातिका आँप !

भारतमा एकजना इन्जिनियर आफ्नो गाउँको अवस्था सुधार्ने भन्दै खेती किसानीमा लागेका छन् । खेती गर्न थालेका इन्जिनियरले साँच्चै चमत्कार गर्न थालेका छन् । उनले यस्तो तरिका अपनाएका छन् कि एउटै बोटमा ५१ जातका आँप फलेका छन् । भारतको महाराष्ट्रका रवि मारशेटवारको यो उपलब्धि अहिले भारतभर चर्चाको विषय बनिरहेको छ । एउटै बोटमा ५१ जातका आँप फलाउन उनी सफल भए । ग्राफटिङ अर्थात् कलमी प्रविधिको प्रयोग गरी उनले यस्तो सम्भव पारेका हुन् । यसका लागि उनले १३ सयपटक अनुसन्धान गरेका थिए । उनी खेतिपातीको विधि सिक्न ५ सय भन्दा धेरै ठाउँको भ्रमण गरे, जहाँ उनको परिचय एकजना विशेष मान्छेसँग भयो । महाराष्ट्रका किसान देवरीकरसँग उनको भेट भयो । देवरीकरले कलमी प्रविधिको प्रयोग गरी एउटै बोटमा १५ जातका आँप फलाएका थिए । उनैबाट रविले यो प्रविधि सिके । त्यसपछि उनले आँपका विभिन्न जातहरु जम्मा गरे । केही वर्षको मेहेनतपछि उनले एउटै रुखमा ५१ जातका आँप फलाउन सफल भए । उनी अहिले कलमी विधि सम्बन्धमा किसानलाई प्रशिक्षण पनि प्रदान गर्दछन् । -एजेन्सी

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

चितवन जेठ २० । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो । सडक निर्माण कार्य हुँदै गर्दा एक्कासि सडकमाथिबाट सुख्खा पहिरो खसेको हो । उक्त स्थानमा तीन स्काभेटरको प्रयोग गरेर पहिरो हटाउने काम जारी छ । शुरुमा पहिरो खस्ने क्रम नरोकिएकाले केही समय पहिरो हटाउने कार्य सञ्चालन गर्न नसकिएपनि अहिले भने पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण चितवनबाट काठमाडौँ, पोखरालगायत ठाउँमा जाने र चितवन आउने सवारी अहिलेबीच बाटो मै रोकिएका छन् । बिहान १० बजेदेखि रोकिएका सवारीसमेत जान पाएका छैनन् । यहाँ सडक निर्माण कार्य जारी रहेकाले विहान १० देखि अपराह्न ४ बजेसम्म सवारी रोकिँदै आएको छ ।

अभिनेता रविले भने– ‘म अहिले नै बाबु बन्न चाहन्नँ’

मुम्बई । टिभी हिन्दी सिरियल ‘जमाई राजा’ को मुख्य भूमिका निर्वाह गर्न सफल रहेको कलाकार रवि दुवेले २०१३ मा अभिनेत्री सरगुन मेहतासँग विवाह बन्धन बाँधिएका थिए । दुवै एकअर्कासँग अति नै माया गर्दछन् । तर, ५ वर्षपछि पनि यी जोडी आफ्नो परिवारलाई अगाडि बढाउन चाहँदैनन् । हालैमात्र दैनिकभाष्करसँग कुराकानी गर्ने क्रममा रविले यसको बताएका छन् । रवि (३४) का मान्यता यस्तो छ कि अहिले हामी दुवै करियर राम्रो चलिरहेको छ । यसैले गर्दा यति चाँडै फ्यामिली प्लानिङ गर्न चाहँदैनौं । रविले भने– ‘मेरो घरमा एउटा बच्चा छ’ रविले भने– ‘अहिले हामी आफ्नो सन्तान नभएपनि एउटा बाबुआमाको जीवन बाँचरिहेका छौं ।’ विश्वास गर्नुहोस् कि उसलाई हामी आफ्नो सन्तानलाई जस्तै माया र शिक्षादीक्षा दिने छौं । त्यही बच्चाले मेरो जीवनमा बाबुको स्थानलाई पूरा गर्ने छ । फेरि रविले अगाडि हाँस्दै भने– ‘मेरो घरमा एउटा बच्चा छ, डाँग मोयो । त्यसैले एक बाबुको सेन्टिमेन्ट पहिलेदेखि नै त्यहाँ उपस्थित छ ।’ यसपछि रवि केही सिरियस भए र भने– ‘फ्यामिली प्लानिङ अहिले नै हुने छैन ।’ मलाई थाहा छ कि यो हाम्रो करियरको समय राम्रो चलिरहेको छ । त्यसैले अहिले फ्यामिली सुरु गर्ने कुनै विचार छैन । यस कुरामा हामीले कहिले कुनै कुराकानी पनि गरेका छैनौं ।’ दैनिकभाष्करबाट

अभ्यास खेलमै अष्ट्रेलियाको सानदार जित

जेठ १९, जेठ १९ । फिफा विश्वकपको अभ्यास खेलमा अष्ट्रेलियाले सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हरायो । बलियो रुपमा प्रस्तुत भएको अष्ट्रेलियाको खेलका लागि ३२ औं मिनेटमा म्याथ्यू लिकीले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको अष्ट्रेलियाले दोस्रो हाफमा ३ गोल गर्‍यो । एन्ड्रयू नाबोटले ५४ औं मिनेटमा गोल गर्दै अष्ट्रेलियाले अग्रता दोब्बर बनायो । सुरुदेखि चेक गणतन्त्रलाई दबाबमा राखेको अष्ट्रेलियाका लागि म्याथ्यू लिकीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । एकपक्षीय खेलमा चेकका ज्याकुब जुगासले ८० औं मिनेटमा आत्मघाति गोल गरेका थिए । चेक गणतन्त्र यो विश्वकपमा सभागी छैन ।