प्रम अाेलीकाे दिल्ली भ्रमण : के भयो प्रगति ?

काठमाडौं, चैत २६ । बर्षोदेखि चर्चा र वार्ताको प्रथमिकतामा रहको मुल विषयमाथि प्रगति समीक्षा

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो ।

नेपाल र भारतबीच रहेका कुटनीतिक प्रश्नको सम्बोधन गर्न दुवै देशका तर्फबाट गठन गरिएको प्रबुद्ध ब्यक्ति समुह ईपिजि मा पनि पुनरावलोकनको विषयमा समझदारी भएको थियो । तर, प्रतिवेदन आउन बाँकी छ ।

ओलीका भ्रमणमा यो विषय ठोस छलफल हुन सकेन ।

ओली नेपाल, भारत ईपिजीले आगमी असारसम्म २१ औँ शताब्दीको यथार्थबोध हुने प्रतिवेदन दिने विश्वास व्यक्त गरे ।

यसमा मोदीले सही थपे । तर, वार्तामा सअमागी नेपाली अधिकारीका अनुसार यसबो थप छलफल भएन ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

‘पेट्रोलियम पाइपलाइन १५ महिनाभित्रै’

काठमाडौं, चैत्र २५ । प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा शिलान्यास गरेको अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माणको काम अबको १५ महिनामा सक्ने लक्ष्य लिइएको अधिकारीहरूले बताएका छन्। दुवै देशले उच्च प्राथमिकता दिएकाले रुख कटानी, घर तथा जग्गा मुआब्जा वितरण जस्ता विवादित विषय छिट्टै हल हुने अपेक्षा पनि गरिएको छ। पाइपलाइन बने इन्धन चुहावट तथा सडक अवरोध जस्ता समस्या हट्ने आशा गरिएको छ। दुई देशका सरकार प्रमुखहरूले संयुक्त शिलान्यास गरेसँगै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म ल्याइने ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको निर्माण तीव्र गतिमा हुने नेपाली अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव भन्छन्, ‘नेपाली भागमा पाइपलाइन जोड्ने काम शुरू पनि भइसकेको छ। कतिपय स्थानमा घर–टहराले गर्दा समस्या छ। तर केही दिनमा सबै कुरा मिल्नेछ।’ दुई वर्षअघि सम्झौता गरिएको उक्त पाइपलाइनको लम्बाइ त्यतिबेला ४१ किलोमिटर हुने भनिएको थियो र त्यसले रक्सौलदेखि अमलेखगञ्जसम्म जोड्ने कुरा थियो। तर झण्डै २५ हजार रूख काट्नुपर्ने र तेल भण्डारण स्थलको समस्या देखिएपछि स्थान परिवर्तन गरिएको थियो। अहिले उक्त समस्या कम रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। उनले भने, ‘अब ५ हजार जति रूख काट्नुपर्ने अवस्था छ। हटाउनुपर्ने घर–टहराका लागि सम्बन्धित जिल्लाका अधिकारीहरूसँग कुरा भइरहेको छ।’ भारतीय पक्षले धमाधम काम थालेको भन्दै उनले थपे, ‘काम शुरू भएको १५ महिनाभित्र सम्पन्न गर्ने योजना छ। तर कामको गति हेर्दा त्यो भन्दा अगाडि पनि हुनसक्छ ।’ शनिवार मात्रै शिलान्यास गरिए पनि पाइपलाइनसँग सम्बन्धित केही काम एक महिनाअघि नै शुरू भएको हो। हालसम्म तीन किलोमिटर जति खन्ने काम सकिइएको अधिकारीहरू बताउँछन्। सम्झौता भएको लामो समय बितिसक्दा पनि काम सुस्त रहेको भन्दै व्यापक आलोचना समेत भएका छन्। पाइपलाइनबाट इन्धन ल्याउन थाले अहिले ट्याङकर ढुवानी र जनशक्तिमा खर्चिएको रकमबाट वार्षिक एक अर्ब रूपैयाँ जोगिने सरकारी अनुमान छ। बीबीसी

मापदण्ड विपरीतका घरटहरा भत्काइँदै

लहान । मापदण्ड विपरीत सडक मिचेर सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरिएको छ । नगरपालिकाले वडा नं ६ मटियर्वास्थित सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ रहेका घरटहरा भत्काउन डोजर लगाउँदैछ । सार्वजनिक सूचना जारी गरिए पनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन शुरु गरिएको नगरपालिकाका प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैँले घर भत्काउन शुरु गरेका छन् । यसअघि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरे पनि स्थानीयवासीले विरोध गरेपछि ३२ फिटमा सहमति भई सोहीअनुसार काम भइरहेको नगरपालिका–६ का वडाध्यक्ष देवकृष्ण साहले बताउनुभयो । रासस

नेपाली बालबालिका भारतमा अलपत्र

काठमाडौं, चैत २५ । जोखिमपुर्ण अवस्थामा भारतको बहराईचबाट उद्धार गरिएका चार नेपाली बालबालिका अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय बाल हेल्पलाईनले उद्धार गरेर महिला तथा बालबालिका कार्यलय बाँकेलाई जानकारी गराए पनि उद्धार हुन नसकेको हो । दुई सातासम्म नेपाली बालबालिकालाई जिम्मा लिन नआएको भन्दै बहराईचबाट भारतकै गोन्डा सेल्टरमा पठाईएको छ । सरकारी उदासीनताका कारण ती बालबालिकाको उद्धार सम्भव नभएको हो । भारतीय अधिकारीले भने जिम्मा लगाउनु आतुर रहेको जनाएका छन् । तर बाँके बर्दिया र बुटवलका ती बालबालिकाको अवस्थाबारे महिला तथा बालबालिका कार्यालयका अधिकारी बेखबर छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

गुप्तचरका हाकिम नै चिन्दैनन् भीआईपी

काठमाडौं, चैत २५ । घटना १ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी फागुन २१ गते दुईदिने नेपाल भ्रमणमा आए । घटना २ : त्रिभुवन विमानस्थलमा फागुन २८ गते भएको बंगलादेशको यूएस विमान दुर्घटनापछि बुझ्न बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहजहाँ कमाल फागुन २९ गते नेपाल आएका थिए । घटना ३ : चैत ३ गते गोरखा गण्डकी गाउँपालिका ३ बेनीघाटमा मुस्लिमहरुको ठूलो कार्यक्रम भएको थियो भने त्यहाँ सहभागीमध्ये ५ सय बढी पाकिस्तानलगायत अरब मुलुकका मुस्लिम थिए । यी सबै घटनाका प्रमुख पात्रहरु त्रिभुवन विमानस्थल भएर अवतरण भएका हुन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । समाचारमा लेखिएको छ, २ अलि फरक भए पनि १ र ३ घटनामा भने सुरक्षाको हिसाबमा अलि चासोको विषय हो । किनकि यी घटना भएलगत्तै विमानस्थल भएर बाह्य गुप्तचरका एजेन्टहरु व्यापक रुपमा आवतजावत गरेको बताइन्छ । विशेष गरी भारतका बाह्य गुप्तरच रसगठन रअ, पाकिस्तानी गुप्तचर संगठन आईएसआई इन्टर सर्भिस इन्टेलिजेन्सका एजेन्टहरु सक्रिय भएको बुझिन्छ । विमानस्थल प्रयोग गरेर आवतजावत गर्ने विशिष्ट, विशिष्टका पूर्ण विवरण राख्ने, पहिचान गर्ने कार्य विमानस्थलमा रहेको राष्ट्रिय अनुसन्धान विभागको विमानस्थल निगरानी उपशाखाले गर्दछ । यी घटनाहरुमा विमानस्थल भएर नेपाल आइसकेका विशिष्ट र अतिविशिष्ट पात्रका विवरण विमानस्थल उपशाखाबाट आउँदै नआउनुले विभागका अधिकारीले त्यहाँका गुप्तचरहरुमा व्यक्ति पहिचान गर्ने समस्या रहेको निष्कर्ष निकाल्दै विभागभित्रै खैलाबैला मच्चिएको विभागकै उच्च अधिकारी बताउँछन् ।

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पोखरेललाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री र्इश्वर पोखरेलले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकाले उनको अनुपस्थितिमा पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । ओली तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत गएका छन् । ओली आइतबार स्वदेश फर्किने छन् । ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी विद्यादेवी विद्यादेवी भण्डारीले तोकेको शितल निवासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

१६० किलो चरेशसहित भारतीय नागरिक पक्राउ

मलेखु । प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान प्रहरीले बरामद गरी एक जनालाई पक्राउ गरेको छ । प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ । चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । लुकाइछिपाइ भारत निकासी गर्न लागिएको सो लागूऔषध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, गजुरीको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो ।

ओलीलाई एयरपोर्टमा रिसिभ गर्न मोदी नआउने !

नयाँ दिल्ली, २३ चैत्र । तीन दिने भारतको राजकीय भ्रमणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेपालबाट नयाँ दिल्ली प्रस्थान गरिसकेका छन् । ५४ सदस्यीय जम्बो टोली लिएर उनी भारत प्रस्थान गरेका छन् । ओलीलाई ईन्दिरा गान्धी अन्र्तराष्टिय विमानस्थलमा रिसिभ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै आउने चर्चा चलेको थियो । तर, भारतीय उच्च अधिकारीहरुले दिएको जानकारी अनुसार मोदी पार्टीकै स्थापना दिवसको अवसरमा एक कार्यक्रममा सहभागी हुनु परेकोले ओलीलाई रिसिभ गर्न एयरपोर्ट जाने संभावना कम रहेको छ । भारत सरकारको निर्णय अनुसार ओलीलाई रिसिभ गर्न अर्थराज्यमन्त्री शिवप्रताप शुक्ला जाने तयारी समेत गरिएको छ । तर, एकथरिले बरिष्ठ मन्त्री पठाउनुपर्नेमा जोड दिएकोले गृहमन्त्री राजनाथ सिंह पनि जाने संभावना छ ।

भारतविरुद्ध बिप्लव र चित्रबहादुर केसीकाे साठगाँठ, केपी ओलीको निन्दा

काठमाडौं । चुनावमा एमाले र माओवादीसँग मिलेर संसदमा एक सिटको प्रतिनिधित्व गर्दै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले अन्ततः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेको छ । यो गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपासमेत सहभागी भएका छन् । चारवटा वामपन्थी समूहले विहीबार गठबन्धनको घोषणा गर्दै ओली सरकारको भारत नीतिविरुद्ध आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेका छन् । चारदलको संयुक्त बैठकपछि जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र माओवादी नेता मोहन वैद्यका साथै ऋषि कट्टेल र खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा केपी ओलीले भारत भ्रमणका क्रममा पुराना असमान सन्धीलाई निरन्तरता दिन लागेको भन्दै आपत्ति जनाइएको छ । साथै प्रधानमन्त्री ओलीले दिल्लीमा मोदीसँग मिलेर अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त रुपमा शिलन्यास गर्न लागेको भन्दै चार दलले विरोध गरेका छन् । प्रधानमन्त्री ओलीको यो कार्यविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने चार दलले जनाएका छन् । साथै सरकारले विप्लव समूहको शान्तिपूर्ण कार्यक्रममा दमन गरेको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ । आगामी बैशाख ३ गते चार पार्टीको आयोजनामा राष्ट्रियतासम्बन्धी अन्तरक्रिया गर्ने जनाइएको छ । साथै चारवटै पार्टीले आगामी दिनमा पार्टी एकीकरणका लागि छलफल गर्दै अघि बढ्ने निर्णयसमेत गरेेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सभा अध्यक्ष देखि सांसदको पदावधि गोलाप्रथाबाट तोकिँदै

काठमाडौँ,चैत्र २३ : राष्ट्रिय सभाका सांसदको पदावधिको टुंगो आगामी अधिवेशनमा गोलाप्रथाबाट लगाइने भएको छ । गोलाप्रथा गर्न संसद् सचिवालयले समिति गठन गरेर कार्यविधि तयार गर्दै छ । संविधानमै राष्ट्रिय सभा सदस्यको पदावधि गोलाप्रथाबाट टुंगो लगाउने व्यवस्था रहेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ । संसद् सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको प्रवक्ता डा. भरतराज गौतमले बताए । ‘संसद्को आगामी अधिवेशनको सुरुमै पेस गर्ने गरी कार्यविधिको ढाँचा समितिले तयार गर्नेछ,’उनले भने । राष्ट्रिय सभामा ५९ सांसद छन् । प्रत्येक प्रदेशबाट ८/८ जना निर्वाचित गरी ५६ र राष्ट्रपतिबाट मनोनीत तीनसहित ५९ सदस्यीय राष्ट्रिय सभाका सांसदको पदावधि तोकिन लागेको हो । ५९ सांसदमध्ये एकतिहाइको दुई वर्ष, अरू एकतिहाइको चार वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ । अध्यक्षको पदावधि पनि गोलाप्रथाबाटै राष्ट्रिय सभा अध्यक्षको पदावधि पनि गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । अध्यक्षको पदावधिबारे संविधानमा केही उल्लेख नभएकाले अन्य सदस्यकै हैसियतमा गोला टिप्नुपर्ने हुन्छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना भन्छन्, ‘राष्ट्रिय सभा यस्तो सभा हो, जहाँ अध्यक्षको समेत पदावधि ६ वर्षसम्म रहन्छ वा रहन्न भन्न सकिन्न ।’

बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गरेको अारोपमा पक्राउ

झापा । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा छजना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, विर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो। तामाङ राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडका नगद सहायक (खजान्ची) हुन् । यता पक्राउ परेकामध्ये बिर्तामोड–५ निवासी ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेनपा–१२ निवासी ४९ वर्षीय गणेश प्रधान र मेनपा–१० निवासी ३३ वर्षीय प्रवेश अधिकारी भने धरौटीमा छुटेका छन् । श्रेष्ठसंग रु तीन लाख ९८ हजार, प्रधान र अधिकारीसंग रु ७०÷७० हजार धरौटी माग भएकोमा उनीहरुले सो रकम बुझाएर छुटेका छन् । रासस

बलिउड बक्स अफिसमा टाइगरको गर्जन; बागी-टुको कमाइ सय करोड पार

टाइगर श्राफ र दिशा पटानी अभिनित चलचित्र बागी-टुले भारतको घरेलु बक्स अफिसमा धमाकेदार कमाइ गरिराखेको छ । यसका साथै दुवै युवा कलाकारहरूले चलचित्र व्यापारका दृष्टिले प्रतिष्ठित मानिएको १०० करोड क्लबमा डेब्यु गरेका छन् । वुधवारसम्म लगभग एक सय पाँच करोड भारतीय रुपैयाँ कमाउन सफल बागी-टुलाई सोमवारको भारत बन्दले समेत खासै प्रभाव परेको देखिएको थिएन । चलचित्रलाई यो आँकडा छुन छ दिनको समय लागेको छ । सिनेमामा दर्शकहरूले टाइगरको एक्सनलाई खुबी मन पराएका छन् । भारतीय सेनाको महिमामंडन गरिएको यस चलचित्रले अचेल भारतमा चल्ने गरेको राष्ट्र भक्तिको थिमलाई राम्ररी क्यास गरेको छ । बागी-टु सन् २०१८ मा कमाइको मामलामा सय करोड नाघ्ने तेस्रो चलचित्र हो । यस अघि पद्मावत र सोनु की टीटु कि स्विटीले यो आँकडा पार गरिसकेका छन् ।  

दबंग सलमान खान दोषी; हुन सक्छ छ वर्षसम्म सजाय

बलिउडका चर्चित कलाकार सलमान खानलाई भारतको वन्यजन्तु कानुन अन्तर्गत कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर गरिएको छ । भारतको राजस्थान राज्यको जोधपुर जिल्लाको अदालतमा उनी विरुद्ध २० वर्ष अघि मुद्दा दायर भएको थियो । सन् १९९९८ मा सुरज राजश्री प्रोडक्सनको सिनेमा ‘हम साथ साथ हैं’ को सुटिङका दौरान दुर्लभ प्रजातिको कालो हरिणको शिकार गरेको आरोप खानमाथि लागेको छ । उक्त समय उनी लगायत अन्य पाँच जना विरुद्ध मुद्दा हालिएको भए पनि अदालतले खानलाई मात्रै दोषी देखाएको हो । यस मुद्दामा सलमान खानसँगै अभिनेता सैफ अली खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बु र निलम समेत मुछिएका थिए ।  तर खान बाहेक अरु सबैलाई अदालतले बरी गरिदिएको छ । भारतीय वन्य जन्तु कानुन अन्तर्गत यस्तो मुद्दामा दोषी प्रमाणित भए छ वर्षसम्मको कारावासको सजाय भोग्नु पर्ने भनी पनि सलमान खानका वकिलहरूले उनका लागि तीन वर्षभन्दा कम सजाय हुनुपर्ने माग गरेका छन् । उता सलमान खान र बाकी सिनेहस्तीहरूले यी आरोपहरू निराधार रहेको बताएका छन् । फैसलापछि सलमानका अकिल हस्तिमल सारस्वतले सलमानलाई झुठो मुद्दामा फसाएको भनेका छन् । अभियोजन पक्षले अदालतमा २८ साक्षीहरू प्रस्तुत गरेको थियो । यस अघि शिकार सम्बन्धी अन्य दुई मुद्दामा सलमान अदलतबाट दोषमुक्त साबित भइसकेका छन् । जबकि लामो सुनुवाईपछि फैसला गरिएको यो मुद्दामा उनले सजाय खेप्नुपर्ने देखिएको छ ।  

नेपालको पेट्रोल भारतमा तस्करी !

२२ चैत, काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ । लोडसेडिङ हटेपछि पेट्रोलियम पदार्थको आयात घट्नुपर्नेमा झनै बढ्नुमा भारततर्फ हुने तेलको तस्करी मुख्य कारक रहेको नेपाल आयल निगमका अधिकारीहरुको विश्लेषण छ । पेट्रोलियम पदार्थ आयातको कारोबार गर्ने नेपाल आयल निगमलाई आयात अत्यधिक बढ्दा त्यसको व्यवस्थापन गर्न धौधौ परिरहेको छ । अहिले पेट्रोलियम आयात वार्षिक २० प्रतिशतका दरले बढेको छ । २/३ वर्ष पहिलेसम्म यस्तो वृद्धिदर करिब १०/१२ प्रतिशत मात्र थियो । निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराई भन्छन्, ‘माग बढेको त छ, तर, यो स्वाभाविकचाहिँ देखिँदैन ।’ निगमका अधिकारीहरू आफैं पनि छक्क पर्छन्- कसरी बढेको छ आयात ? पेट्रोलियम पदार्थको आश्चर्यजनक रुपमा आयात किन र के कारणले बढेको हो भन्ने सम्बन्धमा हालसम्म निगमले कुनै ठोस अध्ययन अनुसन्धान गरेको छैन । तर, आयात बढ्नुमा केवल माग बढ्नुमात्रै भने जिम्मेवार देखिँदैन । पछिल्लो समय भारततर्फ हुने तेलको तस्करीलाई आयात बढ्नुको एउटा प्रमुख कारणका रुपमा लिइएको छ । यसरी बढ्दैछ नेपालमा आयात अहिले मासिक पेट्रोल आयात करिब ४० हजार किलोलिटर पुगेको निगमका कार्यकारी निर्देशक भट्टराई बताउँछन् । त्यस्तै, डिजेलको यस्तो आयात एक लाख ४० हजार किलोलिटर पुगेको छ । यसले पछिल्लो समय आयात कसरी बढिरहेको छ भन्ने देखाउँछ । आर्थिक वर्ष ०७०/७१ मा नेपालले दुई लाख १४ हजार ५१ किलोलिटर (एक किलोलिटरमा एक हजार लिटर हुन्छ) पेट्रोल आयात गर्‍यो । यसको मासिक हिसाव गर्दा औसत करिब २१ हजार किलोलिटर हुन आउँछ । उक्त आर्थिक वर्षमा आयात भएको ८ लाख ११ हजार एक सय किलोलिटर डिजेलको मासिक औसत आयात करिब साढे ६७ हजार किलोलिटर हुन आउँछ । आर्थिक वर्ष ०७१/७२ मा मासिक औसत २३ हजार किलोलिटर पेट्रोल आयात गथ्र्यो । उक्त आर्थिक वर्षमा डिजेलको मासिक औसत आयात करिब ७५ हजार देखिन्छ । आर्थिक वर्ष ०७२/७३ मा पेट्रोलको मासिक आयात करिब २० हजार किलोलिटरमा झर्‍यो, डिलेज करिब ६५ हजारमा । पाँच महिना लामो नाकाबन्दीका बावजुद पनि ठूलै परिमाणमा पेट्रोलियम आयात रोकिएन । गत आर्थिक वर्षमा नेपालमा मासिक साढे ३३ हजार किलोलिटर पेट्रोल आयात भयो भने डिजेल १ लाख आठ हजार किलोलिटर । ‘तस्करी गर्नेमाथि कारवाही गरिरहेका छौं’ निगमको पूर्वाञ्चल कार्यालय प्रमुख भानु खनाल तेल तस्करीका घटनामा पछिल्लो समय कमी आएको दावी गर्छन् । स्थानीय प्रहरी प्रशासन स्थानीय तह लगायतमार्फत सिमा नाकाबाट हुने तस्करीलाई कडाइ गरिएको निगम बताउँछ । ‘मोरङ र सुनसरीका केही पम्पमा त हामीले गाउँपालिका र नगरपालिकाको निगरानी र सिफारिसबिना पेट्रोलियम बिक्रीमा रोक लगाएका छौं,’ पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख खनालले भने । नेपालबाट बाहिरीने ट्रक/ट्याङ्करलाई तेल बोकेर गए/नगएको परीक्षण सुरु गरिएको उनको भनाइ छ । नाकाबन्दीदेखि नै फस्टाएको तस्करी नेपालमा संविधान जारी भएसँगै असोज ०७२ सालमा भारतले नाकाबन्दी लगायो । त्यसक्रममा इन्धन आयात ठप्पप्रायः हुनपुग्यो, झण्डै पाँच महिना । उक्त समयमा तस्करीको मार्गबाट ठूलो परिमाणमा पेट्रोलियम आयात भयो । भारतसँग खुला सीमाना भएका कारण सीमानाका आसमासमा स-सानो परिमाणमा पेट्रोलियम यताउता हुनु स्वाभाविक भए पनि यो प्रवृत्ति पछिल्ला वर्षहरूमा झाँगिदै गएको छ । सीमानाकाबाट खुल्लमखुला नेपाल आयात भएको तेल भारत फर्किएर जान थालेको छ । उदाहरणका लागि अहिले दैनिक करिब चार सय ट्याङ्करले भारतबाट पेट्रोलियम ओसार्छन् । भारतबाट आयात गरेको तेल नेपालका डिपोमा खन्याएर जाने क्रममा पूरा ट्याङ्कर भरेर लाने र त्यसले ठूलो परिमाणमा नेपाल आएको तेल भारत नै फर्किएर जाने गरेका छन् । यसबाहेक एउटा नाकाबाटै दैनिक २/३ सय ट्रक/ट्याङ्कर सीमा नाकाबाट ओहोर-दोहोर गर्छन् । ठूला क्षमताका ती सवारीबाट पनि धेरै परिमाणमा तेल बाहिरिने गरेको छ । सीमानामा आवत-जावत गर्ने मानिसहरूबाट पनि अनौपचारिक रुपमा तेल बाहिरिने गरेको छ । नेपाल र भारतको मूल्यअन्तर अहिले भारतमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड चुमेको छ । मंगलबारसम्म भारतको दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य ७४ भारु र डिजेल करिब ६५ भारु (नेरु १०४) छ । अहिले भारतमा पेट्रोल ८२ भारु (नेरु १३०) र डिजेल ६५ भारु (नेरु १०४) सम्म पुगेको छ । जबकि नेपालमा अहिले प्रतिलिटर पेट्रोल १०५ र डिजेल ८५ रुपैयाँमा कारोबार हुन्छ । प्रतिलिटर मूल्यमै धेरै अन्तर हुँदा नेपालको तेल फर्केर भारत नै जाने गरेको निगमको भनाइ छ । अहिले नेपाल र भारतमा पेट्रोलियमको मूल्य अन्तर प्रतिलिटर २९ रुपैयाँसम्म पुगेको छ । निगमका अनुसार अहिले मोरङको जोगबनी नाकामा वारि-पारि (नेपाल-भारत) पेट्रोलियमको मूल्य अन्तर सबैभन्दा उच्च छ । जहाँ कारोबार हुने डिजेल भारतको भन्दा प्रतिलिटर २९ रुपैयाँ १० पैसा सस्तो छ । पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ । त्यस्तै, जनकपुरमा पाइने डिजेल भारतको भन्दा प्रतिलिटर २८ रुपैयाँ ९१ पैसा सस्तो छ भने पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ । नेपालको वीरगञ्जमा पेट्रोलपम्पले बेच्ने डिजेल भारतको रक्सौलको भन्दा २७ रुपैयाँ ५८ ले सस्तो छ भने पेट्रोल २३ रुपैयाँ ६४ पैसा सस्तो छ । झापाको काँकडभिट्टा किनेको त्यही डिजेल पारिपट्टि पानीट्याङ्कीमा किन्दा २७ रुपैयाँ ५८ पैसा महंगो पर्छ भने पेट्रोल नेपालको भन्दा १९ रुपैयाँ ९२ महंगो छ । नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य अन्तर करिब १७ रुपैयाँ र डिजेलको यस्तो अन्तर करिब २१ छ । सीमानाकाको वारि-पारि नै यतिको फराकिलो मूल्य अन्तर हुँदा त्यसले तस्करीलाई बढावा दिएको निगमका अधिकारीहरुको तर्क छ । सामञ्जस्य नहुँदा समस्या नेपालले पेट्रोलियममा स्वचालित मूल्य प्रणाली अंगालेको छ । यसको अर्थ भारतमा तेलको मूल्य तलमाथि हुँदा यहाँ पनि मूल्य घटबढ हुने हो । यही स्वचालित मूल्यप्रणाली अनुसार अहिले निगमले पाक्षिक रुपमा मूल्य समायोजन गर्छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा छिटोछिटो उतारचढाव आउन थालेपछि भारतले पछिल्लो समय दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारत गत जून १६ देखियता दैनिक मूल्य समायोजनमा गएको हो । त्यसअघि भारतले पनि १५/१५ दिनमा मूल्य समायोजन गथ्र्यो । करिब चार वर्षअघिसम्म नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर १५/१६ रुपैयाँसम्म महंगो पथ्र्यो, भारतको भन्दा । नाकाबन्दीको समयसम्म नेपाल र भारतको मूल्य अन्तर झण्डै बराबरी थियो । माघ ०७२ ताका भारतमा डिजेलको मूल्य ४५ रुपैयाँ भारु (नेरु ७२) को हाराहारीमा थियो । त्यतिबेला भारतमा डिजेलको अधिकतम मूल्य ५१ भारु (नेरु ८२ सम्म) पुगेको देखिन्छ । त्यति नै बेला नेपालमा डिजेलको यस्तो मूल्य ७५ रुपैयाँ थियो । अर्थात उक्त समयमा नेपाल र भारतमा डिजेलको मूल्यमा खासै अन्तर थिएन । सोही समय भारतमा ६० भारु (नेरु ९६) देखि ६६.९ भारु (नेरु १०५) को बीचमा पेट्रोलको मूल्य रहँदा नेपालमा ९९ रुपैयाँ थियो । भारतले पेट्रोलियम पदार्थमा उच्च कर लगाउन थालेपछि पछिल्ला वर्षहरूमा त्यहाँ मूल्य उच्च हुन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिँदै जानु र उच्च करकै कारण पछिल्ला वर्षहरूमा भारतमा तेलको उकालो लाग्दैछ । माघ ०७३ मा नेपालमा पेट्रोलको प्रतिलिटर मूल्य १०१ रुपैयाँ ५० पैसा थियो, डिजेलको ७७ रुपैयाँ ५० पैसा थियो । जब कि सोही समय भारतमा पेट्रोल ७१.१४ भारु (नेरु ११४) देखि ७७.४६ भारु (नेरु १२४) र डिजेलको मूल्य न्यूनतम ५९.०२ भारु (नेरु ९४) देखि ६५ भारु (नेरु १०४)सम्म पुगेको देखिन्छ । ०७४ माघमा आइपुग्दा नेपालमा पेट्रोलको मूल्य १०३ रुपैयाँ छ भने डिजेलको मूल्य ८१ छ । सोही समयमा भारतमा डिजेल ६२.०६ भारु (नेरु ९९) देखि ६५.४२ भारु (नेरु १०४) र पेट्रोल ७१.३९ भारु (नेरु ११४) देखि ७९ भारु (नेरु १२७) सम्म पुगेको छ ।

प्रचण्डले दाेहाेर्याए – जुनसुकै हालतमा पार्टी एकता

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विकल्प नभएको र जुनसुकै हालतमा पनि एकता भएरै छाड्ने बताएका छन् । अध्यक्ष दाहालले ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर दुई पार्टी एकता गर्ने तयारी भएको समेत जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकताको तयारी गरिए पनि तयारी छोटो भएकाले सम्भव नभएको भन्दै उनले अाज नै एकता संयोजन समितिमा केही मिलाउन बाँकी विषयमा छलफल थालिने र ९ वैशाखमा एकता हुने बताए । माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार अध्यक्ष दाहालले सम्भव भएमा बिहीबार नै पार्टी एकता घोषणा तयारी समिति गठन गरेर ९ वैशाखमा एकताको घोषणा गरिने बताएका थिए । अध्यक्ष दाहालले पार्टी एकताका विषयमा देखिएका असहमति केही दिनमै हल हुने समेत बताएका थिए । दुई दलले ७ फागुनमा एकताका सात आधारमा सहमति गर्दै पार्टी एकताको खाका तय गर्न राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र सांगठनिक तथा विधान मस्यौदा कार्यदल गठन गरेका थिए । दुवै कार्यदलले मंगलबार प्रतिवेदन बुझाएका थिए कार्यदलले एकीकृत पार्टीको चुनाव चिह्न र विधान प्रतिवेदनको प्रारम्भमा जनयुद्धलाई मान्यता दिने कि नदिने तथा पार्टी संगठनबीचको एकता कुन अनुपातका विषयमा सहमति जुटाउन सकेको छैन । अध्यक्ष दाहालले कति संख्याका कमिटी बनाउने र कतिकति अनुपातमा रहने भन्ने अाजदेखि छलफल गरेर टुंग्याउने बताएका थिए । ‘नेताहरूको व्यवस्थापन मुख्य विषय भएकाले केन्द्रीय कमिटी ३२५ पनि हुन सक्छ, ३५१ समेत पु‍¥याउन सकिन्छ । अब छलफलबाट टुंगो लाग्छ,’ उनले भने ।

सिन्डिकेट अन्त्य गर्न जारी यातायात निर्देशिकाको स्वागत

काठमाडौं, चैत १९ । गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ । फाउन्डेसनले सरकारले कुनै सुधार गर्न खोज्नेबित्तिकै विरोधमा उत्रने, जथाभावी गाडी तेर्साएर सडक अवरुद्ध गर्नेजस्ता एकाधिकारवादबाट सञ्चालित हुँदै आएका व्यवसायीलाई निरुत्साहित गर्नुपर्ने जनाएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले आज विज्ञप्तिमार्फत यात्रुलाई सुविधाजनक सेवा दिएर यातायात क्षेत्रमा काम गर्न चाहने नयाँ व्यवसायीलाई निरुत्साही गर्ने एकाधिकार शैलीप्रति विरोध जनाएको छ । सरकारले यातायात व्यवस्थापनसँग सम्बन्धित सात वटा निर्देशिका (मझौला तथा साना सवारी निरीक्षण निर्देशिका, मझौला तथा साना सवारी परीक्षण निर्देशिका, सवारी प्रदूषण परीक्षण निर्देशिका, स्कुल बस निर्देशिका, बस बडी विल्डिङ मापदण्ड र कारखाना तथा वर्कशप दर्ता सञ्चालन मापदण्ड, २०७४) कार्यान्वयनमा ल्याएको छ । केही वर्षअघि सर्वोच्च अदालतले उपभोक्ताको प्रतिस्पिर्धी सेवा छनोट गर्ने अवसरबाट वञ्चित गर्ने उद्देश्यले यातायात क्षेत्रमा लादिएको एकाधिकार अन्त्य गर्न सरकारका नाउँमा निर्देशात्मक आदेश दिएको थियो । अब सबै यातायात व्यवसायीले कानूनी सर्वोच्चताको सम्मान गर्दै सरकारले ल्याएका निर्देशिकाअनुसार व्यवसाय सञ्चालन गर्न गराउन गोगो फाउन्डेशनले आह्वान गरेको छ ।