कक्षा १२ को परीक्षा सन्तोषजनक : शिक्षामन्त्री पोखरेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् ।

कोभिड-१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न आज त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा पुगेका मन्त्री पोखरेलले परीक्षाको चुस्त व्यवस्थापनबाट आफू सन्तुष्ट रहेको जनाएका हुन् । सो विद्यालयमा ६७७ विद्यार्थी सहभागी छन् ।

सम्बन्धित विद्यालयमा हाल परीक्षा दिन पायक नपर्ने परीक्षार्थीलाई पायक पर्ने अन्य परीक्षा केन्द्रबाट पनि परीक्षा दिन सकिने व्यवस्था गरिएको छ । परीक्षार्थीले हलमा जानुअघि साबुनपानीले हात धुने र स्यानिटाइजर लगाउने तथा हलमा सामाजिक दूरी कायमको प्रबन्ध गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका परीक्षार्थीलाई पछि बेग्लै प्रबन्ध गरिने बोर्डले जनाएको छ ।

गत वैशाख ८ गतेका लागि तोकिएको परीक्षा कोभिड–१९ र बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षाका विभिन्न विकल्पमा गृहकार्यपछि नेपाल सरकारको अनुमतिमा राष्ट्रिय परीक्षा बोर्डले कूल १०० मध्ये ४० प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा, ४० प्राप्ताङ्क कक्षा ११ को नजिताबाट र २० प्राप्ताङ्क प्रयोगात्मक हुने गरी तय गरिएको छ ।

बोर्डले जुन विद्यालयबाट विद्यार्थी पढेका थिए, त्यही विद्यालयमा परीक्षा दिन पाउने (होम सेन्टर) को व्यवस्स्था गरेको छ । परीक्षाका प्रश्नपत्र केन्द्रसमक्ष अनलाइबाट पनि पठाइएको थियो । अनलाइन माध्यमबाट पनि परीक्षा दिन सकिने विकल्पबारेमा पनि सुझाव दिइएकामा यसको विश्वसनीयतामा प्रश्न उठेपछि प्रत्यक्ष परीक्षा सञ्चालन गरिएको हो ।

मंगलबार कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा मंगलबार थप १७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार २७९१ जना निको हुँदा २४ जनाको मृत्यु भएको छ । प्रदेश १ मा २४९, प्रदेश २ मा ३७, बागतमीमा १०७८, गण्डकीमा १४८, लुम्बिनीमा १८९, कर्णालीमा १३ र सुदूरपश्चिममा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुन जिल्लामा कति ?

काठमाडौं उपत्यकामा थप ९४७ जनामा संक्रमण पुष्टि

काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख ४ हजार ६८२ पुगेको छ । हालसम्म काठमडौंमा मात्र ८४ हजार ५१७ जना संक्रमित भएका छन्, जसमध्ये ३३१ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या ७६ हजार ४४२ छ । ललितपुरमा १२ हजार ५७७ जना संक्रमित भएका छन् । जसमा ९१ जना संक्रमितको मृत्यु भएको छ भने १० हजार ८९७ जना निको भएका छन् । भक्तपुरमा ७ हजार ५८८ संक्रमितमध्ये ८७ जनाको मृत्यु भएको छ भने हालसम्म ६ हजार ८९३ जना निको भइसकेका छन् । मंगलबार नेपालमा थप १७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको मन्त्रालयले जनाएको छ । मंगलबार २७९१ जना निको भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ । मंगलबार २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३६१ पुगेको छ ।

१७९० संक्रमित थपिए, २४ जनाको मृत्यु

काठमाडौंः नेपालमा थप १७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार २७९१ जना निको भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ । मंगलबार २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३६१ पुगेको छ ।

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडीः बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावड रहेका छन् । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय खगेन्द्र प्रसाद जोशी, दोगडाकेदार गाउँपालिका–६ का ५० वर्षीय कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका २२ वर्षीय प्रदिप लावड, दशरथचन्द नगरपालिका–५ का ३५ वर्षीय रविन्द्र चन्द र चालक दशरथचन्द नगरपालिका–४ का अन्दाजी ३५/४० वर्षीय गोपाल सिंह कार्की रहेको प्रहरीले जनाएको छ । घाइते अन्यलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । चालक कार्कीको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ । दुर्घटनामा परेर मृत्यु भएका सबैजना भारतबाट पेन्सन बुझेर आउँदै गरेको बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको उनले जानकारी दिए ।

राजनीतिक प्रस्तावमा ओलीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको हुँः प्रचण्ड

काठमाडौंः नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको बताएका छन् । उनले स्वतन्त्र न्यायपालिका र यसका प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको समेत स्पष्ट पारेका छन् । प्रचण्डले कार्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । प्रचण्डको सचिवालयले मंगलबार एक सूचना जारी गर्दै भनेको छ, ‘यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।’ न्यायपालिकाबारे के छ राजनीतिक प्रस्तावमा ? १५ बुँदामा पढ्नुस् प्रचण्डको राजनीतिक प्रस्ताव प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

६ वर्षीया बालिका हत्या प्रकरणः महोत्तरीमा गोली चल्यो

महोत्तरीः बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधका क्रममा गोली चलेको छ । प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना घाइते छन् । घाइते हुनेमा बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र वडा नम्बर १४ का अफताव आलम रहेका छन् । कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आलमको टाउकोमा चोट छ । उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । हत्याको विरोधमा स्थानीयले प्रदर्शन गरिरहेका छन् । बालिका हत्याको विरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका–१४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका छन् । यसअघि प्रहरीले स्थानीय बासिन्दालाई तिरवितर पार्न दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चापागाईंले घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताए । बर्दिवास नगरपालिका–१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाबको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । चकलेट किन्न गएको बेला किराना पसले उनको साहले हत्या गरेका थिए । महोत्तरीमा बिहानैदेखि तनाव, बालिका हत्यागर्नेको घरमा आगजनी, प्रहरीद्वारा दर्जनौ राउण्ड अश्रुग्यास प्रहार

हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

दाङः आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गएराति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो । चिर्पटको प्रहारबाट गम्भीर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, नौ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुलाई समेत घरमा सुतिरहेका अवस्थामा एक्कासि चिर्पटले टाउकामा हानी घाइते बनाएका थिए । उक्त घटनाको खबर पाउनासाथ अस्थायी प्रहरीचौकी कालाकाटेबाट खटिएको प्रहरी टोलीले जीवनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओलीमाथि नेपालका आरोपै आरोपः भजनमण्डलीमा रमाउने अहंकारी, पार्टी फुटाउने खोजे कोही पनि पछि नलाग्ने

काठमाडौं । नेकपा वरिष्ठ नेता माधव नेपालले पार्टी फुटाउन खोज्ने अपराधी भएको बताउँदै फूटाउन खोज्नेको पछि कोही नलाग्ने बताएका छन् । डिसी नेपालसँगको अन्तर्वार्तामा नेता नेपालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अहंकारका कारण पार्टी चरम संकटमा पुगेको आरोप लगाए । प्रचण्डलाई फकाएर आफूलाई एक्ल्याउने प्रयास गरेपनि सफल नभएपछि प्रचण्डलाई एक्ल्याउन फेरी आफूलाई प्रयोग गर्न खोजेको उनले बताए । अहंकार र भजनमण्डलीको स्तुतीगान सुन्ने बानी परेको कारण केप ीओली बैठकबाट भाग्ने गरेको समेत उनको जिकिर छ । चरम व्यक्तिवाद नेता नेपालले ओलीमा चरम व्यक्तिवाद भएका कारण समस्या निम्तिएको बताए । “उहाँमा व्यक्तिवाद छ। उहाँमा अहंकार छ। मपाईँवाद छ। म नै सर्वेसर्वा हुँ भन्ने उहाँको सोच छ। अरुसँग भएका योग्यता, क्षमता, खुवी, अनुभवलाई २ पैसाको पनि महत्व दिनुहुन्न। उहाँलाई छलफलमा विश्वास छैन।” नेता नेपालको भनाई छ, “उहाँलाई कमिटीको वैठकमा विश्वास छैन। उहाँलाई व्यापक वहसहरुमा रुचि छैन। वहस, विवाद, छलफलबाट एउटा निकासमा पुगिन्छ। ‘वादेवादे जायदे तत्वबोध’ भनिन्छ।” ओलीले दासत्वलाई संरक्षण गरेको नेता नेपालको आरोप छ । ‘उहाँमा रहेको व्यक्ति पूजाको प्रवृति रहेको छ। फोटोको संस्कारलाई मान्यता दिनुहुन्छ।’ नेपाल भन्छन्, ‘फोटोको विज्ञापन, फोटाको प्रचार प्रसारहरु, त्यसले के हुन्छ भने मान्छेमा अहंकार जन्म हुन्छ। आफ्नो अपरिहार्यता जन्म हुन्छ। म नै सर्वेसर्वा हुँ भन्ने हुन्छ।’ उनले यसलाई बा संस्कृतिको नाम पनि दिएका छन् । अर्को भाषामा भन्दा ‘बा’ संस्कृति छ। उहाँ ‘बा’ भएको शब्दलाई रुचाउनु हुन्छ।” नेपालको आरोप छ, “उहाँको उमेरको भन्दा पनि बढी मान्छेले बा भनिदियो भने उहाँ दंग पर्नु हुन्छ।” उपयोगितावादी चरित्र केपी ओलीले उपयोगितावादको रणनीति प्रयोग गरेको बताउँदै नेपालले एकविरुद्ध अर्को खेलाएर आफ्नो स्वार्थ सिद्द गर्ने प्रवृत्तिको बिरोध गरेका छन् । “एकले अर्कोलाई खेलाई राख्ने, उपयोग गर्ने, उपयोगितावाद भयो।’ उनले अगाडि भनेका छनः पहिले उहाँको लडाई मसँग भयो। त्यसपछि प्रचण्ड जीसँग भयो। कहिले प्रचण्डजी लाई विश्वास जितर मलाई एक्लो बनाउने कोसिस भयो । अहिले मलाई फकाएर प्रचण्ड जिलाई एक्ल्याउने कोसिस जारी छ। प्रचण्ड र मलाई नसकिएपछि वामदेवलाई पनि फकाउन सकिन्छ कि भन्ने छ । एउटै चीज मलाइ, प्रचण्डलाई र वामदेवलाई दिने भन्नुहुँदो रहेछ। सबैलाई एउटै पदको लोभ देखाउने हामी पदका लोभि त हौइनौं। पदको लडाई त हैन यो । यो त पार्टी कस्तो बनाउने भन्ने सम्बन्धको लडाई हो । यो कस्तो नीति अवलम्बन गर्ने भन्ने कुराको लडाई हो । भ्रष्टाचारलाई निमिट्यान्न पारौं भन्ने हाम्रो भनाइ हो । भ्रष्टाचारको भागवण्डा पाएनौं भन्ने लडाई होइन। जनता रोग भोकले सडकमा छटपटाइरहेका छन् । त्यसको सम्बोधन कसरी गर्ने भन्ने कुराको लडाइ हो यो बैठकबाट एलर्जी अध्यक्ष ओलीले बैठकका लागि आनाकानी गर्दा समस्या जन्मिएको नेपालको ठहर छ । सचिवालयको बैठक बोलाउन दर्जनौपटक बिन्ती बिसाउँदा समेत त्यसको वास्ता नभएपछि लिखित निवेदन दिनुपरेको उनले अन्तर्वार्ताका क्रममा स्मरण गरेका छन् । अध्यक्ष प्रचण्डले बारम्बार बैठक बसाल्न अनुरोध गर्दा समेत ओलीले नटेरेको उनले बताए । कोरोनाका कारण उत्पन्न समस्याका बारेमा समेत आफूले र नारायणकाजीले विशेष छलफल गरौं र बैठक गरौं भनेर प्रस्ताव राखेको उनले सुनाए । “प्रचण्डजीले अनेकौंपटक प्रयास गर्दाखेरी पनि हाम्रो अध्यक्ष र प्रधानमन्त्री केपी ओलीजी बैठक बोलाउन तयार हुनु भएन।’ उनले भनेका छन, “मैले पनि पटकपटक बैठकको नियमित आयोजना गरौं, हप्तामा एकपटक अनिवार्यरुपमा गरौ, सिस्टम नै बसालौं, नौजना त हो नि, एक घण्टामात्र बसेर छलफल गरे सकिँदैन ? औपचारिक नै गर्नु पर्ने भन्ने हुन्छ ? भने।” तर अध्यक्ष ओलीले भने बैठकबाट भाग्न खोजेको उनको भनाई छ । ओलीलाई बैठकबाट एलर्जी भएको उनको तर्क थियो । ओलीले मौखिकरुपमा जतिपटक अनुरोध गर्दा पनि बैठक बस्न नमानेपछि लिखित पत्र लगेर गएको उनले बताए । तर लिखित पत्र लेख्दा समेत ओलीले उल्टै अहंकार देखाएको नेपालको भनाई छ । ‘प्रतिवेदनभन्दा पहिला दुई पानाको बैठकको निम्ति आग्रह पत्र लिएर गएका थियौं। निवेदन दर्ता गर्न गर्यौं। आग्रह गर्न गर्यौं।’ उनले अगाडि थपे, ‘कस्तो विडम्बना ?एउटा पार्टीभित्र, पार्टीको सचिवालयको बैठक प्रत्येक हप्ता बस्नु पर्नेमा, त्यो सचिवालयको बैठक बोलाउनका लागि ५ जना बरिष्ठ व्यक्तित्वहरु, दशकौंसम्म पार्टी हाँकेका नेताहरु, ३ जना मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिहरु थियौं त्यहाँ। उपप्रधानमन्त्रीहरु छन् त्यहाँ । सब लाइन लागेर गएका छन् त्यहाँ । जस्तो महाराजाको दरवारमा गएजस्तो। हजुर बैठक बोलाइदिनु पर्यो भनेजस्तो। उहाँले, हुँ‘ तोक लगाइदिन्छु। जवाफ पाइयो। मैले भने, तपाईँको यो अहंकार तोक लगाउने ? मिति तोकौं । प्रकृयाबाट हुन्छ भन्नुभयो । मैले फेरि पनि भनें तपाईँमा यत्रो अहंकार जागेको ? हामीले कल गरेको आधारमा बोलाउनु पर्नेमा प्रचण्ड थाकिसक्नु भयो । मैले महासचिव विष्णु पौडेललाई पनि कतिचोटि भनेको छु । यो पार्टी एकताको कामको कागजपत्र तयार गरेर एक कपी मलाई दिनुस् भनेर। पार्टी एकताको काम १ महिनामा सकिन्थ्यो १ महिनामा । पारदर्शी तरिकाले गर्ने हो भने, मापदण्डका आधारमा गर्ने हो भने, आजसम्म एउटामात्र रेकर्ड हो र यो । मेरो भनाइ के हो भने कुनै पनि चीजको विधि बनाउँदाखेरी, विधान बनाउँदाखेरी, मापदण्ड तयार गर्दाखेरी, बहसहरु गरौं । त्यो भयो भने काम गर्ने बाटोमा विवाद हुँदैन । सामन्ती शैली पार्टीको बैठकमा २ वटा ज्यूदै नेताको फोटो टाँसियो । सबैले देख्नुभयो। त्यसको पहिलो विरोध गर्ने मान्छे मै हो। हाम्रो कम्युनिष्ट पार्टीमा जिम्मेवारीका हिसाबले कोही ठूलो सानो भएपनि सबै समान हुने नेपालले बताए । तर अध्यक्ष ओलीले भने सामन्ती रवाफ देखाएको नेपालको आरोप छ । पार्टीको सचिवालय बैठकको एउटा दृश्य उनले यसरी सुनाएका छन्ः पार्टीको बैठकमा देख्नु हुन्छ। ठूलठूला २ वटा कुर्सी हुन्छन्, अनि अरु हामी सबै उहाँहरुका द्वारपाल जस्ता। एउटा वैठकको व्यवस्थापन कस्तो भएको थियो भने, २ वटा विशाल कुर्सीहरु छन्। एउटाको छेउमा माधवकुमार नेपाल बसेको छ। अर्काको पछाडि झलनाथ खनाल । पछाडि ५ जना अरु सिपाहीजस्ता छन् । बलिया हवल्दारहरु बस्या छन् । ती बलिया हवल्दारहरु, वामदेव गौतमदेखि लिएर रामबहादुर थापा बादलहरु छन् । इश्वर पोखरेलदेखि नारायणकाजी श्रेष्ठसम्म बस्या छन् । त्यो देख्दा मलाई त खपिनसक्नु भयो। संसारको शक्तिशालि नेतामा पर्नुहुन्छ सी जिन पिङ । उहाँको पार्टीको बैठक हेर्नुहोस् त तपाईँ । एउटै साइजको कुर्सी हुन्छ। हामीले पटक पटक उठाएका छौं । ‘नोबडी सुप्रिम इन आवोर पार्टी, वी अल आर इक्वल’। तर, ‘यु आर द फस्र्ट एमङ्ग द इक्वल, बिकज अ पर्सन हु टेक द रेस्पोन्सिविलिटी इज द फस्र्ट पर्सन’, समानहरु भित्रको पनि पहिलो व्यक्ति, हामी समान हौं। राजनीतिक इतिहासको कुरा गर्नुहुन्छ भने हामी अझै सिनियर हौंला नि त। धम्की र अधिनायकवादी नेता नेपालले केपी ओलीले आफ्ना गलत कुरा स्वीकार्नुभन्दा उल्टै धम्की दिने गरेको बताए । विधि र पद्धतीको कुरा उठाउँदा म कडा कदम चाल्छु भनेर धम्क्याउने गरेको उनको अनुभव छ । यो कडा कदमलाई उनले यसरी ब्याख्या गरेका छनः मैले बुझेको पहिलो कुरा पार्टी फुटाइदिने, दोश्रो कुरो संसद विगठन गरिदिने । तेस्रो भनेको प्रतिपक्षीलाई मिलाएर जाने, प्रतिपक्षभित्र पनि फाटो ल्याइदिने, र संकटकाल लगाउने। भन्नेले त गणतन्त्र सिध्याइदिने पनि भन्छन् मलाइ त्यस्तो त लाग्दैन । तर, उहाँले गलत कदम चाल्न सक्नु हुन्छ। राजा आऊ देश बचाउन भन्ने नारा लागिरहेको बेलामा संविधानमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द हटाउनु गल्ती भयो । म पनि नेपालको नाम नेपाल मात्र लेख्नुपर्छ भन्ने पक्षमा थिएँ । मैले सुरुदेखि नै नेपालमात्र राखौं नामको अगाडि धेरै कुरा नजोडौं पनि भनेँ। तर, राखियो । राखिसकेको छ भने यो कुन बेलामा गर्ने त्यो बहसको विषय हैन ? यसले भोलि विवाद ल्यायो भने पार्टीले डिफेन्स गर्नु पर्दैन ? त्यो कुरा पार्टीलाई थाहा छैन । हामीले पत्रिका पढेर थाहा पाउँछौं हामीले पत्रिकाबाट थाहा पाएपछि हामीले किन जिम्मा लिन्छौं । हामीले निर्णय प्रकृयामा सहभागी भएपछि बल्ल जिम्मा लिन्छौं । मैले धेरैपटक भन्दै आएको छु। हो मैले मिडियाबाट नै थाहा पाएँ । मैले सोधे पनि । उहाँले भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा आउनु भएको भन्ने जवाफ दिनुभयो मैले भने यस्ता नचाइने कुरा नगर्नुहोस् । उहाँले आफूले पनि रअका प्रमुख प्लेनबाट झरेपछि थाहा भएको भन्नुभयो। यो नक्कली कुरा नगर्नुस भने । उहाँको परराष्ट्रमन्त्रीले एक हप्ता पहिलादेखि नै थाहा थियो भन्ने, उहाँले थाहा पाएन भन्ने ? मोदीजी ले पनि राजनीतिक व्यक्तित्व नपठाएर कहीँ अरु पठाउँछन् ? त्यो पनि इन्टेलिजेन्सको मान्छे कसैले पठाउँछ ? भित्र भएको कुरामा पनि मैले सबै पारदर्शी गरेको छु भनेर उहांले मलाई भन्नुभएको छ । सबै लिखत छ । मैले भने किन लुकाको ? पार्टीको विदेश विभाग प्रमुख म हुँ । मसँग छलफल गर्नु भो ? म किन डिफेन्स गर्छु ? मलाई अन्धकारमा राखिन्छ भने मैले डिफेन्स गर्नु पर्ने कारण के छ ? मैले डिफेन्स गर्न सक्छु। पार्टी चलाउने मान्छेको तरिका के हुनु पर्छ भने सरोकारवाला सबैलाई विश्वासमा लिने । परेका बेला उहाँहरुले डिफेन्स गर्नुहुन्छ । उहाँले त आफ्नो गुटको मान्छेलाई मात्र विश्वासमा लिनुहुन्छ। त्यहाँ त आदेश दिएपनि भै गो। जो मान्छेहरु ‘बा’ संस्कृतिमा हुर्केका हुन्, जो भजनमण्डलीमा बसेका हुन् उनको काम नै के हुन्छ र ? म केपी ओलीको विरोधी पनि होइन। यति बुझिराख्नुहोस्, म व्यक्ति विशेषलाई केन्द्रमा राख्दिन । मेरो विचारमा आन्दोलन हुन्छ, मेरो लागि देश हुन्छ, मेरो लागि जनता हुन्छ। पार्टी विभाजनको मतियार नेकपा पार्टी नफुटनेमा नेपाल ढुक्क देखिए । “किन फुट्छ पार्टी ? म पार्टीभित्रको बरिष्ठ नेताको पहिलो पदबाट हटेर अपमानको घुट पिएर चौथो नम्बरमा झर्दाखेरी पार्टी फुटाएँ ? अपमानको घुट मैले पिएको हैन” उनले प्रतिप्रश्न गरेका छन् । यद्यपी नेकपा एमाले नाम दल दर्ताभएपछि कतिपयले शंका गरेको उनले बताए । “मान्छेमा शंका छ । घटनाक्रमले त्यो बताइरहेको छ तर, उहाँले पार्टी फुटाउने काम गर्नु भयो भने त्यो भन्दा मुर्खता अरु केही पनि हुँदैन। उहाँको पछि कोही पनि इमान्दार मान्छे लाग्दैन।” यदि केपी ओलीले पार्टी विभाजन गरे भने उनको पछि निकट समर्थकबाहेक अरु नजाने नेपालको ठहर छ । “उहाँको पछि निष्ठावान कोही पनि लाग्दैनन् उहाँका भक्तहरु, भजनमण्डलीका केही मान्छेहरु लाग्लान।” उनले भने, “कम्युनिष्ट पार्टीमा नीति प्रधान हुन्छ। व्यक्ति प्रधान हुँदैन । पुष्पलालले प्रष्ट भन्नु भएको छ । कम्युनिष्ट पार्टीमा नीति प्रदान हुन्छ, नेता प्रदान हुँदैन। यो प्रकृयाले जाने हो भने व्यक्ति अपरिहार्य छैन । व्यक्तिहरु आउँछन् जान्छन् ।” त्याग नै विवादको समाधान केपी ओली सच्चिनु नै अहिलेको समस्याको समाधान भएको नेपालको तर्क छ । उनले भनेका छनः उहाँको दिमागलाई परिवर्तन गरौं । सहीबाटो अगाल्न सबैले मेहेनत गरौं। यही मान्छे सही बाटोमा आएपछि सक्किगो नि, हल भइहाल्यो नि। उहाँले सही बाटो समातेर पाटीलाई सिस्टममा लैजानु भयो भने सकियो। हामी कम्युनिष्ट पार्टीको निर्णयलाई मान्न तयार छौं। हाम्रो विधानको धारा ६० मा भनिएको छ(कमिटीको बहुमतको निर्णय नै पार्टीको निर्णय हुने छ। बाहिर प्रचार पनि के छ भने, उहाँ त नवौं महाधिवेसनबाट अध्यक्ष चुनिएर आएकोले उहाँले अध्यक्ष छोड्नै मिल्दैन । त्यो होइन, त्यो अध्यक्ष आएको हो भने उपाध्यक्ष खोइ पदमा बस्या, उपमहासचिव खै ? सचिवहरु खै पदमा बस्या ? त्यागको कुरा हामीले गरेका छौं, त्यो पदको त्याग हो कि, विचारको त्याग हो कि ? आफूलाई केन्द्रमा नराखौं । पार्टीभित्रको कचकचले मैले छोडेको हैन त रु मैले त छोडेँ त । मलाइ २२ वटा पार्टीको समर्थन हुँदा पनि मैले पार्टीभन्दा ठूलो प्रधानमन्त्री पद हैन भनेर छोडेँ । मैले चुनौति दिएको भए ? नआत्तिन अपील उनी अन्तमा भन्छनः म के आह्वान गर्न चाहान्छु भने, यो साना दुःखले आज्र्याको पार्टी हैन, साना दुःखले आज्र्याको गणतन्त्र वा लोकतन्त्र होइन। यसमा हाम्रा पुर्खाहरुले पहिलो पुस्ताका नेताहरुले निकै ठूलो रगत पसिना बगाएका छन् । मेहेनत गरेका छन् । त्यो सबैबाट हामीले एउटा ठूलो उपलब्धी प्राप्त गरेका छौं। संविधान बनाएका छौं। नेपाललाई विकासको नयाँ चरणमा पु(याएका छौं । आर्थिक, सामाजिक र सांस्कृृतिक रुपान्तरणको महान अभियान पूरा गर्न बाँकी नै छ। पार्टी फुट्दैन, फुट्न दिन हुँदैन। जसले फुट्ने कुरा सोच्छ, फुट्ने काम गर्छ त्यो अपराधि हुन्छ त्यस्ताका पछि कोही पनि जाँदैन। तिनीहरुलाई इतिहासले धिकार्छ। सबैले थुक्छन्। यो जे जति भएको छ सबै पार्टीको बैठक नबस्दासम्म मात्र हो। बैठक बसेपछि सबै समाधान हुन्छ । उपायको खोजी हुन्छ । विश्वासको नयाँ वातावरण बन्छ । विधिमा पार्टीलाई लिएर जाने काम हुन्छ भन्न चाहन्छु।  

कक्षा १२ को परीक्षा सुरु, १ महिनामै परीक्षाफल प्रकाशित हुने

काठमाडौंः झण्डै ८ महिना लामो अन्योलता र अनिश्चिततापछि कक्षा १२ को परीक्षा सुरु भएको छ । कोरोना भाइरसको महामारीको त्रासले सरकारले गत वर्षको चैतमा लकडाउन शुरु गरेसँगै वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा रोकिएको थियो । त्रासकै बीच लामो प्रतीक्षापछि विद्यार्थी परीक्षामा सहभागी हुन पाएका छन् । यस पटकको परीक्षा विगतका वर्षहरुको तुलना धेरै किसिमले फरक छ । पहिलोपटक विद्यार्थीहरु मास्क र फेस सिल्ड लगाएर परीक्षामा सामेल भएका छन् । एक सय पूर्णाङ्कको परीक्षा दिने विद्यार्थीहरुले यस पटक ४० पूर्णाङ्कको परीक्षा दिनेछन् । बाँकी रहेको ६० पूर्णाङ्कको भने आन्तरिक मूल्याङ्कन गरिनेछ । परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो मापन गर्नुपर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र कक्षा कोठामा कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । परीक्षा सम्पन्न भएको १ महिना भित्रै परीक्षाफल प्रकाशित गर्ने पनि बोर्डको तयारी छ ।

प्युठानका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको नेपालगञ्जमा मृत्यु

नेपालगञ्जः प्युठानबाट उपचारका लागि बाँके ल्याइएका एक ७८ वर्षीय कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ । नौबाहिनी गाउँपालिका वडा नम्बर ६, प्युठानका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मंगलबार बिहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई कात्तिक २७ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा पुर्याइएको थियो । कोरोनाको आशंकामा कात्तिक ३० गते स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको र मंसिर १ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई उपचारका लागि मंसिर २ गते साँझ ६ बजे भेरी अस्पतालमा भर्ना गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी प्रेस नोटमा जनाइएको छ । भेरी अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, एन्टिबायोटिक्स, सिप्याप, रेमडिसिभर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि मंगलबार बिहान ९ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४७ पुगेको छ । यसैगरि बाँके जिल्लाका ३९ जना कोरोना संक्रमितको पनि मृत्यु भैसकेको छ ।

बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर

काठमाडौंः अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छन् । तीन महिनासम्म घरवारबिहीन बन्न पुगेकि सपनाले काठमाडौंको यात्रा गरेकी थिइन् । काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव ब्यवस्थापन गर्ने एक संगठनमा उनी आबद्ध हुन पुगिन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले ब्यवस्थापन गर्दै आएको छ । सपना आबद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्याएर पोष्टमार्टम गराउँछ । ३५ दिनसम्म कुनै ब्यक्तिले उक्त शवमाथि दाबी नगरेको अवस्थामा सपना आबद्ध संस्थाले धार्मिक परम्परा अनुसार शदगद् गर्दै आएको छ । दागबत्ती दिने कामदेखि प्राबिधिक काममा सपना प्रत्यक्ष संलग्न हुँदै आएकी छन् । सपना आफैंले पनि सडकमा बेवारिशे जिवन ब्यतित गरेकी हुन् । उनलाई सडकबाट उद्धार गरी सामाजिक सेवाका लागि प्रेरित गर्ने बिनयबाबु बस्नेतसँगै मिलेर उनले समाज सेवामा समर्पित हुन पुगिन् । सपना र विनयले हालसम्म कम्तिमा तीन सयभन्दा बढी शवको धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरेका छन् । बीबीसी एक सय प्रभावशाली महिलाको सूचीमा परेपछि उहाँले आफ्नो सामाजिक सञ्जालमा सबैप्रति आभार ब्यक्त गरेकी छन् । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरु भन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलालाई विश्वबाट खोज गरिन्छ र वार्षिक रुपमा त्यस्ता एक सय महिलाको सूची बीबीसीले सार्वजनिक गर्दै आएको छ । बीबीसीको उक्त सूचीमा फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गरेकी सान मरिन सबैभन्दा शिर्ष स्थानमा छन् ।

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु, एक घाइते

फाइल तस्बिर । पोखराः प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा आज दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने पाइलट नेपालीको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार घटनामा घाइते प्याराग्लाइडिङमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ का २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भीर रहेको छ । फेवाताल किनारस्थित क्याम्प चोकमा अवतरण गर्ने स्थानभन्दा करीब एक दशमलव दुई किलोमिटर टाढा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

वडासम्म इन्टरनेटको सहज पहुँचः सञ्चारमन्त्री गुरुङ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले यहाँ आज आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ विषयको ‘भर्चुअल कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए । उनले नागरिक साझेदारीका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाइल एप’ सञ्चालनको कामलाई अघि बढाइएको पनि स्मरण गराए । मन्त्री गुरुङले भने, ‘सबै स्थानीय तहमा नागरिकसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन मोबाइल एप सञ्चालनको काम भइरहेको छ, यसले सेवा प्रवाहको काम प्रविधिको माध्यमबाट प्रभावकारी ढङ्गले सञ्चालन गर्न र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न योगदान पुर्याउने छ ।’ मन्त्री गुरुङले विकट क्षेत्रमा रहेका नागरिकलाई सूचना प्रविधिको पहुँचमा पुर्याउनका लागि स्थानीय तहका वडासम्म नै इन्टरनेटको सहज पहुँच पुर्याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गरिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आज कहाँ कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा सोमबार थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सम्बन्धित समाचारः थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित फेला परेका छन् । उपत्यकाको काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोमबार प्रदेश १ मा २४५, प्रदेश २ मा ४७, बागमतीमा १२६९, गण्डकीमा १८४, लुम्बिनीमा १६५, कर्णालीमा २३ र सुदूरपश्चिममा ४७ जनामा संक्रम(ा पुष्टि भएको छ । कुन जिल्लामा कहाँ कति ?

थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौंः नेपालमा सोमबार थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित फेला परेका छन् । उपत्यकाको काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २ लाख बढी निको भएका छन् । सोमबार ३०४३ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । नेपालमा पछिल्लो समय संक्रमितको तुलनामा निको हुनेको संख्या बढ्दै गएको छ । हाल १८ हजार ८८४ जना मात्रै सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार सोमबार १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ । नेपालमा गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए ।