ट्याक्सी चालक लामाको मृत्यु मापसेबाट होइन, हत्या नै हो : प्रहरी

काठमाडौं, मंसिर २९ । काठमाडौंको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ। प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक पदार्थ सेवन गरेको नदेखिएपछि उनको हत्या भएको निकर्षमा प्रहरी पुगेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा बनेको छानबिन समिति रक्सी खाएको भनिए पनि उनको मृत्यु हत्याबाटै भएको निष्कर्षमा पुगेको हो ।

छानबिन समितिका संयोजक एसएसपी खनालले अनुसन्धान टुंगिनसकेको जनाउँदै थप अनुसन्धान भइरहेको र केही शंकास्पद अवस्था आएकाले छानबिन त्यतातिर मोडिएको बताए ।

स्रोतका अनुसार ट्याक्सी भाडाको विषयमा कुरा नमिल्दा लामालाई इटा प्रहार गरी हत्या गरिएको हो । सो घटनाको विषयमा अनुसन्धानका लागि मंलगबार साँझ प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । तर यसलाई प्रहरीले गोप्य नै राखेका छ ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

भारतबाट नेपालले पायो २९८ रनको चुनौतिपूर्ण लक्ष्य

काठमाडौं । जारी आईसीसी यू–१९ विश्वकपमा भारतले नेपाललाई २९८ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।त्यसको लागि भारतकका कप्तान उदस सरन र सचिन दासको शतकको योगदान गरे । शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २९७ रनको योगफल खडा गर्‍यो। भारतका सचिनले ११६ रन बनाए । उनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । ६२–३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका सचिनले कप्तान उदयसँग २१५ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्‍याए । युवा विश्वकपमा भारतले चौथो विकेटका लागि बनाएको यो नै अहिलेसम्मकै उच्च साझेदारी हो । सचिनसँगै शतक बनाएका कप्तान उदयले १०० रन बनाए । उनले १०७ बलमा नौ चौका प्रहार गरे, आदर्श सिंहले २१, प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्णीले १८ रन बनाए । नेपालका गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । आकाश चन्दले एक विकेट लिँदा नेपालले अर्को एक विकेट भने रनआउटबाट निकालेको थियो । जारी युवा विश्वकपमा अपराजित भारतले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको छ । यता, नेपालले भने प्रतियोगितामा हालसम्म एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो । समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

रास्वपाको संसदीय दल बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । संसदको हिउँदे अधिवेशन माघ २२ गतेका लागि आह्वान भएको छ । उक्त अधिवेशनबारे छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाइएको उपसभापति अर्यालले बताए । यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र योजनामा दबाब यात्रा गर्ने पनि तयारी गरिरहेको छ । यस विषयमा पनि संसदीय बैठकमा छलफल हुने छ ।

स्वास्थ्य बिमा बोर्डका निर्देशक बसौला बर्खास्त

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा.दामोदर बसौलालाई पदबाट हटाएको छ । यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो । डा.बसौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्राचार गर्दै पदबाट हटाइएको जानकारी गराएको छ । उनले पदीय जिम्मेवारी पूरा नगरेको र बोर्डको हितविपरीत कार्य गरेको पत्रमा उल्लेख छ ।

ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । लडिरहेको अवस्थामा भेटिएको भन्दै खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ ।उनको टाउकोमा चोट देखिएको छ ।मृत्युको कारण खुलिसकेको छैन ।

आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हुनेछ हिमपात

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज बिहान ५ः४५ को काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । आइतबार काठमाडौंमा यो वर्षकै हालसम्मको न्यून तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो । विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने विभागले जनाएको छ । चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ ।

पुंगी खोला सौन्र्दयकरणको कार्य सुरु, प्रमुख दाहालद्धारा शिलान्यास

चितवन । भरतपुर वडा नम्बर ३ र ४ को सिमानामा पर्ने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरण गर्ने कार्यको शिलान्यास गरिएको छ । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको उद्घाटन गरेकी हुन् । भरतपुर महानगरपालिकाको गौरवको आयोजना समावेश भएको पुङ्गी खोला सौन्दर्यकरणको पहिलो चरणको निर्माण कार्य नारायणी र पुङ्गी खोलाको दोभानबाट सुरु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले पुङ्गी र केरुङ् ड्रेन महानगरपालिकाको गौरबको आयोजना भएको बताइन्। भरतपुरलाई सुन्दर र हेर्न लायक सहर बनाउने उद्देश्यअनुसार यी दुई खोलालाई हरियालीसहितको सौन्दर्यकरण गर्न लागिएको प्रमुख दाहालले स्पष्ट पार्नुभयो। करिब ६ किलोमिटरमा रहेको पुङ्गी खोलाको १० महिनाअघि सिमाङ्कनको कार्य सुरु भएको थियो । भरतपुरको वडा नम्बर ११, २, ३ र ४ नम्बर भएर बघ्ने पुंगी खोलको हालसम्म ५ किमी सिमाङ्कन गर्ने काम सकिएको छ । बाँकी वडा नम्बर २ मा घर, टहरा परेकाले सिमाङ्कनमा सहज भएको छ । पहिलो चरणको निर्माण कार्यअन्र्तगत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन्। यसका लागि रु १ करोड ७५ लाख र महानगरपालिकाको रु २ करोड २२ लाख ७४ हजार गरी रु ३ करोड ९७ लाखको लागनीमा निर्माण कार्य हुन लागेको हो । निर्माण कम्पनी टिएसएन गिरवान जेभी जोरपाटी काठमाडौँले ११ महिनामा काम सक्ने गरी रु २ करोड ४९ लाख ठेक्का पाएको छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो । भरतपुरका सहरी क्षेत्रमा आकासे पानी व्यवस्थापन गर्न यी दुई नदीलाई वार्षिक रुपमा बजेट विनियोजन गर्दै निर्माण कार्य पुरा गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, ४ नम्बर वडा अध्यक्ष अर्पण पोखरेल, ११ का अध्यक्ष कमल मल्ल र १२ नम्बर वडाका अध्यक्ष लेखराज पन्तले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम पुंगी खोला संरक्षण समितिका संयोजक विकास थापाको अध्यक्षतामा भएको थियो ।

बाग्मतीसहित चार प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विद्युत् महशुलको विवाद समाधान गर्न गठित आयोगले थाल्यो काम

काठमाडौं । विद्युत् महशुलको विवाद समाधान गर्न गठन भएको छानबिन आयोगले बिहीबारबाट औपचारिक रुपले काम शुरु गरेको थालेको छ । छानबिन आयोगले उद्योगी तथा विद्युत् प्राधिकरणलाई १० दिनभित्र आफ्ना विषयहरु समावेश गरि कागजात तथा प्रमाणहरू पठाउन निर्देशन दिएको छ । आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगी र त्यस्तो सेवा प्रदान गर्ने प्राधिकरणलाई माघ २१ गतेभित्र महशुलबारे आ–आफ्ना विषय र प्रमाण पठाउन निर्देशन दिएको हो । बिहीबार बसेको आयोगको बैठकले गरेको निर्णयबारे आज सूचना प्रकाशन गर्दै प्रमाण बुझाउन भनेको हो । डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुलबारे विवाद उत्पन्न भएपछि माघ १० गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन आयोग बनाएको थियो । लोडसेडिङको समयमा उद्योगीले प्रिमियम शुल्कमा डेडिकेटेड र ट्रंक लाइनमार्फत विजुली लिएको तर त्यसको महशुल हालसम्म नतिरेको भन्दै विद्युत् प्राधिकरणले उद्योगमा लाइन काटेको थियो । छानबिन आयोग बनेपछि भने प्राधिकरणले उद्योगहरूमा पुनः लाइन जाडेको छ भने आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

आईसीसी यू–१९ विश्वकप : टस हारेर फिल्डिङ अफगानिस्तानविरुद्ध गर्दै नेपाल

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिदै नेपाललाई फिल्डिङ को निम्तो दिएका हुन् । नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।नेपालले पछिल्लो खेलमा पाकिस्तानबाट दुर्गेश गुप्ता र उत्तमथापा मगरलाई बेञ्चमा राखेको छ । तिलक लेगस्पिनर हुन् । दीपक फिनिसर हुन् । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपालको प्लेइङ ११ देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दीपक बोहरा, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, तिलक राज भण्डारी, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।

बदलियो प्रधानमन्त्रीको कार्यशैली, परिणाममुखी कार्यसम्पादनमा केन्द्रित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यसम्पादनलाई परिणाममुखी बनाउँन सिंहदरबार केन्द्रित गरेका छन्। गत पुस १० गते सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारको कार्यशैली परिवर्तन गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार नै आफ्ना कामकारबाहीलाई परिणाममुखी र सिंहदरबार केन्द्रित गर्दै आएका छन्। प्रधानमन्त्री प्रचण्ड पछिल्लो एक महिना सामान्यतया शनिबार र बिदाको दिनबाहेक सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। प्रधानमन्त्री प्रचण्डका निजी सचिव अर्जुन भण्डारीले शनिबार र बिदाको दिनबाहेक प्रधानमन्त्रीले सधैँजसो सिंहदरबारबाटै काम गर्दै आएको जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्रीज्यू प्रत्येक दिनजसो १० बजे आफ्नो कार्यकक्षमा आउने गर्नुभएको छ। प्रधानमन्त्री निरन्तर पाँचदेखि सात घण्टासम्म सिंहदरबारबाटै काम गर्दै आउनुभएको छ।’ देशको आर्थिक विकास र जनतालाई प्रदान गर्ने सेवा प्रवाहलाई कसरी सहज तुल्याउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीले विशेष ध्यान दिँदै आएका छन्। एक वर्षको समीक्षा गर्दै गर्दा प्रधानमन्त्रीले सम्बोधन गरेको भावनाअनुसार नै काम गर्दै आएको निजी सचिव भण्डारीले बताए। आफ्नो नेतृत्वको सरकारको दोस्रो वर्ष नयाँ प्रतिबद्धता र कार्यशैलीसाथ सुरु गर्ने प्रतिबद्धताका साथ प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव र सम्बद्ध निकायका प्रमुखहरूबाट ब्रिफिङ लिएर नीतिगत समस्याको गाँठो फुकाउने पहल पनि गरेका छन्। पछिल्लो एक महिनामा प्रधानमन्त्री प्रचण्डले अर्थ, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, सञ्चार, शिक्षालगायतका मन्त्रालयका मन्त्री, सचिवका साथै राष्ट्रिय योजना आयोगलगायतका निकायका जिम्मेवार पदाधिकारीहरूसँग नियमित छलफल गरी जनताले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी हुन नदिन सजग गराउँदै आएका छन्। उनले लामो समयदेखि सवारी चालक अनुमति पत्रको पर्खाइमा रहेका १४ लाख सेवाग्राहीलाई तत्काल अनुमति पत्र प्रदान गर्न निर्देशनसहित निरन्तर अनुगमन गर्न निर्देशन दिएका थिए। सोहीअनुसार यातायात व्यवस्था विभागले ‘लाइसेन्स’ छपाईका लागि खरिद गरी छ लाख स्मार्ट कार्ड ल्याइसकेको छ भने थप छ लाख ल्याउने प्रक्रियामा रहेको छ। निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि दिएको निर्देशनअनुसार अर्थ मन्त्रालयले रकम निकास सुरु गरिसहेको छ। त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १६ बुँदे निर्देशन दिँदै जनमैत्री सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो। सोहीअनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई दिने अभिमुखीकरण तालिमको शुल्क नबढाउन र वैदेशिक रोजगार बोर्ड र मलेसियाको एफडब्लुडब्लु एमीबीच भएको भनिएको सम्झौता कार्यान्वयन नगर्न निर्देशन दिनुभएको र सोहीअनुसार मन्त्रालयले कार्यान्वयनमा लगेको छ। यसले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीलाई राहत मिलेको छ। यदि उक्त सम्झौता कार्यान्वयनमा आएको भए वैदेशिक रोजगारीका लागि नेपालीलाई थप आर्थिक भार पर्ने थियो। विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त बनाउने प्रतिबद्धताअनुरूप कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशनबमोजिम त्रिभुवन विश्वविद्यालयले उपकुलपति पदमा खुल्ला आवेदन गरेको छ र त्यसमा ४३ जना आकांक्षीले आवेदन गरेका छन्। त्यस्तै यही माघदेखि नै विद्यार्थीले अनलाइनमार्फत आफ्ना ‘सर्टिफिकेट’ पाउने भएका छन्। निजी सचिव भण्डारीले भने, ‘प्रतिबद्धताअनुसार उहाँ भाषण र उद्घाटनमा नभई परिणाममा केन्द्रित हुनुभएको छ।’ मन्त्री, सचिव र राज्यबाट सेवा प्रवाह गर्ने कार्यालयका प्रमुखलाई प्रधानमन्त्री प्रचण्डले निरन्तर आफ्नो कार्यकक्षमा बोलाएर समस्याबारे जानकारी दिने र त्यस्ता समस्या सल्टाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा निरन्तर अन्तर्क्रियाका एवं छलफल गरेर समाधानको बाटो पहिल्याउन पहल गर्दै आएका छन्। यसै अवधिमा प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशनबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका कार्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी तुल्याउँदै लगेका छन्। त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कामकारबाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले मुग्लिन(पोखरा सडक र नारायणगढ(बुटवल सडकमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनअनुसार काम भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले बताएका छन्। उनले भने, ‘प्रधानमन्त्रीज्यूले दिनुभएको निर्देशनअनुसार कामको अनुगमन र नियमनलाई प्रभावकारी तुल्याउन काम भइरहेको छ।’ पछिल्लो समय चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा ६९ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ। उद्योग विभागका अनुसार यस अवधिमा विभिन्न दुई सय २६ परियोजनामा २२ अर्ब ३३ करोड वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको हो। यसबाट १२ हजार एक सय ६७ जनाले रोजगारी प्राप्त गर्नेछन्। सरकारले चालु आवको बजेटमार्फत साना तथा मझौला उद्योगमा वैदेशिक लगानी आकर्षित गर्नका लागि लागि वैदेशिक लगानीको न्यूनतम सीमालाई घटाएर दुई करोड बनाएसँगै उल्लेखित क्षेत्रमा वैदेशिक लगानीमा उल्लेख्य वृद्धि भएको हो। यस अवधिमा दुई सय ११ नयाँ साना उद्योग तथा व्यवसाय स्थापनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। सरकारले १० करोडसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट सात दिनभित्र स्वीकृत गर्ने, कम्पनी दर्तामा कुनै शुल्क नलाग्ने तथा वैदेशिक लगानीका उद्योगमा पुँजी वृद्धिमा पनि कर नलाग्ने व्यवस्था गरेको छ। सरकारले संसद्लाई बिजनेस नदिएको र संसद्को गत अधिवेशनमा एउटा मात्रै ऐन पारित भएको आलोचना भइरहेका बेला सरकारले संविधान कार्यान्वयनसँग सम्बन्धित विभिन्न एक सय नौ वटा विधेयकका मस्यौदा तयारी गरिरहेको छ। विभिन्न मन्त्रालयले तयार गरेर पठाएका विधेयकका मस्यौदा हाल कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा छन्। यीमध्ये अधिकाधिक विधेयक संसद्को विधेयक अधिवेशनका रूपमा बोलाइएको हिउँदे अधिवेशनमा पेश गर्ने तयारी गरिएको छ। कानुन मन्त्रालयले कम्तीमा ३५ वटाभन्दा बढी बिल सदनमा पेश गर्ने तयारी गरेको जनाएको छ। प्रधानमन्त्री प्रचण्डको निरन्तरको सक्रिय छलफल र निरन्तरको ताकेतापछि सबैजसो मन्त्रालयका काम चलायमान भएको देखिएको सकारात्मक नतिजा आउँदै गएको अर्यालले उल्लेख गरे। पछिल्लो समयमा ठूला ‘गेम चेन्जर’ आयोजनालाई अगाडि बढाउने र राष्ट्रिय गौरवका आयोजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले चासो दिँदै आएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकार दिए। उनका अनुसार चालु आयोजनालाई सफल तुल्याउने र बाँकी आगामी आवमा अगाडि बढाइने आयोजनालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीले विशेष चासो दिएका छन्। प्रधानमन्त्रीको निर्देशनअनुसार १२ सय मेगावाटको जलविद्युत् आयोजना लगानी ढाँचाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारी स्वामित्वका वित्तीय संस्थाका प्रमुख, नेपाल टेलिकमलगायतका संस्थाहरूका प्रमुखलाई मन्त्रालयलाई बोलाएर छलफल गरेका छन्। त्यसैगरी पूर्वतयारी पूरा भएका, आयोजना बैंकमा प्रविष्ट भएका र प्रतिफल दिने आयोजनाका लागि मात्र बजेट राख्ने र प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि मन्त्रालयहरूमा बजेट राखी आर्थिक वर्षको बीचमा मन्त्रालयहरूले सशर्त अनुदानको रूपमा प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति बन्द गर्ने नीति लिनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड छ। यसैबीचमा नेपाल असंलग्न आन्दोलन ९नाम० को संस्थापक मुलुक भएको र हालसम्मका शिखर सम्मेलनहरूमा उच्चस्तरीय राजनीतिक सहभागिता जनाउँदै आएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड युगान्डाको राजधानी कम्पालामा आयोजित १९ औँ शिखर सम्मेलनमा सहभागी भएर ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयमा नेपालको धारणा विश्वमञ्चमा राखे। उनले सम्बोधनमा नेपालको शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने, विश्व राजनीतिक देखिएका ध्रुवीकरण र त्यसको प्रत्यक्ष प्रभावले नेपालजस्ता मुलुकमा परेको नकारात्मक असरबारे विश्वलाई जानकारी गराएका थिए। प्रधानमन्त्री प्रचण्डले नेपाल विशिष्ट, राष्ट्रिय अपनत्व रहेको र मौलिक प्रकृतिको शान्ति(प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कामको अन्तिम चरणमा रहेको र आफ्नो प्रमुख राजनीतिक कार्यसूची सङ्क्रमणकालीन न्यायका बाँकी काम टंगो लगाउनु रहेको बताएका थिए। द्वन्द्वपीडितका सरोकारलाई सम्बोधन गर्न, शान्ति, न्याय र पुनः लाभबीच सही सन्तुलन कायम गर्न र सङ्क्रमणकालीन न्याय प्रक्रियामा समाजको बृहत्तर अपनत्व ग्रहण गराउने उद्देश्यले सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधित विधेयक संघीय संसद्मा पेस गरिएको छ। बृहत् परामर्शको प्रक्रियाबाट निर्माण भएको यो प्रस्तावित विधेयकले पीडित(केन्द्रित अवधारणालाई अवलम्बन गरेको छ र पुनः लाभ पाउने पीडितको अधिकारलाई सम्मान गरेको नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन्।- हरि लामिछाने  

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

काठमाडौं। भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए । मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएस्को हो । प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन लगायतका गायक–गायिकाले राम भजन गाएका थिए ।

पशुपति क्षेत्र विकास कोषको काम गर्न लक्ष्मी पुनलाई अदालतबाट रोक

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई काम गर्न रोक लगाएको छ । अदालतले पुनको नियुक्ति रोकिदिएको हो । योग्यता र मापदण्ड नपुगेको भन्दै कार्यकारी निर्देशक पुनको नियुक्तीविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गर्नुभएको थियो । न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । पुस ४ गते बसेको पशुपति क्षेत्र विकास कोषको परिषद् बैठकबाट पुन कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् ।

तराईमा हुस्सु र कुहिरो, उच्च पहाड तथा हिमालमा हल्का हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका धेरै स्थानहरुरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सेयर बजार र कारोबार रकम दुवैमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार र कारोबार रकम दुवैमा गिवरावट आएको छ । उक्त दिन बजार ९.७४ अंकले घटेको हो । जार बजार परिसूचक २१५३.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बिहीबार फाइनान्स, हाइड्रोपावर बाहेक सबै समूह राताम्य बनेका छन् । बजारसँगै कारोबार रकम पनि गिरावट आएको छ । आज ८ अर्ब ९ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख २९ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ । यो बुधवारको तुलनामा कमी हो । बुधवार ९ अर्ब बढीको सेयर कारोबार भएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचन आचारसंहिता लागु

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट लागु भएको आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ । आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड ९क०, खण्ड (क १) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ । यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्षरविपक्षमा हुने गरी प्रयोग गर्नरगराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्नरगराउन नहुने आयोगले जनाएको छ । कुनै सरकारी वा अर्धसरकारी निकायरसार्वजनिक संस्था वा विश्वविद्यालयरविद्यालयरमहाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्नरगराउन पाइने छैन । राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्नरगराउन नहुने आयोगले स्पष्ट पारेको छ ।