डेढ करोड बढी ठगेर रुपैयाँ दम्पती फरार

नवलपरासी, असोज २६ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-८ का एक दम्पती लाखौं रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

 

 

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौं रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशंकर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताए ।

 

 

सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई ३० लाख रुपैयाँ दिएका छन् ।

 

 

‘सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई÷चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्’ पडित तिमिल्सिनाले भने । केही समय अघि घर बिक्री गर्नुभएका उनले कुनै प्रमाण नराखी रकम दिनुभएको छ ।

 

 

यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतीलाई २५ लाख रुपैयाँ दिएकी थिइन् । यस्तै अन्यको ५० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन् ।

 

 

सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए ।

 

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताए । -रासस

नेपाल भर्सेस चीनः नेपाल टस जितेर फिल्डीङ गर्दै

काठमाडाै, असाेज २४ । मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ खेल अहिले खेल चीनसँग खेल्दै छ । आज नेपालले टस जितेर फिल्डीङ रोजेको छ । खेल बिहान ७ः४५ देखि सुरु भएको हो । आज नियमित कप्तान पारस खड्काले विश्राम लिएका छन् । कप्तानको जिम्मा ज्ञानेन्द्रलाई दिइएको छ । लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्   प्रतियोगिता अन्तर्गत नेपालले खेलेको चार वटै खेलमा म्यानमार, मलेसिया, थाइल्याण्ड र भुटानलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

कैलालीको ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु

कैलाली, असोज २३ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–२, लालमोटिया डाँडानजिक एक ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक बर्दगोरिया गाउँपालिका–१ का अन्दाजी ४१ वर्षीय डागु चौधरी र ट्रयाक्टरमा सवार सोही ठाउँका कामदार सुरज कठरिया रहेका छन् । फलेबिसौनाबाट ढुंगा लोड गरेर बौनियाँतर्फ आउँदै गरेको से१त ३९६९ नम्बरको ट्रयाक्टर मंगलबार मध्याह्न १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अर्का कामदार भीम कठरिया घाइते भएका छन् । घाइते कठरियाको बौनियाँबजारस्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

भुटानले १० रन बनाउँदा ६ विकेट गुमायो, नेपाल जित नजिक !

काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनमो विजयी लक्ष्य पछ्याउने क्रमममा भुटानले दश रनमै सात विकेट गुमाएकोे छ । भुटानको इनिङ तहसनहस बनाउन नेपालका सन्दिप र ललित घात भए । उनीहरु दुवैले समान ३ ३ विकेट लिन सफल भए ।     आज ललितनारायाण राजवंशीले पहिलो ओभरमै २ विकेट लिएका थिए । यस्तै, उनले छैठौं ओभरमा अर्को विकेट थप्दै आफ्नो खातामा तेस्रो विकेट लेखे । यस्तै सन्दिपलेपनि तिन विकेट लिएका छन् ।     उनले दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिए । र तेस्रो विकेट ५.५ ओरमा लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।   लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्   अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।     असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।  

भुटानले गुमायो ४ ओभरमा ४ विकेट, सन्दीपलाई दोस्रो सफलता !

काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनको विजयी लक्ष्य पछ्याउने क्रमममा भुटानले चार ओभरमा चार विकेट गुमाएको छ ।   साथै, उसले चार ओभरको खेल सकिदा मात्र चार रन बनाएको छ । सन्दिप लामिछानेले २ मेडन ओभरसहित २ विकेट लिएका छन् । यस्तै, ललित राजवंशीले पनि पहिलो ओभरमै २ विकेट लिएका छन् ।     लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस्   यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले द्धार विकेट गुमाउँदै १५० रन बनाएको थियो । आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।     भुटानको लगातार विकेट पतन हुन थालेका छन् । पहिलो ओभरमै २ विकेट गुमाएको उसले फेरि अर्को विकेट गुमाएको छ । भुटानको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।  

टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या

काठमाडौं । बुल्गारियाको उत्तरपूर्वी रुज शहरमा एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ । प्रहरीका अनुसार ३० वर्षीया विक्टोरिया मरिनोवाको शव बेवारिसे अवस्थामा शनिबार फेला परेको छ । शरीरमा प्रहार गरिएको र घाँटी चेपिएको अवस्थामा शव फेला परेको थियो । टाउको माथिपनि प्रहार भएको प्रहरीको भनाइ रहेको छ । बलात्कार भएको समेत पुष्टि भएको छ । अन्तराष्ट्रिय जगतमा यस घटनाको व्यापक आलोचना भएको छ । घटनास्थलबाट मरिनोवाको मोबाइल, कारको साँचो समेत गायब पारिएको थियो । लुटपाट गर्ने नियतले उनको हत्या नभएको प्रहरीले स्पष्ट पारेको छ । त्यहाँको स्थानीय मिडियाका अनुसार मरिनोवा रुजको टिवीएन टेलिभिजनकी प्रशासनिक निर्देशक थिइन् । उनले त्यहाँ ‘टक सो’ कार्यक्रम चलाउने गरेकी थिइन् ।

चार वटा समिति सभापतिद्वारा सपथ ग्रहण

कैलाली, असोज २२ । सुदूरपश्चिम प्रदेशसभाका विभिन्न चारवटा समितिका सभापतिहरुले सपथ लिएका छन् । धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा आयोजित एक कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले समितिका सभापतिहरुलाई शपथ गराएका हुन् । अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालु चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बमले शपथ लिएका हुन् । कुँवर, जोशी र चौधरी नेकपा तथा बम नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् । चारओटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए ।

निर्मला हत्याकाण्ड : प्रदर्शनकारीद्वारा गृहमन्त्री र प्रहरी प्रमुखकाे राजिनामा माग

काठमाडौं, असोज २० । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै काठमाडौंको माइतीघर मन्डलामा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरुले हत्या भएको दुई महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा पनि माग गरे । निर्मला हत्याकान्डको प्रमाण नस्ट गर्नेहरुमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ । शनिबार माइतीघर मन्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विभिन्न दलमा आवद्ध एवं स्वतन्त्र नागरिकहरुको स्वतःफूर्त सहभागिता थियो ।

चन्द्रागिरि नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य

काठमाडौं, असोज २० । नेपालको चन्द्रागिरि हिल्स प्रालिले नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्राप्त गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पुरस्कार प्रदान गरे । भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले बर्सेनि ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ । चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकाले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्रदान गरिएको पब्लिकेसनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो । काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि बर्सेनि हजारौँको सङ्ख्यामा आउने भारतीय पर्यटक चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शनका लागि पनि जाने गरेका प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिए । पुरस्कार प्राप्त गरेपछि चन्द्रागिरि प्रालिका अध्यक्ष चन्द्र ढकालले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुन पुगेको बताउँदै यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एउटा बच्चीको हत्यारा पत्ता लगाउन नसक्ने सरकार ‘नालायक’ : देउवा

काठमाडौं, असोज २० । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । सभापति देउवाले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा पनि आपत्ति जनाए । उनले वातावरणीयलगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । । रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ । सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने तर्क पनि गरे ।

सन्दिप एक्लैले लिए ५ विकेट, मलेसियालाई आठौं झड्का ! [LIVE]

काठमाडौं, असोज २० । मलेसियामा भइरहेको आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले आज घरेलु टोलीसँग खेलिरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।   मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजेबाट सुरु भएको छ । यसैबीच, सन्दिप लामिछानेले ५ विकेट लिएका छन् । यस्तै, आठौं विकेट सन्दिपले नै लिएका छन् । योसँगै सन्दिपको खातामा आज ५ विकेट दर्ता भएको छ ।     सन्दिपले बिस्फोटाक ब्याट्म्यान मोहम्मद सरफिलाई ४९ रनमा आउट गरेका छन् । योसँगै मलेसियालाई आठौं झड्का लागेको छ । सातौं विकेटका रुपमा पारस खड्काको बलमा मलेसियाका खेलाडी रन आउट भएका छन् । यसअघि सोमपाल कामीले लगातार २ विकेट लिएका थिए ।     तेस्रो र चौंथो विकेट कामीले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको पहिलो र दोस्रो बलमै २ विकेट लिन सफल भए । आज मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो ।   खेलको लाइभ स्कोर हेर्न हयाँ क्लिक गर्नुस्–   नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

रोनाल्डो यो पटक पनि टिममा अटाएनन्

एजेन्सी । यही महिना हुने पोल्याण्ड र स्कटल्याण्डसँगको खेलका लागि क्रिष्टियानो रोनाल्डो पोर्चुगलको टिममा पर्न असफल भएका छन् । युभेन्टसका स्टार खेलाडी रोनाल्डोलाई गएको महिना भएको युइएफए नेशन्स लिग अन्तर्गत पनि राष्ट्रिय टिमबाट आराम दिइएको थियो ।     त्यो बेला पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई युभेन्टसमा समायोजन हुनका लागि समय चाहिएकाले आराम दिइएको बताएका थिए ।     रोनाल्डोलाई नेशन्स लिग अन्तर्गत अक्टोबर ११ मा हुने पोल्याण्डसँगको खेल तथा अक्टोबर १४ मा हुने स्कटल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि पनि टिममा राखिएको छैन ।     रोनाल्डोले भविष्यमा राष्ट्रिय टिममा योगदान दिने र त्यसबाट कसैले रोक्न नसक्ने प्रशिक्षक सान्तोसले बताएका छन् । रोनाल्डोमाथि लागेको बलात्कारको आरोप र त्यसको अनुसन्धानमा समय दिनु पर्ने भएकाले उनलाई राष्ट्रिय टिममा आराम दिइएको अनुमान छ ।

आईजीपी खनाललाई हटाउन नेकपाभित्र गोप्य छलफल

काठमाडौं, असोज १९ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले गोप्य छलफल अघि बढाएको छ ।     आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च तहका नेताहरु नै महानिरीक्षक खनाललाई वर्खास्त गर्ने गरी लबिङ थालेका हुन् । कारोबार दैनिकमा खबर छ ।     बर्खास्त गर्न तत्काल सम्भव नभए आइजीपी खनाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारीबाट हटाउन सक्ने विषयमा पनि नेकपाभित्र छलफल चलिरहेको उच्च स्रोतले बतायो ।

काट्दै गरेको रुखले च्यापेर एकको मृत्यु

सर्लाही, असोज १८ । सर्लाहीको चक्रघट्टामा बिहीबार रुखले किचेर एक जना महिलाको ज्यान गएको छ । सडक छेउमा रहेको सिमलको रुख काट्दै गर्दा रुख एक्कासि मोटरसाइकलमाथि ढलेपछि गोडैता–६ की ६० वर्षीया बच्चीदेवी यादवको ज्यान गएको हो । रुख काटने चक्करघट्टा गाउँपालिका–१, का रामआश्रेय राय र दुखा कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नयाँदिल्ली, असोज १८ । भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।     घटाएको मूल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मूल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो ।     देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएको बताए । त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैयाँ घटाउने भएका छन् ।     त्यसैगरी तेलको मुल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाएका छन्। उनका अनुसार प्रदेशमा त डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैया सम्म पनि मूल्य घट्न सक्नेछ ।   भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ । -रासस

नेकपा गण्डकीका जिल्लामा पार्टी संयन्त्र

कास्की, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन र संयोजन गर्नका लागि संयन्त्र गठन गर्ने निर्णय कमिटी बैठकले गरेको जानकारी दिए । जिल्ला संयन्त्रमा साविक नेकपा(एमाले)बाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन नेकपा माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच गरी १० जना रहने निर्णय बैठकले गरेको छ । अध्यक्ष पाण्डेका अनुसार जिल्ला संयन्त्रले महानगरपालिकामा दश, नगरपालिकामा आठ र गाउँपालिकमा छ सदस्यीय पार्टी संयन्त्र गठन गरेर पार्टीका विधान, नियमावली र पार्टीको निर्देशनलाई आधार मानी तल्ला तहको पार्टी एकीकरण सम्बन्धमा प्रदेश कमिटीलाई आवश्यक सुझाव दिनेछ । बैठकले आगामी कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी संयन्त्र गठनबाट तल्लो तहमा पार्टी एकीकरण प्रक्रियालाई गति दिन सहयोग पुग्ने विश्वास नेकपाको छ । नेकपा गण्डकी प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पार्टीको अन्तरिम विधानानुसार देशका ८ वटै प्रदेशमा प्रदेश इञ्चार्ज तथा पदाधिकारी चयन भएकाले पार्टी केन्द्रको निर्णयलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए । रासस