पेरुमा भेटिए ५ सय वर्ष पुराना ३४० बच्चाका कंकाल

लिमा, पेरु । मानव इतिहासका कैयन् घटनाहरु समयक्रमसँगै सार्वजनिक हुने गर्दछन् । यस्तै नयाँ कुरा पेरुमा पत्ता लागेको छ ।

यो नयाँ कुरा हो मानव नरसंहारको । नेशनल जिओग्राफिकको एउटा सनसनीपूर्ण रिपोर्टमा तीनसय बढी बालबालिकाका कंकाल भेटिएका हुन ।
यो मानव इतिहासमा बच्चाहरुको सबैभन्दा ठूलो बलिदान भएको रिपोर्टमा टिप्पणी गरिएको छ ।

पेरुको उत्तरी प्रायद्विपमा भेटिएका यी कंकालहरुमा १ सय चालिस जना बालबालिका र २ सय शिशुहरुका रहेका छन् ।

शिशु र बालकहरुको यो बलिदान ५ सय पचास वर्ष कोलम्बियन साम्राज्यभन्दा अगाडिको चिमु साम्राज्यमा भएको हुनसक्ने अनुमान गरिएको छ ।
कंकालहरुमा ५ देखि १४ वर्षसम्मका १४० बालबालिका र १८ वर्ष मुनिका शिशुहरु छन् । यतिका शिशुहरु एकै स्थानमा राखेर किन हत्या गरियो भन्ने कुरा इतिहासका पानामा बन्द रहेको छ ।

This May 10, 2011 handout photo provided by National Geographic shows how the face of this child was painted with a red cinnabar-based pigment, at the Huanchaquito-Las Llamas site near Trujillo, Peru. Archaeologists hypothesize that the chest was cut open to remove the heart as part the sacrificial ceremony. “Skeletal evidence clearly indicates that the children and camelids were sacrificed by cutting open the thoracic cavity,” the researchers reported. (Gabriel Prieto/National Geographic via AP)

अचम्म त के छ भने यसरी मारिएका बालबालिकाहरु पुरै धार्मिक संस्कार पुरा गरेर हत्या गरिएका छन् । कंकालको अवस्थिति र उनीहरुको अवस्था हेर्दा पुरै धार्मिक विधि विधान गरेर हत्या गरिएको देखिन्छ । बच्चाको अनुहारमा लेप लगाइएको रिपोर्टमा उल्लेख छ । यो लेप उनीहरुको छाती काट्नु अघिको संस्कारको बेला लगाइएको हुनसक्ने बताइएको छ ।

बच्चासँगै तीनजना वयस्कहरुका कंकाल पनि भेटिएका छन ।

तस्वीरः सिएनएनबाट

रहस्यमय बन्दै सुन तस्कर प्रकरण : समातिन थाले प्रहरीको उच्च अधिकारी नै !

काठमाडौं, वैशाख १३ । हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ । सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समातिन थालेपछि सुरक्षाकर्मीसँगकै मिलेमतोमा यो घटना भएको आशंकामा थप बल पगेको छ । यस प्रकरणमा संलग्न भनिएका दुइजनाको शंकास्पद मृत्यु र एकजनाको हत्या भईसकेको छ तर पनि सुन कहाँ छ भन्ने खुल्न सकेको छैन । गृह मन्त्रालयले गठन गरनविन समितिले सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्वप्रहरीनायव महानिरिक्षक डिआईजी गोविन्द निरौलालाई पक्राउ गरी कर्तव्य ज्यान तथा संगठित अपराध मुद्धामा अनुसन्धान थालेको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

दूतावासकाे कार्यालयमा बम पड्काएको आरोपमा विप्लवका सेक्रेटरी पक्राउ

विराटनगर । विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयमा बम विष्फोटनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोरङ बेलबारी नगरपालिका ४ का ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङ थुकी ७ का ३४ वर्षीय भीम लिम्बूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ गरिएकामध्ये उदय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी हुन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उनीहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रहरी उपरीक्षक अरुण विसीले उनीहरुलाई आइतबार साँझ विराटनगर महानगरपालिका १ बाट नियन्त्रणमा लिएको जानकारी दिए । बम विस्फोटका घटनामा अन्य केही फरार भएकाले उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । ३ वैशाखमा विराटनगर महानगरपालिका १३ मा रहेको भारतीय राजदूतावास सम्पर्क कार्यालयको पश्चिमतर्फ रहेको खुल्ला चौरमा बम बिष्फोट भएको थियो । साँझको समयमा दूतावासको सम्पर्क कार्यालयमा गराइएको बम विष्फोटनबाट कार्यालयको पर्खाल तथा स्थानीय देवकान्त झाको घरको झ्यालको सीसा समेत फुटेको थियो ।

सार्वजनिक यातायातमा सिन्डिकेट: लचिलो बन्दै सरकार

काठमाडौं, वैशाख ९ । सार्वजनिक यातायातमा सिन्डिकेट हटाउने निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीसँग सरकार लचिलो बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले देशभर गाडी नचलाउने निर्णय गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेका थिए। मन्त्री महासेठसँगको भेटका विषयमा यातायात व्यवसायी महासंघका पदाधिकारी अन्नपूर्णसँग बोल्न चोहनन्। उनीहरूले मन्त्री लचिलो भएकाले समस्या केही दिनमै समाधान हुने बताउँदै आएका छन्। व्यवसायीसँग सरकार लचिलो भएको हो भने प्रश्नमा मन्त्री महासेठले भने ‘ म व्यवसायीसँग लचिलो भएको हो। तर, सिन्डिेट जोगाउन होइन। व्यवसायीको पनि लामो सयमदेखि यो क्षेत्रमा योगदान छ। त्यसैले उनीहरूलाई वार्तामा ल्याउन म लचिलो भएको हो।’ वार्ताबाट नै समाधान खोज्न सकिन्छ। यातयात व्यवस्था विभागले गत चैत १८ गते ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को संशोधन खारेजीका लागि सरकार लचिलो नभएको उनको भनाइ छ। तर, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले भने मन्त्रीसँग भेटेर विभागले ल्याएको निर्देशिका खारेजी गर्दै व्यवसायीलाई पनि केही समय दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए। ‘सरकार व्यवसायीसँग वार्तामा बस्न तयार छ’, मन्त्री महासेठले भने, ‘ सिन्डिेकटको अन्त्य र कम्पनी मोडलबाट मात्रै सवारी रुट दिने विषय विपरीत सम्झौता हुँदैन।’ सरकार व्यवसायीसँग यी दुई बाहेक अन्य विषयमा भने छलफल गर्न तयार रहेको मन्त्रीको भनाइ छ। बरु सरकारले कर छुट र पूर्वाधार विकासमा लचिलो हुन सक्ने मन्त्री बताउँछन्। ‘व्यवसायीलाई समितिका नामका सञ्चालन भएका सवारीलाई कम्पनी वा फममार्फत पञ्जीकृत हुँदै रुट इजाजत गर्ने सयम तीन महिनाको दिएका छ। यो काम १५ दिनमा नै हुने काम हो’, मन्त्री महासेठले भने। व्यवसायीले भने मन्त्री महासेठलाई भेटेर केही समय थप गरिदिन आग्रह गरेका थिए।

बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

लमजुङ । बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो । क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताउनुभयो । यस भ्रमणले गुरुङ जातिको पैत्रिक थलो र ऐतिहासिकस्थलबारे थप जानकारी हुने र इतिहासको अनुसन्धानका लागि थप सहज हुने उहाँको भनाइ छ । “हाम्रो पैत्रिक थलो, आदिम थलो, ऐतिहासिक थलो हेर्न र यसबारे केही गर्न सकिन्छ कि भनेर हामीले भ्रमण गरेका हौँ” गुरुङले भन्नुभयो । टोलीमा लमजुङ, कास्की, स्याङ्जा, पर्वत, गोरखालगायत पुख्र्यौली गाउँ घर भई हाल बेलायत बस्दै आएका गुरुङ समुदायको सहभागिता रहेको छ । क्होलासोंथरमा पुगेर गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलोको अवलोकन तथा अध्ययन गर्ने तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताउनुभयो । क्होलासोंथरलाई सरकारले विश्व सम्पदा सूचीमा राखेर यसको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन् । यस्ता ऐतिहासिकस्थलको संरक्षण सम्वद्र्धन हुनसके यहा“को पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुग्ने उनीहरुको धारणा छ । उनीहरु पोखराबाट बेँशीशहर हु“दै घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै क्होलासोँथर पुगेका हुन् । भुजुङसम्म जीप चढेर यात्रा गरेको टोलीले भुजुङबाट भने लेकको बाटो हुँदै चार दिन पैदलयात्रा गरेको थियो । क्होलासोंथरबाट कास्कीको सिक्लेस, ताङतिङ भएर आठौँ दिनमा पोखरा पुगेर यात्रा टुंगिने भ्रमण टोलीका संयोजक एवं तमु धीं युकेका सल्लाहकार एकेन्द्र गुरुङले बताउनुभयो । टोलीलाई तमु ह्यूला छोंज धीं, गुरुङ राष्ट्रिय परिषद् लमजुङ, दक्षिण एशियाकै नमूना घलेगाउँ, तमु प्ये ल्हु संघ, पोंचुकों, भुजुङस्थित युम्पो विकास आमा समूह र लालीगुराँस युवा क्लबले छुट्टाछुट्टै स्वागत गरेका थिए । रासस

बिडिसिए क्रिकेट कप: फाइनलमा त्रिपुरा

बैतडी, वैशाख २ । बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिपुरा क्रिकेट क्लब प्रवेश गरेको छ । आइतबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सबै विकेट गुमाउँदै १५३ रङ मै सीमित रहन पुग्यो । त्रिपुराका लागि तेज चन्दले शतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए । बलिङतर्फ खोड्पेका कृष्ण बिष्टले दुई विकेट लिए । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए । बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । शतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत चैत २५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिएका छन् ।

प्रदेशमा डीआईजी नै प्रमुख बनाउने तयारी

काठमाडौं, वैशाख २ । प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् । डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् । गृह मन्त्रालयले प्रदेश गृह मन्त्रालयमा सहसचिव पठाउने निर्णयसँगै अतिरिक्तमा परेका एआईजीले अवकाश पाइसकेका छन् । गृहले डीआईजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले एक साताभित्रै मस्यौदा कानून मन्त्रालयमा पठाउने तयारी गरेको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

रारा महोत्सवमा एक जनाको मृत्यु

मुगु, वैशाख १ । नयाँ वर्ष पारेर मुगुको रारामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरी शुरु भएको रारा महोत्सवमा आएका जम्लाका कालीबहादुर जिसीको मृत्यु भएको छ । जुम्ला सिजा देआरपाटाबाट रारा महोत्सवमा आएका ६३ वर्षीय जिसीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिसी उच्च रक्तचापका बिरामी भएको र सोहीकारणबाट उनको मृत्य भएको हुन सक्ने मुगु जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सलहेशः प्रेमप्रतीकका रुपमा

लहान । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल सलहेशको दर्शन गर्न शनिबार बिहानैदेखि सिरहा जिल्लाको लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा सर्वसाधारणको ठूलो भीड लागेको छ । लहान बजारदेखि ५ किमी पूर्वपश्चिम राजमार्गमा पर्ने सलहेश फूलबारीमा एक दिन मात्र फुल्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश हेर्न नेपाल तथा भारतबाट हजारौँ दर्शनार्थी बिहानैदेखि आएका छन् । राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा लहानदेखि ४ किमी पश्चिममा रहेको करीब १० बिघाको प्राचीन फूलबारीका दुई रुखको मध्यभागमा प्रत्येक नयाँ वर्षको पहिलो दिन वैशाख १ गते एक जोडी माला देखिने गरेको छ । ती माला हेर्न र मेला भर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँबाट सर्वसाधारणको घुइँचो लाग्छ । सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र प्रेम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखापर्ने जनविश्वास रहिआएको छ । हरेक वर्ष चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्ध लिन निकै मानिस भेला हुन्छन् । फूलबारीको मध्यभास्थित मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ । साँझपख यो फूल ओइलाएर जान्छ । यो ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ । सलहेश फूलबारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कुनै पहल नभएकामा स्थानीय बासिन्दाले गुनासो गर्न थालेका छन् । सलहेश तराईका पासवान जातिको इष्टदेव मानिन्छन् । तेह्रौँ शताब्दीका लोकनायक सलहेशको पूजार्चना गर्नाले मनोकांक्षा पुग्ने, सन्तानप्राप्ति हुने तथा चर्मरोग, कुष्ठ रोगलगायत रोगव्याधि हरण हुने जनविश्वास छ । मन्दिरका पुजारी वीरदेव धामीका अनुसार हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रुपमा लिइन्छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतका विहार र पश्चिम बंगाल तथा नेपालका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा मानिस आउँछन् । युवाहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्छन् । फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैँ उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसलाई मात्रै होइन, भाकल गर्ने जोसुकैको मनोकामना पूरा हुने गरेकाले भारतीय पर्यटक भक्तजन आउने गरेका छन् । मेलामा आउने लाखौँ भक्तजनमध्ये ३० प्रतिशत भारतीय दर्शक रहने गरेका छन् । सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी पाइन्छन् । फूलबारीको शीतल जल ग्रहण गरेपछि जस्तोसुकै रीस शान्त हुने गरेको जानकार बताउँछन् । यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नका लागि सलहेश फूलबारीको पानी प्रयोग गरिनाका साथै हैजा महामारी आउँदासलहेश फूलबारीको पानी औषधि मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ । निःसन्तान महिलाले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकाले प्राप्त सन्तानको मुण्डन गराउन पनि मानिसहरु यहाँ आउने गरेका छन् । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यो भनाइमै सीमित छ । पर्यटकीय क्षेत्रका रुपमा यसको विकास गर्नुपर्ने पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैतको भनाइ छ । सिरहा जिल्लामा पूर्वकर्णाटककालीन अवशेष पनि छ । यहामँ अत्यधिक सम्मान पाएका राजा सलहेश दुसाध जातिका कूल देवता भए पनि सबै जातजातिका लागि त्यतिकै पूजनीय र सम्मानित छन् । रासस

निगममा अनियमितता: डेढ अर्ब गायब

काठमाडौं, बैशाख १ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्दा उपभोक्तालाई भार पर्ने गरी उठाइएको रकम अनियमिता गरेको भेटिएको छ । आजको राजधानी दैनिकमा खबर छ । गत आर्थिक वर्षमा मात्रै उपभोक्तामा अतिरिक्त भार पर्ने गरी निगमले भन्सार विन्दुबाटै उठाएको रकममध्ये करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको बिहीबार सार्वजनिक भएको महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । नेपाल आयल निगमले भन्सार बिन्दुमा पूर्वाधार कर र सडक मर्मत सम्भार तथा सुधार खर्चबापत उठाएको रकममा एक अर्ब ३८ करोड ३९ लाख रुपैयाँ अनियमिता भएको तथ्य सार्वजनिक भएको हो । निगमले पूर्वाधार करका नाममा पेट्रोल र डिजेलको आयातमा प्रतिलिर पाँच रुपैयाँका दरले भन्सार बिन्दुमै रकम असुल्ने गर्दछ । त्यस्तै, सडक मर्मत सम्भार तथा सुधार खर्चका नाममा पनि भन्दाु बिन्दुमै पेट्रोलमा प्रतिलिटर चार र डिजेलमा प्रतिलिटर दुई रुपैयाँका दरले असुल गर्दै आएको छ।

गृहमन्त्री वादलकाे ‘एक्सन’ : नेपाल प्रहरी र सशस्त्रलाई सातदिने अल्टिमेटम

काठमाडौँ, वैशाख १ । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ) का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृह मन्त्रालयले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरेको हो । गृहमन्त्री रामबहादुर थापा यस्तै नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना नेपाल प्रहरीका कर्मचारीलाई समेत फिर्ता ल्याउन गृहले नेपाल प्रहरीलाई परिपत्र पठाएको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका त्यस्ता सुरक्षाकर्मीमध्ये अधिकांशलाई घरमा कामदारका रुपमा राख्ने गरेको आरोप लाग्ने गरेको छ । सुरक्षा जोखिम रहेको अवस्थामा पूर्व प्रहरी अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिएर सुरक्षा खतरा रहेसम्मका लागि सुरक्षागार्ड पाउनसक्ने प्रावधान रहे पनि कुनै खतरा नै नरहेकाहरुले पनि यस्तो सुरक्षाकर्मी राखेर दुरुपयोग गर्दै आएका छन् । बहालवाला अति विशिष्ट एवं पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भएभन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ । गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभईकनै खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् । यस्तै सशस्त्र प्रहरी बलका पनि करीब ५०० सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन् । उनीहरुमध्ये केहीलाई घरेलु कामदारका रुपमा समेत प्रयोग गरिराखिएको गुनासो आउने गरेको छ । सुरक्षाबाहेक अन्य काममा लगाइएका सशस्त्रका कर्मचारीलाई समेत तत्काल फिर्ता बोलाउन गृहले परिपत्र जारी गरेको हो । दुवै प्रहरीले गृह मन्त्रालयलाई पठाएको विवरणमा कतिपय राजनीतिक दलका नेता, केही पूर्व गृहसचिवलगायतका घरमा सहयोगीका रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ । गत चैत १९ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सार्वजनिक गरेका ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना, २०७४’ को बुँदा नं ७१मा सुरक्षाबाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई वैशाख मसान्तभित्र फिर्ता बोलाउने समयसीमा तोकिएकामा त्यसलाई कार्यान्वयन गर्न त्यसअघि नै गृहले काम शुरु गरेको हो ।

वडाध्यक्षलाई कुटपिट गर्ने पक्राउ, सार्वजनिक अपराधको मुद्दा दर्ता

तेह्रथुम, चैत ३० । तेह्रथुमको फेदाप गाउँपालिका–५, ईसिबुका वडाध्यक्ष टेकबहादुर घिसिङलाई कुटपिट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष घिसिङलाई मंगलबार स्थानीय गणेश तामाङले मादक पदार्थ सेवन गरि हातपात गरेका थिए । वडाअध्यक्ष घिसिङलाई कुटपिट गर्ने तामाङलाई पक्राउ गरी हिरासतमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजन भुजेलले जानकारी दिए । मादक पदार्थ सेवन गरी कार्यालय समयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न अनुरोध गर्दा हातपात गरेको वडाध्यक्ष घिसिङले बताए । कार्यालय समयमा हातपात गर्ने युवालाई कानूनी कारबाही गर्नुपर्ने घिसिङको माग छ ।

आर्थिक गणना वैशाख १ गतेबाट शुरु

काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि करीब चार हजार जनशक्तिलाई परिचालन गर्ने भएको छ । आगामी वैशाख १ गतेदेखि शुरु गरिने उक्त गणनाका लागि तीन हजार ५०० गणक र ५०० सुपरभाइजरलाई खटाउन आवश्यक तालीमसमेत उपलब्ध गराएको छ । संघ, प्रदेश तथा स्थानीय तहसम्मका व्यावसायिक प्रतिष्ठान तथा सामान्यभन्दा सामान्य व्यवसायीको वित्तीय अवस्थाका साथै व्यावसायिक यथार्थताबारे आगामी जेठ मसान्तसम्म आर्थिक तथ्यांक संकलन गरिने छ । गणकले देशभर संकलन गरेका आर्थिक विवरणलाई प्रशोधन गरी विश्लेषणात्मक प्रतिवेदन तयार गरेर समग्र प्रक्रिया पूरा गर्न भने करीब पाँच वर्षको समयअवधि लाग्ने अनुमान गरिएको छ । व्यावसायिक प्रतिष्ठानको कूल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पूँजीको लगानी, कूल स्थिर सम्पत्तिमा भएको लगानी, प्रतिष्ठानको घनत्व, लिंगअनुसार रोजगारीको स्थिति, प्रतिष्ठानको ऋणमा पहुँच लगायतका सूचक पत्ता लगाउन सो गणना गर्न लागिएको हो । प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समितिसमेत गठन गरिएको छ । विभागका महानिर्देशक सुमनराज अर्यालले देशमा पहिलोपटक गर्न लागिएको आर्थिक गणनाबाट प्राप्त हुने सूचनालाई आधार मानेर समग्र आर्थिक क्रियाकलापको स्थितिको मूल्यांकन गरिने जानकारी दिँदै त्यसका आधारमा सरकारले मुलुकलाई समृद्ध बनाउन आवश्यक नीति निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । तथ्यांककै आधारमा योजना तर्जुमा तथा नीति निर्माण हुने भएकाले स्थलगत भ्रमण र अध्ययनपछि प्राप्त हुने तथ्यहरु भरपर्दो र विश्वासिलो हुने अपेक्षा राखिएको छ । तथ्यांक ऐन, २०१५ अनुसार व्यवसायबाट संकलित विवरण गोप्य रहनेछ । देशभरका लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान लगायतको गणना गरिने सो कार्यक्रमबाट विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने व्यवसायीबाट आर्थिक क्षेत्रमा गरिएका लगानी तथा त्यसको प्रतिफलको अवस्था बुझ्न सकिने कार्यक्रमका संयोजक अनिल शर्माले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय जनगणना विसं १९६८ देखि शुरु भएको र प्रत्येक १० वर्षमा एक पटक गरिँदै आएको छ । त्यस्तै कृषि गणना विसं २०१० देखि शुरु भएको र प्रत्येक पाँच वर्षमा गरिँदै आएको विभागले जनाएको छ । यसैगरी उद्योग गणना करीब दुई दशकअघिबाट शुरु भई प्रत्येक पाँच वर्षमा गरिँदै आएको छ । शुरु गर्न लागिएको आर्थिक गणनामा भने ढुंगा, बालुवा तथा खनिज पदार्थको उत्खनन क्रियाकलापमा संलग्न हुने व्यवसायी, निर्माण व्यवसायी, बंैक तथा वित्तीय संस्थादेखि सामान्य पसल गर्ने व्यवसायीलाई समेत समेटिने छ । देशभित्र अस्तित्वमा रहेका र क्रियाशील सबै व्यावसायिक प्रकृतिका आर्थिक एकाई (वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान) मा पुगेर गणनाको निर्धारित प्रक्रियाअनुसार तोकिएको समयभित्र विभिन्न आर्थिक इकाईको विवरण संकलनदेखि प्रकाशनका कार्य गर्ने समष्टिगत प्रक्रियालाई नै आर्थिक गणना भन्ने गरिन्छ । रासस

चैत ३० देखि वैशाख ३ गतेसम्म २१ औँ पुष्प मेला

काठमाडौँ । पुष्प व्यवसायको विकास र विस्तारका लागि यही चैत ३० देखि आगामी वैशाख ३ सम्म यहाँ पुष्प प्रदर्शनी २०१८ हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले मंगलबार यहाँ गरेको पत्रकार सम्मेलनमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा मेला हुन लागेको जनाएको छ । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने छन् । मेलामा फूलका ८२ कक्ष रहने छन् । घरआँगन तथा बगैँचा सजाउन चाहनेहरुका लागि ज्ञान हासिल गर्न मेला उपयोगी हुने एशोसिएशनका अध्यक्ष कुमार कसैंजु श्रेष्ठले बताउनुभयो । नेपालमा विसं २०११ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौँ उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो स्थितिमा छ । हाल ४१ जिल्लामा करीब ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । करीब १५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको जनाइएको छ । अहिले यस व्यवसायमा ४३ हजारभन्दा बढी व्यक्ति सहभागी हुँदै आएका छन् । रासस

टेन्सवर्ग बियर दुवईपछि अस्ट्रेलिया, भारत र श्रीलंकासम्म निर्यात हुँदै

रुपन्देही जिल्लाको सौ फर्साटिकरमा रहेको टाईगर्स, बु्रहरी इण्डष्ट्रिज प्रा लि ले आफ्नो उत्पादन दुवई निर्यात पश्चात अस्टलिया, भारत, श्रीलंका निर्यातको तयारीमा लागेको छ । टाईगर, टेन्सवर्ग र लण्डन आईस ब्राण्डको बियर वोत्तल र क्यानमा उत्पादन गर्दै आएको उद्योगले बिदेशी बजारको माग अनुसार पछिल्लोपटक टेन्सवर्ग बियरको बोत्तलमा पुल अप क्यापमा उत्पादन सुरु गरेर उपभोक्ता र बिक्रेतालाई सहज वनाएको छ । उद्योगका संचालक तेजेन्द्र खड्का सरकारले उद्योग संचालनको राम्रो वातावरण वनाईदिए ईनटरनेशनल स्तरको नेपाली बियर उत्पादन बिदेसी बजारमा निर्यात गरि ठूलो राजस्व बिदेसीनवाट जोगाउन सकिने बताउँछन् । यदी प्रसस्त उत्पादन बिदेश पठाउन सक्ने हो भनी डलरको समस्यामा समेत कमी आउने उनको भनाई छ । पढाईमा डिग्री नगरेपनि अनुभवले खारीएका मेहनती, हठी स्वभावका उद्योगी खड्काले सरकारले वातावरण वनाईदिए अन्तराष्ट्रियस्तरको टेन्सवर्गको उत्पादन अव दुवई ,अष्ट्रेलियाको अलावा श्रीलंका समेत निर्यात गर्ने तयारी गरीरहेको उनी बताउँछन् । भारतमा बेभरेज कम्पनीमा २० औं वर्ष अनुभव बटुलेर नेपालमा उद्योग संचालनमा लाग्नु भएका खड्का सरकारलाई यस्ता उद्योग संचालनले राम्रो राजस्व प्राप्त हुने भएकोले सरकार स्वदेसी उद्योग संचालनका लागि सहज वातावरण वनाई हौसला बढाउनु पर्ने हुन्छ । करिब दुई अर्ब लगानीमा संचालनमा आएको यो आधुनिक टाईगर बु्रअरी इण्डष्ट्रिज प्रा। लि। ले गएको २ वर्ष देखि नेपाल टाईगस, लण्डन आईस र टेन्सवर्ग वियर उत्पादन गर्दै आएको वताउदै संचालक खड्का भन्नुहुन्छ यहाँ केही गर्छु भन्ने उद्योगि व्यवसायीलाई बिदेशमा जस्तो हौसला र सुबिदा छैन । यो बर्ष ६ महिनामा मात्र हामीले सरकारलाई ७० करोड बढी राजस्व बुझायौ । उत्पादन बढाउछौ, मेसीन थप्छौ बिदेश निर्यात गछौं भन्दा धेरै प्रकृया र समस्या पार गर्नु पर्छ उनी भन्छन् । करिव ५ बिगा जग्ग्गामा फैलिएको यो जर्मन प्रबिधिको आधुनिक उद्योगले दैनिक २० हजार पेटी उत्पादन क्षमता राखेपनि हाल १० हजार पेटि सम्म उत्पादन गर्दै आएको छ । जहाँ हाल ६ सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष करिव २ हजार बढि कामदारले रोजगार पाएका छन् । जस्मा स्थानिय र महिलाको संख्या पनि बढी नै छ । यसको कच्चा पदार्थ जौ, गहुं, कनिका आदि भारतवाट आयात हुदै आएको उद्योगले जनाएको छ । भारतीयको समेत लगानी रहेको यो जर्मन प्रबिधिको उद्योगवाट उत्पादित टेन्सबर्ग प्रिमियमले काठमाण्डौँ पोखरा, लगायत पूर्व मेचीदेखि पश्चिमका मुख्य बजारमा राम्रो बजार लिदै गएको उद्योगको भनाई छ ।

दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना

ललितपुर । घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ । श्रीमान्सँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताउनुभयो । प्रहरीले घटना हेरेर सामान्य झगडामा मेलमिलाप गराउने गरेको छ । प्रहरीसम्म आएर गएको एक साता नबित्दै त्यही विषयमा महिला आइपुग्ने गर्छन् । उहाँ भन्नुहुन्छ, “कति त नियमित जस्तै वर्षांैदेखि यहाँ आइरहेका घटना पनि छन् ।” महिला हिंसाका घटनामा सबैभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीसम्म आइपुग्छ । श्रीमान्ले कुटेको, खान नदिएको, बाहिर अर्की श्रीमती राखेको, सन्तानलाई बेवास्ता, विवाह र जन्मदर्ता नगराएकोेलगायतका समस्या लिएर महिला आउने गरेका हुन् । पहिले श्रीमान्लाई कारवाही माग गर्ने महिलापछि भने आफैँ छुटाउन लाग्छन् । उहाँ भन्नुहुन्छ, “श्रीमान् दोषी देखिएमा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्छ तर छुटाउन श्रीमती नै आइपुग्छन् ।” प्रहरीसम्म आएका घटनामा श्रीमान्–श्रीमतिको अलग्गिन चाहेको र मिल्न सक्ने अवस्था नहुँदामात्रै सम्बन्धविच्छेदका लागि अदालत पठाउँछ । अधिकांश घटनामा भने एकपटक प्रहरीसम्म आएका मुद्दा नै बारम्बार दोहोरिन्छन् । शिक्षित वर्ग र शहरी क्षेत्रका उच्च वर्गका मानिसको कममात्रै मुद्दा आउँछ । केन्द्रमा सबैभन्दा बढी न्यून र मध्यम वर्गीय परिवारका घरायसी समस्या आउने गरेका छन् । साउनदेखि यतामात्रै १३३ वटा घरायसी झगडा केन्द्रमा आएका छन् । रासस