कान्छी ल्याएर जेठीलाई सताउने श्रीमान पक्राउ

अर्घाखाँची, माघ २४ । दोस्रो विवाह गरी जेठी पत्नीलाई शारीरिक, मानसिक तथा आर्थिक हिंसा गर्ने पति र कान्छी पत्नी पक्राउ परेका छन् ।

अर्घाखाँचीको छत्रदेव गाँउपालिका वडा नम्बर–१, चिदिका घर भएका ३४ वर्षीय दिपक खनाल र निजले दोश्रो विवाह गरी ल्याएका पाल्पा घर भएकी २० वर्षीय महिला पक्राउ परेका हुन् ।

दोश्रो विवाह बदर गर्न माग गर्दै खनालकी पहिलो श्रीमतीले बहुविवाह सम्बन्धी जाहेरी दिएपछि खनाल र उनकी कान्छी पत्नीलाई रुपन्देहीको बुद्धचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

सन्दीपले लिए लगातार विकेट, यूएईको चौथो विकेट पतन

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले शानदार शुरुवात गरेको छ । ६ ओभर सकिदा यूएईले ४ विकेट गुमाएको छ । सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका हुन् । उनले आफ्नो पहिलो ओभरको पाँचौ र छैटौं बलमा विकेट लिन सफल भए । यसअघि, सोमपाल कामीले २ विकेट लिइसकेका छन् । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुँदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । पवनको यो टी-ट्वान्टी क्रिकेटमा डेब्यु पनि हो । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

मेलम्ची: ठेकेदार नआए बाँकी काम विभाजन गरि अघि बढाइने , २ अर्ब ५० कराेड धराैटी जफत हुने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार ईटालियन कम्पनी सिएमसीलाई अन्तिम ताकेता गरिएपछि सरकारी पक्ष बलियाे बनेकाे छ । याे सँगै एशियालि विकास बैंकसँग बाँकी रहेकाे कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने सहमति भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क(एडीबी)सँग गरेको जनाएको हाे । ठेकेदार कम्पनीकाे सम्झौता म्याद समाप्त हुन लागेकाे अवस्थामा सरकारले समयमा नै अन्तिम ताकेता पठाएकाे हाे । अब ठेकेदारले काममा नफर्किए उसले सम्झाैता सरकारका कारण भंग भएकाे भन्न पाउने अवस्था छैन । खानेपानी मन्त्री बीना मगरले व्यापक छलफल र भविष्यकाे तयारीका बारेमा समेत ध्यानमा राखि सचेततापुर्वक याे निर्णय गरिएकाे बताइन । ठेकेदार नआएकाे अवस्थामा समेत काममा समस्या नहुने मन्त्री मगरकाे दावी छ । यही विषयमा मेलम्चि विकास समिति र एडीबीबीच सम्पन्न सोमबारको बैठकमा कम्पनी नआए बाँकी काम विभाजन गरी अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ । पत्र पठाएको १४ दिनभित्र काममा नआए स्वतः सम्झौता रद्द हुने पत्र पठाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उहाँका अनुसार १४ दिनभित्र निर्माण कम्पनी काममा नफर्किए ठेक्का रद्द गरिने छ । समितिका अनुसार सीएमसीलाई किन ठेक्का रद्द नगर्ने ?भन्दै ठेक्का रद्द गर्नेे जानकारी पठाइएको छ । यसले गर्दा भविष्यमा डिसजन बाेर्ड या अन्य निकायमा उजुरि गर्न सक्ने अवस्था कमजाेर बनेकाे हाे । चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराइने समितिले जनाएको छ । अन्तिम समयसम्म पटक–पटक वार्ताका लागि पहल गर्दा पनि कम्पनी नआएपछि सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको हो । सीएमसी काममा नफर्किए सीएमसीको दुई अर्ब ५० करोड रुपियाँ धरौटी पनि जफत हुनेछ । एक महिनाअघि निर्माण कम्पनीले ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझको थिएन । कम्पनी आर्थिक सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका कर्मचारीहरू एक महिनाअघि काम छाडेर स्वदेश फर्किएका थिए । कम्पनी काममा फर्किनुको साटो भुक्तानी गर्न बाँकी रकम, भेरियसनबापतको थप दावी रकम छिटो दिनुपर्ने लगायतका सर्तहरु अगाडि सारिएको थियो । झण्डै दुई दशकदेखि भइरहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माणमा करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका अधिकारीहरूले बताएका छन्। सिनियर डिभिजनल इन्जिनियर पन्तका अनुसार २६ किलोमिटर सुरुङ्गमध्ये करिब आठसय ८५ मिटर जति ‘इन्भर्ट कन्क्रिट’को काम, फाइनल सपोर्टको ४१० मिटर काम र दुईवटा भेन्टिलेशन शाफ्टको काम बाँकी छ। त्यसैगरी सुरुङ्गको दैनिक अनुगमन गर्ने प्रणाली स्थापना गर्न बाँकी रहेको पन्तले बताए। माथि उल्लेखित काममध्ये अनुगमन प्रणाली स्थापना गर्ने बाहेकका काम नेपाली कम्पनीहरूले गर्न सक्ने आयोजनाका अधिकारीहरूको भनाइ छ।

फागुन ३ गतेभित्र समायोजनकाे काम पूरा हुने

काठमाडौं – सरकारले एक महिनाभित्र सक्ने लक्ष्यसहित कर्मचारी समायोजको तयारी अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन ३ गतेभित्र सक्ने गरी समायोजनको तयारी अघि बढाएको हो । सरकारले समायोजन फारम भर्न दिएको समयवधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाइएको बताइएको हो । एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरु गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती कितावखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए । याे समाचार आजकाे नेपाल समाचार पत्रबाट  लिएकाे हाे ।

नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने

काठमाडौं, माघ ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने बताएकी छिन् । संसद् सचिवालयमा यसअघि काठमाडौंमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उनले बताइन् । विवाह गर्नुअघि बुबाको घरमा र विवाहपछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उनले बताइन् । ‘संसद् सचिवालयले काठमाडौंमा घर भएका र नभएका विवरण फारम भराउँदा मैले काठमाडौंमा घर भएको पहिले नै उल्लेख गरेकी थिएँ,’उनले आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेकी छिन्, ‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’ सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको उनले बताइन् ।

प्रधानमन्त्री आज जेनेभा जाँदै, को को छन् त टोलीमा ?

काठमाडौं, नेपालका लागि निकै महत्वपूर्ण मानिएको विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज स्वट्जरल्याण्ड जाँदैछन् । स्वीट्जरल्याण्डको डाबोसमा हुने विश्व आर्थिक मञ्चको सम्मेलनमा आज बेलुका ८ः५० बजे प्रस्थान गर्ने प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १७ सदस्य रहने जनाइएको छ । यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी ओली हुन लागेका हुन् । सम्मेलनबाट विदेशी लगानी भित्रयाउँन सहयोग पुग्ने नेपाली पक्षको विश्वास छ । टोली सम्मेलनपछि माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।

नेकपा सुदूरपश्चिम प्रदेशको बैठक शुरू, यस्तो छ कार्यसूची

कैलाली, पुष २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशको बैठक धनगढीमा शुरू भएको छ ।  प्रदेश कमिटीले पूर्णता पाएयता बसेको बैठकमा शपथ ग्रहण र प्रदेश इन्चार्ज तथा सहइन्चार्जले निर्देशन दिने कार्यसूची रहेको बताइएको छ । १७५ सदस्यीय प्रदेश कमिटीमा अधिकांश उपस्थित रहेको बोहोराले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज स्थायी कमिटी सदस्य भीम रावल, सहइन्चार्ज लक्ष्मणदत्त जोशी हुन् भने कमिटीको अध्यक्ष कर्णबहादुर थापा र सचिव नेपबहादुर थारू रहेका छन् ।

साढे तीन लाख घर बनिसके

काठमाडौँ, पुस २७ । निजी आवास पुनर्निर्माण अन्तर्गत अहिलेसम्म तीन लाख ४७ हजार ७४८ नयाँ घर निर्माण सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले भूकम्पपछि निजी आवास पुनर्निर्माणमा तीव्रता दिइएको बताए । २१औँ भूकम्प सुरक्षा दिवस मनाउने सम्बन्धमा भएका तयारीबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले निजी आवास पुनर्निर्माण अन्तर्गत अहिले ५ लाख ७८ हजार ७५६ घरहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए। भवन निर्माणसम्बन्धी ५१ हजार ६४९ प्राविधिक जनशक्ति उत्पादन भएको विभागले जनाएको छ । सरकारले आगामी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । यसपटक ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्ने जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारा तय गरिएको छ ।

थाहा पाइराखौं यस्ता छन् एटिएमबारे तथ्य

एटिएम अर्थात् अटोमेटेड टेलर मेसिन बैंकिङ कारोबारको भरपर्दो र छरितो सेवा हो । बैंक धाउन नपर्ने र सुरक्षित पनि भएकाले एटिएम प्रयोग गर्नेको संख्या आजभोलि बढ्दो छ । अब एटिएमबारे केही तथ्यहरु थाहा पाइराखौं– – जोन सेफर्ड बारोनले एटिएम बनाएका थिए । जो बेलायती सेनामा जागिरे पनि थिए। –सन् १९६७ मा पहिलोपटक एटिएम मेसिन लन्डनको एक बैंकमा राखिएको थियो। – सुरुमा एटिएम कार्डलाई ‘होल इन द वाल’ नाम दिइएको थियो । – प्लास्टिकको कार्ड प्रयोगमा आउनुभन्दा अघि मेसिनमा चेकको प्रयोग गरिन्थ्यो । चेकमा १४ वटा कार्बन लगाइने गरिन्थ्यो । – सुरुसुरुमा एटिएम मेसिनबाट एकपटकमा बढीमा १० पाउन्ड मात्र निकाल्न सकिन्थ्यो । – आविष्कारक सेफर्डले एटिएमको पिन नम्बर ६ अंकको राख्न चाहन्थे । तर, उनकी श्रीमती क्यारोलिनले चार अंक मात्र याद हुने भनेपछि त्यति नै अंकको पिन नम्बर राख्न थालियो । – नेपालमा सर्वप्रथम सन् १९९५ मा हिमालयन बैंकले एटिएम प्रयोगमा ल्याएको थियो । त्यो न्युरोडस्थित कार्यालयमा थियो । एजेन्सीको सहयोगबाट

रेशम चौधरीले सांसदको सुविधा नपाउने– सभामुख

काठमाडौँ, पुस २५ गते । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताउनुभयो । प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाव दिनुभएको थियो । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभएको थियो । ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको थियो । साथै बैठकले कानूनमन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘प्रशासकीय अदालत विधेयक, २०७५’ र ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको थियो । बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहनुभएका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनःथुनामा रहेको जानकारी गराउनुभयो । साथै सभामुख महराले नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने बारेमा सदनलाई स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ । (रासस)

मकर संक्रान्ति दुई दिन मनाइँदै, अमृतसिद्धि योगमा स्नान र दानपुण्य

यसपटक मकर संक्रान्तिको पर्वकाल दुई दिन हुनेछ । भारतमा यस वर्ष १४ जनवरीको दिन सूर्य साँझ ७ः५१ बजे धनुको छोडेर मकर राशीमा प्रवेश गर्ने भएको छ । ज्योतिषका अनुसार सूर्यको मकर राशीमा प्रवेशअघि सायंकाल भयो भने पर्वकाल अघिल्लो दिन पर्ने भएकाले यसको भोलिपल्ट मकर संक्रान्ति मनाउने गरिन्छ । यस दिन भारतमा चङ्गा उडाएर उत्सव मनाएका छन् । ज्योतिषाचार्य पं.अमर डब्बावालाले बताएअनुसार कि १४ जनवरीको साँझ ७ः५१ बजे सूर्यको मकर राशीमा प्रवेश हनेछ । १५ जनवरीको अमृतसिद्धि योग पनि रहेको छ । भारतीय ज्योतिषशास्त्रअनुसार अब सूर्य मकर राशीमा परिभ्रमणको अवस्था हो र त्यसमा पनि तिति नक्षत्रका विशिष्ट संयोग बनिरहेका बेलामात्र पर्वकाल मनाउने गर्नुपर्दछ । यसै अनुरुपदेखि जनवरी १५ मकर संक्रान्ति मनाउनको लागि यो दिन अति उत्तम मानिन्छ । यसदिन तामाको कलशमा कालीको सेतो तिल्ली भरेर योग्य ब्राह्मणलाई दिने गर्दछन् । सफा धान, खिचडी, गुड, वस्त्र आदि दान दिएमा पनि शुभफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । भारतीय धर्म नगरी उज्जयिनीमा अंग्रेजीमा पहिलो पञ्चाङ्ग प्रकाशित गर्ने गइरहेको दक्षिण भारतीय विद्वान् चिल्लकमर्थी प्रभाकर चक्रवर्तीले बताएका छन् । ज्योतिष गणनाअनुसार मकर संक्रान्तिको पर्वकाल १५ जनवरीको दिन मनाएमा श्रेयष्कर रहने छ । यसदिन सूर्यको राशी परिवर्तनको उदयकालको स्पर्श मिल्नेछ । तीर्थ स्नान र दानपात्रमा उदयकालीन तिथि तथा अमृतसिद्धि जस्ता महायोगको विशेष महत्व राख्ने छ । यस दिन तिलबाट बनेको लड्डुद्वारसा स्नान गरेमा आयु र आरोग्यको प्राप्ति हुने जनविश्वास रहेको छ । ज्योतिषको गणनाअनुसार यसदिन मकर संक्रान्ति सिंहमा सवारी भएर आउने छ । संक्रानितको उपवाहन हात्ती रहेको छ । बसेको सफा रंगको वस्त्र ओढेको भुसुन्डी आयुद्ध लिएर स्वर्ण पात्रामा अन्न भक्षण गर्दै उत्तर दिशामा गमन गर्ने छ । संक्रान्तिको दृष्टि ईशान कोणमा हुनेछ । यो शुभ लक्षण व्यापार व्यवसायको लागि उन्नतिका लाभदायक हुनेछ । एजेन्सीको सहयोगबाट

बंगलादेश प्रिमियर लिगः टिम हार्‍यो, सन्दीप हारेनन् !

काठमाडौं, पुष २२ । बंगलादेशमा जारी बंगालदेश प्रिमियर लिगको पहिलो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध सिलेट सिक्सर्स पराजित भएको छ । कोमीला भिक्टोरियन्सविरुद्ध भएको पहिलो खेलमा सन्दीपको टोली ४ विकेटले पराजित भयो । टिम हारे पनि सन्दीपले भने शानदार प्रदर्शन गरे । उनले डेब्यू खेलमा महत्वपूर्ण २ विकेट लिए । सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरको अन्तिम बलमा सोयब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए। यस्तै उनले व्यक्तिगत चौथो ओभरको दोस्रो बलमा अनमुल हकलाई बोल्ड गर्दै बीपीएलमा पनि उत्कृष्ट डेब्यू गरे। उनले लिगमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिएका हुन्।

न्युजिल्याण्ड भर्सेस श्रीलंकाः थिसराको शानदार शतक, टिम १९ रनले पराजित

काठमाडौं, पुष २१ । श्रीलंकाविरुद्धको तीन एक दिवसीय खेलको श्रृङखलामा घरेलु टोली न्यूजिल्याण्डले २–० को अग्रता लिएको छ । शनिबार भएको दोस्रो एक दिवसीय खेलमा श्रीलंका २१ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३१९ रन बनाएको थियो । उसका लागि रस टेलरले ९०, कोलिन मुन्द्रोले ८७, जेम्स निशामले ६४, हेरी निकोल्सले ३२ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन उच्च स्तरको रहन सकेन । बलिङतर्फ श्रीलंकाका लासिथ मालिंगाले २ र नुवान प्रदीप एक विकेट लिए । ३२० रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६.२ ओभरमा सबै विकेट गुमाएर २९८ रन जोड्यो । उसका लागि थिसिरा परेराले शानदार प्रदर्शन गरे । उनले ७४ बलमा १४० रन प्रहार गरे । थिसिराले १४ छक्का र ८ चौकाको मद्दतमा सो रन बनाएका हुन् । यस्तै, धनुस्का गुणतिलकाले ४३ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । बलिङमा न्यूजिल्याण्डका इश सोधीले ३ विकेट लिए । जेम्स निशाम र एमजे हेनरीले समान दुई–दुई विकेट लिए । ट्रेन्ट बोल्ट र टिम साउथीले समान एकएक विकेट लिन सफल भए । आजको खेलको प्लेयर अफ दि म्याच थिसिरा परेर बने ।

अस्ट्रेलियाविरुद्धको टेस्टमा भारत बलियो, ७० वर्ष लामो इतिहास बदलिन सक्ने

काठमाडौँ, पुस २० । भारतले ७० वर्षको टेस्ट इतिहासमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरेलु मैदानमा हराएर सिरिज कब्जा गर्ने देखिएको छ । सिड्नीमा जारी चौथौ टेस्टको दोस्रो दिन भारतीय टीमले अस्ट्रेलिया सामु ६२२ रनको विशाल लाक्क्ष खडा गरेपछि यस्तो सम्भावना देखिएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको भारतका ब्याट्सम्यानहरूले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाउँदै ६२२ रन बनाए । भारतको तर्फबाट चेतेश्वर पुजाराले सर्वाधिक १९३ रनको योगदान गरे भने त्यसपछि ऋषभ पन्तले नट आउट १५९ बनाए । यसका अतिरिक्त रविन्द्र जदेजाले ८१ र मयंक अग्रवालले ७७ रन बनाए । दोस्रो दिनको खेलको सुरुको एक घण्टा भने भारतका लागि अनुकुल त् थिएन । शुक्रवार स्थानीय समय अनुसार ९ बजे क्रिजमा उत्रिएको केही समयमै हनुमा बिहारी ४२ रनमा आउट भए । उक्त समय टीमको स्कोर ३२९ रन थियो भने हनुमा प्याभेलियन फर्किने पाँचौं खेलाडी थिए । तर त्यसपछि आएका ऋषभ पन्तले पारीलाई सम्हाले । चेतेश्वर पुजारा दोहोरो शतकबाट मात्र ७ रन टाढा रहँदा नाथन लायनद्वारा उनकै बलमा क्याच हुँदा टीमको स्कोर ४१८ रन बनिसकेको थियो । त्यसपछि आएका रविन्द्र जडेजाले ऋषभ पन्तसँग मिलेर टीमलाई ६२२ को स्कोरमा पुर्याए । त्यपछि भारतले अस्ट्रेलियालाई ब्याटिङको निम्ता दिएको छ । यस खेलमा दोहोरो शतक हान्न नसकेपनि चेतेश्वर पुजाराले आफ्नै रेकर्ड भने तोड्न भ्याए । यो उनको क्यारियरकै सरधिक स्कोर भएको छ । यस अघि उनको सर्वोच्च स्कोर १५३ रन रहेको थियो । यसका साथै उनले एकै सिरिजमा अस्ट्रेलियामा अस्ट्रेलियाविरुद्ध सर्वाधिक बल खेल्ने भारतीय ब्याट्सम्यान समेत बनेका छन् । उनले राहुल द्रविडले २००३-०४ मा बनाएको रेकर्ड तोडेका हुन् । राहुलले अस्ट्रेलियाविरुद्ध १२०३ बल खेलेका छन् ।

प्रहरी हिरासतका ४ बिरामी

कञ्चनपुर, पुस २० । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका चार जना बिरामी परेका छन् । कञ्चनपुर खोका छाप्रा तथा उद्धार समितिको आयोजनामा प्रशासनमा ज्ञापनपत्र बुझाउन जाने क्रममा बिहीबार पक्राउ परेका चार जना बिरामी परेका हुन् । बिरामी परेका ६५ वर्षीय रामनाथ योगी, ७९ वर्षीय कमलापती भट्ट, ७७ वर्षीय प्रताप धाँमी र ६९ वर्षीय मन्दिर विष्टलाई जिल्ला प्रहरी कार्यालयले महाकाली अञ्चल अस्पतालमा उपचार गरेको छ । चिसोका कारण उनीहरु बिरामी परेका महाकाली अञ्चल अस्पतालले जनाएको छ । महाकाली अञ्चल अस्पतालका डा वैभव भट्टले चारै जनाको उपचार गरिएको बताए । उपचारका लागि ल्याइएका चारै जनाको अवस्था बिहीबार साँझ ४ बजेसम्म सामान्य रहेको छ । डा भट्टका अनुसार रामनाथ योगीको मुटुको शल्यक्रिया गरिएकाले उनलाई चिसोबाट बचाउनुपर्ने देखिएको छ । भट्टलाई ग्याष्ट्रिक, धाँमीको श्वासप्रश्वासमा समस्या र विष्टको टाउको दुखेको चिकित्सक भट्टको भनाइ छ । डा भट्टले चारै जनालाई न्यानो ठाउँमा राख्नुपर्ने सुझाव दिएका छन् । महिला स्वास्थ्य स्वयंसेविका सम्मानित बेलडाँडी गाउँपालिकाका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रकमसहित बिहीबार सम्मनित गरिएको छ । गाउँपालिकाको वडा नं १ को कार्यालयले निःस्वार्थ सेवा भावनाले सेवामा संलग्न महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै दोसल्लासहित जनही रु तीन हजारका दरले सम्मान गरेको हो । निःस्वार्थ भावका साथ खटेर स्वास्थ्य जस्तो गम्भीर विषयमा पु¥याएको सहयोगको प्रशंसा गर्दै मनोबल उच्च राख्नका लागि सम्मानित गरिएको वडाध्यक्ष अम्मरबहादुर खत्रीले बताए । रासस

‘विप्लव’को पार्टीको ‘हाइकमाण्ड’ बैठक सम्पन्न, महत्वपूर्ण निर्णय तयार

काठमाडौं, पुस २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ‘हाइकमाण्ड’ को बैठक सम्पन्न भएको छ । ग्रामीण बस्तीमा भएको बैठकले राजनीति रुपमा महत्त्वपूर्ण निर्णय गरेको उच्च स्रोतले जनाएको छ । केही दिनअगाडि सम्पन्न स्थायी समितिको बैठकमा महासचिव विप्लवको महत्त्वपूर्ण प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले थप ३ महिने अभियान गर्ने निर्णय सहित ब्युरो इन्चार्जहरुको जिम्मेवारीमा ब्यापक फेरवदल गरेको बताइएको छ । बैठकले साबिकका ब्युरो इन्चार्ज र केन्द्रीय सदस्यलाई अभियानमा पठाइएको स्रोतको दाबी छ । विप्लव नेतृत्वको नेकपाको हाई कमाण्ड अर्थात् स्थायी समिति ५ जनाको रहेको छ ।