मालदिभ्सका पूर्व राष्टपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

कोलोम्बो, असोज १५ । मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ ।मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो ।

असी बर्षीय गयूम र उनका छोरा फारिस मौमुनलाई राजधानी मालेमा रहेको उच्च अदालतले आदेश दिएको हो । उनीहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यसउपर गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाई भई जेलमुक्त गरिएको हो ।

हालै भएको निर्वाचनमा ५८.४ प्रतिशत मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका इब्राहिम मोहमद सोलिहले वर्तमान् राष्ट्रपति अब्दुल्लाह यमीनसँग सबै राजनीतिक बन्दीलाई रिहा गर्न गरेको अनुरोधपछि अदालतको उक्त निर्णय आएको हो । -रासस

संसदको दुबै अधिवेशन अन्त्य, यस्तो रह्यो ५ महिने प्रगति ?

काठमाडौं, असोज ११ । संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आजबाट सकिएको छ । प्रतिनिधिसभाका कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र बाचन गरी बिहीबार राति १२ बजेदेखि संसद बैठक स्वतः अन्त्य भएको जानकारी गराएका हुन् । वैशाख २३ बाट आइतबार सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ११ गते सकिएको हो । यो अवधिको १ सय ३५ दिनमा ८९ पटक बैठक बसेर १ सय ९३ घण्टा संसदीय काम कारवाही भएको प्रतिनिधिसभाका सभामुख महराले जानकारी दिए । यो अवधिमा ४ पटक मात्रै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेको थियो । यस अवधिमा संसदले आफ्नो नियमावली बनाउने, नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पारित गर्ने, १८ वटा विधेयक पारित गरिएको सभामुख महराले जानकारी दिए । संसद अधिवेशन अन्त्य गर्दै सभामुख महराले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा सरकारका प्रतिवद्धता कार्यान्वयन भएनभएको विषयमा अनुगमन गर्न पनि सांसदहरुलाई आग्रह गरे ।

को को परे पोखरा प्रिमियर लिगमा सहभागी टीम र तिनका मार्की खेलाडी ?

काठमाडौं, असोज ११ । आगामी कार्तिक ९    देखि २० गतेसम्म संचालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो संस्करणका सहभागी टिम र मार्की खेलाडीको घोषणा भएको छ । बिहीबार आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सहभागी ६ टिम र मार्की खेलाडीको घोषणा गरेको हो । पोखरा रङ्गशालामा संचालन हुने सर्वाधिक पुरस्कार राशिको हुने उक्त लिग प्रतियोगितामा खेलाडीहरूको छनौट अक्सन प्रक्रियाद्वारा हुने भएको छ । लिगको नियम अनुसार प्रत्येक टीममा दुइ जना विदेशी खेलाडी र दुई जना स्थानीय खेलाडी सहभागी हुनु आवश्यक रहेको छ । टि-ट्वेन्टी फर्म्याटमा संचालन हुने उक्त खेल प्रतियोगिता हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । प्रतियोगितामा बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन, पोखरा पल्टन, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स रहेका छन् । उक्त टीमका मार्की खेलाडीहरूमा बुटवल ब्लास्टरमा सोमपाल कामी, चितवन राइनोजमा पारस खड्का, विराटनगर टाइटनमा सन्दीप लामिछाने, पोखरा पल्टनमा शरद भेसवाकर, एक्स्पर्ट धनगढी ब्लूजमा दिपेन्द्र सिंह ऐरी र काठमाडौँ रोयल्समा ज्ञानेन्द्र मल्ल रहेका छन् ।  

भवन हस्तान्तरणका विषयमा झडप हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर

सिरहा, असोज ११ । सिरहाको मिर्चेयामा वडा नम्बर ८को कार्यालयको नवनिर्मित भवन हस्तान्तरणका विषयमा झडप हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । झडपमा मिर्चैया नगरपालिका ८ भगवतपुरका मनोजकुमार यादव, विष्णु यादव, रामअशिष यादव र उनको भाइ मनिकलाल यादव घाइते भएका हुन् । घाइतेहरुको मिर्चैयास्थित मिर्चैया मंगलम नर्सिङ होममा उपचार भइरहेको छ । हन्तान्तरण कार्यक्रममा उद्घाटनको ब्यानर राखेको भन्दै विवाद र झडप भएको हो । वडाध्यक्ष रामजगत शाहले हन्तान्तरणमा उदघाटनको ब्यानर राखिएको भन्दै उपभोक्ता समितिका अध्यक्ष रामअशिष यादवमाथि आक्रमण गरेको स्थानीयले बताए । विवादपछि भवन हस्तान्तरण कार्यक्रम स्थगित भएको छ । उपभोक्ता समितिले ११ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । मिर्चेयामा नगरप्रमुख नेकपाका छन् भने वडाध्यक्ष नेपाली कांग्रेसका छन् । फरक पार्टीका भएका कारण विकास निर्माण सम्वन्धी काममा पटक पटक विवाद हुँदै आएको छ ।

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

इलाम, असोज ११ । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भने, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” बिहीबार बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने । अहिले नेकपा नेतृत्वको दुई तिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे । नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गर्नुभयो । “हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरे । उनले थपे, “तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानून अनुसारको शपथ खानुभएको छ । अहिले कसैले पनि संविधान नमानेको छैन ।” नेम्वाङले आफूलाई संसद्को शपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको जानकारी गराए । “संविधानको विरोध गर्ने पार्टी राजपा हो । तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खानुभएको थियो”, नेम्बाङले भने । संविधानसभाका पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताए । “अहिले साथीहरू नेकपा प्रेस विरोधी हो भन्छन्, संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने मै हुँ”, उहाँले थप्नुभयो, “यदि हामी प्रेस विरोधी थियौँ भने कसरी पूर्ण प्रेस स्वतन्त्रता लेख्थ्यौँ ?” रासस

राज्य मन्त्री चौधरी द्वारा ललितपुरका मासु पसलको अनुगमन,५ वटा पसल माथि प्रतिबन्ध

ललितपुर,असोज ५।कृषि राज्य मन्त्री रामकुमारी चौधरीको नेतृत्वमा शुक्रबार राजधानीका विभिन्न मासु पसलको अनुगमन भएको छ। ललितपुरको लगनखेलमा रहेको छुट्टाछुट्टै ५ ओटा मासु पसलमा कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्रीको टोलीले अनुगमन गरेका हुन। पशू बिभाग र खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशकहरु निर्मल कुमार बिमल , संजिप कुमार कर्ण ,प्राबिधिक टोली ,मन्त्रालयका कर्मचारी,प्रहरी ,प्रशासन र पत्रकारहरु सहित अनुगमनमा पुगेको टोलीले मापदण्ड बिपरित संचालन गरिएका ५ वटा मासु पसलमाथि प्रतिबन्ध समेत लगाएको छ। अनुगमनका क्रममा कुहिएको मासु प्लास्टिकको बोरामा फ्रिजिङ्ग गरेको,रागा भैंसी राख्ने ठाउँ र बदशाला एकै ठाउँमा रहेको,हिलोमा मासु काटदै गरेको,पसल दर्ता नभएको र कुनै पनि मापदण्ड पूरा नगरी संचालनमा रहेको भेटिएको छ । प्रहरी,प्रशासन र स्थानीय जनप्रतिनिधिको उपस्तिथिमा कुहिएको मासु नस्ट गर्ने बताएको छ। अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको पाइएकाले प्रतिबन्ध लगाउनु परेको पशु बिभागका महानिर्देशक निर्मल कुमार बिमलले जानकारी दिएका छन्। कुहिएको मासु सरसफाइ नगरी अनियन्त्रित ढंगबाट उपभोक्ताहरुलाई बेच बिखन गरेको पाइयो र यस्ले मानव स्वास्थमा नोक्सानी गर्ने गुण नियन्त्रण बिभागका महानिर्देशक संजिव कर्णले बताए। यस अघि राज्य मन्त्री चौधरीको नेतृत्वमा अनुगमन समितिको बैठक बसि १० बुदे निर्देशन जारी गर्दै देश व्यापी रुपमा अनुगमन अभियानको रुपमा संचालन गर्ने घोषणा गरेको थियो।

चार लुटेरा पक्राउ

गौशाला, असोज ३ । महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । लुटेराले मनरासिस्वा नगरपालिका–२ इटहर्वाका व्यापारी विनोद चौधरीसँग रहेको रु पाँच लाख लुटेका थिए । घरबाट गौशाला जाँदै गरेका यादवलाई गौशाला नगरपालिका–८ स्थित मरहा खोला नजिक पेस्तोल देखाउँदै नगद लुटेर उनीहरु भागेका थिए । पर्सा प्रहरी चौकीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बा२३प ४६०४ नं को पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । रासस

पानी छोएको भन्दै वडाध्यक्षबाटै कुटिए दलित युवा

सर्लाही, असोज ३ । पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ ।   सर्लाहीको विष्णु गाउँपालिका-२ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलार्य दलित भएर पानी छुने भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए ।   घटनाको भोलिपल्ट युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलगवामा गएर लिखित उजुर गरे । तर, घटना भएको एम महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारवाही नगरेपछि सघर्ष समितिले घटनाप्रति चासो देखाएको हो । नयाँ पत्रिकामा खबर छ ।

दलित भन्छन्– उस्तै छ हाम्लाई पीरलो, उस्तै छ छूवाछूत शासनमा

सन्तोष शर्मा बनियानी, झापा, २ असोज । लामो सङ्घर्षपछि कार्यान्वयनमा आएको संविधानका प्रावधान कार्यान्वयन नहुँदा उत्पीडित दलित समुदाय निराश भएका छन् । संविधान जारी हुँदा उत्साहित भएका ती समुदायले तीन वर्षपछि पनि आफूहरुसँग सम्बन्धित विषय कार्यान्वयन नभएको गुनासो गरेका हुन् । मुक्ति समाज नेपाल, केन्द्रीय अनुशासन कमिटी सदस्य सोमनाथ पोर्तेलले दलीतमैत्री संविधान निर्माण भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । संविधानमा दलीतका लागि निःशुल्क आवास, शिक्षा, स्वास्थ्य, जमीनलगायतको व्यवस्था भएको उहाँले बताउनुभयो । “मौलिक हकको धारा १६ देखि धारा ४७ सम्म ३७ वटा धारामा दलीत समुदायका लागि गरिएको व्यवस्था अत्यन्तै राम्रो छ” जिल्ला समन्वय समिति झापाका प्रमुख समेत रहनु भएका उहाँले भन्नुभयो, “संविधान उत्कृष्ट र जनपक्षीय छ ।” पोर्तेलले संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्दै थप अधिकार सम्पन्न बनाउने तिर लाग्नुपर्नेमा जोड दिनुभयो । उत्पीडित विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष टीकाराम मग्रांतीले नयाँ संविधान सान्दर्भिक भएको बताउनुभयो । “नेपालको नयाँ संविधान उत्कृष्ट छ,” उहाँले भन्नुभयो, “तर, संविधानले दिन खोजेको परिवर्तनको अनुभूति पाउन भने चुनौती देखिएको छ ।” संविधानले दलीत, उत्पीडित, महिलाका लागि गरेको व्यवस्था राम्रो भए पनि सोही अनुरुपको कानून बनाउने र व्यवहारमा उतार्ने कार्य नभएको उहाँको गुनासो छ । “प्रगतिशील संविधान बनेको छ” मेचीनगर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो, “तर, व्यवहारमा प्रतिगामी भयो भने असन्तुष्टि पैदा हुन्छ ।” संविधानले प्रदान गरेको अधिकार नेतृत्वले कार्यान्वयनका लागि के गर्छ भन्ने पर्खाइमा दलीत समुदाय रहेको उहाँले बताउनुभयो । लामो समयदेखि विभेद सहँदै आएका दलीत तथा उत्पीडित समुदायले नयाँ संविधान जारी भएपछि ठूलो आशा र भरोसा पाएको मुक्ति समाज प्रदेश नं। १ कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनुभयो । “तर, अपेक्षाकृत हुन सकेको छैन” उहाँले भन्नुभयो, “जातीय छुवाछूत ऐन २०६४ पारित गर्न छलफल भइरहेको छ, कार्यान्वयन हुने कुरामा विश्वास गर्न सकिने अवस्था छैन ।” पहाडमा रहेका कामी, दमाई र सार्कीलाई सरकारले खसआर्यमा नराखेकामा उहाँले गुनासो गर्नुभयो । “ब्राह्मण क्षेत्री जस्तै उनीहरु पनि हिन्दू धर्म मान्छन्”, उहाँँले भन्नुभयो, “एउटै धर्म मान्ने, एउटै भाषा र एउटै संस्कार मान्नेलाई खसआर्यमा नराखेर सरकारले विभेद गरेको छ ।” जातीय छुवाछूत गर्नेलाई कानुनी कारवाही गर्ने भनिए पनि प्रक्रिया झन्झटिलो हुँदा पीडितले न्याय पाउन नसकेको उहाँले बताउनुभयो । “संविधानले अधिकार दिएको छ, कार्यान्वयन छैन, दलीत र उत्पीडितले परिवर्तनको अनुभूति गर्न पाएका छैनन” उहाँले भन्नुभयो, संविधान कार्यान्वयन हुनुपर्छ । दलीत समुदायलाई संविधानले सामाजिक, राजनीतिक, आर्थिकलगायतका क्षेत्रमा पर्याप्त अधिकार र सुविधा उपलब्ध गराए पनि कार्यान्वयनको पक्ष ज्यादै फितलो भएको दलीत अधिकारकर्मी हर्कमाया विश्वकर्माले बताउनुभयो । “नयाँ संविधान–२०७२ ले दलीतको हक अधिकारलाई धेरै सुनिश्चित गरेको छ” उहाँले भन्नुभयो, “तर, संविधान कार्यान्वयनको पक्ष त्यति चित्त बुझ्दो छैन ।” स्थानीय तह, प्रदेश र सङ्घमा जनसङ्ख्याका आधारमा १३ प्रतिशत सहभागिताको माग गरे पनि पूरा नभएको उहाँले गुनासो गर्नुभयो । मुलुकी ऐन र संहितामा पनि दलीतको अधिकार कटौती गरिएको उहाँको दाबी छ । “मुलुकी संहिताको ७, ७०, १५७, १६० लगायतका धारामा गरिएको व्यवस्थाले घुमाउरो तरिकाले जातीय विभेदलाई प्रश्रय दिएको छ” उहाँले भन्नुभयो, “ती धारामा भएका व्यवस्थालाई सच्याइनु पर्छ ।” राससको समाचार (शीर्षक परिवर्तन गरिएको)

मन्त्री बिना मगरद्वारा कर्मचारीलाई विदेश भ्रमणमा नजान निर्देशन

काठमाडौं, असोज २ । खानेपानी मन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाएकी छन् । खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाउँदै मन्त्री मगरले कर्मचारीहरुको अनावश्यक विदेश भ्रमणमा रोक लगाएकी हुन् । उनले मन्त्रालयका सचिव, सहसचिव र मन्त्रालय मातहतका विभिन्न निकायका विभागीय प्रमुखहरुलाई मन्त्रालयमा बोलाई अनावश्यक विदेश भ्रमण रोक्न निर्देशन दिइन् । मन्त्री मगरले अहिले काम गर्नुपर्ने बेला आएकोले अनावश्यक हुने गरेको भ्रमण रोक्नु अति आवश्यक रहेको बताउँदै भनिन्, ‘अहिले काम गर्ने बेला हो । मिडियामा विदेश भ्रमणको सन्दर्भमा विभिन्न कुराहरु आएका छन् । यस्ता स–साना कुराले हामीलाई अप्ठ्यारो पार्छ । अति आवश्यक भए मात्र भ्रमणमा जाने हो नत्र भ्रमणमा नजानुहोला ।’ बैठकमा उनले थपिन्, ‘म आफैँ पनि भ्रमणको आवश्यकता हेरेर मात्र जान्छु नत्र जाँदिन । तपाईंहरु पनि नजानु होला । अति आवश्यक भए मात्र भ्रमण स्वीकृत हुन्छ नत्र हुँदैन ।’

प्रदीपले भने- ‘ अबदेखि चकलेटी हिरोको भूमिका गर्दिनँ’

नेपाली चलचित्र क्षेत्रका यी अभिनेता प्रदीप खड्का आफैंमा एक ब्रान्ड हुन् । उनको नामले नै फिल्म चल्छ भन्ने मान्यता धेरैको छ । ‘प्रेमगीत’ बाट रातारात चम्किएका उनी अभिनित नयाँ चलचित्र ‘रोज’ शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छ । निर्माणको बेलादेखि नै दर्शकमाझ यो फिल्मको व्यग्रताका साथ प्रतिक्षा थियो । चकलेटी लुक्सका प्रदीपको क्रिमिनल गेटअपले चलचित्रप्रति कौतुहलता सृजना गर्दा स्वर्गीय रोजी महर्जनको हत्याकाण्डबाट प्रेरित रहेको भन्दै केही समय विवादमा पनि तानियो । अन्ततः ‘रोजी’ टाइटलमा छायांकन सकिएको फिल्मको नाम रिलिजको अन्तिम समयमा आएर ’रोज’ राखियो । सस्पेन्स (क्राइम) थ्रीलर जनराको यस चलचित्र नायक प्रदीपको करिअरको सबैभन्दा अलग फिल्म रहेको छ । यसअघि यो जनरासँग उनको ३६ को आँकडा थियो । हरेक फिल्ममा हिरोइनको अघिपछि दौडिएका उनले पहिलो पटक अपराधीको भूमिका निभाएका छन् । आफ्नो प्रेमिकाको हत्या गर्न एक प्रेमी कसरी विवश हुन्छ भन्ने कथा फिल्मले वाचन गरेको छ । सम्भवतः नेपाली फिल्म इतिहासमा यो कथामा फिल्म निर्माण भएका छैनन् । समाजमा दिनहुँ घटिरहेको घट्नालाई फिल्मले सटिक ढंगबाट उठाएको छ । तर, कथा नयाँ भएपनि प्रस्तुती सबैभन्दा फितलो छ । ुरोजु लाई प्रदीपका ुहाईहार्ट फ्यानु ले उत्कृष्ट भनेका छन्, तर दर्शकको एक ठूलो वर्गले अपेक्षाअनुसार नबनेको प्रतिक्रिया जनाएका छन् । धेरैले उक्त फिल्मलाई प्रदीपको गलत छनौट समेत भनेका छन् । उनी भने पहिलो पटक फरक भूमिका प्रयोग गर्न पाएकोमा दंग छन् । शनिबार दर्शक प्रतिक्रिया बुझ्न गोपीकृष्ण हल पुग्दा उनले सञ्चारकर्मीसँग फिल्मलाई लिएर भएको असन्तुष्टिको विषयमा मुख खोले । उनले आफू अब चकलेटी हिरो भएर मात्र बस्न नचाहने बताए । ुमलाई केही फरक प्रयोग गरौँ भन्ने थियो । दर्शकको चाहना पनि त केही फरक भूमिकामा हेर्न चाहने थियो । ुरोजु मा निभाएको भूमिकाप्रति मलाई कुनै पश्चताप छैनु, उनले भने । उक्त फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन् । अभिनेत्री परमिता आरएल राणा र मिरुना मगर प्रदीपको अपोजिटमा छन् । अभिनेता कर्मा शाक्यले डिएसपीको भूमिका निभाएका छन् । यो फिल्मबाट अहिले अभिनेत्री मिरुनाको कामको प्रशंसा भइरहेको छ ।

नेपाललाई दोस्रो झट्का, पारस खड्का आउट

काठमाडौं, भदौ १७ । एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच वर्षाका कारण रोकिएको खेल फेरि शुरु भएको छ । १५२ रनको विजयी लक्ष्य पछयाएको नेपाललाई दोस्रो झड्का लागेको छ । नेपालका कप्तान पारस खड्काका आउट भएका छन् । खड्का के कृष्णको बलामा आउट भएका हुन । ताजा अवस्थामा नेपालले १६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ७६ रन बनाएको छ । अब नेपाललाई

नेपाललाई पहिलो झट्का, ४३ रन बनाएर अनिल आउट

काठमाडौं, भदौ १७ । एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच वर्षाका कारण रोकिएको खेल फेरि शुरु भएको छ । १५२ रनको विजयी लक्ष्य पछयाएको नेपाललाई पहिलो झड्का लागेको छ । नेपालका ओपनर अनिलकुमार साह के सुव्रमनियमको बलमा बोल्ड आउट भएका हुन । ३२ बल सामान गरेका साहले ४३ रन बनाएका थिए । अहिले क्रिजमा कप्तान पारस खड्का र सुभाष खकुरेल रहेका छन् । सुभाष १४ र पारस ११ रन बनाएर खेलिरहेका छन् । ताजा अवस्थामा नेपालले १३ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा ७१ रन बनाएको छ । अब नेपाललाई जितका लागि ८० रन आवश्यक छ । र उससँग ९ विकेट र ३७ ओभर बाँकी छ ।

पुलबाट कार खस्दा २ जना घाइते

चितवन, भदौ १५ । काठमाडौंबाट दाङ जाँदै गरेको कार शुक्रबार बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।   कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते हुनुभएको छ । पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । -रासस

खानेपानी मन्त्री बीना मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने पक्राउ

काठमाडौं, भदौ १५ । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाका सन्जिव दाहाल रहेका छन् । मन्त्री मगरको नागरिकता, राहादानी र हस्ताक्षर दुरुपयोग गरी सुन्धारास्थित नेपाल टेलिकमबाट भिआइपी सिम कार्ड झिक्दै गर्दा पक्राउ परेका दाहाल पत्रकार भएको खुलेको छ । उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कागजात प्रतिलिपीसहित सिमकार्ड झिक्दै गर्दा पक्राउ गरेको हो ।   दाहालले यसअगाडि पनि किर्ते काम गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

नेपाल भर्सेस युएईः नेपाललाई तेस्रो सफलता, बसन्तले लगे २ विकेट ! [LIVE]

काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपाल युएईको खेल भइरहेको छ । नेपालले आज टस जितेर फिल्डीङ रोजेको छ । यसैबीच, नेपाललाई तेस्रो सफलता मिलेको छ । तेस्रो विकेट बसन्त रेग्मीले लगेका छन् । उनले रामीज सहाज्डलाई ३५ रनमा पवेलियन फर्काएका हुन् । बसन्तले यसअघि पहिलो विकेटका रुपमा विस्फोटक ब्याट्सम्यान आश्फीक अहेमदलाई आउट गरेका थिए । त्यस्तै, सन्दिपले युएइका कप्तान रोहन मुस्तफालाई आउट गरेका थिए । नेपाल आज बुधबार ओमानसँगको नमिठो हारको बदला लिन मैदान उत्रिदै छ । नेपालले एसिया कप टनोट हुनका लागि अब सबै खेल जित्नु पर्ने दबाब छ । ओमानविरुद्ध नेपालको मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो । जहाँ सागर पुनको ८३ रनको इनिङ उल्लेखनीय थियो । एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएको पहिलो खेलमै सागरले शानदार प्रदर्शन गरेका हुन् । तर, बुधबार नेपाल युएइसँग ७ विकेटले पारजित भयो । लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुस् तर, हिजोको खेलमा नेपालको बलिङ प्रदर्शन सन्तोषजनक रहेन । नेपालको बलियो पक्ष मानिएको बलिङ नै लडखडाएपछि नेपालले सुरुआती हार व्यहोर्नुपरेको हो । आजको खेलमा ब्याटिङ र बलिङको सन्तुलन मिलाउनु आवश्यक छ । युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो । युएईसँगको सातौं भेटमा मात्र नेपालले जित निकाल्न सकेको थियो । सन् २०१२ को एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले यूएईलाई ४ विकेटले हराएको थियो भने फाइनल खेल रोमाञ्चक बराबरीमा सकिएको थियो । नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा भिडेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।