एउटै रुखमा ५१ प्रजातिका आँप !

भारतमा एकजना इन्जिनियर आफ्नो गाउँको अवस्था सुधार्ने भन्दै खेती किसानीमा लागेका छन् ।

खेती गर्न थालेका इन्जिनियरले साँच्चै चमत्कार गर्न थालेका छन् । उनले यस्तो तरिका अपनाएका छन् कि एउटै बोटमा ५१ जातका आँप फलेका छन् ।

भारतको महाराष्ट्रका रवि मारशेटवारको यो उपलब्धि अहिले भारतभर चर्चाको विषय बनिरहेको छ । एउटै बोटमा ५१ जातका आँप फलाउन उनी सफल भए । ग्राफटिङ अर्थात् कलमी प्रविधिको प्रयोग गरी उनले यस्तो सम्भव पारेका हुन् ।

यसका लागि उनले १३ सयपटक अनुसन्धान गरेका थिए । उनी खेतिपातीको विधि सिक्न ५ सय भन्दा धेरै ठाउँको भ्रमण गरे, जहाँ उनको परिचय एकजना विशेष मान्छेसँग भयो ।

महाराष्ट्रका किसान देवरीकरसँग उनको भेट भयो । देवरीकरले कलमी प्रविधिको प्रयोग गरी एउटै बोटमा १५ जातका आँप फलाएका थिए । उनैबाट रविले यो प्रविधि सिके । त्यसपछि उनले आँपका विभिन्न जातहरु जम्मा गरे ।

केही वर्षको मेहेनतपछि उनले एउटै रुखमा ५१ जातका आँप फलाउन सफल भए । उनी अहिले कलमी विधि सम्बन्धमा किसानलाई प्रशिक्षण पनि प्रदान गर्दछन् । -एजेन्सी

पाँचसय बढी कामचोर ठेकेदारको नाम गृह मन्त्रालयमा पुग्यो

काठमाडौं, जेठ १७ । ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई नाम संकलन गरी पठाउन निर्देशन दिएबमोजिम ७० जिल्लाबाट ठेकेदार र उनीहरु आवद्ध कम्पनीको नाम प्रमुख जिल्ला अधिकारीमार्फत प्राप्त भएको हो । धनुषा, कालिकोट, जाजरकोट, डोल्पा, हुम्लासहित सात जिल्लाबाट भने मन्त्रालयमा नाम आउन बाँकी छ । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मात्रै पाँचसय भन्दा बढी ठेकेदार र कम्पनीहरुको नाम संकलन भएको छ । नागरिक दैनिकमा समाचार छ ।

प्रधानमन्त्री ओलीको गगन थापालाई जवाफ- म महाराजा होइन, राजा फालेर आएको मान्छे हुँ

काठमाडौं, जेठ १६। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले व्यक्तिगत रुपमा ढुंगेललाई नचिन्ने बताए । कारागार व्यवस्थापन विभागले गरेको सिफारिसका आधारमा सरकारले ८१६ जनाको बाँकी कैद मिनाह गर्न सिफारिस गरेको प्रधानमन्त्री ओलीले भने। मन्त्रिपरिषद्मा तीन पुस्ते मगाएर हेर्ने चलन नभएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘पहिलो पटक कैद मिनाह गरेको पनि होइन ।’ ढुंगेलको कैद मिनाहलाई लिएर मंगलबार सांसद गगन थापाले प्रधानमन्त्री महाराजा होइन भनेको स्मरण गर्दै उनले भने, ‘उहाँले ठीक भन्नु भएको हो । म महाराजा होइन, राजा फालेर आएको मान्छे हुँ ।’ ढुंगेलको रिहाइको विरोध गरेका कांग्रेस सांसद थापा मंगलबारको संसद बैठकमा हिजो राजाले माफी दिने गरेको भन्दै गणतन्त्रमा प्रधानमन्त्री ‘राजा’ नभएकाले माफी दिन नमिल्ने बताएका थिए ।

६ वटा सुरुङमार्ग निर्माण गरिने, कोटेश्वर पनि सुरुङमार्ग बन्ने

काठमाडौं । सरकारले ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । नागढुंगा–नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा–छहेर–गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ । बिपी रामजमार्गको खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर–खुटिया–दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ । गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।

बालकृष्ण ढुंगेलको रिहाईमा रविन्द्र मिश्रको रोइलो

भीष्म थापा तत्कालिन माओवादी जनयुद्दका क्रममा भएको एउटा हत्याकाण्डमा आरोपित बालकृष्ण ढुंगेललाई सरकारले जेलमुक्त गर्ने घोषणा गरेपछि रविन्द्र मिश्रको रोइलो सामाजिक सञ्जालमा व्यापक चर्चामा देखियो । यी तिनै रविन्द्र हुन, जसले केही समयअघि साझा पार्टी गठन गरेका थिए र, पछि विवेकशील पार्टीसँग एकता गरेका थिए । रविन्द्र मिश्रले द्वन्द्वकालका मुद्दाको दुहाई दिएर पीडित पक्षका लागि खतरनाक भनिएका ढुंगेललाई रिहाईको ठाडो बिरोध गरेका छन् । यी तिनै रविन्द्र मिश्र हुन, जो नेपालमा गणतन्त्रको लडाई चलिरहँदा बेलायतमा बसेर राजा ज्ञानेन्द्रको पक्षमा वकालत गर्दै थिए । यी तिनै रविन्द्र मिश्र हुन, जसले गणतन्त्रको स्थापनाका लागि हजारौं शहीदहरुको बलिदान भइरहेको बेला, माओवादीका योद्दाहरु भोक प्यास नभनी संघर्षमा होमिएका बेला माओवादीविरुद्ध विषबमन गर्दै थिए । यि तिनै रविन्द्र मिश्र हुन, जो विविसीबाट निकालिएपछि एउटा महत्वाकांक्षा बोकेर राजनीतिमा होमिए । र, यी तिनै रविन्द्र मिश्र हुन, जसले बारम्बार माओवादी आन्दोलन, यसको नेतृत्व र यसको स्पिरिटका विरुद्ध बोल्दै आए । अहिले यिनै तथाकथित पत्रकार रविन्द्र मिश्र बालकृष्ण ढुंगेलविरुद्ध चर्को कुरा गर्दै छन् । आखिर रविन्द्रलाई बालकृष्णको मात्रै किन चिन्ता भयो ? यिनलाई देशमा भइरहेको अन्य समस्यामा किन चिन्ता भएन ? कैलालीमा बोक्सीको आरोपमा महिला कुटिँदा कहाँ गए यी रविन्द्र मिश्र ? देशमा भ्रष्टाचारीहरु खुला उन्मुक्ति हुँदा कहाँ हराए यी रविन्द्र मिश्र ? भारतीय प्रधानमन्त्री नेपाल आउँदा सरकारको लम्पसार पर्यो मोदी सामु, कहाँ थिए यी रविन्द्र मिश्र ? भारतीय सेनाले नेपाली सीमा मिचेर नेपालीमाथि बन्दूक तेस्र्यारहँदा कहाँ थिए यी रविन्द्र मिश्र स्पष्ट छ, रविन्द्र मिश्रको मिसन नै माओवादी सकाउनु थियो । उनी यसका लागि नै परिचालित थिए । हिजो युद्दकालमा उनले मालिकको इसारामा जे गर्न सकिन्थ्यो त्यति गरे । तर उनको बिरोधले माओवादी आन्दोलन पतन भएन । यो वा त्यो रुपमा गल्छी गल्छौंडा पार गर्दै गणतन्त्र ल्याउन सफल भयो । रविन्द्रहरुले त माओवादी आन्दोलन ध्वस्त होस र प्रचण्ड लगायतको नेतृत्व चिसो छिंडीमा हत्कडी लगाएर बसोस भन्ने चाहेका होलान तर उनले सोचेजस्तो भएन ? बरु ठीक उल्टो प्रचण्ड नै पछिल्लो दुई दशकको निर्णायक राजनीतिज्ञ बने । युद्दकालपछि पनि रविन्द्रहरुको मुख्य ध्यान र कोशिस द्वन्द्वकालका मुद्दाका नाममा अन्तर्राष्ट्रिय अपराध अदालतमा नेपालका माओवादी नेताहरुलाई तान्ने रह्यो । कैयन गैरसरकारी संस्थाहरुले यसको प्रयास पनि गरे । तर यो सम्भव भएन । अहिले रविन्द्रको अभिव्यक्तिको तुष पनि यो भन्दा फरक छैन । रविन्द्र मिश्र जी, हेक्का रहोस्, अहिले रविन्द्र मिश्र एकजना मात्रै जेलबाट रिहा हुन गइरहेका होइनन् । त्यहाँ अन्य कैयन कैदीहरु पनि रिहा भएका छन् । के तपाईले ती सबै कैदीहरुको जानकारी लिनु भएको छ ? कुन कुन कसूरमा के कस्तो सजाय भोगिरहेका कैदीहरु रहेछन् भनेर हेर्नु भएको छ ? के बालकृष्ण ढुंगेल मात्रै रिहा भएपछि पिडितका लागि खतरा हुने व्यक्ति हुन ? त्यसो हुन्थ्यो भने त हिजो माओवादी, कांग्रेस र एमालेका नेताहरुलाई पनि राजाले जेलमा कोचेको थियो, के तिनीहरुलाई रिहा नगरी अहिलेसम्म जेलमै कोचेर राखेको भए तपाईले गणतन्त्र नेपालमा पार्टी खोल्न सक्नुहुन्थ्यो । वाहियात तर्क नगर्नुस् । कुतर्कले राजनीति जोगिन्न । एउटा तपाईले र अरुले पनि मान्न नचाहेर पनि मान्नै पर्ने कुरा के हो भने नेपालमा माओवादी आन्दोलन र प्रचण्डको नेतृत्व नगरेको भए न आज तपाई यसरी पार्टी खोल्ने स्थितिमा पुग्नुहुथ्यो, न हामी गणतन्त्र मनाइरहेका हुन्थ्यौं । ।

तेस्रो पटक चेन्नइ आइपीएल च्याम्पियन, वाट्सनले बनाए नट आउट ११७ रन

काठमाडौं । चेन्नई सुपरकिंग्सले तेस्रो पटक इण्डियन प्रिमियर लिग ९आईपीएलको उपाधि जीतेको छ । मुम्बइको वानखेड़े स्टेडियममा हिजो साँझ भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई हराउदै चेन्नइले तेस्रो पटक उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले पूरा ओभरमा ६ किकेटको क्षतीमा १७८ रन बनाएको थियो । उसका लागि कप्तान केन विलीएम्सनले ४७, युसुफ पठानले नट आउट ४५, शाकिवअल हसनले २३, शिखर धवनले २६ कार्लोस ब्रैथवेटले २१, श्रीवत्स गोस्वामी ५ र दिपक हुडाले ३ रन बनाएका थिए । मध्यम स्कोरमा रोक्न चेन्नइका ब्राबो, जडेजा, शर्मा, ठाकुर र एन्गीडीले समान एकएक विकेट लिए । १७९ रनको मध्यम लक्ष्य पाएको चेन्नइले नौ बल बाकि छदै जित हासिल गर्यो । जितका हिरो अष्ट्रेलियाका खेलाडी शेन वाट्सन बने । उनले यो संस्करणमा दोस्रो पटक शतक बनाए । हिजो भएको फाइनलमा उनले नटआउट ११७ रन बनाउदै आफ्नो टिमलाई सहजै जित दिलाए । विष्फोटक व्याटिङ वाटसनले मात्र ५७ बलमा ८ छक्का र ११ चौकाको मद्दतमा १ सय १७ रन बनाएका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । उनी आइपीएलको फाइनल प्रतियोगितामा लक्ष्य पाएर शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । यस्तै, टिमका लागि सुरेश रैना ३२, अम्बाती रायडू नट आउट १६ र फाप डुप्लेसिसले १० को योगदान गरे । फाइनल अघि हैदरावादले बलिङका कारण सबै टिममाथि हावी देखिन्थ्यो । उसले चार पटक १५१ रनभन्दा कमको स्कोरमा पनि जित दर्ता गरेको थियो । तर, फाइनलमा भने उसका बलर पूरै पm्लप रहे । हैदरावादका सबैभन्दा आशा गरिएका रशिद खानलेसमेत एउटा पनि विकेट लिन सकेनन् । यसकारण पनि यो पटकको आइपीएल उपाधि चेन्नइले सजिलै जित्यो । हैदरावादका लागि संदिप शर्माले चार ओभरमा ५२ रन दिदै मात्र एक विकेट लिए, कार्लोस ब्रैथवेटले २७ रन दिएर एक विकेट झारे । चेन्नइ यस आइपीएलको सबैभन्दा बढि उमेर भएका खेलाडीले भरिपूर्ण टिम हो । उसका खेलाडीको औसत उमेर ३४ साल छ । जबकि अन्य टिमका खेलाडीको औसत उमेर २६ र २८ को बीच छ । चेन्नइले यसअघि २०१० र २०११ मा उपाधि जितेको थियो ।

दुर्घटनाग्रस्त भेटियो मकालु कार्गो विमान

सुर्खेत । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको ढल् ब्ग्व् कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो । विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिनुभयो । विमानमा चालक दलका दुई सदस्यमध्ये एकजना किरण भट्टराई रहेका र अर्का सदस्यको नाम नखुलेको उहाँले बताउनुभयो । रासस

सामुदायिक लघुवित्तको नाफा २ गुणा बढ्यो

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको तेस्रो त्रैमासमा खुद नाफा २ गुणा बढेको छ । गत आवको तेस्रो त्रैमासमा रू‍. ५८ लाख ७० हजार खुद नाफा रहेको चालू आवमा बढेर रू। १ करोड ३७ लाख पुगेको छ । त्यस्तै, यस कम्पनीको सञ्चालन मुनाफा २ गुणा बढेर रू। २ करोड १५ लाख पुगेको छ भने खुद ब्याज आम्दानी ७ दशमलव ९८ प्रतिशत बढेको छ । कम्पनीको चुक्तापूँजी २७ दशमलव २७ प्रतिशत बढेर रू। ७ करोड पुगेको छ । कम्पनीको कर्जा तथा सापटी ३९ दशमलव ४० प्रतिशत बढेर रू। ७१ अर्ब ६५ करोड पुगेको छ । साथै, कुल सम्पत्ति ४५ दशमलव ७२ प्रतिशत बढेर रू। ८४ करोड ३६ लाख पुगेको छ । कम्पनीको जगेडा कोष रकम २ गुणा बढेको छ । निष्क्रिय कर्जा १ दशमलव ७८ रहेको छ ।

सिद्धियो सन्दीपको बलिङ; दिल्लीको तर्फबाट उत्कृष्ट इकोनोमीका साथ शानदार प्रदर्शन

सन्दीप लामिछाने आजको म्याचमा दिल्लीको तर्फबाट सबैभन्दा सफल बलर साबित भएका छन् । उनले आफ्नो स्पेलका ४ वटै ओभर सिध्याएका छन् र उनले आफ्ना कप्तानको निर्णयलाई गलत साबित हुन् दिएनन् । आइपिएलको एघारौं शृंखलाको ४५ औं म्याच जाल दिल्ली डेयर डेभिल्स र रोयल च्यालेंजर्स ब्यांगलोरबीच नयाँ दिल्लीस्थित फिरोज शाह कोटला मैदानमा खेलिंदै छ र दिल्लीले पहिले ब्याटिङ गर्दै ब्यांग्लोरसामु १८२ रनको लक्ष प्रस्तुत गरेको छ । भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेंजर्स ब्यांग्लोरले निर्धारित लक्ष पछ्याउने क्रममा 11 ओभरको खेल समाप्त हुँदासम्म २ विकेटको क्षतिमा १०३ रङ बनाइ सकेको छ । उसका लागि विराट कोहली ले ५७ र एबी डिभिलियर्सले ३४ रन बनाएर खेल्दै छन् । दिल्लीको तर्फबाट सन्दीपलाई एक र बोउल्टलाइ एक सफलता प्राप्त भएको छ । सन्दीपले तेस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई एलबीडबलयु आउट गरेका थिए । आज बलिङ गरेका दिल्लीका बलरहरू मध्ये सन्दीपको इकोनोमी रेट सबैभन्दा उत्कृष्ट रहेको छ । तीन ओभरसम्म रनमा साह्रै अंकुश लगाउन सफल सन्दीपलाई उनको चौथो ओभरमा एबी डिभिलियर्सले त्यसो गर्न दिएनन् । उनले सन्दीपको आखिरी ओभरमा एक छक्क सहित १० रन बनाए । यति हुँदा पनि सन्दीपले ४ ओभरमा २५ रन मात्र दिएका छन् । जबकि उनीभन्दा पछाडि ट्रेन्ट बोउल्ट, अमित मिश्रा र हर्षल पटेलको इकोनोमी रेट १०-१० छ भने जुनियर डाला साह्रै महँगा साबित भएका छन् । उनको इकोनोमी रेट १३ रहेको छ ।

सन्दीप ले झारे पहिलो आइपिएल विकेट

नयाँ दिल्ली, नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो आइपिएल खलमा पार्थिव पटेलले प्याभेलियन फर्काउँदै आफ्नो डेब्यु खेलमा नै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । सन्दीप आइपिएलमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन । भारतीय राजधानी नयाँ दिल्लीको फिरोज शाह कोटला मैदानमा भइरहेको आजको खेलमा दिल्लीले शुरुमा ब्याटिङ गदै रोयल च्यालेन्जर ब्यांग्लोरलाई ४ विकेटको क्षतिमा १ सय ८२ रनको लक्ष्य दिएको छ । आजको बलिंगको ओपनिंग गरेका सन्दीपले आफ्नो स्पेलको दोस्रो ओभारा महत्वपूर्ण सफलता हात पारेका हुन् । अहिले खेल जारी छ र रोयल च्यालेंजर्स ब्यांग्लोरले ४.४ ओभरमा २ विकेट गुमाएर ४० रन बनाई सकेको छ । भारतीय क्रिकेट कमेन्टेटर एवं पत्रकार हर्ष भोगलेले आफ्नो ट्विटमा ‘नेपालका युवा क्रिकेटर सन्दीपले आफ्नो पहिलो आइपिएल विकेट लिए’ भन्दै लेखेका छन् ।

दुलही जस्तै चिटिक्क सभागृह, प्रधानमन्त्री मोदीको अभिनन्दनको तयारी पूरा

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ । सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन् । सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ । सभागृहमा पनि रंग लगाइएको छ भने फूलको साजसज्जा त्यत्तिकै आकर्षक छ । यी सबै दृश्य हेर्दा लाग्छ यो हिजोको सभागृह होइन । त्यसैगरी, स्वागतद्वारको दायाँबायाँ प्रशस्तै संख्यामा नेपाल र भारतका झण्डा टाँगिएको छ । सभागृह मात्र होइन मोदीको स्वागतका लागि उहाँ नेपाल रहँदाको समयमा आउने र जाने सबै स्थान सफा र व्यवस्थित नै रहेको छ । सडकको छेउछाउमा रंग लगाउने, झण्डा राख्ने, स्वागतद्वार निर्माण गर्ने काम पनि सँगै सकिएको छ । विमानस्थल, गौशाला, त्रिपुरेश्वर, जमल, नयाँ बानेश्वर, कोटेश्वर, हायात होटलको आसपासलगायत प्रधानमन्त्रीले आवत जावत गर्ने स्थानमा साजसज्जाको काम पनि सकिएको छ । दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री आज नेपाल आउन लाग्नुभएको छ । प्रधानमन्त्री मोदीको स्वागतका लागि कामपाका तर्फबाट कुनै कसर बाँकी राखिएको छैन, कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । अभिनन्दनको सबै तयारी सकियो प्रधानमन्त्री नरेन्द्र मोदीका लागि नागरिक अभिनन्दन गर्नका लागि सबै तयारी पूरा भएको कामपाले जानकारी दिएको छ । भ्रमणका लागि आज नेपाल आउनुहुने प्रधानमन्त्री आज पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको भ्रमण गर्नुहुनेछ । त्यसपछि काठमाडौँ फर्केपछि उहाँ भारतीय राजदूतले आयोजना गर्ने दिवा भोजमा सहभागी भई अपराह्न कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यतालिका रहेको छ । आचार्यले भन्नुभयो, “सबै तयारी पूरा भएको छ, प्रधानमन्त्रीको स्वागतका लागि हामी आतुर छौँ ।” प्रधानमन्त्री २ः४५ बजे सभागृहमा पुग्ने भएपनि कामपाले अन्य अतिथि तथा पाहुनालाई दुई बजेभित्रै हलमा राखिसक्ने समयतालिका रहेको छ । ५३२ सिट क्षमता भएको सभागृहको हलमा ५५० जनासम्म हुनसक्ने कामपाले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री दुईदिने राजकीय भ्रमणमा नेपाल आउनलाग्नुभएको हो । उक्त कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, सांसद्, कामपाका जनप्रतिनिधि, कामपाका उच्च पदका कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको सहभागिता हुनेछ । कामपाका प्रमुख शाक्यले नागरिकका तर्फबाट नागरिक अभिनन्दन र महानगरका तर्फबाट कलात्मक साँचो हस्तान्तरणसँगै उपहार दिने तयारी रहेको छ । उपहार के दिने भन्ने बारे अहिलेसम्म टुङ्गो लागेको छैन । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।

४२ जिल्लामा ‘रिड नेपाल’ले गर्याे ६७ वटा पुस्तकालय स्थापना

काठमाडौं, वैशाख २८ । ‘रिड नेपाल’ नामक सामाजिक संस्थाले देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना गरेको छ। सो संस्थाले समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक ज्ञानको विकास गर्ने उद्देश्य राखेको छ। पछिल्लो पटक विकास गरेका केही पुस्तकालयमा महिला कक्ष, बाल कक्ष, युवा कक्ष, सूचना कक्ष तथा श्रव्यदृश्यको समेत व्यवस्था गरिएको संस्थाका अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए। उक्त संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न दातृ संघसंस्थासँग समन्वय गरी पुस्तकालय विकास तथा पुस्तकालयमार्फत विभिन्न सीपमूलक कार्यक्रमसमेत सञ्चालन गरी स्थानीयवासीको सामाजिक रुपान्तरणमा समेत भूमिका निर्वाह गरेको छ। सन् १९९१ मा स्थापना भएको सो संस्थाले भूकम्पको समयमा पुस्तकालय क्षेत्र तथा त्यस वरपर क्षेत्रका नागरिकलाई राहत वितरण गरी सामाजिक सेवा सञ्चालन गरेको जनाइएको छ। देशका विभिन्न जिल्लामा रहेका भूकम्पले प्रभाव पारेका ६ वटा पुस्तकालय भने पूरै भत्काएर पुनःनिर्माणसमेत सम्पन्न गरेको छ। त्यसैगरी, समुदायमा आधारित समावेशी विपत जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत नुवाकोट, दोलखा, स्याङ्जा, मुस्ताङ, महोत्तरी र सोलुखुम्बुमा उत्कृष्ट पुस्तकालय सञ्चालनमा ल्याइएको अधिकृत श्रेष्ठले जानकारी दिए।

३३ किलो सुनकाण्डमा फसेका लोहनीलाइ जोगाउन एमाले नेता सक्रिय !

काठमाडौं, वैशाख २८ । ३३ किलो सुन प्रकरणमा निलम्बनमा परेका बेला एसएसपी दिवेश लोहनीले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । पौडेलसँग गोप्य भेटवार्ता गरेपछि लोहनीले अर्थमन्त्री डा.युवराज खतिवडा तथा एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि गोप्य वार्ता गरेका थिए । तर, लोहनी जोगिन भने सकेनन् र अन्ततः मोरङ प्रहरीको हिरासतमा पुगे । तीन हप्ता अगाडि भैँसेपाटीस्थित एमालेका उपमहासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेलसँग भएको उक्त रहस्यपूर्ण भेटवार्तालाई एमालेकै नेताहरूले ३३ किलो सुनकाण्डसँग जोडेर हेर्न थालिएको छ । हेडक्वार्टरमा तानिएका बेला लोहनीले पौडेलसँग वार्ता गरेका थिए । लोहनीसँग वार्ता गर्नु अगाडि पौडेलले आफ्नै निवासमा अर्थमन्त्री डा. खतिवडासँग परामर्श गरेका थिए । त्यति मात्रै होइन पूर्व अर्थमन्त्री पौडेलले एसएसपी लोहनीलाई पूर्वगृहमन्त्री एवम् एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि भेट गराएका थिए । ‘वामदेव गौतम, विष्णु पौडेल, अर्थमन्त्री डा.युवराज खतिवडा र लोहनीबीचको वार्तामा के कुरा भयो जानकारी छैन’, स्रोतले भन्यो । तर ३३ किलो सुनकाण्डमा फसेका लोहनीसँगको गोप्य वार्तामा सुन प्रकरणकै विषयमा लोहनीलाई जोगाउने कुरा भएको स्रोतको दावी छ । एमालेका उपमहासचिव पौडेललाई भेटेको दोस्रो हप्ता लोहनीले गृह मन्त्रालयद्वारा गठित छानविन समितिमा पुगेर बयान दिएका थिए । बयान दिएपछि उनी एक सातासम्म ढुक्क भएर बसेका थिए । तर, डिएसपी प्रजित केसीको बयानले उनलाई पोल्यो र पुनः छानविनसमितिले मोरङ प्रहरीको हिसातमा राखेर अदालतमा बयान लिएको थियो । एसएसपी लोहनी आफूलाई बचाउन माग गरेर पौडेल र गौतमको शरणमा पुगेका थिए । एसएसपी लोहनीले भेटेपछि तनावमा देखिएका एमाले नेता पौडेल बुद्ध सम्मेलनका अवसरमा आफ्नै गृहजिल्ला रुपन्देहीमा भएको कार्यक्रममा भाग लिन गएका थिएनन् । रुपन्देहीबाट निर्वाचित सांसद समेत रहेका पौडेल लुम्बिनी सम्मेलनमा सहभागी नहुनुलाई रहस्यका साथ हेरिएको छ । ३३ किलो सुन काण्डका प्रमुख योजनाकार चुडामणि उप्रेती ‘गोरे’ फरार छन् । त्यति मात्रै होइन त्यही सुनका कारण सनम शाक्यसहित तीनजनाले ज्यान गुमाउनु परेको छ । यति ठूलो काण्ड हुँदा पनि ३३ किलो सुनको भने अत्तोपत्तो छैन । त्यस बेला सत्तामा रहेका अर्थमन्त्री, गृहमन्त्री र सीमित नेताहरूले नै ३३ किलो सुन गायब बनाएको भनेर एमाले मुख्यालय धुमबाराहीमा चर्चा हुन थालेको छ । सुन काण्डको दोस्रो चरणको अनुसन्धानमा पूर्वअर्थमन्त्री कृष्णबहादुर महराका छोरा निर्मल महरा, बामदेव गौतमका छोरा हरिश गौतम, पूर्व एआईजीद्वय विजयलाल कायस्थ, विज्ञानराज शर्मा र उनका भाई दयाराज शर्मा, पूर्व एसएसपी रविराज श्रेष्ठसहित ठूला माछाहरू तानिने भएका छन् । (यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार)

रकेट हमलापछि इजराइलले गर्‍यो इरानका दर्जन बढी स्थानमा एकै पटक जवाफी आक्रमण

काठमाडाैं । इजरेलले भनेको छ एउटा इरानी रकेट आक्रमणको जवाफमा उसले सिरियास्थित लगगभ सबैजसो इरानी सैन्य संरचनामा हमला गरेको छ। इजरेली सेनाका अनुसार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा रहेका उसका विभिन्न ठेगानामा गए रात बीस वटा रकेट हमला भएका थिए। एकजना इजरेली प्रवक्ताका अनुसार उनको देशले “हालैका वर्षहरूमा गरिएकामध्ये सबैभन्दा विस्तृत प्रकृतिको हवाई कारबाही” गरेर प्रतिक्रिया जनाएको छ। इजरेली लडाकु विमानहरूले “दर्जनौँ इरानी लक्ष्यहरू”मा आक्रमण गरेको इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ। इजरेली लडाकु जेटहरूले यिनलाई निशाना बनाए: इरान र ‘र्‍याडिकल एक्सिस’सँग सम्बन्धित गुप्तचरी केन्द्रहरू । इजरेली पक्षले इरान, सिरिया, लेबनानको हेजबुल्ला आन्दोलन र हमासजस्ता प्यालेस्टाइनी लडाकु समूहहरूलाई ‘र्‍याडिकल एक्सिस’ भन्ने गरेको छ। कड्स फोर्सको सम्भार मुख्यालय दमास्कसबाट दक्षिणतिर रहेको किस्वाह नगरमा रहेको सैन्य सामग्री राखिएको हाता दमास्कसको उत्तरतिर रहेको इरानी सैन्य हाता दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका कड्स फोर्सका हातहतियार गोदामहरू कड्स फोर्ससँग आबद्ध गुप्तचरी संयन्त्र र पोस्टहरू गोलानको डिमिलिटिराइज्ड क्षेत्रमा भएका निगरानी एवम् सैन्य पोस्टहरू र हतियार भण्डार रकेट प्रहार गर्ने प्रयोग भएको इजरेली लन्चर इरानबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन। आईडीएफका अनुसार चेतावनी दिँदादिँदै पनि सिरियाली पक्षले इजरेली लडाकु जेटहरूमा आक्रमण गरेपछि सिरियाका विभिन्न हवाई सुरक्षा प्रणालीलाई पनि निशाना बनाइएको थियो। इजरेली रक्षा मन्त्री अभिग्दोर लीबर्मानले आईडीएफले “सिरियामा रहेका लगभग सबै इरानी संरचनाहरू’मा आक्रमण गरिएको बताएका छन्। “यहाँ (इजरेलमा) वर्षा हुन्छ भने त्यहाँ ठूलो वर्षा हुन्छ भन्ने उनीहरूले बुझ्नुपर्छ,” उनले भने, “मलाई लाग्छ हामीले यो अध्याय यहीँ सकेका छौँ र सबैले सन्देश पाएका पनि छन्।” इजरेलले तनाब बढाउन नचाहेको तर जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेकोमा टिप्पणी गर्दै लीबर्मानले भने, “इरानले प्रत्यक्ष रूपमा इजरेलमाथि आक्रमण गरेको छ एवम् इजरेली सार्वभौमसत्ता र अधीनस्थ भूभागमाथि आघात गर्ने प्रयास गरेको छ।” इजरेलले किस्वाहमा आक्रमण गरेको एक दिनपछि यो सङ्घर्ष भएको हो। सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरेलले एउटा इरानी हतियार भण्डारलाई निशाना बनाउँदा रिभ्युल्युश्नरी गार्ड्सका आठसहित सिरियाली सरकारलाई समर्थन गर्ने १५ सैनिकहरू मारिएका थिए। गोलानमा के भयो? सन् १९६७ मा भएको मध्यपूर्व युद्धमा गोलान हाइट्सको अधिकांश भाग इजरेलले सिरियाबाट आफ्नो अधीनमा पार्‍यो र पछि आफूमा गाभ्यो। तर त्यो कदमले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन। इजरेल डिफेन्स फोर्सेसका अनुसार बिहीवार बिहान उसका चौकीहरूमा इरानको रिभ्युल्युश्नरी गार्डसको कड्स फोर्सले २० वटा रकेट प्रहार गर्‍यो। आईडीएफका एक जना प्रवक्ताका अनुसार चार वटा रकेटहरूलाई इजरेली प्रतिरक्षा प्रणालीले छेकिदिएको थियो। अरू रकेटहरू भने निशानामा पुगेनन्। आक्रमणमा कोही हताहत भएको विवरण प्राप्त भएको छैन। यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ‘दर्जनौँ रकेटहरू’ दक्षिणपश्चिमी दमास्कसको कुनेइत्रा प्रान्तबाट इजरेल अधीनस्थ गोलानतिर प्रहार गरिएका थिए। को जिम्मेवार हुन् भन्ने नखुलाई उसले इजरेली फौजले सिरियाली नियन्त्रणमा रहेको गोलोनस्थित बाथ नगरमा बम आक्रमण गरेपछि रकेटहरू प्रहार गरिएको बताएको छ। किन इजरेलले इरानी स्वार्थमा आक्रमण गर्छ? इरान इजरेलको शत्रुराष्ट्र हो। इरानले बारम्बार यहुदी राज्य इजरेलको अस्तित्व मेटाउन आग्रह गर्ने गरेको छ। इरानले सिरियाका राष्ट्रपति बशार अल असदलाई सहयोग गर्न सयौँ सैनिक पठाएको छ। इरानका अनुसार उनीहरू सिरियाली सेनाका लागि सल्लाहकारका रूपमा गएका हुन्। इरानले हतियार, तालिम र आर्थिक सहयोग दिएका हजारौँ लडाकुहरू सिरियाको गृहयुद्धमा सरकारी सेनासँग मिलेर लडिरहेका छन्। असदलाई सहयोग गर्दा इरानले सिरियामा आफ्नो सैन्य उपस्थित बढाएको छ। त्यसलाई इरानले खतरा मानेको छ। केही अघि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानलाई आक्रमण रोक्न नभए युद्ध हुन सक्ने भनेर चेतावनी दिएका थिए। इरानसँग पश्चिमा देशहरूले गरेको परमाणु सम्झौताबाट अमेरिकालाई बाहिरिन नेतन्याहुले उल्लेख्य भूमिका खेलेको मानिन्छ। बीबीसी

यौनसन्तुष्टिका लागि यी टिप्स अपनाउनुहोस्

म २७ वर्षीया विवाहित महिला हुँ । हाम्रो एउटा बच्चा छ । म यौन सम्पर्कका बेला चरम आनन्द प्राप्त गरेको महसुस गर्दिनँ । चिन्ता धेरै लिने मानिसले यौन आनन्द लिन सक्दैनन् भन्ने सुनेको छु । चरम यौन सन्तुष्टिका लागि के गर्नुपर्ला रु एसकुमार अग्र्याजम या चरम सुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिए जस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न । पुरुष वीर्य स्खलन हुँदा चरमोत्कर्षमा पुग्छन् । तर, महिलाको चरमसुख अलिक जटिल प्रकृतिको हुन्छ । चरमोत्कर्षमा पुग्दा मुटु जोडजोडले चल्छ अर्थात् यसको गति दु्रत हुन्छ । श्वासप्रश्वासको गति पनि द्रुत हुन्छ । महिलाको चरमसुख पुरुषको भन्दा पृथक र जटिल हुन्छ । योनीका मांसपेशीहरूमा खिचाव आउँदा महिलालाई चरमसुखको अनुभूति हुन्छ । तर, हरेक सेक्समा महिलाले चरमसुख प्राप्त गर्छिन् भन्ने हुँदैन । महिलाको चरमसुख उनको पुरुष साथीको यौन दक्षता र आफ्नो शारीरिक र मानसिक अवस्थामा निर्भर गर्छ । भनिन्छ, २० देखि २५ प्रतिशत महिलाले मात्रै चरम सुख प्राप्त गर्छन् । सम्भोग गर्दा महिलाको योनीका ‘क्लिटोरिस’ र ‘जी स्पट’ उत्तेजित भए भने महिलाले चरमसुख प्राप्त गर्छिन् । यौनसम्बन्धी ज्ञानको कमी र खुलेर कुरा गर्न नसक्नुले धेरै महिला चरम सुखबाट वञ्चित हुन्छन् । केहीलाई त जिन्दगीभरि अग्र्याजमको स्वादै थाहा हुँदैन । मधुमेहका रोगी, मानसिक रोगी, हाइपर टेन्सनको औषधि सेवन गरिरहेकाहरू, ‘साइकोजेनिक’, अत्यधिक मद्यपान गर्नेहरू र लागुऔषध सेवन गर्नेहरूको यौन जीवन गतिलो हुँदैन । डिप्रेसनमा गएको व्यक्तिको सेक्स लाइफ पनि लथालिङ हुन्छ । अनावश्यक चिन्ताले पनि यौन जीवन दिन प्रतिदिन बिगारिरहेको हुन्छ । डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई सेक्सप्रति रुचि हु“दैन । डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुका साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चरमोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ । डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्र पतनको समस्या पनि देखा पर्न सक्छ । यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ । सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिनु पर्ने हुन्छ । डिप्रेसनमा गएकाहरूको उत्साहहीनता र ऊर्जाहीनताका कारण शारीरिक क्षमतामा पनि कमी आउँछ र सेक्स प्रक्रियामा अवरोध देखा पर्छ । सेक्स प्रक्रियामा कठिनाइ, नकारात्मक विचार तथा अनावश्यक शंका–उपशंकाका कारण पतिपत्नीको सम्बन्ध नै धरापमा पर्न सक्छ । परिवार नै भताभुंग हुन सक्छ । डिप्रेसन जटिल बन्यो भने सेक्स लाइफ मात्र होइन, सिंगो जिन्दगी बर्बाद हुनसक्छ । त्यसैले धेरै चिन्ता लिने र यौन सन्तुष्टि भएन भनेर थप चिन्ता बढाउने गर्नेले समस्या झनै जटिल बन्दै जान्छ । यौन सन्तुष्टिका लागि मानसिक रूपमा सन्तुष्ट हुने अवस्था सिर्जना गर्नुपर्छ । पार्टनर, परिवेश, ‘फोरप्ले’लगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ । डा. सुबोधकुमार पोखरेल एजेन्सीको सहयोगबाट

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन

काठमाडौँ । नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक सहयोगसमेत चीन सरकारले नै गर्नेछ । चिनियाँ प्राविधिकले अध्ययन गरी भदौ १५ सम्म प्रतिवेदन पेश गर्ने मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिनुभयो । अध्ययन एवं अवलोकन भ्रमणका लागि मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा वैशाख १५ गते सात सदस्यीय प्रतिनिधिमण्डल चीन गएको थियो । प्रतिनिधिमण्डलमा प्रवक्ता शर्मा, मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्यलगायत सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिमण्डलले चीनमा रहेको रेलमार्गको पूर्वाधारबारे साताव्यापी अध्ययन सकेर शनिबार नेपाल फर्किएको थियो । चीन सरकारको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो । “भ्रमणका अवसरमा केरुङ–काठमाडौँ ७५ किमी रेलमार्गको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार पार्ने र नेपालको भौगर्भिक अवस्थाले पनि नयाँ प्रविधि प्रयोग गर्नुपर्ने भएकाले रेलमार्गको सम्भाव्यता अनुसन्धान गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो । चीनले नेपालका रेल अधिकारीलाई तालीम दिने र रेल नेटवर्क विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दुई देशबीचको वार्ताका क्रममा चिनियाँ रेल प्रशासनका अधिकारीहरुले नेपालमा रेल मार्गको विकासका लागि राष्ट्रपति सी जिन पिङले उच्च प्राथमिकता दिनुभएको सुनाएका थिए । राष्ट्रपति जिन पिङले रेल प्रशासनका अधिकारीलाई नेपाललाई रेल मार्गको पूर्वाधारमा सक्दो सहयोग गर्न निर्देशन दिनुभएको वार्ताका क्रममा रेल मन्त्रीले नेपाली प्रतिनिधिमण्डललाई सुनाउनुभएको थियो । यसअघि गत मंसिरमा चीनको राष्ट्रिय रेल प्रशासनका अधिकारी उक्त विषयमा छलफलका लागि नेपाल आएका र आगामी पुसअगावै ं थप छलफलका लागि नेपाल आउने प्रवक्ता शर्माले जानकारी दिनुभयो । चीनको अग्लो भागबाट नेपालमा रेल झार्न कस्तो प्रविधिको प्रयोग गर्ने भन्ने सन्दर्भमा चिनियाँ प्राविधिकले गर्ने अध्ययन अनुसन्धानमा सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । विश्वमा अहिलेसम्म यति भिरालो स्थानबाट रेल नचलेको मन्त्रालयले जनाएको छ । रासस