नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि : सांसद पाण्डे
२५ असार, २०८१
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोप गर्ने उदेश्यका साथ बनेको बताएका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका प्रकरणहरू छोप्नका लागि बनेको बताए। संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरूको बुझाइ रहेको स्पष्ट पारे । प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको उल्लेख गरे। “गिरिबन्धुको छोप्नुपर्ने भयो, एकजना भाउजूको पनि छोप्नुपर्ने भयो। भुटानी शरणार्थी काण्डको छोप्नुपर्ने भयो । यस्ता कुरा भन्ने आइरहेको छ। त्यो नहोस्। त्यो उहाँहरूमाथि लागेको आरोप गलत ठहरियोस्। तर, आम रूपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन। प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्दछ । प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि। गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ,” उनले भने । सांसद पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरू सम्मिलित हुनेकुरा नसोचेको र आफूहरूको आवश्यकता पनि दुई दललाई महसुस नभएको अनुभव आफूले गरेको बताए।
अब बन्ने सरकारमा जाने मेरो रुचि छैन : सिटौला
२४ असार, २०८१
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
२४ असार, २०८१
सोमबारको विदेशी मुद्राको विनिमय दर
२४ असार, २०८१