पारसको बिस्फोटक ब्याटिङमा नेपालको शानदार जित

काठमाडौं, असार २८ । टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । कप्तान पारस खड्काको शानदार व्याटिङमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान खड्काले ५ छक्का र ८ चौकाको मद्दतमा ५० बलमा नट आउट ८६ रन बनाए । यस्तै शरद भेषवाकरले (अविजित) १७, प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७ र रोहितकुमार पौडेलले ५ रन बनाए । बलिङमा मलेसियाका अनवार रहमानले २ र फित्री सामले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ५७, फित्री सामले १२, कप्तान अहमद फिजले ४५, मुहम्मद सयादतले ८ रनको योगदान दिए । बलिङमा करण केसीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मीले २–२ र सोमपाल कामीले एक विकेट लिए । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो ।

नेपालको प्लेइङ–११ मा को-कोले पाए मौका?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।

डोटीमा जीप दुर्घटनाः ६ घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं, असार १६ । डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। जिल्लाको आदर्श गाँउपालिकाबाट सायल जादै गरेको से १ च ९१७ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाईते भएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्बर ७ साईली गाड नजिक पर्ने गजेडा भन्ने स्थानमा भएको जीप दुर्घटनामा परी सायल गाउँपालिका १ का २७ वर्षीय राजु दमाई, १५ वर्षीया बाटुली नेपाली, टीका नेपाली रहेका छन्। यस्तै आदर्श गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय रमेश नेपाली, सोही ठाँउको सातलाका १२ वर्षीय महेश नेपाली, वडा नम्बर ६ गिरि चौकका चालक कटक सिलाल पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। चालक सिलाल र बाटुलीको अवस्था गम्भीर रहेको उनले बताए। घाईतेहरुलाई उपचारका लागि दिपायलको शैलेश्वरी अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक धामीले बताएका छन्। तर उनीहरुलाई अस्पताल भने पुर्याईएको छैन्। जीप सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

चितवन, असार १६ । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । घाइते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल रहेका छन् । घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरालको अवस्था गम्भीर रहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२९ खहरे पुलमा आइतबार राति एकापसमा ठक्कर खाएको हो । ठक्कर खाँदा मोटरसाइकल चालक चौधरीको घटनास्थलमानै मृत्यु भएको हो । रासस

एकदिवसिय विश्वकप क्रिकेटको चौथो स्थानमा पाकिस्तान

काठमाडौं असार १५ । पाकिस्तान आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले हरायो । यस जितसँगै पाकिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । विश्वकपबाट बाहिरि सकेको अफगानिस्तानको यो लगातार आठौं हार हो । दुई सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९।४ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानको जितमा इमाद वासिमले अविजित ४९ रन बनाए । बाबर आजमले ४५, इमाम उलहकले ३६, हरिस सोहिलले २७, मोहमद हाफिजले १९, कप्तान सर्फराज अहमेदले १८ र वाहब रियाजले अविजित १५ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान र मोहमद नावीले दुई दुई विकेट लिए । रसिद खानले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्ला जड्रान र अस्घर अफगानले समान ४२ रन बनाए । रहमत शाहले ३५, इक्राम अलिखिल २४, समिउल्ला सिन्वारिले १९, मोहमद नाबी १६ र कप्तान गुलबदिन नाइब १५ रन बनाएका थिए । पाकिस्तानका सहिन शाह अफ्रिदीले चार विकेट हात पारे । वाहब रियाज र इमाद वासिमले दुई दुई विकेट लिए । सदाव खानले एक विकेट लिए । जितसँगै पाकिस्तानले आठ खेलबाट ९ अंक बनाएको छ । अंक विहिन अफगानिस्तानले तालिकाको अन्तिममा छ ।

चीनसँग वार्तापछि ट्रम्पको अप्रत्यासित ट्विट- ‘त्यहाँ किम पनि भइदिए भने…’

काठमाडौं, शनिबार बिहान चीनका राष्ट्रपतिसँग वार्ता भएपछि डोनाल्ड ट्रम्पले उत्तर कोरियाली राष्ट्रपतिसँग अप्रत्यासित वार्ता प्रस्ताव गरेका छन् । ट्विटरमा लेख्दै ट्रम्पले उत्तर कोरियाका राष्ट्रपतिलाई कोरियामैं वार्ताका लागि बोलाएका हुन । उत्तर कोरियाले भने यसलाई निकै चाखलादो सुझावका रुपमा प्रतिक्रिया दिएको छ । जी २० देशहरुको सम्मेलनका क्रममा चीनसँग वार्तालगत्तै ट्रम्पले दक्षिण कोरिया भ्रमणका क्रममा दुबै देशको सीमानामा किमलाई बोलाएका हुन । आफूले दक्षिण कोरियाका राष्ट्रपतिसँग भेटने कार्यक्रम रहेको बताउँदै ट्रम्पले त्यो अवसरमा किम पनि आइदिए जाति हुने बताएका छन् । जापानको ओशाकामा भइरहेको सम्मेलनमा दुई मिनेटका लागि भएपनि किमसँग कुरा गर्न पाए राम्रो हुने बताएका हुन । ट्रम्पको ट्विटको केही घण्टामा नै उत्तर कोरियाका प्रथम उप विदेश मन्त्री कोइ सन हुईले यसलाई चाखलाग्दो सुझाव बताएका छन् । “तर हामीले आधिकारिक प्रस्ताव पाएका छैनौं ।” उनले भनेका छन् । दक्षिण कोरियाले भने यो भेटका बारेमा कुनै कुरा निश्चित नभएको बताएका छन् ।

दक्षिण अफ्रिकाले गऱ्यो टस जितेर बलिङ् गर्ने निर्णय

काठमाडौँ, असार १३ । विश्वकप क्रिकेटको १२ औं संस्करणको ३५ औं खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ् गर्ने फैसला गरेको छ । श्रीलंकाविरुद्ध आजको खेल उसलाई लाज बचाउन मात्र काम लाग्नेछ किन भने ७ मध्ये ५ खेलमा हर र १ बिना नतिजा टुंग्याएको उसले सेमिफाइनल पुग्ने सम्भावनाहरू पहिले नै गुमाइसकेको छ । आजको खेल श्रीलंकाको लागि गर या मर प्रकृतिको रहेको छ किनभने आजको खेलमा उसले हार्नु भनेको सेमिफाइनल खेल्ने आशा मार्नु हुनेछ । हाल अंकतालिकाको सातौंस्थानमा रहेको श्रीलंकाले चौथोस्थानबाट इङ्ल्याण्डलाई विस्थापित गर्न अबका तीन ओटै खेल जित्नुपर्ने अनिवार्यता रहेको छ । उसले खेल्न बाँकी टीमहरूमा दक्षिण अफ्रिका, वेस्ट इन्डिज र भारत रहेका छन् । दुवै टीम हालसम्म ५ पटक विश्वकपमा भिडिसकेका छन् र त्यसमा ३ पटक नतिजा दक्षिण अफ्रिकाको पक्षमा गएको छ । श्रीलंकाले एक पटक जितेको छ भने एउटा खेल नतिजाविहीन रहेको थियो । उता खेलेका ७ खेल मध्ये १ मा मात्र जीत हासिल गरेको दक्षिण अफ्रिका सान्त्वना जीत हात पारेर विश्वकप अनुभवको तीतोपाना भुलाउने कोसिस गर्नेछ । प्लेइङ् इलेभन: श्रीलंका: दिमुथ करुणारत्ने (कप्तान), धनंजय डिसिल्वा, नुवान प्रदीप, अविष्का फर्नांडो, सुरंगा लकमल, लसिथ मलिंगा, एंजेलो मैथ्यूज, कुसल मेंडिस, जीवन मेंडिस, कुसल परेरा, तिसारा परेरा, मिलिंदा श्रीवर्धने, लाहिरू थिरिमाने, इसुरु उदाना र जेफ्री वांडरसे। दक्षिण अफ्रिका: फाफ डु प्लेसिस (कप्तान), क्विंटन डिकक, एडम मार्करम, हाशिम अमला, जेपी डुमिनी, डेभिड मिलर, कगिसो रबादा, ड्वेन प्रिटोरियस, एंडिले फेहलुक्वायो, तबरेज शम्सी, इमरान ताहिर, लुंगी नगिदी, क्रिस मौरिस, रेसी वान डेर डुसेन र हैंड्रिक्स।    

विश्वकपः मलिंगाको घातक बलिङ, इंग्ल्याण्डलाई चौथो झड्का

काठमाडौं, असार ६ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले चौथो विकेट गुमाएको छ । उसले चौथो विकेटका रुपमा ३०.३ ओभरमा ५७ रन बनाएर खेलिरहेका जो रुटलाई गुमाएको हो । उनलाई लसिथ मलिंगाले आउट गरे । यसअघि पनि मलिंगाले जोनी बेरिस्टो र जेम्स भिन्सलाई पनि आउट गरेका थिए । यस्तै, कप्तान इओन मोर्गनलाई २१ रनमा इसुरा उडानले आउट गरे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनायो । उसका लागि एन्जेलो म्याथ्युजले १ छक्का र ५ चौकाको मद्दतमा ११५ बलमा नट आउट ८५ रन बनाए । यस्तै, अभिश्का फर्नान्डोले ४९, कुसल मेन्डिसले ४६, धनन्जय डी सिल्भाले २९ रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चर, मार्क उडले ३–३, आदिल रशिदले २ र क्रिस ओक्सले १ विकेट लिए । यो खेलमा इंग्लिश टोली श्रीलंकालाई हराउन सके शीर्ष स्थानमा उक्लिने छ । यता श्रीलंका भने दोस्रो जीतको खोजिमा छ । वर्षाले तनाव गर्दा श्रीलंकाले ५ खेलमा २ खेलमा अंक बाँडेको छ । साथै उसले २ खेलमा हार बेहोर्दा एक खेलमा मात्र जीत हासिल गरेको छ । श्रीलंका प्लेइङ ११ः दिमुथ करुणारत्ने, धनन्जय डि सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, इसुरु उडना र जीवन मेन्डिस । इंग्ल्याण्ड प्लेइङ ११ः इओन मोर्गन, जोनी बेरिस्टो, जो रुट, बेन स्टोक्स, क्रिस वोक्स, जेम्स भिन्स,  मोइन अली, जोस बटलर, आदिल रशिद,  मार्क उड र जोफ्रा आर्चर ।

वार्नरको विस्फोटक ब्याटिङ, अष्ट्रेलियाले दियो बंगलादेशलाई विशाल लक्ष्य

काठमाडौं, असार ५ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा डेभिड वार्नरको विस्फोटक प्रर्दशनमा अष्ट्रेलियाले बंगलादेशलाई ३८२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८१ रन बनायो । उसका लागि वार्नरले शानदार प्रदर्शन गरे । उनले ५ छक्का र १४ चौकाको मद्दतमा १४७ बलमा १६६ रन बनाए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । साथै, उनी यो विश्वकपमा सर्बाधिक ठूलो रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । यति मात्र होइन वार्नर चालू विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमासमेत उक्लिएका छन् । अष्ट्रेलियालाई विशाल स्कोरमा लैजान उस्मान ख्वाजाले ७२ बलमा ८९, कप्तान आरोन फिन्चले ५१ बलमा ५३, ग्लेन म्याक्सवेलले १० बलमा ३२, स्टिभ स्मिथले १ रन बनाए । यस्तै, मार्कस स्टोइनिस १७ र एलेक्स केरी ११ रनमा अविजित रहे । बलिङमा बंगलादेशका सौम्य सरकारले ३ विकेट लिए । अष्ट्रेलियाको प्लेइङ- ११ः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मिचेल स्टार्क, एलेक्स क्यारी, नाथन कल्टर–नाइल, प्याट कम्मिन्स, मार्कस स्टोइनिस र एडम जम्पा । बंगलादेशको प्लेइङ- ११ः  मसरुफे मुर्तुजा (कप्तान), शाकिव अल हसन, मुस्फिकुर रहिम, महमुदुल्लाह, सौम्य सरकार, तमिम इग्बाल, लिटोन दास, मेहिदी हसन मिराज, मुस्तफिजुर रहमान, रुबेल हुसेन र सब्बीर रहमान

विश्वकप क्रिकेटः १६६ रनमा आउट भए वार्नर

काठमाडौं, असार ५ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा अष्ट्रेलियाका डेभिड वार्नर १६६ रनमा आउट भएका छन् । उनले ५ छक्का र १४ चौकाको मद्दतमा १४७ बलमा १६६ रनको बिस्फोटक प्रदर्शन गरे । जारी विश्वकपमा उनको यो सर्बाधिक ठूलो स्कोर हो । वार्नरलाई सौम्य सरकारले आउट गरे । उनीसँगै अष्ट्रेलियालाई दोस्रो झड्का लागेको छ । अष्ट्रेलियाको प्लेइङ- ११ः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मिचेल स्टार्क, एलेक्स क्यारी, नाथन कल्टर–नाइल, प्याट कम्मिन्स, मार्कस स्टोइनिस र एडम जम्पा । बंगलादेशको प्लेइङ- ११ः  मसरुफे मुर्तुजा (कप्तान), शाकिव अल हसन, मुस्फिकुर रहिम, महमुदुल्लाह, सौम्य सरकार, तमिम इग्बाल, लिटोन दास, मेहिदी हसन मिराज, मुस्तफिजुर रहमान, रुबेल हुसेन र सब्बीर रहमान

ट्याक्सीको नयाँ मापदण्ड ल्याइँदै, अब न्यूनतम् १२ सय सीसी हुनुपर्ने

काठमाडौं, असार ५ । यातायात व्यवस्था विभागले ट्याक्सी सेवालाई गुणस्तरीय बनाउन नयाँ मापदण्ड तयार पारेको छ । प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पुर्याइएको छ । मन्त्रिपरिषद्बाट निर्णय हुन भने बाँकी छ । नयाँ मापदण्डअनुसार ट्याक्सीमा न्यूनतम् १२ सय सीसीको क्षमता तोकिएको छ । हाल ८ सय सीसीसम्मका ट्याक्सीलाई मान्यता दिइएको छ । नयाँ मापदण्डमा साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारले वर्गीकरण गरिएको छ । ट्याक्सी वर्गीकरणले फरकफरक भाडादर कायम गर्ने छ जसले गर्दा सस्तो र महँगो भाडा तिर्न सक्नेहरूले आफ्नो रोजाइमा प्रयोग गर्नसक्ने विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । ट्याक्सीमा सामान राख्न पनि सहज हुनेगरी मापदण्ड तोकिएको छ । साथै, भित्र बढी खुला स्पेस हुनुपर्ने छ । इन्जिन क्षमता र ग्राउन्ड क्लियरेन्स कम हुँदा सामान्य खाल्टाखुल्टीमा वा कच्ची सडकमा ट्याक्सीलाई असहज हुने भएकाले थप मापदण्ड तोकिएको विभागको भनाइ छ । एसीका साथै यात्रुमैत्री सिट हुनुपर्ने छ । ट्याक्सीमा सुरक्षा फिचर्स पनि अनिवार्य गरिने भएको छ । हरेकले स्मार्ट प्रविधि जडान गर्नुपर्ने छ । हाल विभागले नयाँ ट्याक्सी दर्ता रोकेको छ । ट्याक्सी २० वर्ष चलाएपछि पुनः सोही नम्बर प्लेटमा सट्टा दर्ता भने गरिएको छ । विभागका अनुसार उपत्यकामा दस हजार ट्याक्सी दर्ता छन् तर ट्याक्सी व्यवसायीले भने नयाँ मापदण्डको विरोध गरेका छन् । नेपाल मिटर ट्याक्सी सङ्घका अध्यक्ष अर्जुन गौतमले भने, ‘मापदण्डको नाममा उपत्यकामा ट्याक्सी बढाउने र बजार अस्तव्यस्त बनाउने खेल हुनसक्छ, मापदण्डका नाममा कोटा तोक्ने काम हुनसक्छ, उपत्यकामा अहिले ट्याक्सीको अभाव छैन यात्रुको अभाव छ ।’ सीमित संख्यामा ट्याक्सी दर्ता गरेर बढी नाफा आर्जन गर्ने बानी परेका व्यवसायी सरकारका हरेक सुधार योजनाको विरोध जनाउँदै आएका छन् । केही व्यवसायी भने दर्तामा कुनै बन्देज लागाउन नहुने भन्दै सीमित व्यक्तिको स्वार्थले ट्याक्सी व्यवसाय नै बदनाम भएको विचार व्यक्त गर्दछन् । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

विश्वकपः न्यूजिल्याण्डले टस जित्यो, टिममा को–कोले पाए मौका?

काठमाडौं, असार ४ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विरुद्धको खेलमा न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेको छ । वर्षाका कारण ढिलो गरि टस भएको खेल खेल ४९ ओभरमा झारिएको छ । आज  टिममा को-कोले पाए मौका? हेर्नुस् दक्षिण अफ्रिकालाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि उसले यो खेल हारेमा आगामी बाटो बन्द जस्तै हुनेछ ।  गत संस्करणमा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो । पछिल्लो खेलमा अफगानिस्तानविरुद्ध ९ विकेटले विजयी भएपछि दक्षिण अफ्रिका लयमा फर्किएको देखिन्छ ।  तर, शानदार प्रदर्शन गरिरहेको न्यूजिल्याण्डविरुद्ध जीत हासिल गर्न भने दक्षिण अफ्रिकालाई ठूलो चुनौती छ । तालिकामा न्यूजिल्याण्ड ७ अंकका साथ तेस्रो र दक्षिण अफ्रिका ३ अंक बटुल्दै आठौं स्थानमा छ ।

कैँची प्रहार गरी श्रीमतीको हत्या

दिपायल, असार ३ । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा कैँची प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । दिपायल सिलगढी नगरपालिका–३ बस्ने ४५ वर्षीय कृष्ण नेपालीले ४० वर्षीय वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले दिए । सोमबार राति घरायसी कुरामा विवाद हुँदा श्रीमान कृष्णले श्रीमती मिनाको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी विभत्स हत्या गरेका हुन् । हत्या गर्ने कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

वेस्ट इन्डिज र बंगलादेश भीडन्त: कसको पलडा भारी

आइसीसी विश्वकप क्रिकेट २०१९ को २३ औं खेल वेस्टइन्डिज र बंगलादेशबीच आज खेलिंदै छ । वेस्टइन्डिज दुई पटकको विश्व च्याम्पियन हो भने श्रीलंकाले एक पटक विश्व विजेता हुने अवसर प्राप्त गरिसकेको छ । कसको सम्भावना कस्तो? आइसीसीको एकदिवसीय वरियता हेर्ने हो भने वेस्टइन्डिज अहिले सातौं नम्बरमा छ भने बंगलादेश आठौंमा । यसो हेर्दा दुवै टीम बराबर शक्तिशाली देखिन्छन् । यदि परस्पर प्रतिस्पर्धाको कुरा गर्ने हो भने हालसम्म दुवै टीमबीच ३४ एकदिवसीय खेल भएका छन् जसमध्ये २१ मा वेस्ट इन्डिजले, ११ मा बंगलादेशले जीत हात परेको छ भने २ खेल बिना कुनै नतिजा रहेका छन् । विश्वकपका खेलहरूको कुरा गर्ने हो भने हालसम्म बंगलादेशले ३२ खेल खेलेको छ जसमा उसले ११ मा जीत हासिल गरेको छ भने २० मा हारको सामना गरेको छ । यसमा ए खेल बराबरीमा र दुई खेल बिना नतिजा टुंगिएका थिए । त्यस्तै वेस्ट इन्डिजले खेलेका ७१ खेलमा ४६ मा जीत, २७ मा हारको सामना गरेको छ । उसको १ खेल बराबरीमा र एक खेल बिना नतिजा टुंगिएको थियो ।

पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षतिः गृहमन्त्री थापा

चितवन, जेठ ३१ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपालको गणतन्त्र स्थापनामा स्व. धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उनले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्याएको योगदान अतुलनीय रहेको बताए । पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पुर्याएको मन्त्री थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रुपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए । नेपाली समस्त आन्दोलनका नेताको संज्ञा दिँदै गृह मन्त्री थापाले पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षति पुगेको बताए । पौडेलको ५३ वर्षको उमेरमा आज बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो । मन्त्री थापा स्व. पौडेललाई अन्तिम श्रद्धाञ्जलि दिन चितवन आएका हुन् । पौडेलको अन्त्येष्टि आज माडीमा हुँदैछ ।

रबि लामिछानेसँग जोडेर प्रकाशित समाचारप्रति मन्त्री पुनद्वारा आपत्ति

काठमाडौं, जेठ ३१ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति मन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्गसमेत बनाई मन्त्री पुनको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा सचिवालयले आपत्ति जनाएको हो । उक्त समाचारबारे सचिवालयले नयाँपत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटासँग बुझ्दा सो समाचार नयाँपत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको भन्दै उक्त खवर झुटो भएको जानकारी सचिवालयले जनाएको छ । त्यस्तै पत्रकार लामिछानेको सन्दर्भमा मन्त्री पुनले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको मन्त्री पुनका प्रेश संयोजक रोशन खड्काले स्पष्ट पारेका छन् । मन्त्रीको हवाला दिंदै आएका समाचारहरु सवै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा फेला पारेको सचिवालले जनाएको छ । यस्तो छ विज्ञप्तिको पूर्णपाठ- माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ज्यूको भनाई भन्दै विभिन्न अनलाइन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । पत्रकार रवि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ समेत बनाई समाचारमा माननीय मन्त्रीज्यूको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा समेत हाम्रो आपत्ति रहेको छ । उक्त समाचारबारे हामीले नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई बुझ्दा समेत समाचार नयाँ पत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको समेत उहाँले स्पष्ट पार्नुभएको छ । त्यसैले यो खबर झूटो भएको जानकारी दिन चाहन्छौं । पत्रकार रवि लामिछानेको सन्दर्भमा माननीय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहाँको हवाला दिँदै आएका समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं । म यसप्रकारका भ्रममा समेत नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु । साथै यस घटनाको कानूनी उपचार खोज्ने काम भइरहेको समेत आम जनसमुदाय र सञ्चारकर्मी साथीहरूलाई जानकारी दिन चाहन्छु । रोशन खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको प्रेस संयोजक केही दिनदेखि सामाजिक सञ्चालमा अन्य पत्रपत्रिकामा समाचार प्रकाशित भएका भन्दै प्रचारप्रसार हुने गरेको छ । फोटोशप लगायत प्रविधिको दुरुपयोग गर्दै हुने गरेका कुप्रचारमा समग्र पत्रकारिता र कुनै व्यक्तिलाई लक्षित गरेर बद्नाम गर्ने गरिएको पाइएको छ ।

पूर्व शिक्षामन्त्री पौडेलको निधन

काठमाडौं, जेठ ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा पूर्वशिक्षामन्त्री धनिराम पौडेलको निधन भएको छ । पौडेलको आज विहान हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनको चितवनको माडीमा रहेको आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हो। सुवेदी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए। सुवेदीका दुई छोरी र श्रीमती छन्।