महरा पक्राउ परेपछि गगन थापाले दिए सरकारलाई धन्यवाद
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासीन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको सरकारलाई धन्यवाद दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले महरालाई पक्राउ गरेर आफ्नो अर्काको नभनी काम गरेको बताउँदै सरकारलाई धन्यवाद दिएका हुन् ।
साथै,महामन्त्री थापाले सहकारी ‘ठग’को आरोपित नै गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् भन्दै प्रश्न गरेका छन् । उनले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा जवाफ दिनुपर्ने बताए ।
जीबी राईसँग मिलेर पोखराको सूर्यदर्शनसहित अरू सहकारीबाट लामिछानेले पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोपबारे स्पष्ट पार्नुपर्ने उनले माग गरे । “पोखरा महानगरपालिकाको प्रतिवेदनले नै भन्छ– कसैको धितो छैन, तर पनि एक अर्ब झ्वाम ! यसरी छोड्ने भए यसरी सबैलाई छोड्नुपर्छ,” उनले भने, “धेरै लगानी गोरखा मिडिया नेटवर्कमा भएको छ । सहकारीमा जसले ठगी गरेको छ, मेरो मित्र रवि लामिछाने गृहमन्त्री हुुनुहुन्छ । भोलि प्रधानमन्त्री पनि बन्नुहोला, शुभकामना । तर, अध्ययन फियर होस् । प्रमाण नस्ट नहोस् । अहिले प्रमाण प्रहरीहरूसँग छ । जो मुछिएको छ, उसले आफैँले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने ?”
प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा उनले जोड दिए । “यो संसद्, हामीलाई जवाफ चाहिएको छ । प्रधानमन्त्रीको जवाफ चाहिएको छ, रोस्ट्रममा हामीलाई चाहिएको छ,” उनले भने ।
सरकारले सरकारले सुन प्रक्ररणमा जस्तै काम गर्दै गए सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए ।आफु सदन चलाउन र कानुन निर्माणको काममा सरकारलाई सहयोग र साथ दिन तयार रहेको तर प्रधानमन्त्रीले सहकारी ठगी काण्डमा पनि निष्पक्ष छानविन गर्नेमा आश्वस्त पार्नुपर्ने उनले बताए।
दोस्रो इच्छा अवार्ड–२०१९ यूएईमा सम्पन्न
यूएईः गत बर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले सुरु गरेको छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको दुबइमा सम्पन्न भएको छ । नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला, खेलकुद लगायतका विषयलाई मिश्रण गरि प्रदान गरिने यो अवार्ड नेपालका सन्दर्भमा बिल्कुलै नौलो भएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए । दोस्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डका अवसरमा विशिष्ट संगीतकर्मी शम्भुजित बाँस्कोटालाई संगीत सिताराको उपाधि प्रदान गरिएको छ । वरिष्ठ अभिनेत्री बसुन्धरा भूसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भुसालसहित वरिष्ठ गायिका देविका बन्दनालाई भने यस वर्ष कदर सम्मान प्रदान गरिए पनि गत वर्ष अनर अवार्डका अवसरमा क्रमशः विशिष्ट अभिनेत्री सम्मान एवं विशिष्ट गायिका सम्मान प्रदान गरिएको थियो । साथै दोस्रो अनर अवार्डसका अवसरमा मोडल आशिष पुरुष, नृत्यकार दिपक गुरुङ, निर्देशक माधव खरेल, कलाकार श्रीदेव भट्टराई, नृत्य निर्देशक सुर्यकला आचार्यलाई कलाकारीता सम्मान, समाजसेवी विष्णु प्रसाद पुडासैनीलाई युवा व्यवसायि सम्मान, समाजसेवी चन्द्र प्रसाद समापकोटा, समाजसेवी महिमा पोखरेल, समाजसेवी मणि प्रसाद भुर्तेल, समाजसेवी मोहन थापा, समाजसेवी पुर्ण प्रसाद लिम्बु, समाजसेवी राजेन्द्र शर्मा, समाजसेवी सोमा खत्री एवं समाजसेवी मोहन शर्मा लाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो । यसै अवसरमा मोफसल रंग पत्रकारिता पुरस्कारबाट ध्रुवराज न्यौपाने (डि.आर.एन.) दाङ, प्रवासमा (दुबई) कार्यरत पत्रकार लक्ष्मण खनाललाई इच्छापत्रकारिता सम्मान, कुवेर गिरीलाई रंग पत्रकारिता सम्मान एवं सोनी शर्मालाई इच्छा पत्रकारिता सम्मान प्रदार गरिएको थियो । सोही अवसरमा गीतकार माधव निर्देषलाई सम्मान पत्र प्रदान गरिएको थियो भनेपत्रकार÷चलचित्रकर्मी मनोज केसीलाई कलाकर्मी सम्मान गरिएको थियो । कार्यक्रममा गजल गायनमा बलराम राजवंशीले अनर अवार्ड पाए भने, गीतकारमा डी.आ. उपाध्यय, नव गायक हिमाल श्रेष्ठ, नव मोडल कमला महत (सोनाक्षी), गायक मिन गुरुङ, नृत्य निर्देशक सुरेन्द्र बसेल, गायिका शुशीला पाठक, एरेञ्जर÷संगीतकार योगेश काजीले आधुनिक संगीत विधामा अनर अवार्ड प्राप्त गरे । त्यस्तै लोक संगीत तर्फ भने गायक विक्रम राना, मोडल दिपाशा विसी, नव मोडेल सजिना लामिछाने (सुर्य कुमारी)ले अनर अवार्ड प्राप्त गरे । त्यस्तै पपुलर संगीत तर्फ मोडल दिपेन्द्र सोनाम, नायिका÷गायिकाको रुपमा सारिका घिमिरेलाई अनर अवार्ड प्रदान गरियो । त्यस्तै उत्कृष्ट संगीत उत्पादक कम्पनीमा पशुपति म्यूजिक प्रा.लि. एवं दशकको अवार्ड लोकसंगीतमा कस्तुपराज पन्त, आधुनिक संगीतमा सन्तोष श्रेष्ठ एवं गीतकारबाट लोकराज अधिकारिले प्राप्त गरे । कार्यक्रममा चलचित्र तर्फ अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता सितल केसी, निर्देशक मिलन चाम्स, चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई, हाँस्य कलाकारमा गोपाल ढकाल छन्दे, चलचित्र प्रदर्शकमा ओम प्रकाश जैसी (काशी सिनेमा, भैरहवा), प्राविधिक तर्फ रेकर्डिष्ट तथा साउण्ड डिजाइनर सुनयमान श्रेष्ठ, टिभी÷चलचित्र कलाकारमा ऋतु बहादुर क्षेत्री, रंगमञ्च तर्फ नृत्याङ्ना शुशीला थापा एवं साहित्य तर्फ जे सागर (प्रवास, दुवई) ले अनर अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममाा सन्तोष श्रेष्ठ, योगेश काजी, सारिका घिमिरे, विक्रम राना, मञ्जु थापा लामा आदिले गायन प्रस्तुति दिएका थिए । त्यस्तै दिपाशा विसी, शुशीला थापा, सविता रेग्मी आदिको नृत्य प्रस्तुति रहेको थियो । त्यस्तै लोक गायनमा कस्तुप पन्त, वरिष्ठ गायिका देविका बन्दना एवं संगीतकार गायक शम्भुजित बास्कोटाले दुबईबासीलाई उत्साहित बनाउँदै गाएर नचाइदिएका थिए । कार्यक्रममा गोपाल ढकाल छन्देले हाँस्य प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घोषण जे सागर, श्रीदेव भट्टराई एवं लोकराज अधिकारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्दै छायाँछविका अध्यक्ष शान्तिप्रियले कार्यक्रमको उद्देश्य र औचित्यमा प्रकाश पारेका थिए भने नेपाली मन दुबईका मदन अधिकारीले नेपाली मनले यस किसिमको कार्यक्रम आयोजना गर्न पाउनु गर्वको विषय भएको र कार्यक्रम अत्याधिक सफल भएको बताएका थिए । सभापतिको आसनबाट वरिष्ट अभिनेत्री बसुन्धरा भुसालले यस किसिमको कार्यक्रमले नेपाल भीत्र–बाहिर रहेका नेपाली विचमा सांस्कृतिक उर्जा थप्ने बताइन् । कार्यक्रम यूएईको वर दुबइ स्थित एभरेष्ट क्लवमा सम्पन्न भएको थियो ।
कति सुरक्षित छ तपाईंको कम्प्युटर ? यसरी बचाउनुस् कम्प्युटर र डाटा
काठमाडौं । विश्वभरी नै भएको साइवर आक्रमणपछि धेरै संघ संगठन, संस्था, कम्पनी र आममानिस साइवर हमलाबाट कसरी आफ्नो कम्प्युटरलाई बचाउने भन्ने कुरा सोचिरेका छन्। रेनसमवेयरको अरु मामला नजिक आउन सक्छ भनेर विशेषज्ञहरुले अनुमान पनि लगाएका छन् । रेनसमवेयर एक यस्तो प्रोग्राम हो, जसले कम्प्युटरको कुनैपनि फाइल लक गर्नसक्छ । लक भएपछि बिना फिरौती फाइल खोल्न सकिंदैन। यूरोपियन यूनियनको प्रहरी यूरोपोलका अनुसार रेनसमवेयर नयाँ कुरा होइन, तर,‘वानाक्राइ’ भाइरसको यो हमला अप्रत्याशित हो। केही दिन अघिमात्र यस भाइरसले विश्वका १सय ५० देशमा २ लाख भन्दा बढीलाई आफ्नो शिकार बनाएको थियो। साइवर हमलापछि जब मानिसले एकैपटक धेरैमात्रामा कम्प्युटर खोल्न थाल्छन् त्यसपछि आक्रमण झन् बढ्ने अनुमान गरिएको छ। कति सुरक्षित छ तपाईंको कम्प्युटर ? ‘वानाक्राइ’ भाइरस केवल त्यस्ता कम्प्युटरहरुलाई आफ्नो शिकार बनाउँछ जो विन्डोज अपरेटिङ्ग सिस्टममा चल्छन्। यदि तपाई विन्डोज अपडेट गर्नुहुन्न तर, इमेल चलाउनु हुन्छ भने तपाईको कम्प्युटरलाई खतरा हुन सक्दछ। तथापि घरेलु काममा प्रयोग गरिने कम्प्युटरमा यसरी अनेपेक्षित खतरा कम हुन्छ। तपाईआफ्नो सिस्टम अपडेट गर्नका लागि एन्टिभाइरसको प्रयोग गरेर आफ्नो कम्प्युटरलाई सुरक्षित राख्न सक्नुहुन्छ। तपाई आफ्नो कम्प्युटरमा इमेल चलाउँदा धेरै चनाखो हुन जरुरी छ आफ्नो डाटाको ब्याकअप नियमित रूपमा सन्तुलन राख्नुहोस्। रेनसमवेयरको शिकार भएका मानिसले यो कुरा पहिल्यै बुझ्नुपर्ने हो कि के फिरौती बुझाएपछि पनि के कम्प्युटर अनलक हुन्छ ? कसरी हमला भयो ? दोषी भाइरसको नाम वानाक्राइ हो। यसलाइ वार्म नामका एक कम्प्युटर भाइरसको माध्यमबाट फैलाइएको अनुमान छ। भाइरस फैलिने मामलामा मानिस धेरै विश्वास गर्छन्। यसमा कुनै मेलको माध्यमबाट एक लिकंमा क्लिक गर्नका लागि उकास्ने गरिन्छ। एक पटक वानाक्राइ तपाईको कुनैपनि नेटवर्कको सिस्टममा प्रवेश भइहाल्यो भने शिकार बनाउन सक्ने मसिनहरुको खोजी गर्दछ। कसले गर्यो साइबर आक्रमण ? अहिले कसले आक्रमण गर्यो भन्ने बारेमा पक्का जानकारी छैन तर, केही जानकारहरुले भनेका छन् यो कुनै ठुलो सफ्टवयर होइन। साइबर चोरहरुका लागि रेनसमवेयर एक राम्रो हतियार हो। उनीहरुले यसलाई एक राम्रो पैसा कमाउने माध्यम बनाएका छन्। भर्चुअल करेन्सी बिटक्वायनको माध्यमबाट सुरक्षा एजेन्सीहरुलाई अपराधी समक्ष पुग्न मुस्किल छ। बीबीसी नेपाली सेवाबाट
महिला कण्डम प्रयोग गर्न किन रुचाउँदैनन् ? जान्नुस् मुख्य कारण
एजेन्सी । कण्डम भन्ने शब्द सुन्दा धेरैलाई अझैं पनि लाज लाग्छ । प्रायः ग्रामीण भेगमा कण्डमको नाम सुन्न अझैं रुचाउँदैनन् । तर, शहरमा भने यो सामान्य जस्तै बनेको छ । गाउँमा कण्डम लाजको विषय बनि राख्नुको मूल कारण अशिक्षा नै हो । रोचक विषय त के छ भने शहरमा प्रायः मानिस शिक्षीत भए पनि कण्डम भने कमैले मात्र प्रयोग गर्ने गरेका तथ्य बेलाबेला सार्वजनिक भइरहेका छन् । अब प्रश्न यो पनि होला, पुरुषले रुचि नराखेर कण्डम प्रयोग गर्ने घटेकी महिलाले ? यो प्रश्नको जवाफ पनि विभिन्न तथ्यहरुले पुष्टि गरेका छन् । तथ्यहरु भन्छन्,- महिलाहरुले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दो छ ! खासमा महिलाहरुले किन कण्डम लगाएर यौन सम्पर्क रुचाउँदैनन् ? यो प्रश्नको जवाफ यस्तो छ- –कण्डम प्रयोग गरेर यौन सम्पर्क गर्दा कम आनन्द हुन्छ । –प्रायः महिलाहरुलाई कण्डमको बास्ना मन पर्दैन । यसकारण पनि उनी कण्डम लगाएर यौन सम्पर्क राख्न रुचि देखाउँदैनन् । –एलर्जी हुने डर । यो कारणले पनि महिलाहरु कण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् । –कण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् । मुख्य यी कारणले नै धेरै जसो महिलाहरु कण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि कण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ । असुरक्षित यौन सम्पर्कले दुवैलाई घाटा पुर्याउँछ । कण्डम प्रयोग नगरेरै याैन सम्पर्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । यसकारण यसको महत्व बझेर प्रयोगमा ध्यान दिए राम्रो होला कि ?
मलेसियामा मदिराको सेवन नगर्न स्वास्थ सेवा बिभागको अपिल ,विभिन्न ठाँउमा अनुगमन तीब्र
मलेशिया,असोज ५ ।मलेशियाको स्वास्थ्य सेवा बिभागले विभिन्न कम्पनीका मदिरामा अखाद्य पदार्थ तथा मेथनोल पाइएकाले तत्काल कुनैपनी कम्पनीको मदिराको सेवन नगर्न अपिल गरेको छ। गत सोमबार देखि मलेशियामा बिषक्त मदिराको सेवन बाट स्थानीय नागरिक सहित दर्जनौं आप्रवासी कामदारको ज्यान गएपछि बिभागले मदिराको सेवन नगर्न अपिल गरेको हो। यस्तै खाद्य गुण तथा सुरक्षा बिभाग र प्रहरीको टोलिले मलेशियाका विभिन्न शहरमा बिहीबार र शुक्रबार अनुगमन गरेको छ।अनुगमनका क्रममा विभिन्न स्टोरबाट छुट्टाछुट्टै कम्पनीका ६ सय ४७ वटा मदिराका बोतलमा अखाद्य पदार्थ पाइएपछी ती स्टोरहरुलाइ बन्द गरि कारबाही प्रक्रिया अगाडि बढाएको स्थानीय संचारमाध्यमले जनाएका छन। बिहीबार बिहान सम्म छुट्टाछुट्टै १४ वटा नयाँ घटनाका गुनासो आएसङ्गै स्वास्थ सेवा बिभाग र खाद्य गुण तथा सुरक्षा बिभागको टोलिले सयुक्त रूपमा अनुगमन सुरु गरेको हो ।अनुगमन कै क्रममा मदिरा बेचबिखन गर्न स्टोर हरुले खाद्य नियमको पालना नगरी अखाद्य मदिराको बिक्रीवितरण गरेको समेत भेटिएको छ। मलेशियामा सोमबार देखि बिषक्त मदिराको सेवन बाट सेलेङ्गरमा १६ क्वालालम्पुरमा ३ र पेराकमा २ गरि २१ जनाको मृत्यु भैसकेको पुस्टि भएको छ। href=”http://www.everestdainik.com/wp-content/uploads/2018/09/20180921_181947.jpg”> मलेशियाको खाद्य नियम १९८३को धारा १३९ अनुसार कुनैपनि कम्पनी वा स्टोरले जनताको स्वास्थ्यमा हानी पुर्याउने खाद्य पदार्थको उत्पादन तथा बिक्री बितरण गरेमा १ लाख रिंगेट जरिवाना सहित १० बर्ष कैद हुने ब्यबस्था गरेको छ।
युएईमा ४ नेपाली अलपत्र, दूतावासद्वारा उद्वारको पहल सुरु
युएई । रोजगारीका लागि युएई आएका ४ नेपाली भने अनुसार काम नपाउदा अलपत्रमा परेका छन । युएईको अलेनस्थित एक क्लिनिङ कम्पनीमा काम गर्न आएका उनीहरूलाई रोजगारदाता कम्पनीले भने अनुसार काम र बिरामी हुुँदा समेत उपचार नगरेपछि उनीहरू अलपत्र परेका हुन । “बिरामी हुँदा काममा जान सकिएन, कम्पनीले बस्दै आएको होस्टेलबाट नै निकालिदियो दुई दिन देखि रुखको फेदमा बसेर रात काट्दै आएका छौँँ ” पीडित मध्ये एक कंचनपुरका भगतु रानाको भनाइ छ। काठमाडौको चप्पल कारखाना नजिक रहेको नेपाल गेट वे मेनपावर प्रालिबाट एक महिना अघि युएई आइपुगेका उनीहरूलाई मेनपावर कम्पनीले नेपालमा राम्रो तलब सुविधा सहितको सम्झौता गरी पठाएको भए पनिप रोजगारदाता कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिँँदा पीडित बन्न पुगेको उनीहरूको गुनासो छ । यसरी अलपत्र पर्नेहरूमा कंचनपुर बेलौरीका भगतु राना, शिबु राना, विश्व चौधरी र रामचन्द्र राना रहेका छन । यता युएई स्थित नेपाली दूतावासले पीडितका समस्या समाधान गर्न पहल सुरु गरेको छ । दूतावासले मेनपावरको एजेन्ट अशोक मोक्तानलाई सम्पर्क गरी पीडितका समस्या तत्काल समाधान नभए कारबाही गरिने बताएको छ । दूतावासको पहलपछि पीडितलाई कम्पनीले होस्टेलमा बस्न दिएको छ भने केही दिनभित्रै समस्या समाधान गरिने दूतावास स्रोतले जानकारी दिएको छ ।
११ हजार कुमारीकाे हत्या र ‘भर्जिन’ काे उत्पत्ति
अंग्रेजी शब्द ‘भर्जिन’लाई कौमर्यताको अर्थमा बुझ्ने गरिन्छ। तर कहिलेदेखि यौन सम्पर्क नगरेकालाई ‘भर्जिन’ भनिन थालियो भन्ने बारेमा रोचक प्रसंग रहेको छ। ‘भर्जिन’ शब्दको शाब्दिक अर्थ ‘शुद्ध’ हो। अर्थात् शत-पतिशत शुद्ध, बिना कुनै मिसावट, पवन र पवित्र । अंग्रेजी भाषामा ‘भर्जिन’ शब्द पहिलो चोटि सन् १२०० मा सुनिएको हो । क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजको पाण्डुलिपिमा uirgines शब्द प्रयोग भएको भेटिन्छ । त्यसमा एउटा वाक्य भेटिन्छ ‘martirs and confessors and uirgines maked faier bode inne to women.’ यही urigenes शब्द पछि गएर virgin भएको हो । यसका अतिरिक्त ‘भर्जिन’ शब्दको प्रयोग अधिकतर इसाई धर्मसँग जोडिएको पाइन्छ । चर्चका पादरीहरूको लेखनमा यस शब्दको भरपुर प्रयोग भएको भेटिन्छ । उहिले ‘भर्जिन’ शब्दको सम्बन्ध कुनै केटीको धार्मिक मान्यतासँग जोडिने योग्यताको रूपमा पनि हेर्ने गरिन्थ्यो । अर्थात् कुनै केटी चर्चसँग जोडिएको खण्डमा उसका लागि यो शब्दको प्रयोग हुने गर्दथ्यो । अंग्रेजी भाषाका प्रचलित शब्दकोशहरूमा ‘भर्जिन’ स्शाब्द्का लामा लामा परिभाषाहरू भेटिन्छन् । अक्सफोर्ड डिक्सनरीमा मात्रै ‘भर्जिन’ शब्दका १८ वटा परिभाषा रहेका छन् । ११ हजार ‘भर्जिन’हरूको नरसंहार चौथो-पाँचौं शताब्दीतिरको एउटा घट्ना छ जसलाई भर्जिन शब्दसँग जोडेर हेरिन्छ । ब्रिटेनको दक्षिण-पश्चिम क्षेत्रका एक राजाकी अर्सुला नाम गरेकी छोरी थिइन् । उनी आफ्ना पिताको आग्रहमा एक जना मुर्तिपूजक गभर्नर कोन्यान मेरिओडोकसँग विवाह गर्न राजी भइन् । उनी ११ हजार कुमारीहरूसँग पानी जहाजमा आफ्ना हुनेवाला पतिलाई भेट्न गैरहेकी थिइन् । यात्राको बिचमा समुद्री आँधी आएपछि उनले पहिले रोम गएर पोपलाई भेट्ने निश्चय गरिन् । तर उनको यात्राको बीचमै उनको समूहमाथि हंस नाम गरेका घुमन्ते जतिको आक्रमण भयो र अर्सुला लगायत सबै ११ हजार कुमारीहरू मारिए । पछि अर्सुलालाई सन्त घोषणा गरियो । भर्जिन आइल्यान्ड्स आइल्याण्डस् क्रिस्टोफर कोलंबसले सन्त अर्सुलाकै सम्मानमा एउटा समुद्री द्वीप समूहको नाम नै भर्जिन आइल्यान्ड्स राखे । एटलान्टिक महासागर र क्यारेबियन सागरबीचको यस द्वीप समूहलाई ब्रिटेनमा ‘भर्जिन आइल्याण्ड’ भनिन्छ भने अमेरिकामा ‘भर्जिन आइल्यान्ड्स अफ् युनाइटेड स्टेट्स भन्ने गरिन्छ ।
यही हो मजुदुर दिवस !
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ ढाँडपानीमा नाबालक बच्चालाई चिसो भुइँमा राखेर आफ्नो रोजीरोटी लागि गिट्टी कुट्दै गरेका मजदुर महिला । तस्बिरः कमल खत्री, म्याग्दी
नयाँ शिक्षा नियमावली आवश्यक छ : पौडेल
बेँसीसहर, चैत १४ । शिक्षामन्त्री धनीराम पौडेलले नयाँ शिक्षा ऐनअन्तर्गत नयाँ नियमावली आवश्यकता रहेको बताएका छन् । सदरमुकाम बेसीसहरमा आज आयोजित ‘दिगो विकासका लक्ष्य र स्थानीय तहबारेमा सांसद तथा सरोकारवालासँग अन्तक्र्रिया’ कार्यक्रममा मन्त्री पौडेलले कर्मचारी र अभिभावकले अहिले शिक्षा व्यवस्थापन नियमावलीको औचित्य र आवश्यकता महसुस गरेकाले पनि चाँडोभन्दा चाँडो नियमावली ल्याउनका लागि मन्त्रालय लागेको जानकारी दिए । अर्को प्रसङ्गमा उनले केन्द्रमा निहित अधिकार स्थानीय तहमा आएकाले गाउँ तथा नगरको विकास समृद्धिका लागि अब हुने स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुने बताए । सक्षम नेतृत्वका लागि निर्वाचनमा सहभागी हुने राजनीतिक दल गम्भीर हुनुपर्नेमा पनि उनकाे जाेड थियाे । उनले भने, “अबको निर्वाचित नेतृत्वले स्रोत जुटाउने, सहभागिता बढाउने र परिचालन गरी गाउँ समृद्ध बनाउन सक्नुपर्छ ।” जनसङ्ख्या तथा विकासका लागि सांसदको राष्ट्रिय मञ्च नेपालद्वारा आयोजित कार्यक्रम महालक्ष्मी उपाध्याय (डिना) को अध्यक्षता संचालन भएको थियो ।
बैतडीमा एक लाख २९ हजार मतदाता
बैतडी, फागुन २१ । बैतडीमा एक लाख २९ हजार ६ सय २८ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गराएका छन् । तीमध्ये ६६ हजार दुई सय ४५ महिला, ६३ हजार तीन सय ८२ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गरेर तस्बिर सहितको मतदाता नामावली सङ्कलन गरिएको गरिएको थियो । आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा सहभागी हुन योग्य मतदाता विवरणलाई अन्तिम रुप दिने तयारी भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताए । आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन् । फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ । यसैबीच, राज्य पुनः संरचना आयोगको प्रतिवेदन सार्वजनिक नहँुदा मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्न निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ । आयोगले फागुन मसान्तसम्म जिल्लामा रहने मतदान केन्द्रको टुङ्गो लगाएर पठाउन निर्देशन दिए पनि राज्य पुनः संरचना प्रतिवेदन सार्वजनिक नहुँदा काम अघि बढाउन नसकिएको हो ।
सौराहामा हात्ती महोत्सव सुरु
चितवन, पुस ११ । चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएको छ । आजबाट सुरु भएको उक्त हात्ती महोत्सव पुस १५ गतेसम्म चल्नेछ । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सो महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ । महोत्सवको पहिलो दिन बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको ¥यालीले सौराहाको परिक्रमा ग¥यो । ¥यालीमा भजन–कीर्तन तथा बाजागाजा प्रस्तुत गरिएको थियो भने थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो । यस वर्ष सौराहामै पहिलोपटक अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितासमेत आयोजना गरिएकाले रौनक बढेको पोलो प्रतियोगिताका संयोजक शङ्कर सैँजुले जानकारी दिए । हात्तीका गतिवधि प्रदर्शन हुने उक्त महोत्सवमा यसवर्ष विभिन्न नौवटा कार्यक्रम सञ्चालन हुने छन् । महोत्सवमा हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शङ्गार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने क्षेत्रीय होटल सङ्घका सचिव राममणि खनालले जानकारी दिए । महोत्सवले हात्ती र मानवबीचको सम्बन्ध प्रगाढ गराउन सहयोग गर्ने र यसबाट पर्यटन प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने आयोजकको विश्वास रहेको बताइएकाे छ । बाह्र वर्षअघि सौराहामा हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना भएको कार्यक्रम विगत केही वर्षदेखि हात्ती महोत्सवका रुपमा आयोजना हुँदै आएको छ ।
नेकपा एसले पार्टी सदस्यता परीक्षण गरी प्रमाणीकरण गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरूको सदस्यताका साथै प्रतिनिधिको संगठित सदस्यको सदस्यता परीक्षण गरी प्रमाणिकरण गर्ने भएको छ। पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले जानकारी दिए। यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको उनको भनाई छ । भुषालले भने, ‘१५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका सङ्गठित सदस्यलाई आसन्न १० औँ महाधिवेशनका लागि समावेश गरिने छैन ।’ पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समय सीमा अगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय सङ्गठन विभागले वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उनले जानकारी दिए। तल्लो तहबाट प्रमाणीकरणका आधारमा प्रतिनिधि चयन गरिने र त्यसो गर्दा सबै कमिटीले सम्बन्धित नेताहरूको संगठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्यांनका आधारमा प्रतिनिधिको सिफारिस गर्ने उनले बताए । भुषालले पार्टीको महाधिवेशन समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचनलगायत कारणले सरेको स्पष्ट पारे। जेठको दोस्रो साताका लागि तय भएको नेकपा समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने तय भएको छ।
एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी
कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनमा विवाद भएको छ । अधिबेशन लम्ब्याएर सहमतिको खाका तयार गरेपछि विवाद भएको हो । नेताहरूले सर्बसम्मत नेतृत्व चयन गर्ने भन्दै पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराएका थिए । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा गरेको अधिवेशन उद्घाटनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको थियो । अध्यक्ष मण्डलले आज (सोमबार) पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । चन्दले प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरेको दावी गरे । चन्द अघिल्लो अधिबेशनमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने माग भएपनि अघिल्लो अधिवेशनमा तल्ला कमिटी सदस्यमा हारेका अवस्थीलाई बनाउन खोजिएको भन्दै विरोध भएको एक नेताले बताए ।
जसपाका मन्त्रीहरूले आज शपथ लिदै
काठमाडौंं । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेपछि उनीहरुको सपथ आज हुने भएको हो । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्ने भएका छन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै वर्तमान गठबन्धनको बहुमत सुनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।
परिर्वतका पक्षधरलाई जनुयद्ध दिवस मनाउन कसैले रोकेर रोकिदैन : प्रचण्ड (भिडियोसहित)
काठमाडौं । प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिर्वतका पक्षधरलाई जनुयद्ध मनाउन कसैले रोकेर नरोकिने बताएका छन् । वाइसिएल नेपाल उपभोक्ता हकहित संरक्षण विभागद्वारा आयोजित जनयुद्धका उपलब्धि’ शिर्षकमा भईरहेको डिजिटल वक्तृत्वकला प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । अहिले अदालतले शान्ति प्रक्रिया चल्दै गरेको टिआसी नटुंगिएको भनेर जनयुद्ध दिवसलाई नमनाउने तर्क गरेको भएपनि जनता र माओवादी सहित संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुलाई जनयुद्ध दिवस मनाउन कसैले रोक्न नसक्ने बताएका हुन् । प्रधानमन्त्रीले जनयुद्ध दिवसको अवसरमा शुभकाना दिंदै भनेका छन् -‘अहिले हामी फागुन १ गतेको (जनयुद्ध दिवस) को नजिक छौं । म प्रधानमन्त्री भएपछि जनयुद्धलाई एउटा राष्ट्रिय दिवस घोषणा गरेको थिए । तर अहिले अदालतले शान्ति प्रक्रिया चल्दै गरेको टिआसी नटुंगिएको भनेर जनयुद्ध दिवसलाई नमनाउने तर्क गरेको छ । तर जनतालाई र हामीलाई जनुयद्ध मनाउन कसैले रोकेर रोकिदैन । यो परिर्वतका पक्षधरले जनयुद्धलाई सम्मान गरेका छन् र गरिराखेकै छन् गरिरहन्छन् पनि र यो कसैले रोकेर रोकिदैन ‘ यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना जनयद्ध नेपालको इतिहासको एउटा महान् क्रान्तिकारी पहल कदमी हो । जनयुद्ध पूर्व देशमा निरकुंसताको मुख्यत सामन्ती निरकुंसताको राज थियो । प्रयेक जिल्ला र गाउँ गाउँ टोलटोलमा महिला दलित आदिवासी दलित र मधेसी मुस्लिम थारुहरु समुदायलाई लगायत सबै उत्पीडित वर्ग समुदायलाई कुनै पहिचन र अधिकार थिएन । सबैभन्दा ठुलो कुरा त्यो भन्दा अगाडि राष्ट्रको सार्वभौमसत्ता जनताको हातमा थिएन । त्यो एउटा व्यक्ति, एउटा सामन्ती प्रभुको हातमा केन्द्रीत थियो । र त्यो समान्तवादको पराकाष्ट्रको रुपमा थियो । जनयुद्धले यस्तो परिस्थिति तयार गर्यो, जहाँ सबै वर्ग तह तप्काका जनतामा एउटा नयाँ जागरण सहित उनीहरुको पहिचान हक अधिकार र आत्मसम्मानलाई स्थापित गर्न ठुलो योगदान गयो ।यो इतिहासिक योगदना गर्यो । मै सधै भन्ने गरेको छु आधुनिक नेपालको इतिहासमा जनयुद्ध एउटा महान् पहलकदमी थियो । त्यसमा जनताका सबै वर्ग तहतप्काले जुन विरता देखाए र वलिदानीको इतिहास कायम गरे जुन सयौं सयौं वर्षसम्म पनि नेपालको इतिहासमा अजर अमर रहने छ । यसरी राजनीतिक रुपले पनि, अधिकारको दृष्टिकोणले पनि, पहिचान र आत्मसम्मानका दृष्टिकोणले पनि यो युगिन परिर्वतन ल्याउने एउटा महान् पहल थियो जनयुद्ध । र त्यसमा हजारौं हजार जनताको वलिदान एउटा उदेश्यमुल ढंगले, एउटा नयाँ युग निर्माणको उदेश्यले, गणतन्त्रको निम्ति, समावेसिता र समानुपतिकता सहितको संघिय लोकतान्त्रिक राज्य निर्माणको निम्ति एउटा सचेत बलिदान थियो जनयुद्ध । त्यसमा कुनै एउटा समुदाय विशेष जाति सप्रदाय विशेषको मात्रै सहभागिता थिएन । त्यसमा त सिंगै नेपालका जाति सप्रदायको सहभागिता थियो ।जनयुद्धमा नेपालका सबै जाति क्षेत्र र समुदायका जनताले वदिानका कोटा चुक्ता गरेका थिए । यसरी आज हामी लोकतन्त्रको जुन अभ्यास गरिराखेका छौं । अभिव्यक्ति स्वतन्त्रताको अभ्यास जो अहिले देशमा भै राखेको छ यसमा जनयुद्धको भुमिका छ । यद्यपी कतिपय मानिसहरुले जनयुद्धद्धारा प्राप्त लोकतन्त्रको यो स्वतन्त्रतालाई दुरुपयोग गर्ने प्रयास जो गरिराखेका छन् ।तर फेरिपनि यसले नयाँ स्वतन्त्राको अभ्यास गर्ने नयाँ ठाउँमा देशलाई र नेपाली जनतालाई ल्याइपुर्याएको छ । यो कुरा साँचो हो कि पछिल्लो पटक १२ बुँदे समझदारी, शान्ति सम्झौता अन्य दलसँग पनि मिलेर भएकै हो । त्यसमा अरुको पनि अन्य दलहरुको पनि जन आन्दोलनको यो परिर्वतनमा भुमिका रहेको छ । तर के कुरा निर्विवाद रुपमा सत्य हो भने जनयुद्ध नै त्यो आधार हो, जसले संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव बनायो । जनयुद्ध नै त्यो आधार हो जसले संविधान सभाको निर्वाचनमार्फत नेपाली जनतालाई पहिलो पटक इतिहासमा सार्वभौमसत्ता सम्पन्न बनायो । यसअर्थले जनयुद्ध एउटा युग परिर्वतन गर्ने पहल हो । एकथरी मानिसहरु हिजो जनयुद्ध चल्दै गर्दा यसलाई बदनाम गर्ने, या यसलाई फौजी दमनद्धारा नै निस्तेज पार्ने दुस्साहस गरेका थिए । ती वर्ग र तप्काका मानिसहरुले अहिले यसविरुद्ध कुनै न कुनै रुपले नकारात्म भाष्य तयार पारेर बदनाम गर्ने कोशिस गरिराखेकै छन् । मेरो विचारमा त्यो हिजो पनि थियो, आज पनि छ र यो केही समय अझै रहन पनि सक्छ । त्यसकार क्रान्तिकारीहरुको या संघिय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुको जिम्मेवारी बन्न आउँछ कि , जनयुद्धको एेतिहासिकता र यसको महत्व, यसले ल्याएको युगिन परिर्वतनलाई स्थापित गर्न अगाडि बढौं । त्यो जनताको जिम्मेवारी पनि हो, क्रान्तिकारीहरुको जिम्मेवारी पनि हो , नयाँ पुस्तका युवाहरुको पनि जिम्मेवारी पनि हो । यथार्थमा भन्ने हो भने जनुयुद्धमा सबभन्दा धेरै युवाहरुकैे सहभागिता थियो । चाहे जनमुक्ति सेनाको रुपमा होस्, या मिलिसिायको रुपमा होस् ,अन्य थुप्रै रुपमा त्यसकोे निम्ति व्यवस्थापन गर्ने काममा युवाहरुकै सहभागिता थियो ।र वलिदानीको कोटा हेर्ने हो भने पनि युवाहरुले नै गरेका छन्् । त्यसले यसको महानतालाई यसको गहिराहिलाई राम्रोसँग उजागर गर्ने र जनतामाझ स्थापित गर्ने जिम्मेवारी पनि युवाहरुको दायीत्व भित्र रहन्छ । जाली, झेली, प्रतिक्रान्तिकारी, प्रतिक्रिायावादीहरु जसले इतिहासको यो तथ्यलाई बंग्याउने दुस्साहस गरेका छन् तीनिहरुलाई जनताको बीचमा राम्रोसँग एक्सपोज गर्ने आवश्यकता अहिले छ । अहिले हामी फागुन १ गतेको (जनयुद्ध दिवस) को नजिक छौं । म प्रधानमन्त्री भएपछि जनयुद्धलाई एउटा राष्ट्रिय दिवस घोषणा गरेको थिए । तर अहिले अदालतले शान्ति प्रक्रिया चल्दै गरेको टिआसी नटुंगिएको भनेर जनयुद्ध दिवसलाई नमनाउने तर्क गरेको छ । तर जनतालाई र हामीलाई जनुयद्ध मनाउन कसैले रोकेर रोकिदैन । यो परिर्वतका पक्षधरले जनयुद्धलाई सम्मान गरेका छन् र गरिराखेकै छन् गरिरहन्छन् पनि र यो कसैले रोकेर रोकिदैन । म आउँदै गरेको जनयुद्ध दिवसको अवसरमा जनयुद्धका सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहान्छु । सबै बेपत्ता योद्धाहरुप्रति सम्मान गर्न चाहान्छु । घाइते योद्धाहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दछु । घाइतेहरुको उपचारमा हामीले सक्ने पहल गरेका छौं, गरिहन्छौं । यस अवसरमा जनयुद्धको क्रममा अन्य व्यवस्थापनमा सहयोग पुर्याउने जनयुद्धलाई परिर्वतनको मुख्य शक्ति बनाउनेमा योगदान पुर्याउने सबै तह तप्काका जनतालाई पनि म बधाई र धन्यवाद भन्न चाहान्छु । जनयुद्धले ल्याएको परिर्वतन जनताको लागि हो । सबै उत्पिडित वर्गको समुदायको लागि हो । त्यसकारण अहिले उत्पिडकहरुको पक्षमा समान्तहरुकै पक्षमा फेरि इतिहासको चक्कालाई पछि धकेल्न चाहाने केही सामन्तह तत्वहरुको दुस्साहलाई परास्त गर्न पनि हामीले जनुयुद्ध र जनआन्दोलनको ऐहिासिक कार्यलाई स्थापित गर्ने कुरा, संविधानसभाको निर्वाचन र नेपाली जनता इतिहासमै पहिचोटी व्यक्तिको दासताबाट मुक्त भएर सार्वभौमसत्ता सम्पन्न भएको ऐतहासिक योगदानलाई सम्मान गर्ने दिनका रुपमा जनुयद्ध दिवसलाई लिनुपर्छ । हामी सबै यसको निम्ति दृढतापूर्वक अगाडि बढ्नुपर्छ।
यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ
काठमाडौं । बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् । उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ । २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।