यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २६ गते बुधबार सन् २०२४ जुलाई १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर, युरो र बेलायती पाउण्डको मूल्य घटेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्रीदर भने घटेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १७ पैसा र बिक्री दर १४४ रुपैयाँ ८२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर 

नेप्से १५.७९ अंकले बढ्यो,कारोबार रकम कति ?

काठमाडौं ।धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक  १५.७९ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक मंगलबार ०.७३ प्रतिशतले बढेर २१५२.१४ विन्दुमा बन्द भएको हो। १६८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।  यसदिन गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक वृद्धि भएको छ। म्युचुअल फन्ड समूहको परिसूचक भने स्थिर छ। 

झिनो अंकले घट्यो नेप्से, १४१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौं । केही दिनदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार भने झिनो अंकले घटेको छ। साताको पहिलो दिन आइतबार २१.२७ अंकले बढेको नेप्से सोमबार भने ४.६२ अंकले घटेको हो। सोमबार नेप्सेमा भएको कारोबारमा ९५ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने १४१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। त्यस्तै सोमबार १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर अवस्थामा रह्यो। आज नेप्सेमा १ करोड ४ लाख ७५ लाख १८१ कित्ता ५९ हजार ९७४ वटा कारोबार हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भयो। जसमा समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेश गर्ने सम्भावित कार्यसूची छ।   बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।   यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालय पनि सम्हालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् । आइतबार काठमाडौँमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन)द्वारा  आयोजित  ३९ औं जगन्नाथ रथयात्रा  महोत्सवको राष्ट्रपति पौडेलले शुभारम्भ गरेका हुन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजा अर्चना र आरती गरेका छन् । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित गर्न रथ यात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।

भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकार फेरबदल : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकारको समीकरण र फेरबदलमा लागि परेको बताएका छन् ।  आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विगत लामो समयदेखि जनतालाई निरन्तर शोषण र लेकका खरी जुकाले रगत चुसेजस्तै चुसिरहेका राजनीतिक दलहरू विपद्का समयमा सत्ताको दाउपेचमा लागि परेको आरोप उनको थियो । जनता पहिरोमा पुरिएको, घरवारविहीन र डुवानका कारण ज्यान गुमाइरहँदा राज्य छ भन्ने महसुस दिन नसकेको उल्लेख गरे ।  “अनि त्यो परिवर्तन आफू र आफ्नाहरूलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनुबाहेक अरू कुनै स्वार्थ छैन,” उनले भने, “वा १ सम्मानित नेताहरू भाषण त गज्जब गर्नुहुन्छ । प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलियोस् भन्नुहुन्छ । ४७ साल यताका फाइल खोलियोस् भनेर महत्त्वपूर्ण सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनुहुन्छ ।”  उनले असार १५ मा प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलौँ भन्नेहरू भुटानी शरणार्थी प्रकरणमा अब हामी कोही नबच्ने रहेछौँ है भनेर नयाँ सहमतिको अवसर जुरेको भन्दै आक्रोश पोखे । “असार १५ कै अवसरमा होस् बूढालीलकण्ठबाट बालकोटसम्मको यात्रा तय गर्दैगर्दा तमाम नेपाली जनताले नजिकबाट नियालिरहेका छन्,” उनले भने ।

स्याङ्जा, पर्वत र तनहुँमा पहिरोमा पुरिएर सातजनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछि पहिरोमा परी पर्वत, तनहुँ र स्याङ्जामा सातजनाको मृत्यु भएको छ। पर्वतको फलेवास नगरपालिका–१, कार्किनेटाका कुलप्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ। कुलप्रसादका ४० वर्षीय छोरा झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३, पाखरीगोर ढुंगाका ३२ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७, काउरेका ४० वर्षीया हीरा नेपाली र सुनमाया कुमालको घर पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ। पहिरोले पुरिएर हीरा र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरो खस्दै गर्दा घरभित्र रहेका सामान स्थानीयवासी मिली निकाल्न जाने क्रममा हीरासहित तीनजना बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा दुवैजनाको शव फेला परेको हो। बेपत्ता एकजनाको प्रहरीले खोजी गरिरहेको छ। स्याङ्जाको बिरुवा गाउँपालिका–६, लामाखेतका ईश्वरी लम्सालको घर शनिबार बिहान पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ। बिरुवा–६, स्याङ्दी माझकोटका ६५ वर्षीया गुइश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनकी श्रीमती ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

कसैले चाहँदैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : लेखनाथ दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले चाहाँदैमा राजीनामा नदिने बताएका छन्। संघीय संसदको प्रतिनिधि सभामा शुन्य समयमा आफ्नो धारणा राख्दै उनले सरकारले एक महिना भित्र संवैधानिक प्रावधान अनुसार राजीनामा दिने बताए।  “सरकारलाई समर्थन दिइसकेको राजनीतिक दलले विशवासको मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विशवासको मत लिने संवैधानिक प्रावधान छ। -असार_ २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ,” उनले भने, “संवैधानिक प्रावधानानुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो < कसैले चाहँदैमा राजीनामा आउँदैन।” उनले संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने भन्दै ‘अनैतिक र भ्रष्टहरू’ले नैतिकताको पाठ सिकाउन जरुरी नभएको बताए। अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनका लागि समय लिइसकेको र यसलाई नैतिकतासँग जोडेर हेर्नु आवश्यक नभएको उनले बताएका छन्। सरकारलाई समर्थन दिएको दल नेकपा एमाले, जसपा नेपालले समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको छ। एमाले आजैदेखि संसदको प्रतिपक्षी बेन्चमा बसेको छ। 

सिद्धार्थ राजमार्ग भासियो

वालिङ (स्याङ्जा)। स्याङ्जाको गल्याङ नगरपालिका–११, तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको करिब ५० मिटर सडक भासिएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।  विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बीपीसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । रासस

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार भने उक्त सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।यसअघि गत जेठ २५ गते एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो।  यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।      

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

नवलपुर। लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ। बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ । पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक बहाव हुँदा ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको थियो। तर , पानीको सतह भने बढ्दै गएको छ। बिहान ७ बजे पानीको बहाल ४ लाख १५ हजार क्युसेक मापन गरिएको गण्डक ब्यारेजका भुआर्जन अधिकृत काशीनाथ हरिजनले जानकारी दिए।  नारायणी नदीले देवघाटमा खतराको सतह पार गरेपछि ब्यारेजमा पानीको सतह थप बढ्ने हरिजनले बताए।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक बिहान १० बजे ल्होत्से हलमा बस्नेछ। संसद् बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो। नेपाली कांग्रेस र एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। यस्तै, प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन्। पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यक्रम छ। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–२०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।  

देशैभर वर्षा, यी प्रदेशमा धेरै वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोसी, वाग्ममती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यसैगरी, जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आज बसेको प्रथम बैठक भोलि ११ बजे बस्ने गरि स्थगित भएको छ।  बैठकले दशौँ राष्ट्रिय महाधिवेशनको  प्रारम्भीक समीक्षा गर्दै  महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ। बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। बैठकले अर्को व्यवस्था नहुन्जेल सम्म तत जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। भोलि बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने प्रचार विभाग प्रमुख  खतिवडाले जानकारी गराए।

दोलखामा बाढीले तीन घर बगायो, एक जना बेपत्ता

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्। शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए। वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताए। छ्योतछयोत सिमिगाउँकी जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएकी थिइन्।