खाेटाङमा मासुका लागि राँगापालन प्रभावकारी बन्दै

खोटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले सुरु गरेको मासुका लागि व्यावसायिक राँगापालन प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित रु ४३ लाखबाट समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सहभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो । 

तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४०० वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए । नगरपालिकाले विनियोजन गरेको बजेट कृषक समूहको खातामा जम्मा गरिदिएपछि समूह आफैले उन्नत जातका राँगा खरिद, ढुवानी तथा वितरण गरेको जनाइएको छ ।

नगरवासीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागू गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको उपप्रमुख विशन राईले बताए । उनले भने, “अघिल्लो वर्ष यो कार्यक्रमअन्तर्गत ४०० वटा राँगा खरिद गरेर वितरण गरेका थियौँ । एउटा राँगाको मूल्य रु ६० हजारसम्म पुगेको छ, चालु आवमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने योजनामा छौँ ।”

राँगा तथा भैँसीपालन कार्यक्रमले प्राङ्गारिक मलसमेत उत्पादन हुने भएपछि तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको हो । 

जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि कृषकहरुलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले वडा नं। ६ नेर्पा र वडा नं. १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरेको छ ।

नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किएका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए ।

नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका कफीको नर्सरीमा दैनिक ज्यालादारीका करिब १०० जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रमअन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब रकम भित्रिने आकलन गरिएको छ । 

सोलुखुम्बुमा बाढीले पाँच घर बगायो

सोलुखुम्बु । अविरल वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा गएराति आएको बाढीले पाँच घर पूर्णरूपमा बगाएको छ भने छ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । अघिल्लो वर्ष ठूलो क्षति पुर्‍याएको थामे खोलाले यसपटक बग्ने मार्ग परिवर्तन गरी बस्तीमै प्रवेश गर्दा पाँच घर बगेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले विज्ञप्ति जारी गरेर जानकारी दिए । बाढीका कारण विद्युत् वितरण प्रणाली, बिजुलीका पोल र सञ्चार सेवासमेत अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । तत्काल उद्धार र राहत कार्यका लागि मानवीय सहयोग अपरिहार्य भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हाल निरन्तर वर्षा भइरहेको र अझै थप क्षति हुन सक्ने सम्भावना कायमै रहेकाले थामेसहित तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रभावित परिवारलाई तत्काल सहयोगका लागि पनि आह्वान गरिएको छ ।

पार्टी प्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको छ। बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राख्नुभयो। उहाँले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताउनुभयो। भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो। दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु।” अध्यक्षले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताउनुभयो। उहाँले निर्देशन दिँदै भन्नुभयो, “अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।” त्यसैगरी, उहाँले पार्टीभित्र आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै, हरेक कमरेडले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ। अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ।” बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो, “हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।” उहाँले संगठन निर्माणलाई अबको अभियानको मूल धार मानेर भन्नुभयो, “हामी निर्वाचनमा जान्छौं, आन्दोलनमा उत्रन्छौं भन्ने कुरा तब मात्र सार्थक हुन्छ, जब संगठन बलियो हुन्छ। त्यसैले सबै कमरेडहरू आत्मसमिक्षा गर्दै जनतामाझ पुग्नुहोस्, सदस्यता विस्तार गर्नुहोस्, जनसंगठनहरूलाई सक्रिय पार्नुहोस्।” अध्यक्ष प्रचण्डले सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश बताउँदै, त्यहाँका नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थित, योजनाबद्ध, केन्द्रित र परिचालित गर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “सुदूरपश्चिम सम्भावनायुक्त प्रदेश हो – क्रान्तिको समयमा पनि र अहिले शान्तिको समयमै पनि। त्यहाँ नेता–कार्यकर्ताहरूको ठूलो जमात छ। त्यसलाई व्यवस्थित गर्ने, योजनाबद्ध गर्ने, केन्द्रित गर्ने र परिचालन गर्ने चुनौती हाम्रो अगाडि छ।” बैठकमा विशिष्ट अतिथि पार्टी उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, सांगठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँले सुदूरपश्चिमको विशेष परिस्थितिअनुसार जनसम्पर्क र संगठन सुदृढीकरणमा केन्द्रित हुने बताउनुभयो। भर्चुअल बैठकमार्फत अध्यक्ष प्रचण्डले पार्टीलाई एकीकृत, केन्द्रित र अभियानमुखी बनाउनेमा जोड दिँदै कार्यकर्तालाई संगठन निर्माण र आत्मसमिक्षाको बाटोमा अघि बढाउने रणनीति प्रस्तुत गर्नुभएको छ। उहाँले निष्कर्षमा भन्नुभयो, “सकारात्मक माहोललाई संगठनमा बदलेर मात्र राजनीतिक सफलता सम्भव छ।”

जनमुक्ति सेना बिग्रेड सह–कमाण्डर कर्णबहादुर नकाल ‘शिशिर’को निधन

रुकुम । जनमुक्ति सेना नेपालका बिग्रेड सह–कमाण्डर तथा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल रुकुमका पूर्व अध्यक्ष कमरेड कर्णबहादुर नकाल ‘शिशिर’को असामयिक निधन भएको छ।   कर्णबहादुर नकाल ‘शिशिर’ माओवादी आन्दोलनका एक समर्पित योद्धा थिए। जनयुद्धका क्रममा जनमुक्ति सेनाको बिग्रेड सह–कमाण्डरको रूपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।  त्यसैगरी, योङ्ग कम्युनिस्ट लिग रुकुमको नेतृत्व गर्दै उनले युवाहरूलाई संगठित गरी सामाजिक परिवर्तन र कम्युनिस्ट आन्दोलनमा सक्रिय बनाएका थिए।  उनको असामयिक निधनले माओवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । 

कोशीमा पत्रकारकाे माग सम्बोधन गर्न माओवादीको दबाब

काठमाडौं । कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघ र सञ्चारसँग सम्बद्ध संस्थाहरूको आन्दोलनलाई नेकपा (माओवादी केन्द्र) ले समर्थन जनाएको छ । आइतबार प्रदेश सभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दुर्गाप्रसाद चापागाईंले पत्रकारहरूको आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे । उनले भने, “प्रदेशभरिका सञ्चारकर्मी–पत्रकारहरू यो विधेयकविरुद्ध संघर्षरत छन् । पत्रकार महासंघ र सञ्चारकर्मीका माग सम्बोधन गर्नु सरकारको दायित्व हो ।” पत्रकार महासंघले विधेयकका प्रावधानहरू प्रेस स्वतन्त्रताविरोधी रहेको भन्दै आन्दोलन चर्काइरहेको छ । सांसद चापागाईंले विवादित आमसञ्चार विधेयकलाई प्राथमिकता दिएर प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गर्न खोजिएको भन्दै आपत्ति जनाए । उनले भने, “सरकारी कामकाजसँग सम्बन्धित भाषासम्बन्धी विधेयक अलपत्र छाडेर अधिवेशन टुंग्याउने तयारी भइरहेको छ, यो गैरजिम्मेवार कदम हो ।” सत्तारूढ नेपाली कांग्रेस र एमाले संघीय सरकार मात्र नभई प्रदेश सरकार सञ्चालनमा पनि असफल साबित भइसकेको टिप्पणी गर्दै उनले विपक्षी दलहरू सदैव रचनात्मक सहयोगका लागि तयार रहेको तर संसद् छल्ने प्रवृत्तिलाई सहन नहुने चेतावनी दिए । “संसद् छल्ने होइन, नयाँ–नयाँ विधेयक ल्याएर व्यवसाय सिर्जना गर्न सरकार लागोस् । हामी त्यसमा सहयोग गर्न तयार छौँ । तर असमर्थता र असफलताको भागीदार बन्न तयार छैनौँ,” चापागाईंको भनाइ थियो ।

कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढ्यो

झापा । कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन । किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन् । दुवै प्रकारका माछापालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा दुई हजार ४४२ हेक्टर क्षेत्रफलमा पोखरी बनाएर कार्प जातको माछापालन गरिएको थियो । त्यसअघि आव २०८०/८१ मा दुई हजार १६ हेक्टर क्षेत्रफलमा मात्र माछापालन गरिएको उहाँले बताउनुभयो । कार्प जातका माछाको उत्पादन बढेको छ । उक्त माछा आव २०८०/८१ मा नौ हजार ३७७ मेट्रिक टन उत्पादन भएको थियोभने आव २०८१/८२ मा उत्पादन बढेर ११ हजार ७६ मेट्रिक टन पुगेको छ । उपभोक्ताले रुचाउन माछाको अर्को जात पङ्गासको पनि उत्पादन र माछापालन क्षेत्रफल दुवै वृद्धि भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएअनुसार आव २०८१/८२ मा पङ्गास माछा कोशी प्रदेशमा तीन हजार ३९९ मेट्रिक टन उत्पादन भएको थियो । जबकि आव २०८०/८१ मा यो माछा दुई हजार ३६६ मेट्रिक टनमात्र उत्पादन भएको थियो । निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशमा आव २०८१/८२ मा पङ्गास माछापालन गरिएको पोखरीको सङ्ख्या चार सय १३ र आव २०८०/८१ मा मात्र चार सय पाँच रहेको थियो । आव २०८१/८२ मा यो माछापालन भइरहेको क्षेत्रफल एक सय १० हेक्टर र आव २०८०/८१ मा ७८ हेक्टर रहेको थियो । पहाडमा बग्ने सफा पानीमा पालिने रेन्बो ट्राउटको माछापालन भने घटेको छ । आव २०८०/८१ मा ४३ वटा पोखरीमा यो माछापालन गरिएको थियोभने आव २०८१/८२ मा घटेर २९ भएको निर्देशनालयले जनाएको छ । कोशी प्रदेश सरकारले माछापालनमा जोड दिँदै आएता पनि आवश्यकता धान्ने गरी उत्पादन बढाउन सकेको छैन । मत्स्य विकास अधिकृत लिम्बूले प्रदेशमा प्रतिव्यक्ति वार्षिक ११ केजी ५०० ग्राम माछा उपभोग हुने गरेको बताउनुभयो ।  जबकि आव २०८०/८१ मा उत्पादनको उपलब्धता वार्षिक प्रतिव्यक्ति एक केजी ८०० ग्राम र आव २०८१/८२ मा दुई केजी २६० ग्राम रहेको उहाँले बताउनुभयो । प्रदेशमा खपत भएअनुसारको उत्पादन बढाउन नसक्दा अझै पनि भारतबाट आयातित माछामा निर्भर हुनुपर्ने बाध्यता छ । कोशी प्रदेशका ५६ वटा सिमसार पोखरीमा माछापालन गरिएको छ । 

बैतडीकाे मेलाैनीमा औद्योगिक ग्रामको काम अलपत्र

बैतडी । मेलौली नगरपालिकाको कफलानीमा औद्योगिक ग्राम निर्माणका लागि चार वर्षअघि ९२ लाख रुपियाँ बजेट उपलब्ध भए पनि काम अघि बढ्न सकेको छैन । विस्तृत अध्ययन प्रतिवेदन बने पनि वातावरणीय अध्ययन प्रतिवेदन (ईआइए) तयार हुन नसक्दा योजना रोकिएको हो । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाको २०८०/८१ को लेखा परीक्षणमा बजेट प्रयोग नभएको भन्दै रकम फिर्ता गर्न वा तत्काल काम अघि बढाउन सुझाव दिएको छ । बर्सेनि मूल्यवृद्धि हुँदा लागत बढ्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ । औद्योगिक ग्राम स्थापनाका लागि छनोट गरिएको मेलौली–५ को खलिगाड क्षेत्रमा फलाम र चुनढुङ्गा खानी तथा आसपासमा लोक्ता, बाँस–निगालो, जडीबुटी जस्ता बहुमूल्य स्रोत पाइन्छन् । स्थानीयवासीले नेताहरूले चुनावमा मात्र औद्योगिक ग्रामको मुद्दा उठाउने गरेको गुनासो गरेका छन् । नगरप्रमुख भीमबहादुर चन्दका अनुसार विस्तृत अध्ययन प्रतिवेदन बनेकाले यस वर्ष ईआइए तयार गरी काम अघि बढाउने तयारी छ । औद्योगिक ग्राम बने युवाले स्वदेशमै रोजगारी पाउने अपेक्षा गरिएको छ ।

तनहुँकाे ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् । उत्पादित खुर्सानी प्रतिकिलो रु २५० देखि रु ३५० सम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिए । उनले भने, “पहिलो चरणमा एक हजार किलो खुर्सानी बिक्री गरिसकिएको छ, बिक्रीका लागि बजारको समस्या छैन, तर मूल्य उचित पाउन सकिरहेका छैनौँ ।” उत्पादित खुर्सानी जिल्लाको भीमाद, दुलेगौँडादेखि पोखराका बजारमा बिक्री गर्दै आइएको किसान बताउँछन् । पहिलो चरणमा रु दुई लाख बढीको खुर्सानी बिक्री गरिसकिएको कृषक समूहले जनाएको छ । गाउँपालिकाले खुर्सानका बेर्ना र सिँचाइका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो । सुरुमा सामूहिक रूपमा रु छ लाख लगानी गरिएको समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए । वैशाखको अन्तिम साता बिरुवा ल्याएर खेती थालिएको बताउँदै उनले भने “बिरुवा लगाएको दुई महिनामा फल्न सुरु भएको छ, अब दोस्रो चरणको बिक्रीका लागि तयारी भइरहेको छ ।” ऋषिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका गञ्जसिंले पशुपालन र कृषि व्यवसायका लागि किसानलाई सहुलियत दर (सात प्रतिशत) मा ऋण उपलब्ध गराउँदै आएको बताए । “गाउँका युवा विदेशिने क्रम बढ्दै गएको अवस्थामा युवालाई स्वदेशमा बसेर काम गर्ने वातावरण र रोजगार सिर्जना गर्ने पहल थालेका हौँ”, उनले भने ।  उत्पादनका लागि यहाँको माटो उर्वरायुक्त रहेकाले जे खेती लगाउँदा पनि प्रशस्त आम्दानी लिन सकिने किसान बताउँछन् । जमिन बाँझो नराख्ने अभियानअन्तर्गत १४० रोपनीमा सुन्तलाखेती सुरुआत गरिसकिएको समूहका सदस्य गञ्जसिंले बताए । उनले भने, “एक हजार सुन्तलाका बिरुवा लगाइसकिएको छ, तीन हजार बिरुवा लगाउने योजनासहित अघि बढेका छौँ ।” 

ओली सरकारका मन्त्री : 'हैजा लागेर मान्छे मर्दा तपाइँ के गर्दै हो ?' भनेर प्रश्न गर्नेलाई तीनवटा मुद्दा !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नागरिकको अधिकारलाई कुण्ठित गर्नेगरी विभिन्न कानून ल्याएको छ । त्यतीमात्र होइन् अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा पनि निरन्तर काम गरिरहेको छ । त्यसको पछिल्लो उदाहरण 'धम्की दिएको' भनेर हैजाका बारेमा प्रश्न उठाउन खोज्दा पक्राउ परेकी किरण साहलाई तीनवटा मुद्दा लगाएको घटना हो ।  पर्सामा हैजा फैलिएको छ । किरणले मन्त्री यादवलाई 'हैजा लागेर मान्छे मर्दा तपाइँ के गर्दै' भनेर प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमा राखिएको अडियोमा खानेपानी मन्त्री प्रदीप यादवलाई वीरगञ्जमा फैलिएको हैजा बारेमा प्रश्न उठाइएको छ ।  किरणले हैजाका बारेमा जानकारी गराउन पटक  पटक फोन गरिन् । तर, मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले सामाजिक सञ्जालमार्फत आक्रोस पोखिन् । त्यसपछि मन्त्री यादवले आफूलाई धम्की दिइएको भन्दै युवतीविरुद्ध उजुरी गरे ।  प्रहरीले किरणलाई पक्राउ गरेर तीनवटा अरोपमा अदालतबाट म्याद थप गरेको छ । किरणविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, सघीय सांसदलाई धम्की दिन नहुने कसुर र झुटा कुराको अफवाह फैलाएको लगाइएको छ ।  बलात्कारको आरोपी नेकपा एमालेका नेता ऐन महरलाई प्रहरीले एक घन्टामै छाडेको एक हप्तापनि पुगेको छैन । जनताका प्रश्न सुन्न नचाहने सरकारले प्रश्न गरेकै कारण विभिन्न आरोप लगाउने काम भने निरन्तर गरिरहेको छ ।  सरकारको आलोचना गरेको आरोपमा पक्राउ परेका मंगलसिंह प्रजा झण्डै दुई हप्ता प्रहरीको हिरासतमा बसेर हिजोमात्रै रिहा भएका छन् । 

रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस्  : अध्यक्ष प्रचण्ड

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताउनुभएको छ । पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष प्रचण्डले भन्नुभयो -“पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस एमालेका नेताहरुले मलाई भेट्दा यो परिर्वतन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ ।मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु । त्यसैले कमरेडहरु माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भुमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचार प्रसार त हामीले गर्नुपर्यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो,  तपाईहरु त्यसको तयारी गर्नुहोस् ।” अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरुप भएको बताउनुभयो । उहाँले ऐतिहासिक दृष्टान्त दिँदै भने, “असन्तुष्टि जहाँ गयो त्यही हुन्छ, विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ।” उहाँले माओत्से तुङ, ल्यू साओची र लिनप्याओबीचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै विश्वासघात र नेतृत्वप्रतिको आस्था परीक्षणको दिष्टान्त पार्टीका नेताकार्यकर्ताहरु समक्ष राख्नुभयो । अध्यक्ष प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै जनयुद्ध र परिर्वतनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।  “देशभरका वडाहरुबाट जनयुद्ध र जनआन्दोलनमा सहभागी, सहिद, घाइते र जेलनेल भोगेका जुनसुकै पक्षका व्यक्तिको विवरण तथ्याङ्क संकलन गरेर केन्द्रमा पठाउनुपर्छ,” उहाँको भनाइ थियो।उहाँले जुनसुकै पार्टीका भए पनि गणतन्त्रमा योगदान दिने नागरिकलाई सम्मान गर्नुपर्ने र पार्टीले यसको स्पष्ट मापदण्ड तय गर्ने पनि जानकारी दिनुभयो । प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट डराएका “प्रतिक्रियावादी र बिचौलिया” समूहहरु माओवादी आन्दोलनविद्ध जोसुकै लागेको भएपनि विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। बैठकमा अध्यक्ष प्रचण्डले पार्टी आन्दोलनबारे समिक्षा, संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र पार्टीको भविष्यका योजनाहरु राख्नुभएको छ । बैठकमा प्रचण्डले समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे धारणा राख्नुभएको छ ।परिवर्तनको जग माओवादीले राखेको र त्यसको रक्षा गर्ने शक्ति पनि माओवादी नै भएको उहाँले बताउनुभएको छ ।

'टंकमणि साहसी योद्धा हुनुहुन्थ्यो,जनयुद्धमा अतुलनीय भूमिका खेल्नुभयो' : अध्यक्ष प्रचण्ड

बुटवल। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद स्मृति प्रतिष्ठान, रूपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरण गर्नुभएको छ। आइतबार बुटवलस्थित प्रतिष्ठानको कार्यालय परिसरमा आयोजित समारोहमा अर्धकदको शालिक अनावरण गरिएको हो। सोही अवसरमा ‘टंकमणि: एक क्रान्तिबीज’ पुस्तकको पनि विमोचन गरिएको छ। कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको सफलतामा टंकमणिको नेतृत्वमा सप्लाई विभागले खेलेको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्नुभयो। उहाँले टंकमणिले जोखिमपूर्ण जिम्मेवारी बहन गर्दै दशवर्षे जनयुद्धलाई सफल बनाउन विशेष योगदान दिएको बताउनुभयो। “टंकमणि साहसी योद्धा हुनुहुन्थ्यो, जनयुद्धमा अतुलनीय भूमिका खेल्नुभयो,” प्रचण्डले भन्नुभयो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको उल्लेख गर्नुभयो। उहाँले उपमहानगरले परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा सधैं कदर गर्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पाण्डेले कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भए पनि केन्द्रमा गठबन्धन भत्किए पनि स्थानीय तहमा गठबन्धनको मर्मअनुसार काम भइरहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो। स्वर्गीय टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो।

प्रचण्डद्वारा गौरा पर्वको शुभकामना, सामाजिक एकताको सन्देश

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने प्रमुख सांस्कृतिक चाड गौरा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। प्रचण्डले गौरा पर्वले प्रकृति र उत्पादन प्रणालीबीचको अभिन्न सम्बन्ध झल्काउनुका साथै मौलिक सांस्कृतिक पहिचान बोकेको बताउनुभयो। यो पर्वले सामाजिक एकता र सामूहिकता प्रवर्द्धनमा विशिष्ट भूमिका खेल्ने उहाँको भनाइ छ। “सबै जाति, भाषा, धर्म र समुदायको सम्मान, पहिचान र अपनत्वले मात्रै साँचो अर्थमा राष्ट्रियता बलियो हुन्छ,” शुभकामना सन्देशमा प्रचण्डले भन्नुभयो। उहाँले यस्ता पर्वहरूको उचित संरक्षण र सम्वर्द्धनका लागि सबैमा अपील गर्नुभएको छ।  

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा टंकमणिको सालिक अनावरण र स्मृति ग्रन्थ विमोचन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद स्मृति प्रतिष्ठान, नेपाल, रूपन्देहीको आयोजनामा बुटवल–११, माझगाउँमा आयोजित एक समारोहमा कमरेड रामप्रसाद वञ्जाडे ‘टंकमणि’को सालिक अनावरण र स्मृति ग्रन्थ ‘टंकमणिः एक क्रान्तिविजय’ पुस्तकको विमोचन गर्नुभएको छ। उक्त समारोहमा प्रचण्डले शहीद टंकमणिको योगदानको कदर गर्दै उनको सालिक अनावरण गर्नुभयो। साथै, ‘टंकमणिः एक क्रान्तिविजय’ नामक स्मृति ग्रन्थको पनि विमोचन गर्नुभयो। यो कार्यक्रम शहीद स्मृति प्रतिष्ठान, नेपालले आयोजना गरेको थियो।

अध्यक्ष प्रचण्ड रुपन्देहीमा, यी हुन् कार्यक्रम

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुपन्देही पुग्नु भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण अनावरण गर्दै हुनुहुन्छ ।  सोही अवसरमा ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचन गर्ने कार्यक्रम तय भएको छ ।  जनयुद्धको सुरुवातदेखि नै भूमिगत रही काम गरेका बन्जाडेको  २०७८ मङ्सिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा निधन भएको थियो । बन्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देहीका इन्चार्जको जिम्मेवारी बहन  गर्नुभएको थियो ।  पार्टी र जनआन्दोलनमा उहाँले  पुर्‍याएको योगदानको स्मरणमा माओवादी केन्द्र रुपन्देहीले शहीद स्मृति प्रतिष्ठानमा उहाँको सालिक निर्माण गरेको हो । प्रचण्डले आजै बुटवलको बेलवासमा आयोजित माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी बैठकलाई पनि सम्बोधन गर्ने तयारी छ । 

खानेपानी समिति रोल्पामा काँग्रेस-एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीको प्यानल नै विजयी

रोल्पा। नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई पराजित गर्दै रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गएराति सम्पन्न चुनावबाट सत्तारुढ काँग्रेस एमालेको प्यान पराजित भएको हो ।  नेकपा माओवादी केन्द्रका सुमन विक नेतृत्वको प्यानल विजयी भयो । उपाध्यक्षमा रेउती आचार्य, महासचिवमा अशोक आचार्य, सचिवमा रुपा बुढा र कोषाध्यक्षमा शिला बिक विजयी भएका छन् । 

गौरापर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् ।  गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।  महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ । यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।