आइपीएलः सञ्जुले प्रहार गरे शतक, हैदराबादले पायो १९९ रनको लक्ष्य

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध राजस्थान रोयल्सले १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनायो ।

उसका लागि सन्जु स्यामसुनले ५५ बलमा शतकीय पारी खेले । त्यसक्रममा उनले ४ छक्का र १० चौकाका साथ १०२ रनमा नट आउट रहे । यस्तै कप्तान अजिंक्य रहाणेले ४९ बलमा ७०, बेन स्टोक्सले नट आउट १६ र जोस बटलरले ५ रन बनाए । बलिङमा रशिद खान र शाहवाज नदिमले एक–एक विकेट लिए ।

रत्नपार्क आउँदै गरेको बस दुर्घटना, ३ गम्भीर घाइते

काठमाडौं, चैत १२ । दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी घाइते भएका ३५ मध्ये ३ को अवस्था गम्भीर रहेको छ । ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए। उनका अनुसार घाइतेहरूलाई मनमोहन र वयोधा अस्पतालमा उपचारको लागि पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको गरिएको छ। दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए । उनले भने,‘दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रधानमन्त्री ओली भन्छन्, ‘जेलमा बसालेर भए पनि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउँछौं’

काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उनले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट पारे । उनले भने, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।” अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताउँदै उनले भने, ‘उहाँहरु सहज भएर आउनुहुन्छ । नभए जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ ।’’ प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जिकिर गरे । उनले शान्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउनका लागि सरकारले सबै पक्षसँग छलफल गर्दै सहमति गराउन थालेको जानकारी दिए । ‘शान्ति प्रक्रियाको काम अव लामो समयसम्म राखेर कसैलाई खेल्न दिनुहुँदैन’’, उनले भने, ‘कानूनी संरचना तयार भइसकेकाले अब समुचित ढङ्गले अविलम्ब शान्ति प्रक्रियालाई टुङग्याउने हो ।’’ उनले आज बस्ने मन्त्रिपरिषद् बैठकले शान्तिप्रक्रिया टुङ्ग्याउने दुई आयोग सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगका पदाधिकारी सिफारिस गर्नका लागि सिफारिस समितिसमेत गठन गरिने जानकारी दिए । प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले गरेका राम्रो कामको प्रचार गर्न तथा जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदसँग उनले आग्रह गरे । प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति र कार्यक्रमका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर फर्कन पनि सांसदसँग अनुरोध गरे । २५ वर्षे लक्ष्य बनाइने प्रधानमन्त्री ओलीले सरकारले २५ वर्षे विकासको लक्ष्य बनाउन थालेको जानकारी दिँदै उक्त लक्ष्यलाई ध्यानमा राखेर समेत योजना ल्याउन सांसदसँग आग्रह गरे । उनले विस्तारै विश्व नै समाजवादतर्फ उन्मुख भइरहेको बेला नेपाल पनि समाजवादको ल्याउन सरकार दृढ छ भन्दै सामाजिक न्यायसहितको समाजवाद ल्याउन दिशामा सरकार क्रियाशील रहेको बताए । नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टी एकताको कामलाई चाँडै टुङग्याइने समेत बताए । ‘हामीले पार्टीको सम्पूर्ण तहको एकीकरण उहिल्यै गरिसक्नुपर्ने थियो । एक महीनामा हुनुपर्ने पार्टी एकीकरणको काम दश महीनामा सकिएको छैन’’, उनले भने, ‘अब पार्टी एकतालाई छिट्टै टुङ्ग्याउँदैछौँ । अर्का अध्यक्ष प्रचण्ड अमेरिकाबाट आउनेबित्तिकै एकतालाई टुङग्याउछौँ ।’

नेकपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं, चैत ११ । संघीय संसदको दुबै सदनको तेस्रो अधिवेशन सकिए लगत्तै सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्माणमा सहयोगको पहल थालेको छ । संसदको चौंथो अर्थाट बजेट अधिवेशनको सुरुवातमै सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि नेकपाले त्यसमा समावेश हुने कार्यक्रम र अवलम्बन गर्नुपर्ने वार्षिक नीति सम्बन्धमा छलफल थाल्न लागेको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नयाँ आवको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने भएपछि सो अगावै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित हुनुपर्ने छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा बिहान ११ बजे बस्ने संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सोही अनुसारको तयारीमा जुट्न निर्देशन दिने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, संसद अधिवेशन समेत नभएको समय गाउँ गाउँ गएर जनताको प्राथमिकता बुझ्न तथा प्राथमिकताका आधारमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने योजनाबारे सुझाव दिन प्रधानमन्त्री ओलीले आफ्नो दलका सांसदलाई निर्देशन दिने छ । बैठकमा तेस्रो अधिवेशनको समीक्षा हुनुका साथै सरकारको कामबारे समेत सांसदबाट सुझाव तथा प्रतिक्रिया लिने तयारी दलको छ । सरकार र सीके राउतबीचको सहमति, नेत्रविक्रम चन्द समूहको गतिविधिमा लगाईएको प्रतिबन्ध लगायतमा भने पार्टी कै शीर्ष नेताले विरोध गर्दै आएका छन् । कान्तिपुरदैनिकबाट

दुर्लभ ‘बाघ’ हुन् प्रचण्ड, माछा जस्तो बल्छीमा पर्दैनन् !

दिलनिशानी मगर : बर्दिया राष्ट्रिय निकुञ्जमा कहिलेकाहीँ दुर्लभ पाटेबाघ देखिन्छ भन्छन् । होला र त भनेका होलान् । यो दुर्लभ पाटेबाघ देखिएपछि वन्यजन्तु हेरचाह गरेर बसेका मनुष्य बडो हल्लाखल्ला गर्छन् । एकबारको जुनीमा तिनको सम्पूर्ण अनुसन्धानको काम फत्ते भएजसरी ती एकआपसमा हर्षबढाइँ गर्छन् । नेपालमा चुरेको ८ सय मिटरसम्म मात्र पाटेबाघ पुगेको रेकर्ड छ । तर यो दुर्लभ पाटेबाघका आहार, आनीबानी र तिनको वासस्थान सधैं एकनासको भने हुँदैन । दुर्लभ पाटेबाघको शरीरमा विज्ञ मनुष्यहरू क्यामरा झुण्ड्याएर दैनिक निगरानी गर्न लालायित हुन्छन्, जियोग्राफी र डिस्कभरी च्यानलमा जस्तो । मलाई ती च्यानलहरूमा बाघले मृग लखेटेको बडो मन पर्छ । आहाराका लागि संघर्षका कथाव्यथा त्यहाँ देख्न पाइन्छ । के मनुष्य जातिहरूको संघर्ष वन्यजन्तुको भन्दा कम संघर्ष छ त ? अधिकारका निम्ति, स्वतन्त्रताका निम्ति र दासत्वबाट मुक्त हुनका निम्ति । प्रचण्ड अमेरिका उड्नुभन्दा अघिल्लो दिन उनको निवासमा पुगेर भेट्ने अवसर यस पंक्तिकारलाई मिलेको थियो । नेपालको सम्पूर्ण राजनीतिक परिवर्तनसँग खुशी नभएका केही नेपाली मूलका अमेरिकीहरूबाट आफूलाई सामान्य विरोध वा असहज स्थिति निम्तिन सक्ने आँकलन प्रचण्डले राम्रोसँग गरेका थिए । त्यस्ता किसिमका सूचनाहरू प्राप्त पनि भएका थिए । पंक्तिकारको एकसरो पगरी गुथेको मलाई के लाग्छ भने नेपालको राजनीतिमा प्रचण्ड भन्ने जिनिस दुर्लभ पाटेबाघ हुन् । जनताको न्याय, नागरिक सर्वोच्चता, जनताको शासन र जनताको मौलिक हकका निम्ति उनले आफ्नो जीवनयात्रमा थुप्रैपटक क्रमभङ्ग गरेका छन्, छलाङ मारेका छन्, नियमिततामा आकस्मिक निर्णय गरेर चमत्कारपूर्ण कदमहरू चालेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको गजमा सबैभन्दा धेरै इँटा कसैले राखेको छ भने प्रचण्डले राखेको छ । प्रचण्ड अर्थात दुर्लभ पाटेबाघ यसपटक अमेरिकाको यात्रामा निस्कियो । केही समयअगाडि उसले भेनेजुएला मामिलामा अमेरिकालाई ललकारेको थियो । के पाटेबाघ गर्जिन कुनै आइतवार पर्खिनुपर्छ र ? जतिबेला उसलाई गर्जिनुपर्छ भन्ने हेक्का हुन्छ, ऊ एक गर्जिन्छ, दुई गर्जिन्छ, तीन गर्जिन्छ । उसको मुख कुनै माईकालालले थुन्न सक्दैन । तर पाटेबाघ देखेर अमेरिकामा रहेका केही नेपालीमूलका पर्यटकहरूको (पर्यटकहरू यस अर्थमा कि उनीहरू नेपालमा कुलपूजा गर्न भिजिट भिसामा आउँछन्) मन लोभियो । र उतै समातेर चिडियाखानामा राख्ने फुटकर कदम चाले । तर तिनलाई थाहा थिएन यो पाटेबाघको हुँकार सुनकोशीको माछाले चारा खोज्दै बल्छीमा झुण्डिन आए जस्तो हैन । पत्नी सीता दाहाल अर्थात् प्यारी बघिनीको उपचारका लागि उनको अमेरिका उडान पूर्वप्रधानमन्त्री र नेपालको सबैभन्दा ठूलो पार्टी नेकपाको अध्यक्षको हैसियतमा थियो । उनी मेक्सिकोको बाटो हुँदै दर्जनौं दिन जंगलको बाटो हिँडेर मानव तस्करहरूको साथमा लागेर लुकीलुकी अमेरिका छिर्ने प्रयास गरिरहेका थिएनन् । उनी कलाकार र पत्रकारको भेषमा त्यहाँ पुगेर शरणार्थीको आवेदन दिन हिँडेका पनि थिएनन् । तत्कालीन माओवादीले कुटेको भन्दै बाटोमा हिँड्दा पल्टेर लागेको चोट देखाउन फर्जी कागजातसँग त्यहाँ जान लागेका पनि थिएनन् । अरे यार, प्रचण्ड अमेरिका जान कसलाई सोध्नुपर्ने ? कसको अनुमति लिनपर्ने ? कसको निगाहा बक्स हुनुपर्ने ? उनी बगैंचाको फूलमा जल चढाउनका लागि गएका हैनन्, पेट्रोल पम्पमा बिजुलिको खम्बा जस्तो उभिएर पेट्रोल हाल्नका लागि वा कुनै रेस्टुरेन्टमा चिकन पिज्जा बेच्नका लागि पनि अमेरिका गएका हैनन् । वास्तवमा उनी एउटा राजनीतिक र कूटनीतिक अभीष्ट लिएर अमेरिका हान्निएका हुन् । अमेरिकाकै आग्रहमा उनले उडान भरेका हुन् । सामाजिक सञ्जालमा लोतेपोते कुरा गरे जस्तो हैन, रणनीतिक तथा राजनीतिक उद्देश्यका लागि उनी अमेरिका गएका हुन् । अर्को कुरा जानै नहुने अमेरिका कसको पिताजीको बिर्ता हो र ? भौगोलिक रूपमा नेपाल सानो भए पनि यो डाइनामिक देश हो । चीन र भारतको बीचको डमरु हो, तरुल हैन । पक्कै पनि भेनेजुएलाको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति निकोलस मडुरोका पक्षमा र अमेरिकाको विरोधमा प्रचण्डले विज्ञप्ति जारी गरेको धेरैलाई मन परेको छैन । तर कुनै सार्वभौमसत्ता प्राप्त देशका पक्षमा बोल्न किन डराउने ? के प्रचण्डको त्यो राजनीतिक कदम थिएन ? के त्यो विज्ञप्ति हाम्रा छिमेकी देशहरू भारत र चीनलाई अनौठो किसिमको झड्का वा सन्देश थिएन ? प्रचण्ड अमेरिका उड्नुभन्दा अघिल्लो दिन उनको निवासमा पुगेर भेट्ने अवसर यस पंक्तिकारलाई मिलेको थियो । नेपालको सम्पूर्ण राजनीतिक परिवर्तनसँग खुशी नभएका केही नेपाली मूलका अमेरिकीहरूबाट आफूलाई सामान्य विरोध वा असहज स्थिति निम्तिन सक्ने आँकलन प्रचण्डले राम्रोसँग गरेका थिए । त्यस्ता किसिमका सूचनाहरू प्राप्त पनि भएका थिए । तर अमेरिकी सरकारको तर्फबाट र नेपालस्थित अमेरिकी दूतावासबाट सबै किसिमका कानूनी, रणनीतिक तथा राजनीतिक प्रक्रिया पूरा गरेपछि प्रचण्ड अमेरिका गएका हुन् । यतिसम्म कि अमेरिकी राजदूत स्वयं खुमलटारस्थित निवासमा आएर प्रचण्डको अमेरिका भ्रमणको सम्पूर्ण सहजीकरण गरिदिएका थिए । अमेरिकामा प्रचण्डविरुद्ध एकजना मनुष्यले एउटा आतंककारी यतै घुम्दैछन्, मलाई कहाँ उजुरी गर्नुपर्ने हो थाहा छैन भन्दै एकदम चेपारो घसेर केही रिफ्रेन्सका साथ ईमेलमार्फत उजुरी गरेर आफू खाँटी शरणार्थी हुनुको धर्म निर्वाह गरेछन् । तर अमेरिकामै रहेका पत्रकार किशोर पन्थीका अनुसार, एफबीआईकै सेक्युरिटी क्लीयरेन्सपछि भिसा प्राप्त गरेर अमेरिका आएका प्रचण्डविरुद्ध एफबीआईमा उजुरी हालेको भन्दै बकबास गर्नुको कुनै अर्थ थिएन । बरू गलत नियतवश कसैको विरुद्ध उजुरी दिँदा यूएस कोड सेक्सन १००१ को टाइटल १८ अनुसार उजुरी दिने व्यक्तिलाई नै जेल, जरिवाना वा दुवै सजाय हुनसक्ने उनको तर्क थियो । प्रचण्ड को हो अमेरिकाले राम्रोसँग चिनेको छ । प्रचण्डको विगत पनि अमेरिकालाई थाहा छ । र वर्तमान पनि थाहा छ । त्यसैले प्रचण्डसँग अमेरिकाले सहकार्य गरेको छ । हो, केही नजिरहरू पक्कै छन् जस्तो कि गुजरातको मुख्यमन्त्री रहेको समयमा नरेन्द्र मोदीलाई अमेरिकाले भिसा दिएको थिएन किनभने उनलाई गुजरातमा भएको साम्प्रदयिक दंगाको भागीदार रहेको दाबी गरिएको थियो । भलै त्यो पुष्टि हुन सकेन तर मोदीप्रति अमेरिकाको शंका कायम थियो । तर मोदी प्रधानमन्त्री निर्वाचित भएपछि अमेरिकाले उनलाई भव्य स्वागत गर्‍यो । रातो कार्पेट बिछ्याएर संसदमा सम्बोधन गरायो । पूरै संसद् मोदीको सम्मानमा पटकपटक जुरुक्कै उठ्यो । त्यसैले राजनीतिमा कोही स्थायी र अस्थायी दुश्मन हँुदैनन् भन्ने बुझ्नुपर्छ । अब जनधनको क्षतिको कुरा गर्ने नै हो भने अमेरिकाले अहिलेसम्म जित हासिल गर्न नसकेको अफगान युद्धमा कति बालबालिका, महिला, डाक्टर र नर्सहरू मारिए ? सिरियाकै कुरा गरौं, आकाशबाट बम खसाल्दा त्यहाँ आदिवासीका बस्तीहरू, प्राचीन कालका सम्पदाहरू पूरै ध्वस्त भएका छन् । अब अमेरिकालाई के भन्ने ? संसारमा सबैभन्दा धेरै हतियार बिक्री अमेरिकाले नै गर्छ । सेल्फ डिफेन्सको नाममा त्यहाँका नागरिक खुलमखुला हतियार बोकेर हिँड्छन्, स्कूलमा ‘मास शूटिङ’ गर्छन् । अब यसलाई के भन्ने ? नेपालमा सशस्त्र द्वन्द्वकालमा मानवअधिकार उल्लङ्घन गरेको र यातना दिएको भन्ने उजुरीका आधारमा सन् २०१३ मा यूकेमा नेपाली सेनाका एक वरिष्ठ अधिकारी कुमार लामा पक्राउ परेपछि तत्कालीन नेकपा माओवादी र प्रचण्डले नेतृत्व गरेको सरकार झस्किएकै हो । तर याद गर्नुपर्ने पक्ष के हो भने महासेनानी लामाले सन् २०१६ को सेप्टेम्बरमा सफाइ पाएका थिए । सबैलाई थाहा भएको कुरा हो, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही महिनाअघि अमेरिका भ्रमणको निम्तो पाए । दशकौंदेखि गतिमान हुन नसकेको अमेरिका र नेपालको कूटनीतिक सम्बन्धमा रणनीतिक बल पुग्यो । भौगोलिक रूपमा नेपाल सानो भए पनि यो डाइनामिक देश हो । चीन र भारतको बीचको डमरु हो, तरुल हैन । पक्कै पनि भेनेजुएलाको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति निकोलस मडुरोका पक्षमा र अमेरिकाको विरोधमा प्रचण्डले विज्ञप्ति जारी गरेको धेरैलाई मन परेको छैन । तर कुनै सार्वभौमसत्ता प्राप्त देशका पक्षमा बोल्न किन डराउने ? के प्रचण्डको त्यो राजनीतिक कदम थिएन ? के त्यो विज्ञप्ति हाम्रा छिमेकी देशहरू भारत र चीनलाई अनौठो किसिमको झड्का वा सन्देश थिएन ? बुझ्नुपर्ने विषय के हो भने प्रचण्डको अमेरिका भ्रमण पहिलोपटक भएको हैन । संयुक्त राष्ट्रसङ्घको ६३औं महासभामा सहभागी हुन सेप्टेम्बर २००८ मा जर्मनी हुँदै अमेरिकाको न्यूयोर्क गएका थिए प्रचण्ड । त्यहाँ उनको भेट अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशसँग पनि भएको थियो । प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकालमा उनले युरोपेली मुलुक फिनल्यान्ड भ्रमण गरे । विगतमा अस्ट्रेलियाको भ्रमण अचानक स्थगित गर्नुपरे पनि उनी युरोपमा पाइला नटेकेकै भन्ने हैन । बरू ती भ्रमणहरू नेपालको शान्तिप्रक्रिया, नयाँ संविधान बनाउने प्रक्रिया आदि विषयमा अन्तर्राष्ट्रिय जगतको समर्थन, साथ तथा सहयोगको अपेक्षामा केन्द्रित थिए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको युद्धमा १७ हजार मानिस मरे । सरकारका मानिस पनि मरे । विद्रोही मानिस मरे । धेरै घाइते भए, धेरैका काख रित्तिए । तर यस्तो काम प्रचण्ड एक्लैले गरेका हैनन् । अर्थात् प्रचण्ड मात्रै मुख्य पात्र हैनन् । सरकार पक्षका तत्कालीन गृहमन्त्रीहरू, रक्षामन्त्रीहरू, प्रधानमन्त्रीहरू, सेनापतिहरू सबै भागिदार छन् । तर प्रचण्डलाई युरोप वा अमेरिका टेक्न दिन्नँ, हेग लग्छु भन्ने केही आवाज पनि सुनिन्छन् । उदेक लाग्छ । ती आवाजहरू कहिले गंगामाया त कहिले अभियन्ता डाक्टरको पगरी गुथेका गोविन्द केसीको अभिनयबाट प्रतीत हुन्छ । अर्को कुरा के छ भने नेपालमा सशस्त्र द्वन्द्वकालमा मानवअधिकार उल्लङ्घन गरेको र यातना दिएको भन्ने उजुरीका आधारमा सन् २०१३ मा यूकेमा नेपाली सेनाका एक वरिष्ठ अधिकारी कुमार लामा पक्राउ परेपछि तत्कालीन नेकपा माओवादी र प्रचण्डले नेतृत्व गरेको सरकार झस्किएकै हो । तर याद गर्नुपर्ने पक्ष के हो भने महासेनानी लामाले सन् २०१६ को सेप्टेम्बरमा सफाइ पाएका थिए । हेर्नुहोस्, तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको युद्धमा १७ हजार मानिस मरे । सरकारका मानिस पनि मरे । विद्रोही मानिस मरे । धेरै घाइते भए, धेरैका काख रित्तिए । तर यस्तो काम प्रचण्ड एक्लैले गरेका हैनन् । अर्थात् प्रचण्ड मात्रै मुख्य पात्र हैनन् । सरकार पक्षका तत्कालीन गृहमन्त्रीहरू, रक्षामन्त्रीहरू, प्रधानमन्त्रीहरू, सेनापतिहरू सबै भागिदार छन् । यो १७ हजारको आँकडामा तत्कालीन माओवादीले मात्रै १७ हजार मारेको भन्ने भ्रम छ जबकि त्यो सत्य हैन । दुवै पक्षबाट भएको सम्पूर्ण क्षति त्यति हो । र ती क्षतिहरू राजनीतिक उद्देश्य प्राप्तिका लागि थिए । साहसिक निर्णयले देशमा ठूलाठूला परिवर्तन सम्भव भएका छन् । दुईपटक प्रधानमन्त्री भइसकेको, नेपालको सबैभन्दा ठूलो दलको अध्यक्ष जो दुईतिहाइको सरकार सञ्चालन गरिरहरेको छ, उनको अमेरिका भ्रमणप्रति असभ्यता देखाउनु केवल परिवर्तनविरोधीको स्यालहुइँया बाहेक अरू के हुन सक्ला र ? जस्तो कि हिजो राणा शासन हटाएर प्रजातन्त्र ल्याउँदा पनि त्यस्तै क्षतिहरू भएकै थिए । कुन चाहिँ राजनीतिक आन्दोलनमा मानवीय क्षति भएको छैन र ? शान्तिपूर्ण भनिएको १९ दिने जनआन्दोलनमा केके भयो ? त्यसकारण युद्ध अपराधी नै हुने हो भने पृथ्वीनारायण शाहलाई पनि युद्ध अपराधीको बिल्ला भिराउनुपर्ने हुन्छ । तर के नेपाली जनता त्यसका लागि तयार हुन सक्छन् त ? सक्दैनन् । पक्कै सक्दैनन् किनभने नेपाल भन्ने देश निर्माण गर्नका लागि गोर्खा फौजले बर्बरता गरेको कुरा जायज थियो भन्ने वीरताको गाथा यो वा त्यो बहानामा स्थापित भइसक्यो । त्यसैले श्रीमतीको उपचारमा आएका एक पतिको भावनाको कदर गर्नु त्यो जायज हुन्छ । बरू संसारका सबै पतिहरूले प्रचण्डबाट पाठ सिक्नुपर्छ । विश्वले एक नेताका रूपमा स्वीकार गरिसकेको व्यक्ति मात्र हैन, संस्था हो प्रचण्ड । उनकै साहसिक निर्णयले देशमा ठूलाठूला परिवर्तन सम्भव भएका छन् । दुईपटक प्रधानमन्त्री भइसकेको, नेपालको सबैभन्दा ठूलो दलको अध्यक्ष जो दुईतिहाइको सरकार सञ्चालन गरिरहरेको छ, उनको अमेरिका भ्रमणप्रति असभ्यता देखाउनु केवल परिवर्तनविरोधीको स्यालहुइँया बाहेक अरू के हुन सक्ला र ? अमेरिकाले दाबी गरेजस्तै ऊ विश्व शान्ति चाहन्छ भने संयुक्त राष्ट्रसंघको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको तत्कालीन नेकपा माओवादीको सेना तथा हतियार व्यवस्थापनबारे उसले आफ्नो भूमिकाको जस लिन्छ नै र यसका लागि प्रचण्डको प्रशंसा पनि सँगसँगै गर्छ । तीन तोला सुनका कुरा आए । उपचार खर्चका कुरा आए । हिजो त्यस्तो, आज किन यस्तो भन्ने आलोचना पनि आए । केही प्रश्नहरू स्वाभाविक पनि छन् । तर सिंगापुरमा उपचार सम्भवप्रायः हुन नसकेको र त्यहाँका डाक्टरले अमेरिकामा एकपटक पुर्‍याउन सके उपचार सम्भव हुने आश्वासनपश्चात् सीता दाहालको जिद्दी बढेकै थियो । प्रचण्ड आफूमा कन्भिन्स्ड थिए, अब यो रोग लाग्यो, निको चाल हुन्न भन्ने कुरामा । तर पत्नीको अडान टसमस हुन सकेको थिएन । बारम्बार अमेरिकाको भ्रमण स्थगित हँुदा कूटनीतिक रूपमा त्यो राम्रो भइराखेको पनि थिएन । अमेरिकास्थित नेपाली दूतावासको केही सहयोग र त्यहाँ रहेका कार्यकर्ताहरूको जोहोमा प्रचण्ड अमेरिका गए । आफ्नो ‘इलाका’मा त भुस्याहा कुकुरहरू पनि आफूलाई शक्तिमान ठान्छन् भने जस्तो प्रचण्डमाथिका प्रहारहरू नेपालमाथिका प्रहार हुन्, राजनीतिक विरोध गर्ने छुट सबैलाई छ तर विदेशी भूमिमा आफ्नो देशको नेता पक्राउने दुस्साहस गलत हो । संयुक्त राज्य अमेरिकाले प्रचण्डका लागि ‘नो इन्भेस्टिगेसन’ सर्कुलर जारी गरेको कुरा तिनलाई थाहै भएन । अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रूपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । प्रचण्डसँग विवादहरू भए पनि कहिल्यै शत्रुतापूर्ण सम्बन्ध नरहेको र मिलेर नै शान्तिको बाटो खोजिएको लेखेका छन् । डेलिसीले पुराना कुरामा अल्झिनुभन्दा समृद्ध नेपालका लागि अघि बढ्नु राम्रो हुने सुझाव पनि दिए । उनले लेखे, ‘हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ । अनि नेपाल देशका नेताप्रति मेरो चासो रहने गर्छ । हामी बारम्बार भेट गर्थ्यौं, हाम्रा भेटहरू गतिशील प्रकृतिका हुन्थे, कहिलेकाहीँ विवादहरू हुन्थे । तर शत्रुतापूर्ण सम्बन्ध कहिल्यै भएन । हामीले मिलेर शान्तिको बाटो खोज्यौं । प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो । त्यसकारण प्रचण्डको भ्रमण अमेरिकाको चाहनामा भएको हो । यस्तै प्रचण्ड अमेरिका पुगिसकेपछि नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले प्रचण्डलाई भेटेर निकै खुशी हुँदै फोटो खिचेर आफ्नो फेसबूकमा पोस्ट गरेका छन् । यसबाट पनि अमेरिकाले प्रचण्डलाई हेर्ने रणनीतिबारे थाहा हुन्न र ? आफ्नो सहकार्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको कुरा डेलिसीले फेसबूकमार्फत बताएका छन् । उनले प्रचण्डसँग विवादहरू भए पनि कहिल्यै शत्रुतापूर्ण सम्बन्ध नरहेको र मिलेर नै शान्तिको बाटो खोजिएको लेखेका छन् । डेलिसीले पुराना कुरामा अल्झिनुभन्दा समृद्ध नेपालका लागि अघि बढ्नु राम्रो हुने सुझाव पनि दिए । उनले लेखे, ‘हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ । अनि नेपाल देशका नेताप्रति मेरो चासो रहने गर्छ । हामी बारम्बार भेट गर्थ्यौं, हाम्रा भेटहरू गतिशील प्रकृतिका हुन्थे, कहिलेकाहीँ विवादहरू हुन्थे । तर शत्रुतापूर्ण सम्बन्ध कहिल्यै भएन । हामीले मिलेर शान्तिको बाटो खोज्यौं । संयुक्त राज्य अमेरिकाले प्रचण्डका लागि ‘नो इन्भेस्टिगेसन’ सर्कुलर जारी गरेको कुरा तिनलाई थाहै भएन । अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रूपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । पक्कै पनि नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकाको ठूलो हात छ । अमेरिकाले दाबी गरेजस्तै ऊ विश्व शान्ति चाहन्छ भने संयुक्त राष्ट्रसंघको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको तत्कालीन नेकपा माओवादीको सेना तथा हतियार व्यवस्थापनबारे उसले आफ्नो भूमिकाको जस लिन्छ नै र यसका लागि प्रचण्डको प्रशंसा पनि सँगसँगै गर्छ । वार्ताको माध्यमबाट शान्तिको बाटो समातेर संविधान मानेर, मूलधारको राजनीतिको बलियो खम्बा बनेका प्रचण्डलाई अमेरिकाले अझै पनि आतंककारीको बिल्ला भिराइरहन सक्दैन भन्ने कुरा सबै थाहा छ । र यो कुरा धेरैलाई थाहा छ, प्रचण्ड दुर्लभ पाटेबाघ हुन्, माछा जस्तो बल्छीमा पर्दैनन् । यो आलेख लोकान्तर डटकमबाट साभार गरिएको हो ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै

काठमाडौं, चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे बैठकलाई सम्बोधन गर्ने छन् । प्रतिनिधिसभाको बैठकमा १ बजे सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यसूची भएपनि २ घन्टा पर सारिएको प्रधानमन्त्री प्रेस संयोजक अधिकारीले जानकारी दिए । संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदैछ।

गेलको अगाडि सबै फेल! आइपीएलमा यसपटक तोडिएला यो रेकर्ड?

काठमाडौं, चैत ९ । वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलले २०१३ मा इन्डियन प्रिमियर लिग (आइपीएल)मा एक खेलमा सर्बाधिक रन बनाउने रेकर्ड बनाएका थिए । त्यसबेला उनले पूणे वारियर्स विरुद्धको खेलमा रोयल च्यानेजर्स ब्यङ्लोर (आरसीबी) का लागि ६६ बलमा १७५ रनको शानदार पारी खेले । यो रेकर्ड बनेको ५ वर्ष पुगिसकेको छ । तर, अहिलेसम्म पनि कुनै ब्याट्सम्यानले अहिलेसम्म यो रेकर्ड तोड्न सकेका छैनन् । के १२औं संस्करणको आइपीएलमा गेलको यो रेकर्ड तोडिएला? यो रेकर्ड तोड्न सक्ने ब्याट्सम्यानको चर्चा पनि फेरि हुन थालिको छ । गेलको उक्त रेकर्ड तोड्नसक्ने ५ खेलाडी यी हुन सक्छन्– विराट कोहलीः आइपीएलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको प्रदर्शन हुने गर्छ । गत सिजनमा उनले उत्कृष्ट प्रदर्शन गरे । विराटले पूरा सिजन ४ अर्धशतकको मद्दतमा ५३० रन बनाए । यो वर्ष पनि उनी शानदार प्रदर्शन गरिरहेका छन् । विराटले यही लयलाई आइपीएलमा देखाउन सक्ने हो भने गेलको रेकर्ड तोडिन सक्छ । रोहित शर्माः भारतीय क्रिकेट टोलीका ओपनर रोहित पनि आइपीएलमा गेलले बनाएको रेकर्ड तोड्न सक्ने ब्याट्सम्यान हुन् । मुम्बई इन्डियन्स टोलीका कप्तानसमेत रहेका रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कयौं पटक ठूलो स्कोर बनाएका छन् । उनकै नेतृत्वमा आइपीएलमा मुम्बईले तीन पटक उपाधि पनि जितिसकेको छ । रोहित भारतीय क्रिकेट टोलीका एक यस्ता ब्याट्सम्यान हुन् जसले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ शतक प्रहार गरेका छन् । यसले पनि प्रमाणित गर्न सक्छ उनले गेलको रेकर्ड तोड्न सक्छन् । क्रिस लिनः अष्ट्रेलियाका स्टार ब्याट्सम्यान क्रिस लिन पनि आइपीएलमा गेलको रेकर्ड तोड्न सक्ने खेलाडीको सूचीमा छन् । आइपीएल २०१६ मा उनले गुजरात लायन्सविरुद्ध ४१ बलमा ९३ रन प्रहार गरेका थिए । आइपीएलमा उनको स्ट्राइक रेट करिब १५८ छ । महेन्द्रसिंह धोनीः चेन्नई सुपर किंग्सका कप्तान धोनीले गत सिजनमा शानदार प्रदर्शन गरेका थिए । साथै, उनको टोलीले नै ११औं संस्करणको आइपीएल उपाधि जितेको थियो । गत सिजनमा धोनीले १५० बढीको स्ट्राइक रेटका साथ रन बनाएका थिए । यदि उनले गेलको रेकर्ड तोड्ने हो भने ब्याटिङ पोजिसन परिर्वतन गरेर प्रदर्शन गर्नुपर्ने हुन्छ । ऋषभ पन्तः ऋषभले गत वर्षको आइपीएल सिजनमा शानदार प्रदर्शन रह्यो । उनले गत संस्करणमा एक शतक र पाँच अर्धशतक प्रहार गरेका थिए । आइपीएलमा ऋषभको उच्च स्कोर १२८ हो । आइपीएलमा उनको स्ट्राइक रेट १६२.७१ छ । यदि यो पटक पनि ऋषभ पन्तको प्रदर्शन शानदार रहने हो भने गेलको रेकर्ड तोडिन पनि सक्छ । ऋषभ दिल्ली क्यापिटल्सका विकेटकीपर एवं ब्याट्सम्यान हुन् ।

नेकपाका तल्ला तहमा धमाधम एकता, १५ जिल्लामा वडा तहसम्म एकीकरण

काठमाडौं, चैत ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि अल्झिए पनि स्थानीय तहमा भने धमाधम एकीकरण भइरहेको छ । गण्डकीबाहेक सबै ६ वटा प्रदेश संगठन कमिटीले स्थानीय तहमा एकीकरण गराउँदै छन् । प्रदेश ३ ले तीन र ५ ले पाँच जिल्लाका वडा तहसम्म नै एकीकरण टुंग्याएको छ । सुदूरपश्चिममा सात जिल्लाको वडासम्मकै एकीकरण प्रस्ताव तयार भएको छ । प्रदेश कमिटीलाई निर्वाचन क्षेत्र र स्थानीय तहको जिम्मेवारी स्थानीय तहको नेतृत्व टुंगो लगाउन बनेका जिल्लास्तरीय कार्यदलको सिफारिसमा स्थानीय तहको एकीकरणले तीव्रता पाएको हो । कतिपय प्रदेशले स्थानीय तहको नेतृत्वको नामावली प्रदेश कमिटीबाट अनुमोदन गराएर शपथसमेत लिइसकेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जिल्ला नेतृत्व टुंगो लाग्न बाँकी भए पनि स्थानीय तहमा उत्साहजनक रूपमा एकीकरणको काम भइरहेको बताए । ‘देशभर सबै प्रदेशमा स्थानीय तहको नेतृत्व टुंगिरहेका छन्,’ नेम्वाङले भने, ‘अब जिल्ला नेतृत्व मात्र टुंगो लाग्न बाँकी हो, सचिवालयबाट निर्णय भएर अघि बढ्नासाथ पार्टी एकताले छिटोभन्दा छिटो पूर्णता पाउँछ ।’ उनले बाहिर आएजस्तो एकता प्रक्रिया नअल्झिएको दाबी गरे । नेकपाले प्रदेशपछि जिल्लाको नेतृत्व केन्द्रीय सचिवालयबाटै टुंगो लगाउने तयारी गरे पनि निर्वाचन क्षेत्र र स्थानीय तहको एकीकरणको जिम्मेवारी प्रदेश संगठन कमिटीलाई तोकेको छ । तीनवटा प्रदेशमा वडा तहसम्मै एकीकरण नेकपाका तीनवटा प्रदेश कमिटीले १५ जिल्लाका वडा तहसम्म एकीकरण सकेका छन् । प्रदेश ३ कमिटीले दोलखा, सिन्धुली र रसुवामा निर्वाचन क्षेत्रीय कमिटी, गाउँपालिका, नगरपालिकासहित वडा तहसम्म एकीकरण सकेको हो । अध्यक्ष नारायण दाहालले ती जिल्लामा स्थानीय नेतृत्वको शपथग्रहणसमेत सकिएको बताए । त्यस्तै, प्रदेश ५ कमिटीले पाल्पा, बर्दिया, प्युठान, कपिलवस्तु र रुपन्देहीका निर्वाचन क्षेत्र, उपमहानगर, नगर र गाउँपालिकासहित मातहतका वडा कमिटीको एकीकरण टुंगो लगाएको छ । केही प्राविधिक पक्षबाहेक ती जिल्लाका वडा तहसम्म एकीकरणको काम टुंगिएको प्रदेश सचिव जगप्रसाद शर्माले बताए । सुदूरपश्चिम प्रदेश कमिटीले पनि कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा वडा तहसम्मको एकीकरण टुंग्याउने अन्तिम तयारी गरेको छ । ‘सात जिल्लामा वडा तहसम्मको एकीकरण प्रस्ताव तयार भइसक्यो, अब प्रदेश बैठकबाट टुंगो लगाउन मात्र बाँकी छ,’ सहइन्चार्ज लक्ष्मीदत्त जोशीले भने । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

प्रहरीकै भ्यानले ठक्कर दिँदा होली खेलिरहेका एक युवा गम्भीर घाइते

जनकपुर, चैत ८ । जनकपुरमा होली खेलिरहेका युवाहरुमाथि प्रहरीको भ्यानले ठक्कर दिएको छ । भ्यानकोे ठक्करबाट एकजना युवा गम्भीर घाइते भएका छन् । प्रहरीको भ्यानको ठक्करबाट जनकपुर–३ का रामा ठाकुरका छोरा प्रदीप ठाकुरको २ वटै खुट्टा भाँचिएको छ । हाल उनलाई उपचारको लागि अस्पताल लगिएको छ । होली खेलिरहेका युवा र प्रहरीबीच केही समयअघि भनाभन भएको थियो र यसैको रिसिइबीलाई लिएर प्रहरीले नियोजितरुपमा भ्यान भीडमाथि चलाएको युवाहरुले आरोप लगाएका छन् । यतिखेर युवाहरु यतिखेर प्रहरी बिरुद्ध नाराबाजी र प्रदर्शनमा उत्रिएका छन् । १५ दिने मध्यमा परिक्रमा सकिएको भोलिपल्ट जनकपुरमा फागु पर्व (होली) मनाउने प्रचलन छ । नेपाल र भारतको १ सय ३३ किलोमिटर दूरी पैदल तय गरिने मध्यमा परिक्रमा बिहीबार बाह्रबिघा मैदानमा समापन भएकाले जनकपुरमा शुक्रबार होली मनाइएको हो । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा अस्ती र तराई–मधेसका अन्य क्षेत्रमा बिहीबार होली मनाइएको थियो । जनकपुरबासीले आपसमा रंग दलेर विहानैदेखि शुभकामना आदान–प्रदान गर्दा चोक–चोकमा जोगिरा गायनसँगै ‘मटकाफोर’ कार्यक्रम भइरहेका छन् । होली हेर्न ठूलो संख्यामा विदशी पर्यटक पनि जनकपुर पुगेका छन । न्यूज२४बाट

ऐतिहासिक बगदरबार भत्काउन नमिल्ने

काठमाडौं, चैत ८ । काठमाडौं महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ। भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो। बागदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधानको संयुक्त इजलासले सो आदेश जारी गरेको थियो। उक्त आदेशमा महानगरले भवन भत्काउन दिएको ठेक्का पनि बदर गरिएको छ। महानगरसँग बागदरबारको भोगचलनको मात्रै अधिकार रहेको तर स्वामित्व नरहेको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो। उक्त आदेशमा बागदरबार संरक्षणका लागि १५ दिनभित्र पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा विज्ञ टोली बनाउन परमादेश जारी भएको थियो। उक्त भवन निर्माण भएको सय वर्ष नपुगेको तर भूकम्पका कारण जीर्ण भएको भन्दै महानगरले भत्काउन खोजेकोमा १०० वर्ष नभए पनि कलात्मक भवन संरक्षण गर्नुपर्ने भएकाले सो विषयमा प्रवेश गर्नै नपरेको परमादेशमा उल्लेख थियो। भूकम्पपछि बागदरबार भत्काउन लाग्दा विरोध भएपछि कामपाले प्रबलीकरण गर्ने निर्णय गरेको थियो तर महानगर प्रमुखमा निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले फेरि बागदरबार भत्काउने निर्णय गरेर ठेक्का प्रक्रिया अघि बढाएका थिए। उनले यो भवन बागदरबार नभएर हरि भवन भएको तर्क अघि सारेका थिए। करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हरिभवन तीन तलाको छ। प्राचीनकाल, मध्यकाल र आधुनिक गरी तीन कालखण्डको ढाँचामा उक्त भवन निर्माण गर्ने कामपाको योजना थियो। यसअघि पनि सम्पदा बचाऔँ अभियानकर्मीले उक्त दरबार संरक्षण गर्न आग्रह गर्दै आएका थिए। भत्काउने काम शुरु भएको तीन महीनामा सक्ने र एक अर्ब ५० करोड रुपैयाँको लागतमा पुनःनिर्माण गरिने कामपाको योजना थियो। भूकम्प र त्यसपछिका परकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारका राजश्व विभाग र शहरी विकास विभागबाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेका छन्। भीमसेन थापाले राजा गीर्वाणवीरविक्रम शाहबाट लालमोहर लगाएर धेरै जग्गा हात पारेको र विक्रम संवत् १८६८ तिर बागरदरबार बनेको इतिहासकार दिनेशराज पन्त बताउँछन्। उनी भन्छन्, ‘अहिलेको भवन बागदरबारको भवन होइन, बागदरबार धेरै जमीनमा बनाइएको र ठूलो थियो। हालको दरबार हरि शम्शेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हो तर उक्त दरबारलाई बाग दरबार भन्दा पनि फरक पर्दैन।’ वि.सं. १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह थापा प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनः माथवरलाई नै फिर्ता गरिएको थियो। त्यसको एक वर्षपछि वि.सं. १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंहको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनःसरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तमशम्शेर जबराको भनाइ छ। उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यस दरबारलाई उपयोग गरेका थिए। वि.सं.१९९० को भूकम्पले त्यहाँको संरचना जीर्ण बनाएकाले पुनःनिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे। त्यसपछि उक्त दरबार जुद्धशम्शेरका छोरीज्वाइँ हरि शम्शेरले भोग चलन गरेकाले सो भवनलाई हरिभवन भनिएको हो। विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको सो दरबारमा केही समय अर्थ मन्त्रालय बसेको थियो। वि.सं. २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले उक्त दरबार कामपालाई दिएकाले त्यसै वर्ष चैत २७ गतेदेखि महानगर त्यहाँ सरेको थियो। रासस

सन्दीपको प्रशंसा गर्दै शिखरले भने, ‘उनी नेपाली युवाको प्रेरणा हुन्’

काठमाडौं, चैत ८ । भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्समा आवद्ध धवनले सन्दीपको खेलको प्रशंसा गर्दै यस्तो भनेका छन्– सन्दीपलाई मैले अष्ट्रेलियामा पनि भेटेको थिएँ । नेपालको एक युवा खेलाडीले विश्वका सबैजसो ठूलो प्रतियोगितामा खेल्न पाउनु ठूलो हो । मलाई थाह छ, नेपालमा उनी सबै युवाको प्रेरणा बन्ने छन् । उनले आफ्नो पुस्ताका लागि मात्र होइन, आउने पुस्ताका लागि पनि ठूलो आशा जगाएका छन् । त्यो ठूलै सकारात्मक पाटो हो । त्यो सुन्दा मलाई पनि निकै खुसी लागेको छ । उनको खेलको कुरा गर्ने हो भने उनी दिन प्रतिदिन तिखारिँदै गएका छन् । उनमा धेरै क्षमता छ । बिग ब्यास लिगमा पनि सन्दीपले निकै राम्रो प्रदर्शन गरेका थिए । दिल्लीका लागि पनि उनले उत्कृष्ट खेल दिनेछन् भन्नेमा मलाई विश्वास छ । अभ्यास म्याचमा पनि उनले निकै राम्रो बलिङ गरे । समयक्रममा उनको खेल बढी माझिँदै जानेछ भन्नेमा म ढुक्क छु । यो सामाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेकपा एकीकरणः पाँचथरका ८ स्थानीय तहमा नेतृत्वको टुंगो, कसलाई के जिम्मेवारी?

पाँचथर, चैत ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँचथरले स्थानीय तहमा नेतृत्व टुंगो लगाएको छ। कार्यदलले सार्वजनिक गरेको निर्णय अनुसार ८ स्थानीय तहमध्ये पाँच स्थानीय तहको अध्यक्ष र तीन स्थानीय तहको सचिवमा पूर्वएमालेले नेतृत्व पाएको छ । त्यस्तै तीन स्थानीय तहको अध्यक्ष र पाँच स्थानीय तहको सचिवमा पूर्वमाओवादीले नेतृत्व पाएको हो । फिदिम नगरपालिका फाल्गुनन्द गाउँपालिका, कुम्मायक गाउँपालिका, हिलिहाङ गाउँपालिका र याङवरक गाउँपालिकाको अध्यक्षमा पूर्व एमालेको नाममा सहमति जुटेको हो। त्यस्तै फालेलुङ गाउँपालिका, तुम्बेवा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीबाट अध्यक्ष छानिएको हो। पूर्वएमालेको अध्यक्ष भएको स्थानीय तहमा पूर्व माओवादीबाट सचिव राखिएको हो। त्यस्तै पूर्वमाओवादी अध्यक्ष भएको स्थानीय तहमा पूर्वएमालेबाट सचिव राखिएको हो। फिदिम नगरपालिकाको अध्यक्षमा पूर्व एमालेका वीरेन्द्र तुम्बापो प्रतिक र सचिवमा पूर्वमाओवादीका देवी थापाको नाममा सहमति जुटेको कार्यदलका संयोजक डम्बरसिंह सम्बाहम्फेले जानकारी दिए। याङवरक गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका सुवास योङ्या र सचिवमा पूर्वमाओवादीका अर्जुन बेघा छन्। हिलिहाङ गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका भवानीप्रसाद लिङ्देन र सचिवमा पूर्वमाओवादीका रविन तिम्सिना चुनिएका हुन्। त्यस्तै फालेलुङ गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका महेन्द्र जबेगु फुङ्निमा र सचिवमा पूर्वएमालेका सुदर्शनले नेतृत्व पाएका हुन्। फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका वीरबहादुर कुरुङवाङ र सचिवमा पूर्व माओवादीका ठाकुरसिंह नेम्बाङलाई छनोट गरिएको हो। कुम्मायक गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका मेघराज निरौला र सचिवमा प्रकाश काफ्ले चुनिएका छन्। तुम्बेवा गाउँपालिकाको अध्यक्षमा पूर्व माओवादीका खड्गसुन्दर सम्बाहम्फे र सचिवमा एमालेका प्रताप चुनिएका हुन्। त्यस्तै मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादिका दिनेशकुमार लावती र सचिवमा पूर्वएमालेका छविलाल लावतीलाई नेतृत्व दिइएको हो। अब जिल्लाको नेतृत्व पनि चाँडै टुंगो लगाउने कार्यदलका संयोजक सम्बाहम्फेले बताए। अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रचण्ड र पूर्व अमेरिकी राजदूत स्कट डेलिसीबीच भेट, यस्तो भयो कुराकानी

काठमाडौं, चैत ७ । नेकपा माओवादीको शान्ति प्रक्रियामा अवतरणको बेला महत्वपूर्ण भूमिका खेलेका पूर्व अमेरिकी राजदूत स्कट र प्रचण्डबीच भेट भएको छ । उपचारका लागि अमेरिकामा रहेका प्रचण्डसँग भेटबारे सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै डेलिसीले शान्ति प्रक्रियालाई अघि बढाउन प्रचण्डसँग लामो सहकार्य गरेको सम्झना गरेका छन् । ‘म राजदूत छँदा उहाँ माओवादी नेता हुनुहुन्थ्यो । मैले शान्ति प्रक्रिया टुंग्याउन नजिक रहेर काम गरे ।’ डेलिसीले लेखेका छन, ‘हाम्रो प्रायजसो भेट हुन्थ्यो, छलफल हुन्थ्यो । हाम्रा छलफल गतिशील हुन्थे, कतिपय अवस्थामा मतभेद पनि । तर हामी शान्तिको बाटो पहिल्याउने विषयमा हामीले सँगै काम गर्यौ ।’ डेलिसीले झण्डै सात वर्षपछि प्रचण्डसँग भेट भएको बताउँदै डेलिसीले नेपालले अहिले शान्ति र मेलमिलापको यात्रालाई पूर्णता दिने अवस्थामा पुगेकोमा खुशी भएको बताएका छन् । ‘अब विगतमा झुण्डिने होईन’ डेलिसिले लेखेका छन, ‘बरु भविष्यका चुनौतीबारे छलफल गर्दै सुदृढ र समृद्ध नेपालको निर्माणबारे हामीले कुरा गर्यौं ।’ डेलिसिले देशको नेता भएको हैसियतले प्रचण्डले नेपालका सामु रहेका चुनौती हल गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन् । स्कटले हाल सोरअवे फाउण्डेसनमार्फत नेपालको सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

मैदानमै ढलेका भारतीय क्रिकेटरको मुत्यु

एजेन्सी । भारतमा खेल खेल्ने क्रममा मैदानमै एक क्रिकेट खेलाडीको मृत्यु भएको छ । कोलकाता बालीगञ्ज स्पोर्टिङ क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षीय सोनू यादवको खेल मैदानमै ढलेर मृत्यु भएको हो । उनी अभ्यास म्याचका क्रममा मैदानमै ढलेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार लगत्तै उनलाई अस्पताल लगिएको भए पनि डाक्टरले भने मृत घोषणा गरे । अस्पातलले मृत्युको थप रहस्य खुलाएको छैन । भारतीय सेकेन्ड डिभिजन क्रिकेट खेल्दै आएका सोनू एक विकेटकीपर ब्याट्सम्यान रहेको बताईएको छ । केही वर्ष पहिले पनि बंगलाका एक जूनियर खेलाडी अनिकेत शर्माको पनि मैदानमै ढलेर मृत्यु भएको थियो ।

आवश्यकता परे जनमत बुझ्न ‘जनमत संग्रह’मा जान सकिने- डा. शशांक कोइराला

काठमाडौं, चैत ६ । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले राज्य धर्म निरपेक्ष र सापेक्ष दुबै नहुनसक्ने भन्दै धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि दबाब सिर्जना गर्न आव्हान गरेका छन् । टोखास्थित आफ्नै निवासमा बुधबार आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानसकिने बताएका हुन् । उक्त अवसरमा बोल्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरे । महामन्त्री कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफुले पहल गर्ने बताए। उनले पार्टीको विभागहरु तत्काल गठन गर्नपनि सभापति देउवालाई आग्रह गरे। पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउँदै कोइरालाले कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नभए कांग्रेसले ठुलो मुल्य चुकाउनुपर्ने धारणा राखे । महामन्त्री कोइरालाले धेरैजसो हिन्दु धर्मालम्बीहरुले आफूहरूलाई सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पारे। उनले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताए।  

एसिया छनोटको खेल तालिका सार्वजनिक, नेपालको प्रतिस्पर्धी को–को?

काठमाडौं, चैत ६ । सिङ्गापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एसिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक गरिएको छ । आइसिसीले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो । एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ । एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म यूएइमा आयोजना हुनेछ ।