माओवादी र एमाले बैठकबारे प्रचण्डको टिप्पणीः लोकतान्त्रिक अभ्यास र तानाशाही प्रवृत्तिको राम्रो उजागर भयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै समयमा चलेका पार्टी र एमाले बैठकबारे तुलना गर्नुभएको छ ।
प्रस्तुत छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठक समापनमा माओवादी केन्द्र र एमालेका एकै दिन सुरु भएर एकै दिन सकिएका दुई बैठकप्रति गर्नुभएको तुलनात्मक टिप्पणीः
बडो विचित्रको संयोग पनि भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु गर्यौं र त्यही दिनदेखि अर्को एउटा पार्टी एमालेले बैठकको सुरुवात गर्यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरुले पक्कै पनि तुलना गरेर हेरेकै होलान् । यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान् ।
म के मात्रै भन्न चाहन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौज गर्नेभन्दा वैचारिक राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्तावेज तयार पारेका छौं । यसमा हाम्रो समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई योजना र कार्यक्रमद्वारा यसको औचित्य सिद्ध गर्ने गरी प्रस्तुत गरेका छौं भने अर्को पार्टीको सम्पूर्ण ध्यान गालीगौजमा, झुठा र भ्रामक प्रचारमा, मुख्यतः माओवादी पार्टी र नेतृत्वका विरुद्ध आक्षेप लगाउने कुरामा नै बढी केन्द्रित देखियो । मलाई लाग्छ यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको स्थिति छ । माओवादीले सरकारमा रहँदा या सरकारबाहिर रहँदा पनि विगतका अनुभवका समीक्षा र आत्मसमीक्षासहित देशको भावना, यसको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्ने जमर्को गरिरहेको छ भने अर्को पार्टीे भ्रष्टाचार, बेथिति र विकृतिलाई प्रोत्साहन गर्ने ढंगले आएको छ भन्ने कुरा प्रष्ट देखिएको छ ।
एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रुपमा वुर्जुवा अराजकतावादलाई जोड दिएको छ । यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले आज दुई वटालाई तुलना गरेर हेरि नै राखेको छ । एउटा पार्टीको बैठकको पृष्ठभूमि हेर्नुभयो भने नेपाली जनताले पनि यो चाहि अलि नमिल्दो भयो, एउटा त्यस्तो व्यवसायी, जसको बारेमा अदालतमा मुद्दा दर्ता छ, त्यो पनि जग्गा कसको हो भन्ने नटुंगिदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुई जना महिला नेताहरुले आलोचना गरेकै भरमा अनुशासनको डण्डा चलाएर कारवाही गर्ने र झण्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्काशन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा आफ्नो प्रभुत्वद्वारा व्यवस्थापन गर्ने कोशिस गरियो भने हाम्रो पार्टीमा मतहरुलाई सम्मान गर्ने, आएका मतहरुलाई देशैभरि परामर्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने, सहमति र समझदारी बनाउने कोशिस गरियो ।
यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्याण्डल गर्ने दुई विश्व दृष्टिकोण देखिए । मलाई लाग्छ, यो कुरा पक्कै नेकपा एमालेभित्र रहेका इमान्दार, प्रगतिशील र बामपंथी नेता कार्यकर्ताहरुले हिसाबल गर्नुभएकै होला । तपाइँ हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्र आउने बहसलाई कसरी ह्याण्डल गर्दैछौं र गर्छौं भने अरु वुर्जुवा पार्टीहरुले र खासगरी संशोधनवादीहरुले कसरी हयाण्डल गरे र गर्दारहेछ भन्ने कुरा पनि राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ ।
यी दुई बैठकले राम्रो स्कुलिङ, खासगरी एमालेभित्रका इमान्दार नेता कार्यकर्तालाई पनि राम्रो शिक्षा दिन्छ । यसले बाम ध्रुवीकरण र बामपंथी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ यसले राम्रोसँग देखाएको छ । यो विषय एउटा कोठाभित्रको बैठकको अभ्यास मात्र नभएर कुन धारको प्रवृत्ति के भन्ने प्रष्ट गर्दछ । एउटाले यो देशका मजदूर, किसान, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, महिला सबैतिर फर्केर उनीहरुको हक अधिकारका लागि संघर्ष गर्ने प्रतिज्ञा गरेको छ भने अर्कोले तिनका अधिकार खोस्नका लागि तथाकथित् संविधान संविधान संशोधनमार्फत त्यसलाई कमजोर पार्ने कोशिस गरेको छ ।
एउटाले हिजो हामीले प्रस्तुत गरेका संघीयता कार्यान्वयनका लागि आवश्यक शिक्षा, निजामति लगायतका विधेयक पारित गर्न जोड लगाउने निर्णय गरेको छ भने अर्कोतले संघीयता कमजोर पार्ने प्रयास गरेको छ । समग्रमा दुई पार्टीका बैठकबाट एमाले उदार पुँजीवादी वुर्जुवा संस्कृतितिर अगाडि बढेको तथाकथित् कम्युनिष्ट गुट हो भन्ने देखिएको छ भने अर्कोतिर हाम्रो पार्टी वैचारिक निष्ठासहित समाजवादप्रति अगाडि बढ्न जमर्को गरेको पार्टी हो भन्ने देखिएको छ । यी दुई दलका प्रवृत्ति आगामी दिनमा अझ स्पष्टरुपमा देखा पर्दै जाने छन् । हामीले तयार पारेको राजनीतिक दस्तावेज प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाँदा हाम्रो र एमालेबीचको भेद स्पष्ट रुपमा देखा पर्दै जाने छ ।
रिलेनसनशिपमा हुँदा यी ५ गल्ती कहिल्यै गर्नुहुँदैन
दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् । मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धित र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ? व्यक्तिगत जीवनसँग सम्बन्धित कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ । के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ । सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नुहुँदैन ? झै–झगडाः सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनको कुरा शेयर गर्नुपर्छ । महंगो उपहारः तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ । व्यक्तिगत फोटोः आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् । घुम्न जाने ठाउँको जानकारीः यदि तपाईं छुट्टीमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् । ब्रेकअपः यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ । एजेन्सी
सिंचाईका इञ्जिनियरसँग १६ करोड सम्पत्ति भेटिएपछि भ्रष्टाचार मुद्दा
काठमाडौं । जलस्राेत तथा सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा काम गरेका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनको चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले त्यसबराबरको सम्पत्ति जफतको माग गरी मुद्दा दायर गरेको हो। ३० असार ०४६ मा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठको ३१ असार ०७७ सम्मको सम्पत्ति आयोगले जाँच गरेको थियो। उनीसँग कुल १६ करोड १३ लाख पाँच हजार ५२८ रुपैयाँबराबरको सम्पत्ति देखिएको त्यसमध्ये चार करोड ८८ लाख भ्रष्टाचारबाट आर्जन गरेको अख्तियारको अभियोग छ। आयोगले सम्पत्ति जफतका लागि उनकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ।
राष्ट्रिय रैथाने खाना महाेत्सव पुस १२ गते देखि
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकाेत्सबकाे अबसरमा राष्ट्रिय खाना महाेत्सव आयाेजना गरिने भएकाे छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनकाे मेघाैलीमा खाना महाेत्सव गर्न लागिएकाे हाे । मेघाैलीकाे जानकी माध्यामिक बिध्यालय मेघाैलीमा आयाेजना गर्न लागिएकाे महाेत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयाेजक मायाराम चाैधरीले जानकारी दिनुभयाे । उहाँका अनुसार रु ६१ लाखकाे अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकमरी दिईयाे । चाैधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर, गुरुङ, वाेटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महाेत्सवमा राखिने छ । स्थानिय समुदायकाे जीवन स्तरमामा सुधार ल्याउन महाेत्सव फलदायी हुने चाैधरीले बताउनुभयाे । महाेत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएकमे छ । पत्रकमर सम्मेलनमा बाेल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षकाे समयमा लक्ष्य भन्दा वढि पर्यटक महानगरमा भित्रिएकाे बताउनु भयाे । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलाेकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकिय क्षेत्रकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेकाे, आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेकाे उहाँले बताउनु । दिगाे पर्यटन विकासका पूर्वाधारहरु थपिएकाे, हाेटल रेष्टुरेन्टमा सेवा बृद्वि भएकाे, पर्यटककाे संख्या, बसनई अबधि एवं आर्थिक कृयाकलापहरुमा बृद्वि भएकाे उहाँले बताउनुभयाे । महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनाैतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएकाे बताउनु भयाे । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलाेपटक आयाेजना गरिएकाे हुँदा सिकाे गर्ने ठाउँ नहुनु, भाैतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यकाे रुपमा रहेकाे बताउनु भयाे । महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाकाे बिकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षकाे आयाेजना गरिएकाे र साे उद्वेश्य प्राप्तिमा सफल भईएकाे बताउनुभयाे । स्थानिय जनतामा याे महाेत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयाे । यस महाेत्सब स्थानिय खाना संगै ७७ जिल्लाकाे प्रतिनिधत्व गर्दै ७७ मिटर लम्वाईकाे नेपालकाे नक्सा विशेष आकर्षककाे रुपमा रहने उहाँले बताउनुभयाे ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
कञ्चनपुर । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन्। चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए। उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ। कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ। तस्विरः एआई
सिड्नीमा नवाज कप फुटबल आइतबार सुरु हुँदै
सिड्नी । भोलि अप्रिल २१ देखि साउथ ग्रानभिलमा नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को आयोजनामा नवाज कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । अस्ट्रेलियाको सिड्नीका करिब १६ वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगिता भोलि आइतबार सुरु हुने भएको हो । लिग कम नक आउटका आधारमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष चिरन तिवारीले जानकारी दिए । समाजका अध्यक्ष तिवारीले सामाजिक कर्ममा अगाडि रहेको नवाजको २५ औ स्थापना दिवको उपलक्ष्यमा प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पारे । उनले प्रतियोगिता सामाजिक सदभाव, आपसी भाइचारा र आपसी मेलमिलापको सन्देश बोकेर आयोजना गर्न लागिएको बताए । अप्रिल २१ को आइतबार देखि हरेक आइतबार हुने प्रतियोगिता करिब एक महिना चल्ने तथा विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने अध्यक्ष तिवारीले बताए । नवाजले केही समयको बिश्रामपछि फेरि खेलकुद प्रतियोगिता आयोजना गरेकोमा सिड्नी सहित अष्ट्रेलियमा रहेका नेपाली समुदाय खुशी भएका छन् । नेपाली राष्ट्रीय टोलीमा रही हाल अष्ट्रेलिया पुगेका करिब चालिस जना खेलाडी रहेको अस्ट्रेलियाको यी बिभिन्न क्लबहरुको यो लिग निकै रोमान्चक हुने बिश्वास लिइएको छ । यो प्रतियोगिता ४०/४० चालिस मिनेट गरी ८० मिनेटको हुनेछ । अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले केही समयपछि भएपनि नवाजले यस्तो खालको प्रतियोगिता गरेकोमा धन्यबाद दिदै यसको निरन्तरताको लागि आफ्नो सहयोग रहने विश्वास दिलाए । यस पटक प्रतियोगितामा सहभागि क्लबहरुलाई चार समुहमा बिभाजित गरि ड्र समेत सार्वजनिक गरिसकिएको थियो ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।
विश्वासको मत माग्दै एमालेलाई मुख्यमन्त्री पाण्डेले लेखे पत्र
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०सँग आग्रह गरेका छन् । मंगलबार (भोलि) बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली, २०८० ले व्यवस्था गरेबमोजिम आफूले ०८१ जेठ २८ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका निम्ति प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकांक्षाअनुरूप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ,” उनले भनेका छन् । राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफूले गरेको विश्वासको मतको प्रस्तावका पक्षमा एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमार्फत आग्रह गरेका छन् । उक्त पत्र प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान
मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । उहाँले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटे र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गर्नुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उहाँहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताउनुभयो । आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उहाले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्ने बताउनुभयो ।
मर्निङ वाक र स्थानीय परिकार ग्रहणसँगै समुदायसँग साक्षात्कार गर्दै प्रचण्ड
विराटनगर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोदेखि मोरङको जनभेटघाट अभियानमा रहनुभएको छ । उहाँ निरन्तर देशब्यापी जनघेटघाट अभियानमा रहनुभएको छ । अध्यक्ष प्रचण्डले आज बिहान विराटनगरमा ‘मर्निङवाक’ गर्नुभएको छ । उहाँ देशब्यापीरुपमा विभिन्न जिल्लामा पुग्दा त्यहाँ मर्निङवाकमा सहभागी भएर जनघेटमा लाग्ने गर्नुभएको छ । सोही क्रममा उहाँले आज विराटनगरको देखि सम्म मर्निङ वाक गरेर स्थानीय राजवंशी समुदायको लोकप्रिय खाजा भक्का ग्रहण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा आज भक्काको दैनिकी सुरु गरेको जानकारी दिंदै दिनभरिजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने बताउनुभएको छ । उहाँले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने, बिहान १० देखि ११ बजेसम्म होटल एसियाटिकमा न्यू सृष्टी दैनिकले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, भेटघाट गर्ने र १ बजे मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा सहभागी हुने कार्यक्रम रहेको छ । स्मरणीय छ, अध्यक्ष प्रचण्डले गत भदौ २९ गते ग्रामथानको सभालाई सम्बोधन गरेर स्थानीय तह उपनिर्वाचनको प्रचार सुरु गर्नुभएको छ । यो पालिका अध्यक्ष यसपटक माओवादी केन्द्रले जितेको छ । यसअघि तेस्रो बनेको पालिकामा जीत हात पार्नुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा रहेको छ ।
मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु (तस्विरहरु)
ग्रामथान (मोरङ), ५ माघ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ । नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यसपटक ग्रामथानबासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रोपटक यो पालिकामा आउनुभएको हो ।
देश र परिवार सम्झेर पसिना बगाउँदै आप्रवासी नेपालीहरु
सत्य नेपाली स्वदेशमा कामको अवसरको कमीले गर्दा लाखौं युवा विदेश जाने बाटो रोज्छन्। उनीहरूले आफ्ना घर परिवारलाई राम्रो जीवन दिने सपना बोकेर लामो यात्रामा निस्कन्छन्। तर, ती सपनाहरू विदेशको कठोर वास्तविकतामा पुगेपछि धेरैजसो खण्डित हुन्छन्। विशेष गरी, मध्यपूर्व र मलेसियाका देशहरूमा पुगेका नेपाली श्रमिकहरूले भोग्नुपरेका संघर्ष र पीडाले हरेक नेपालीको मन छोएको छ। विदेश जानुअघि नै उनीहरूको संघर्ष सुरु हुन्छ। धनकुटाका रमेश थापाले विदेश जाने तयारी गर्नका लागि आफ्नो घरको सानो जमिन बेच्नुपर्यो र छिमेकबाट ऋण लिनुपर्यो। उनलाई एक स्थानीय म्यानपावर एजेन्टले राम्रो तलब र सुविधाको सपना देखाएको थियो। तर, रमेशले एकमुष्ट चार लाख रुपैयाँ बुझाएपछि जागिरको विवरण अस्पष्ट पाइयो। जब उनी मध्यपूर्व पुगे, उनले दिनको १२ घण्टा भीषण गर्मीमा काम गरे पनि सम्झौतामा उल्लेख भएको भन्दा निकै कम तलब पाउन थाले। उनले घरमा ऋण चुक्ता गर्न सक्ने आशामा आफूलाई सम्हाले, तर एक वर्षपछि पनि उनको पारिश्रमिक ठगिएको खबर आयो। रमेशको कथा त्यस्ता हजारौं नेपालीको प्रतिनिधित्व गर्दछ, जसले विदेशमा मात्र होइन, आफ्नो घरको भूमिमा पनि अनगिन्ती दुःख सहनुपर्छ। दाङकी माया चौधरीको कथा झन् पीडादायक छ। उनी साउदी अरेबियामा घरेलु कामदारका रूपमा गएकी थिइन्। विदेश जानुअघि उनले घरमा रहेको थोरै खेत बेचिन् र छोरीको शिक्षा रोक्दै ऋणको व्यवस्था गरिन्। म्यानपावर एजेन्टले मायालाई सुरक्षित र सम्मानजनक जागिर हुने आश्वासन दिएको थियो। तर, साउदी पुगेपछि उनको वास्तविकता अर्कै भयो। उनलाई दिनरात काम गर्न लगाइयो, खानपिनको कमी भयो, र शारीरिक तथा मानसिक यातनाको शिकार बनाइयो। आफ्नो पीडा बयान गर्न र सहयोग माग्न पनि उनलाई अनुमति थिएन। माया जस्ता थुप्रै महिलाहरूले यस्ता यन्त्रणा सहँदै आफ्नो भविष्यको लागि लडिरहेका छन्। नेपालका कूटनीतिक नियोगहरू पनि यस विषयमा धेरैपटक असफल देखिएका छन्। श्रमिकहरू संकटमा परेको बेला राजदूतावास वा अन्य कूटनीतिक निकायहरूले समयमै सहयोग पुर्याउन नसक्ने धेरै घटनाहरू बाहिर आएका छन्। श्रमिकहरूले आफ्नो समस्या लिएर राजदूतावासमा जाँदा धेरैजसो समय उनीहरूको कुरा नसुन्ने वा सहायता नगर्ने गुनासो गरिरहेका छन्। कतिपय अवस्थामा कूटनीतिक नियोगका अधिकारीहरूले नै गम्भीर लापरवाही देखाउने गरेका छन्। कामदारहरूले उत्पीडनमा परेका बेला सहयोगको लागि आग्रह गर्दा, कूटनीतिक नियोगको उदासीनताले उनीहरूको समस्या झन् जटिल बनेको छ। विदेश जाने प्रक्रियामा नै म्यानपावर एजेन्टहरूको शोषण अत्यधिक देखिन्छ। धेरैजसो एजेन्टहरूले श्रमिकहरूलाई आकर्षक जागिरको सपना देखाएर ठूलो रकम असुल्ने गर्छन्। सम्झौतामा उल्लेख भएजस्तै काम र तलब उपलब्ध गराइँदैन। झनै, श्रमिकहरू विदेश पुगेपछि पासपोर्ट जफत गरिन्छ, जसले गर्दा उनीहरू बन्धक जस्तै जीवन बिताउन बाध्य हुन्छन्। नेपाल सरकारले म्यानपावर कम्पनीहरूको अनुगमनका लागि केहि कदम चाले पनि ठगीका घटना रोक्न अझै प्रभावकारी हुन सकेको छैन। विदेशमा श्रमिकहरूले भोग्नुपरेका कठिनाइहरूको सबैभन्दा ठूलो असर उनीहरूका परिवारहरूमा देखिन्छ। धेरैजसो परिवारहरूले ऋण तिर्नको लागि खेत-जग्गा बेच्नुका साथै, घरको आर्थिक अवस्था सुधार्ने आशामा रहेका हुन्छन्। तर, श्रमिकले विदेशमा पठाएको पैसा अधिकांश समय ऋण चुक्ता गर्नमै खर्च हुने गर्छ। घरमा रहेका बालबालिका र वृद्धवृद्धाहरू पनि यस आर्थिक अन्यायको प्रत्यक्ष शिकार बन्छन्। यसको समाधानका लागि प्रभावकारी नीति र कदमहरू आवश्यक छ। सरकारले म्यानपावर कम्पनीहरूको कडाइका साथ अनुगमन गर्नुपर्छ। साथै, कूटनीतिक नियोगहरूको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ। संकटमा परेका श्रमिकहरूलाई तुरुन्त सहायता उपलब्ध गराउन र उनीहरूको अधिकारको सुरक्षा गर्नका लागि ठोस रणनीति बनाउनुपर्छ। श्रमिकहरूको तालिम र शिक्षामा लगानी गर्नाले उनीहरूलाई जागिरको राम्रो अवसर मिल्न सक्छ। साथै, वैदेशिक रोजगारीलाई वैकल्पिक बनाउँदै देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ पनि सरकारको ध्यान जानुपर्छ। नेपाली युवाहरूको पसिना र संघर्षले सिंगो देशको अर्थतन्त्रलाई बलियो बनाएको छ। अब उनीहरूका लागि सम्मानजनक आप्रवासन सुनिश्चित गर्नु सरकार र सम्पूर्ण समाजको कर्तव्य हो। यी सबै कठिनाइहरूको बाबजुद, नेपाली श्रमिकहरूले आफ्नो सपना र परिवारको लागि दिएको बलिदान प्रेरणादायी छ। उनीहरूको दुःख र संघर्षको कथा हामी सबैका लागि गहिरो चिन्तनको विषय हुनुपर्छ। सम्मानजनक आप्रवासन सुनिश्चित गर्ने काम अब टार्न मिल्ने छैन।
सिमकोटमा छ करोडको आलु बिक्री
हुम्ला । जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यस वर्ष छ करोड रुपियाँभन्दा बढी मूल्यको आलु बिक्री भएको छ । किसानले व्यवसायिक आलु खेती गर्न थालेपछि सो मूल्यको आलु बिक्री भएको हो । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले यस वर्ष गाउँपालिकाका आठ वटै वडामा गरी छ करोड २५ लाख रुपियाँ बराबरको आलु उत्पादन गरी बिक्री गरिएको बताउनुभयो । गाउँपालिकाभर ६४० हेक्टर आलु खेती गर्दा १२ हजार पाँच सय क्विन्टल आलु उत्पादन भएको छ । सदरमुकाम सिमकोटमा आलु प्रतिकेजी ५० रुपियाँ पर्छ । उहाँले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन पाँच सय क्विन्टल कम भए पनि आलु किसानका लागि आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो । आलु खेतीबाट आम्दानी हुने भएपछि किसानले व्यावसायिक रूपमा खेती गर्दा आलु उत्पादन गर्न सकेका हुन् । गाउँपालिकाका अधिकांश घरधुरीमा आलु खेती गर्ने गरिन्छ । उहाँले त्यसैले प्रत्येक घरधुरीको आम्दानीको स्रोत आलु नै भएको बताउनुभयो । यो आलु सिमकोट बजार, ठेहे, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकासम्म जाने गर्छ । आलु खेती आम्दानीको स्रोत भएका कारण गाउँपालिकाले आलु खेतीलाई विस्तार गर्ने कार्यक्रमसमेत ल्याउने जानकारी उहाँले दिनुभयो । गोठे तथा प्राङ्गारिक मलबाट आलु खेती गरिने भएका कारण हुम्लाको आलु विषादीरहित हुने गरेको छ ।
भीम रावल धनगढी पुग्दा समर्थकले गरे ओलीविरुद्ध नाराबाजी
धनगढी । नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका नेता भीम रावल धनगढी पुगेका छन् । आज धनगढी पुगेका नेता रावललाई उनका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गरेका छन् । उनको पक्षमा जिन्दावादका नारा लगाएका उनका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका थिए । भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उनी अछाम जानेछन् ।
थारू समुदायमा बर्का अटवारी
छविलाल कोपिला अटवारी, थारू समुदायको महान् चाड माघ पछिको दोस्रो ठूलो पर्वकाे रूपमा मानिन्छ । यो पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरू पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने यो पर्व प्रायः भदौ महिनामा पर्छ । यसको तिथि मितिको बारेमा हरेक वर्षझैं विभिन्न मतमतान्तर हुँदै आएका छन् । ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरू अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरूको बहसको विषय पनि बन्दै आएको छ । अटवारी कहिले मनाइन्छ ? अटवारीको परम्परागत अवस्था र पृष्ठभूमिलाई हेर्ने हो भने यो खास गरेर भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म सबै आइतबारलाई अटवारी पर्वको रूपमा मान्ने चलन थियो । तर, यो चलन अहिले छैन । समयसँगै अहिले यो पर्व एक आइतबारमा मात्रै सीमित भइसकेको छ । पुरानो चलनलाई हेर्दा जसरी हिन्दू महिलाहरूले साउन महिनाको प्रत्येक सोमबार व्रत बसे जस्तै थारु समुदायमा भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको सबै आइतबार व्रत बस्ने चलन थियो । त्यसकारण कुनै साल कात्तिके दशैं पर्यो भने एउटै व्यक्तिले ११–१२ पटकसम्म व्रत बस्नु पर्ने अवस्था हुन्थ्यो । यति लामो समयसम्म लगातार व्रत बस्नु पर्ने हुनाले दशैंसम्मको सबै आइतबार अटवारी व्रत सबैले बस्दैनथे । केही व्यक्तिहरू भदौको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारको अटवारी धुमधामसँग मनाएर व्रत स्थगित गर्दथे भने स्वेच्छिक व्रत बस्नेहरू दशैंसम्मको आइतबार नियमित रूपमा अटवारी व्रत बस्दथे । समयक्रमसँगै भदौको पहिलो आइतबारदेखिको व्रत बस्न अहिले छोडिसकेका छन् । भदौ महिना ऊ बेला धेरैजसोको घरमा भोकमरी हुने र झाडापखाला लगायतका महामारी तथा बर्षे धानबाली भित्राउने र हिउँदे धानबाली रोपाइँ शुरु गर्ने हुँदा कामको चटारो भएकोले व्रत बस्न छोडेको कुरा जानकारहरूले बताउँछन् । तर कुशे औंसी पछिको पहिलो आइतबार बर्का अटवारी र त्यसपछिको ४ आइतबार स्वेच्छिक अटवारी पर्व मान्ने चलन निरन्तर रह्यो । यसरी पाँच अटवारी व्रत रहनेहरूलाई ‘पाँच अटवह्र्यन’ भनिन्थ्यो । पाँच अटवारीपछि दशैं शुरु हुन्थ्यो । अहिले बर्का अटवारी पछिको चार आइतबार व्रत बस्ने चलन पनि हराइसकेको छ । यसरी भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म, भदौ महिनाको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारसम्म, कुशे औंसीको पहिलो आइतबारदेखि दशैंसम्मको ५ आइतबार र कुशे औंसीको पहिलो आइतबार मात्र व्रत बस्ने यी चार थरिका व्रतालुको साझा दिन कुशे औंसीको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो । अन्य अटवारीलाई भने सामान्य अटवारी अथवा छुट्की अटवारी भन्ने चलन छ । यसकारण यसको मूल गहिराई नबुझ्दा बीचबीचमा तिथि–मितिमा मतमतान्तर हुने गरेका छन् । तर यसका परम्परागत विधि र प्रक्रियालाई गहिरिएर हेर्ने हो भने विवाद गर्नु पर्ने खासै देखिदैन । सामान्यतया अटवारी थारु समुदायको अस्टिम्की पर्व पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई बर्का अटवारी मान्ने चलन छ । बर्का अटवारी मानेर ४ आइतबार पछि दशैं लाग्छ । किन कि बर्का अटवारी पछि थप चार आइतवार अटवारी व्रत बस्ने पुरानै चलन छ । अथवा कुशे औंसी र दशैंको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबार नै बर्का अटवारी हो भनेर प्रमाणित हुन्छ । कुनै कुनै गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अटवारी पर्व मान्ने चलन पनि छ । यसो गर्दा पाँच अटवारी व्रत बस्नेहरू सबै आइतबार व्रत बस्न सक्दैनन् र अँटवारी पनि फरक-फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ । केही भ्रमहरू केही मानिसहरूको धारणा हिन्दू नारीहरूको हरितालिका तीज पछिको आइतबारलाई अटवारी मान्ने पनि छ । तर यो त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने हो भने ‘पाँच अटवारी’ व्रत बस्नेहरूको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारूवस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरूको बसाई थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । अहिलेको जस्तो विभिन्न जातजातिहरूको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्विकारी सकेको अवस्थामा यो कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होइन । उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । यो एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर यो सत्य होइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ अथवा तीज अगावै पनि पर्छ । तर, पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखापरेको छ । अटवारी बिशेषतः आइतबारसँग जोडिएर आएको पर्व हो । यसकारण अटवारी पर्वलाई यो र त्यो बहानामा बिषयान्तर गर्नु भन्दा यसको परम्परागत पृष्ठभूमिलाई अध्ययन गर्न जरुरी छ । जसरी हिन्दू महिलाहरूको सावने सोमवार व्रतलाई कुनै चतुर्थी, षष्ठीले छेकबार लगाउँदैन । त्यसैगरी थारु समुदायको अटवारी व्रत पनि भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको आइतबार कुनै पनि तिथि मितिले असर गर्दैन र स्वेच्छा अनुसार तोकिएको समयसीमाका जुनसुकै आइतबार व्रत बस्न सक्ने जानकारहरू बताउँछन् । तर बर्का अटवारी अथवा औंसीको पहिलो आइतबार व्रत अनिवार्य जस्तै रहन्छ । रूपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रूपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अटवारी’को विषयमा भने कुनै कुरा उल्लेख गरेका छैनन् । त्यसो त रूपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरू पश्चिमाजिल्ला भन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरूमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरूपता पाइन्छ । अटवारीमा कसको पूजा हुन्छ ? प्रकृति पुजक थारू समुदायमा खास गरेर यो पर्व सूर्यको पूजा गरेर रूपमा मनाइन्छ । सूर्यलाई उज्यालो, अग्नी र शक्ति (उर्जा)को प्रतीकको रूपमा मानिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । जब भयावह कालरात्रि चिरेर सूर्यको उदय भएपछि यो संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रूपमा गरेका हुन् । आइतबारलाई रविबार पनि भनिन्छ । त्यसैले यो व्रत पहिले राजकुमार देवदत्त बसे । पाण्डु, कुन्ती, माद्री, कर्ण, भीम लगायत सूर्यको पूजा हेतु श्रीमदभागवत सुनाए । त्यसपछि देउताहरू सूर्यको पूजा गर्न थाले । त्यसैगरि ठूला-ठूला ऋषिमुनिहरू पनि सूर्यको उपासकको रूपमा सूर्यको जन्म दिन आइतबारलाई अटवारी व्रत बसेर मनाउन थाले भन्ने कुरा वीरबहादुर चौधरी आफ्नो पुस्तक ‘वीरबहादुरके ऋतु’मा उल्लेख गरेका छन् । जुन अहिले पनि यो चाड चलन चल्तीमा छ । अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिँडे । जब लराइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अटवारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरू उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरूपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ । अटवारी कसरी मनाइन्छ ? अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरू भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ । आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरूको खान भान्सामा पाक्दैन । उनीहरू बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गरन्छि । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रूपमा लिइन्छ । यो पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ । रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ । सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रूपमा अगयारी दिने चलन आएको हो । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरूका लागि पहुरको रूपमा ‘अग्रासन’ छुट्याउने चलन छ । ‘अग्रासन भनेको आफू खानुभन्दा पहिले छुट्टयाएको खान भन्ने बुझाउँछ । जुन आफू खानुभन्दा पहिले आफ्ना चेलीहरूको नाममा छुट्टयाइन्छ । अग्रासन ‘अग’ र ‘रासन’ समास भए बनेको शब्द हो । यहाँ ‘अग’ भनेको सबैभन्दा पहिले भन्ने अर्थ हुन्छ र ‘रासन’ भनेको खान भन्ने बुझाउँछ । यसरी चेली बेटीहरूलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । यो काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिरहनु पर्दैन । दिउँसो नै पूजा गरी खाने चलन छ । यो क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रूपले बन्द हुन्छ । अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा हो । यस दिन व्रतालुहरू बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरूले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरू बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ । फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरू हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रूपमा कमलको पात या केराको पात प्रयोग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रूपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरू अन्न ग्रहण गर्छन् । अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरूलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरूले निकालेको पहुर ‘अग्रासन’ उनीहरूकै घरमा पुर्याउन जाने चलन छ । अग्रासन पुर्याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरू जान्छन् । चेलीहरू पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् । यो पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रूपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरू यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरू पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरू भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोग, अनावश्यक खर्च, कुनै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पुर्याउन नसके चेलीहरूमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गर्त र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ । अटवारी सबैको शुभ रहोस् ।

