गृह मन्त्रालयले देशैभरिका सिडिओको कार्यसम्पादन मूल्यांकन गर्ने

काठमाडौं – गृहमन्त्रालयले काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यसम्पादन मूल्यांकन गर्ने भएको छ। देशभरका सिडिओ कार्यालयहरुमा जनगुनासो नबढेस सेवा प्रभावकारी बनोस् भन्ने उद्देश्यले मन्त्रालयबाट कार्यसम्पादन मूल्यांकन गर्ने भएको हो।

त्यसक्रममा आइतबार गृह सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य, ललितपुर प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले गृहमन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका छन्। शान्ति सुरक्षा र अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण, सदाचार र आर्थिक अनुशासन गरी ६ बुँदामा गृहमन्त्रालयले प्रजिअको मूल्यांकन गर्नेछ। मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता फारमअनुसार अन्तर्राष्ट्रिय सीमा जोडएका जिल्लामा १०२ पूर्णाङ्क र सीमा नजोडएका जिल्लामा ९९ पूर्णाङ्क रहेको छ। प्रजिअले गरेका कामका आधारमा निश्चित कामका लागि निश्चित अंक प्रदान गरीने सो सम्झौता फारममा उल्लेख गरेको छ।

गृहसचिव राईले पहिलो चरणमा आइतबार तीन जिल्लाका प्रमुख अधिकारीसँग सम्झौता गरिएको जानकारी दिँदै केहीदिनमै सबै जिल्लाका प्रमुख अधिकारी र मन्त्रालयका सबै विभागीय प्रमुखसँग यसप्रकारको सम्झौता हुने बताए। उनका अनुसार आवश्यकता अनुरूप मन्त्रालयका विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफूभन्दा तलका अधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेसँगै गत वर्ष चैत १९ गते उनले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिक गरेसँगै कार्यसम्पादन मूल्यांकन सुरु भएको हो। सो कार्ययोजनाको बुँदा नं २६ मा ‘विभागीय प्रमुख र कार्यालय प्रमुख, निजामती र प्रहरी कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्न कार्यविवरण र सूचक तयार गरिने र कार्यसम्पादन करार गराई विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई खटाउने’ उल्लेख छ।
याे समाचार अाजकाे नागरिक दैनिकमा प्रकाशित छ ।

रोनाल्डोले कमाए एकै वर्ष झण्डै ११ करोड, मेसी दोस्रो नम्बरमा !

एजेन्सी । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सन् २०१८ मा सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा छन् । याे पनि सन् २०१८ मा मेसीको आम्दानी कति ? वर्षको आधा समय रियल म्याड्रिडका लागि खेलेका रोनाल्डो अहिले इटालीको युभेन्टससँग आवद्ध छन् । उनले यो वर्ष ६ करोड १० लाख डलर पारिश्रमिक प्राप्त गरे । यस्तै, अनुबन्धबाट रोनाल्डोले ४ करोड ७० लाख रुपैयाँ कमाए । यो पनि पढ्नुहोस् सर्वाधिक कमाउने खेलाडीको सूचीमा नेइमार पाँचौ स्थानमा रोनाल्डो सर्वाधिक कमाउने पुरुष खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् । यस्तै, नेइमार भने पाँचौ स्थानमा छन् । पहिलो स्थानमा अमेरिकी बक्सर फ्लोयड मेवेडर छन् । यो पनि संसारमा सबैभन्दा बढी ‘फेसबुक लाइक्स’ भएका १० सेलिब्रेटी

सरकार जनताप्रति जिम्मेवार छ, कोही कसैको भ्रममा नपर्नुस्ः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, पुष १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार देश र जनताप्रति जिम्मेवार तथा जवाफदेही रहेको बताएका छन् । मण्डन देउपुर नगरपालिका साक्षर नगरपालिका घोषणा तथा सार्वजनिक सुनुवाई कार्यक्रमलाई आज कुन्तामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “सरकार देश, जनताप्रति जिम्मेवार र जवाफदेही छ, तपाईहरु कोही कसैको भ्रममा नपर्नुस् ।” विकासको गतिशीलता तीव्र पारिरहेको सरकारका बारेमा भ्रम फैलाउनुको कुनै अर्थ नहरेको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले तीन तहको सरकार नयाँ प्रयोग र अवसर भएकाले चुनौति पनि उत्तिकै रहेको बताए । “अब कुनै काम गर्न सदरमुकाम धाउनुपर्दैन, घरदैलोमै सरकार छ, स्थानीय सरकारबाट भरपुर सेवा लिनुस्, सरकार यसमा प्रतिबद्ध छ,” उनले भने। वर्तमान सरकार थितीमै चलेको उनले बताए । उनले विकास निर्माणका विषयमा चित्त नबुझे स्थानीय सरकारसँग सोध्न सकिने र स्थानीय सरकारले जिम्मेवारीपूर्वक जवाफ पनि दिने बताए । मन्त्री बाँस्कोटाले समायोजन प्रक्रियाअन्तर्गत खटाइएको स्थानमा कर्मचारी नगए कानूनअनुसार तत्काल कारवाही गरिने बताए । उनले भने, “संवैधानिक व्यवस्थाअनुसार नै कर्मचारी समायोजन गरिएको हो, खटाइएको स्थानमा नगए तत्कालै कारवाही हुन्छ ।” सबै सुविधा पाएर पनि कर्मचारीले विभिन्न बहाना बनाउनु झुट भएको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले ८९ हजार कर्मचारीमध्ये २१ हजार प्रदेश र करीब ४६ हजार कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया अघि बढेको बताए । उनले भने, “हामीले कर्मचारीलाई आवश्यक सेवा र सुविधा दिएका छौँ, सरकारले कर्मचारीलाई सुविधा दिएन भनेर संसद्को किनारामा बसेर फलाक्नु बेअर्थ छ ।” रासस

प्रचण्ड भन्छन्, ‘संघीयता र गणतन्त्र सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्‍याउनका लागि हो’

काभ्रे, पुष १३ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित भएको अधिकार गाउँ गाउँमा पुगोस् भन्ने उद्देश्यले संघीयता र गणतन्त्रको ल्याएको बताएका छन् । काभ्रेको चौरी देउराली–२ स्थित श्री खाँडादेबी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्षले भने, ‘राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको छ । ’ उनले अगाडि थपे, ‘तर अहिले कतिपय कानूनको अभावमा या कर्मचारी समायोजनको अन्यौलताका कारणले ढिला भएको पक्कै पनि हो ।’ राष्ट्र सेवक भनिएका कर्मचारी संविधानको मर्म र भावना अनुसार र ऐन कानूनको व्यवस्था अनुसार देशको कुनै पनि भागमा सरकारले खटाए अनुसार जानुपर्ने उनको भनाई थियो । ‘यदि जान तयार नहुने हो भने राज्यले बिदा गर्दिनु पर्दछ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन तिर लाग्नु पर्दछ ।’ उनले अब ऐनहरु बन्न थालेको बताउँदै संघ, प्रदेश र स्थानीय सबैतिर कर्मचारी सामायोजनको प्रक्रियाको सुरुवात हुन लागेको बतए । अध्यक्ष प्रचण्डले पार्टीको स्थायी समिति बैठकमा सर्वसम्मत निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको बताए । लोकतान्त्रिक वातावरणमा छलफल गरी बैठक सम्पन्न भएको बताउँदै पुस महिनाभित्र तल्लो तहसम्म पार्टी एकता गरी सक्ने स्थायी समितिको निर्णय भएको उनले जानकारी दिए । अध्यक्ष प्रचण्डले भने, ‘संविधानसभाको निर्वाचन गरेर नेपालको इतिहासका हामी गौरवशाली पुस्ता भयौं । त्यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । एउटा देशमा संविधानसभाको निर्वाचन एक पटक मात्र हुन्छ । हामी यसका सहभागी, साक्षी र सहयात्री बन्यौं ।’

कानून कार्यान्वयन गर्न जनताको चेतानास्तर बढाउनुपर्छः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं, पुस १३ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान र ऐनमा भएको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न जनताको चेतना स्तरमा बृद्धि हुन जरुरी रहेको बताएका छन् । समावेशी फाउण्डेशनले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले लामो संघर्षपछि संविधानसभाबाट निमार्ण भएको संविधानले दलितलगायत सबै समुदायलाई पर्याप्त अधिकार दिएको जानकारी दिए । ‘संविधान र त्यसअनुसार बनेका मौलिक र अन्य कानुनले जनतालाई पर्याप्त अधिकार दिएको छ,’ उनले भने, ‘संविधान र ऐनको पूर्ण कार्यन्वयन गर्न जनतालाई ती अधिकारबारे पर्याप्त जानकारी गराउन जरुरी छ ।’ त्यसैगरी अध्यक्ष तिमिल्सिनाले संसदले थुप्रै नयाँ विशेषता सहितका मौलिक हकसम्बन्धी कानुन निमार्ण गरिसकेको बताउँदै अब बन्ने ऐन कार्यन्वयन गर्न देशको क्षमता बृद्धि आवश्यक रहेको धारणा राखे । उनले निश्चित समयभित्र मौलिक हकसम्बन्धी कानुन निमार्ण गर्नुपर्ने भएकाले संसदमा पर्याप्त छलफल हुन नसकेको स्वीकार गरे । ‘आगामी दिनमा संसदले पर्याप्त छलफलमार्फत कानुन निमार्ण तथा समयअनुसार परिमार्जन गर्नेछ,’ उनले भने । दलित समुदायका सांसद तथा अधिकारकर्मी सहभागी संविधानको मौलिक हक कार्यान्वयनका लागि सरकराले ल्याएको विधेयकहरुमा दलित तथा सिमान्तकृत समुदायको सुझाव र संशोधन प्रस्तावको समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका उपसचिव उदवीर नेपालीले एक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, सांसदलगायत अन्य सहभागीले त्यसबारे सुझाव र धारणा पेश गरेका थिए ।

देउसी–भैलोबाट स‌ंकलन भएको रकमबाट सिसी क्यामेरा जडान

रुपन्देही,  पुस १३ । स्थानीयवासीको अगुवाइमा बुटवलमा सिसी क्यामरा जडान गरिएको छ । प्रगति टोल विकास संस्था, प्रगति आमा समूह र प्रगति टोल युवा परिवारले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट बुटवल उपमहानगरपालिकाको वडा नं ६ र ८ का अस्पताल अगाडिको भुडकीचोकदेखि हिलपार्क जाने पुलसम्म आठ सिसी क्यामरा जडान गरेका हुन् । ती क्यामराको निगरानी सुख्खानगरस्थित प्रहरी चौकीले गर्ने छ । सडक दुर्घटना र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जडान गरिएको क्यामरा बिहीबारबाटै सञ्चालनमा आएको टोल विकास संस्थाका उपाध्यक्ष नवराज चापागाईंले जानकारी दिए । रासस

विभिन्न आरोपमा ४ जना पक्राउ

मङ्गलबारे, पुस १२ । इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । यसैगरी जिल्ला अस्पताल इलाममा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले माईजोगमाई गापा–४ की सामना लिम्बू र इलाम नगरपालिका–९ का २२ वर्षीय राजन राईलाई पक्राउ गरेको छ । ड्यूटीमा रहेका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनीहरूलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको उपरीक्षक श्रेष्ठले बताए । प्रहरीले अस्पतालका कर्मचारीको नाम गोप्य राखेको छ । रासस

रानीपोखरीको टेन्डरमा मिलेमतोको आशंका

काठमाडौँ – भूकम्पबाट भत्किएको रानीपोखरीको पुर्ननिर्माणका लागि नयाँ टेन्डर आह्वान गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यसअघिको टेन्डरमा ठेकेदारले लागत अनुमानभन्दा झन्डै १२ प्रतिशतभन्दा बढी रकमको ठेक्का हालेको र मिलेमतो भएको आशंकामा नयाँ टेन्डर आह्वान गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि १२ करोड ६६ लागत अनुमान गरेको छ । केही दिनमै नयाँ टेन्डर खोलिने काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १५ नम्बर वडाका वडाध्यक्ष ईश्वरमान डंगोलले बताए । पछिल्लोपटक रानीपोखरी पुनर्निर्माणका लागि ई–टेन्डर आह्वान हुँदा तीनवटा टेन्डर परेको र तीमध्ये रविना कन्स्ट्रक्सनकोे टेन्डर मात्र प्राविधिक मूल्यांकनमा पास भएको थियो । सुनकोसी कन्स्ट्रक्सनले व्यावसायिक कर नै नतिरेकाले फेल भएको र तेस्रोले ठेक्का आवेदन नै हटाएको डंगोलले बताए ।

राष्ट्रपति कार्यालयपछि यातायातकाे पालाे- सूचनामा लिंग लेखेपछि बबाल

काठमाडाैं, सरकारी कार्यालयहरुकाे संवेदनहीनताकाे पराकाष्ठा देखिएकाे छ । राष्ट्रपति कार्यालयले कुटनीतिक भाषाकाे पत्रमा गम्भीर त्रुटि गरेर अालाेचाना भइरहेको बेला यातायात व्यवस्था कार्यालयले समेत झन त्रुटिपुर्ण भाषामा सुचना सार्वजनिक गरेकाे छ । पढनुस के लेखेछ ? ण

कोरियाबाट फर्केका नेपालीलाई अब नेपालमै रोजगारीको अवसर

काठमाडौं, पुष ११ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली प्रवद्र्धक रहेका विभिन्न पाँच वटा कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभाग, इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए । उनले भने, “भाषा परीक्षा उतीर्ण गरी कोरिया गएका नेपालीले त्यहाँका भाषा, कला संस्कृतिका बारेमा जानकारी हासिल गरेका हुन्छन्, उनीहरुलाई नै विभिन्न कोरियाली प्रवर्तक रहेको कम्पनीमा रोजगार उपलब्ध गराउने समझदारी भएको हो ।” कोरियाबाट फर्केका नेपालीले पर्यटक पथप्रदर्शक, कोरियाली लगानी भएको जलविद्युत् आयोजनालगायत विभिन्न क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्ने उनले बताए । मानव संशाधन विभागका उपाध्यक्ष र वल्र्डवक्ता नेपाल शाखा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल, इयु योङहोङ फाउनण्डेसन, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कर्पोरेशन लिमिटेडका प्रतिनिधबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । रासस

दुई नाबालक छोरालाई विष खुवाएर महिलाद्वारा आत्महत्याको प्रयास, एकको मृत्यु

जनकपुरधाम : धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल निवासी रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिना देवी यादवले घरायसी विवाद भएपछि आफ्ना दुई छोराको हत्या गरी आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन्। जबरजस्ती विष खुवाएको ३ वर्षीय कान्छो छोरा रितेश यादवको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षीय रितिक यादव र आमा रिनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रिनाको उपचार जनकपुरस्थित जानकी हेल्थकेयरमा भइरहेको छ भने रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीले जानकारी गराएका छन्। कान्छो छोरा रितेशको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। प्रहरीले दिएको जानकारी अनुसार सोमबार राति घरमा सासूसँग विवाद भएपछि मंगलबार बिहानै रिना दुवै छोरालाई लिएर घरबाट निस्केकी थिइन्। उनलाई खोज्न घरपरिवारका सबै बिहानैदेखि लागेका थिए। वैदेशिक रोजगारबाट एक महिनाअघि मात्रै घर फर्किएका उनका श्रीमान रविन्द्र पनि श्रीमति र बच्चालाई खोज्दै हिँडेका थिए। यता, रिनाले जनकपुरधाम उपमहानगरपालिका मुजेलिया नजिकै कवर्ड हल अगाडी दुई छोरालाई विष खुवाई आफू पनि विष सेवन गरेर परालको टाल मुनि लुकेर बसेकी थिइन्। विष खुवाए पछि कान्छो छोरा र रिना बेहोस् भएका थिए भने जेठो छोरा रितिक होसमै थिए। उनी टालबाट निस्केर बरबराउँदै आफ्नो आमाले भाइ र आफूलाई विष खुवाएको भनि हल्ला गर्दै भौतारिएका थिए। उनको मुखबाट समेत र्याल र सिगान निस्की राखेको थियो। यसै क्रममा दिउँसो ३ बजेतिर छट्पटाउँदै बरबराई राखेका रितिकलाई स्थानीयले देखेपछि स्थानीयकै सहयोगमा तीनैजनालार्ई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो रितेशको बाटैमा ज्यान गरेको थियो भने आमा रिना बेहोस् भएकी थिइन्।रिनाको अवस्था चिन्ताजनक रहेको तर जेठो छोरा रितिकको अवस्थामा सुधार आएको चिकित्सकले जानकारी गराएका छन्। अन्नपूर्ण पोष्टबाट साभार गरिएको

उत्तर र दक्षिण कोरियाले आयोजना गरे महत्वपूर्ण समारोह

सोल, पुस ११ । दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न एउटा समारोहको आयोजना गरिएको छ । दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको उक्त समारोहमा दक्षिण र उत्तर कोरिया गरी एकएक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ । यस समारोह स्थानीय समयानुसार बुधबार बिहान १० बजे शुरु भएको थियो । गत सेम्टेम्बरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली उच्च नेता किम जोङ–उनबीच प्योङयाङमा सम्पन्न शिखर सम्मेलनका क्रममा भएको सम्झौता अनुसार नै यो कार्य सम्पन्न भएको बताइएको छ । उक्त सम्मेलनामा यस बर्षको अन्त्यसम्ममा नै कोरियिाली प्रायःद्वीपको सीमा क्षेत्रमा रेलमार्ग र सडक मार्ग बनाइने सम्झैता भएको थियो । गत अप्रिलमा मुन र किमबीच भएको पहिलो सम्मेलनमा नै आधुनिक र पूर्वी र पश्चिम कोरियाली प्रायःद्वीपमा आधुनिक रेलमार्ग र सडकमार्ग जोडिने सम्झौता भएको थियो । दक्षिण कोरियाली भूमिसुधार मन्त्री, आधारभूत संरचना मन्त्री किम ह्युन मि, यातायात मन्त्री किम युन ह्योक र उत्तर कोरियाका उप रेलवे मन्त्रीको सो समारोहमा सहभागिता रहेको थियो । त्यसैगरी दक्षिण कोरियाको तर्फबाट अन्य उच्चस्तरीय सरकारी अधिकारीहरुको पनि सहभागिता रहेको जनाइएको छ । कार्यक्रममा सन् १९५० बाट १९५३ सम्मको कोरियाली युद्धताका छुट्टिएका पाँच सर्वसाधारणलाई दक्षिण कोरियाका तर्फबाट निमन्त्रणा गरिएको थियो । उत्तर कोरियाका तर्फबाट शान्ति र पुनः एकीकरण जन्मभूमि कमिटीका अध्यक्ष रि सन–ग्वोन र अन्य चार उच्चस्तरीय सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो । दक्षिण कोरियाको राजधानी सोलको सोल रेलवे स्टेशनबाट दक्षिण कोरियाली १०० सहभागीलाई नौ ओटा कार र रेलमा कोरियाली प्रायःद्वीपमा सीमाक्षेत्र डोरासनमा लगिएको थियो । एजेन्सी    

सिसी टिभी जडानको अनुमति नलिए कारवाही गरिने

बैतडी, पुस ११ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् । गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले जानकारी दिए । कार्यालयले यसअघि गएको मङ्सिरमा अनुमति नलिएर सिसीटिभी जडान गरेकालाई ३५ दिनभित्र अनुमति लिन समयसीमा दिएको थियो । अपराध अनुसन्धान र नियन्त्रण गर्न विद्युतीय उपकरणलाई प्रभावकारी बनाउने प्रयोजनका लागि सिसीटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकाले अनुमति लिन आग्रह गरिएको थियो । प्रशासनले दिएको उक्त ३५ दिने समयसीमा समाप्त भइसक्दासमेत यहाँका सिसीटिभी प्रयोगकर्ताले अटेरी गरेका छन् । तर समयसीमाभित्रै विभिन्न सिसीटिभीका पाँच प्रयोगकर्ताले अनुमतिका लागि निवेदन दिएको छ । दोगडाकेदार गाउँपालिका, राष्ट्रिय वाणिज्य बैंक, स्मार्ट अपसेट प्रेस, मेघा बैंक र एनसिसी बैंकले सिसीटिभी जडानको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । बैतडी जिल्लाभरि सिसीटिभी प्रयोगकर्ता कति छन् भन्ने यकिन तथ्याङ्क नभए पनि १०० को हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ । कार्यविधि विपरित सिसीटिभी जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । सिसीटिभी जडान एवं सञ्चालनका लागि अनुमति लिए नलिएको बारे अनुगमन गरिने र अनुगमनका क्रममा नलिएको भए कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए । कार्यविधि अनुसार सिसीटिभी जडान गर्न अनिवार्य अनुमति लिनुपर्ने तथा खिचिएका श्रव्य दृश्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि तीन महीनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था रहेको छ । रासस

आज अपरान्ह ४ बजे संसदको हिउँदे अधिवेशन, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने

काठमाडौं, संघीय संसदको हिउँदे अधिवेशन आज शुरु हुन गइरहेको छ । आज अपरान्ह ४ बजे संघीय संसदको भवन नयाँ वानेश्वरमा हुने बैठकको कार्यसूचिमा निकै विवादमा रहेको कर्मचारी समायोजनसम्बन्धी अध्यादेश पनि रहेको छ । पहिलो दिनको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । यसबाहेक आज नै बिभिन्न दलका सांसदहरुले मन्तव्य राख्ने तथा प्रशासकीय अदालत विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूचि समेत रहेको छ । बैठकको शुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने छ ।

मधेशका सबै समस्या समाधान गर्न सकारात्मक छुः प्रधानमन्त्री ओली

 काठमाडौ‌, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका सबै प्रकारका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का नेतासँग मंगलबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्, सानातिना कुरामा नअल्झी देश निर्माणमा लाग्नु पर्दछ । मधेशको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु ।’  प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राजपा र संघीय समाजवादी फोरमलाई राष्ट्रिय पार्टीको मान्यता दिएर जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले संविधान निर्माण र तीनै तहको निर्वाचन पछि कतिपय राजनीतिक दलहरुले विगतमा उठाएका विषयको म्याद सकिएको बताए । ‘अब हिजोकै विषयमा वादविवाद गरेर हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ ढङ्गले सोचौं, नयाँ ढंगल अघि बढौं ।’ उनले राजपाले उठाएका मागमा आफू सकारात्मक भएको र तिनलाई चाँडो पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। भेटमा राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी थिए ।

फागुन १४ को स्ववियु चुनावले सरकारको सफलता र असफलता पुष्टि गर्छ- रञ्जित तामाङ

धनकुटा अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संविधानले सम्पूर्ण जाति भाषा वर्गको अधिकार सुनिश्चित गरेकाले कसैलाई पनि अन्याय नहुने बताएका छन् । धनकुटा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा उनले सरकार असफल कि सफल भन्ने कुरा १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी परिणामले देखाउने बताए । सरकारले जनहितमै काम गरिरहेको दाबी गरेका तामाङले र विद्यार्थीका लागि सरकारले सर्टिफिकेट धितो राखेर ऋण दिने व्यवस्था कार्यन्वयनमा ल्याउनेमा पनि विश्वास व्यक्त गरे । उनले आगामी स्ववियु चुनावमा अनेरास्ववियु र क्रान्तिकारी एक भएर लड्ने बताए । अध्यक्ष तामाङले स्ववियु चुनावमा सबै क्याम्पसमा जित्ने पनि दाबी गरे । स्ववियु चुनाव यस अघिकै सहमति अनुसार १४ फागुनमै हुनुपर्ने र त्यस मिति दायाँबायाँ गर्न नहुने बताए । कार्यक्रममा तामाङले विद्यार्थीका अधिकारका पक्षमा सशक्त ढंगले लड्दै आएको पनि स्मरण गरे ।