बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)

काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो ।

प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ

यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो ।

प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ । 

nullnullnullnullnullnull

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो। आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ।  यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए। उक्त दुई दिनको समय आज साँझ सकिनेछ।  सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य देखिएका थिएनन् । 

सुदूरपश्चिममा मुख्यमन्त्रीको दुवै दाबी पुगेन, दुई दिन समय थप

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत भएको छ । प्रमुख नजिर मियाँले अस्वीकृत गरेका हुन् । उनले थप दुई दिनको समय थप गर्दै पुनः दाबी पेस गर्न भनेका छन् । यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रमुख मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न वैशाख ६ गते साँझ ५ बजेसम्म समय दिएका छन् ।

आईसीसी लिग-२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपालले हार व्यहोरेको छ। अमेरिकाका टेक्सासस्थित डलासको ग्राण्ड प्रिएरीमा ​नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो।  टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा पूरा खेल्दा २८६ रनमा अलआउट भयो। नेपालका लागि ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले अर्धशतक प्रहार गरे। साहले ५६ रन र शेखले ५२ रन बनाए।  कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन जोडे। उनले ७५ बलमा ८ चौका र ३ छक्का हिर्काए। कुशल भुर्तेलले ११ रन जोडे। शेखले ३७ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भए। अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कुशल भुर्तेलले ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए। ललित राजवंशीले १ विकेट हात पारे।  २८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पार गर्‍यो। उसका लागि ओपनिङ ब्याटर शायन जहानगिरले शतक प्रहार गरे। उनले १०४ रन जोडे। अर्का ओपनर आन्द्रेस गस १ रनमा आउट भए। तर कप्तान मोनाक पटेलले ६२ रन जोडे। उनले दोस्रो विकेटका लागि जहानगिरसँग १६१ रनको साझेदारी गरे। बलिङमा अमेरिकाका केञ्जिगेले ४ विकेट लिए।  हर्मित सिंहले ५७ रन र साड्ली भान साल्वेकले २९ रन जोडेर अमेरिका जित नजिक पुगेको हो।  यो श्रृङ्खलामा नेपालले नेपालले दुवै टोलीसँग दुई-दुई खेल खेल्नेछ। अब नेपालले मंगलबार राति सवा ९ बजे स्कटल्याण्डसँग खेल्नेछ। 

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु

काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार बेलुकी सात बजेर पाँच मिनेटमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजना अन्तर्गतकै त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ । अनुमानित लागत तीन अर्ब  ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ । आयोजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण रहेको छ ।

सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । विराटनरको यो लगातार दोस्रो हार हो । जवाफमा १८३ को विशाल विजय लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९२ रनमै समेटियो । 

विराटनगर भर्सेस जनकपुर : विराटनगर १२७ रनमा अल आउट

 काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स् जनकपुर बोल्ट्ससँग १२७ रनमा अल आउट भएको छ ।  ओपनर ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपछि विराटनगर किंग्स्ले जनकपुर बोल्ट्सविरुद्ध १२८ रनको लक्ष्य प्रस्तुत गरेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रनको योगफल खडा गर्न सफल भएको हो।

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

बढ्यो डलर र युरो, यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल कात्तिक २४ गते शनिबार सन् २०२४ नोभेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । शनिबारका लागि युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायम भएको छ । शुक्रबारका लागि यस मुद्राको खरिददर एकको एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम रहेको थियो । युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ । बैङ्कका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्याकेजमा समेटिँदै पोखरादेखि मुक्तिनाथसम्मका पर्यटकीय गन्तव्य

गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ । पोखरादेखि मुस्ताङसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई यही चैत १ गतेदेखि पर्यटन यातायातका माध्यमबाट समेट्न लागिएको सङ्घका अध्यक्ष दुर्गादत्त दाहालले जानकारी दिए । गण्डकी प्रदेश धार्मिक पर्यटनको गन्तव्य भएको बताउँदै उनले यहाँको धार्मिक पर्यटनको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखेको उनले बताए । पोखराबाट मुक्तिनाथसम्मका गन्तव्यलाई एउटै यात्रामा अवलोकन गर्न पाउने गरी सङ्घले सुलभ दरमा आकर्षक प्याकेजसहित मुक्तिनाथ दर्शनको सेवा सुरु गर्न लागेको कार्यक्रम संयोजक एवं सङ्घका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । पोखरादेखि मुक्तिनाथसम्म यात्राका क्रममा बाटोमा पर्ने धार्मिक पर्यटकीय गन्तव्यलाई एउटै प्याकेजमा समेट्न लागिएको उनले बताए । “हामीले पोखरादेखि मुक्तिनाथसम्मको दुई दिने प्याकेज तयार गरेका छौँ”, उनले भने, “पहिलो दिन पोखराबाट दृश्यावलोकन सहित पर्यटकहरू कुस्मा बजार, बागलुङ कालिका मन्दिर, गलेश्वर मन्दिर दर्शनका साथै तातोपानी, मार्फा गाउँ अवलोकन गर्दै जोमसोम पुग्नेछन् भने दोस्रो दिन जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथको दर्शन गरी पोखरा फर्कन्छन् ।” प्रयोग गरिने सवारीसाधनसँगै होटलको खाना र खाजाको अवस्थाअनुसार न्यूनतम दुई हजार ९९९ रुपैयाँदेखि तीन हजार ९९९, चार हजार ९९९ र पाँच हजार ९९९ रुपैयाँसम्मका प्याकेज निर्धारण गरिएको उनले जानकारी दिए । पछिल्ला समयमा देशका विभिन्न स्थानबाट आउने पर्यटकसँगै भारतीय पर्यटक र अन्य विदेशी मुलुकका पर्यटकहरू ठुलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेको संघका सल्लाहकार एवं पूर्वअध्यक्ष बोबरजङ्ग गुरुङले बताए । स्वदेशी एवं विदेशी पर्यटकको सुविधालाई दृष्टिगष्त गरी उक्त क्षेत्रमा सुरु गरिएको आकर्षक प्योकजसहितको कार्यक्रमले पर्यटकलाई सुविधा पुग्ने र यसले पर्यटकको आगमन बढाउने विश्वास लिइएको उनले बताए । उनका अनुसार सङ्घअन्तर्गत आबद्ध १२४ सदस्यहरूले विभिन्न सुविधा सम्पन्न पर्यटक सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।

चीनमा मार्क्सवादको नयाँ विकासमा निरन्तर बहस

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (CPC) केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्रपति, र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङले हालसालै नयाँ युगमा मार्क्सवादी सिद्धान्त अध्ययन र विकास गर्न कार्यक्रमबारे महत्त्वपूर्ण निर्देशन दिएका छन्। सीले मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासलाई पार्टीको विचारधारात्मक र सैद्धान्तिक विकासको आधारभूत र रणनीतिक कार्यक्रमको रूपमा परिभाषित गरेका छन्। पछिल्लो २० वर्षमा, यस कार्यक्रममा संलग्नहरूले सधैं मुख्य कार्यहरूमा केन्द्रित रहँदै समग्र परिस्थितिलाई सेवा दिएका छन् र उच्च-गुणस्तरका अनुसन्धान परिणामहरू उत्पादन गरेका छन्। यस कार्यक्रमले पार्टीको नवीनतम सिद्धान्तहरूको अध्ययन, अनुसन्धान, र प्रचारमा महत्त्वपूर्ण भूमिका खेलेको छ र विचारधाराको क्षेत्रमा मार्क्सवादको मार्गदर्शक स्थानलाई सुदृढ बनाएको छ। सीले नयाँ युगको यात्रामा, आधारभूत सिद्धान्तहरूलाई कायम राख्दै नयाँ दिशाहरू खोल्न, चिनियाँ विशेषताहरू भएको समाजवादी विचारको अध्ययन, प्रचार र कार्यान्वयनमा ध्यान दिन, प्रणालीगत र सैद्धान्तिक अनुसन्धानलाई गहिरो बनाउन, र पार्टीको नवीनतम सिद्धान्तहरूलाई जनताबीच लोकप्रिय बनाउन थप प्रभावकारी बनाउन जोड दिए। उनले मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चिनियाँ यथार्थ र परम्परागत संस्कृति संगसँगै एकीकृत गर्नुपर्ने कुरा पनि उल्लेख गरे। नभेम्बर २९ मा बेइजिङमा यस कार्यक्रमको कामसम्बन्धी बैठक सम्पन्न भयो। सीका महत्त्वपूर्ण निर्देशनहरू बैठकमा अध्ययन गरियो। बैठकमा स्थायी समितिका सदस्य र सचिवालयका सदस्य काइ चीले सम्बोधन गरे। काइले आफ्नो सम्बोधनमा सीका निर्देशनहरूले मार्क्सवादी सिद्धान्त अध्ययन र विकासका कार्यक्रमको स्थिति र भूमिकाबारे गहन व्याख्या गरेको र आधारभूत सिद्धान्तलाई कायम राख्दै नयाँ दिशाहरू खोल्नका लागि आवश्यकताहरू स्पष्ट पारेको बताए। उनले पार्टीको नवीन सिद्धान्तहरूलाई मार्गदर्शकको रूपमा राखेर चिनियाँ परम्परागत संस्कृतिको मूल्य र सामग्रीलाई अझ गहिरो रूपमा अन्वेषण गर्न जोड दिए। बैठकमा पार्टीको प्रचार र सांस्कृतिक कामका लागि केन्द्रीय नेतृत्व समूहका सदस्य, कार्यक्रमको जिम्मेवारीमा रहेका विभागका उच्च अधिकारीहरू, केन्द्रीय सञ्चारमाध्यमका प्रतिनिधिहरू, विज्ञ र विद्वानहरू, स्थानीय पार्टी समितिहरूका प्रचार विभागका प्रमुख अधिकारीहरू, र प्रमुख विश्वविद्यालयका अधिकारीहरूको सहभागिता थियो। यस्ता छन् सीले जोड दिन खोजेका महत्वपूर्ण पक्षः विविध संस्कृतिहरूलाई एकल एकरूप संस्कृतिले प्रतिस्थापन गर्नेभन्दा, चिनियाँ सभ्यताले विभिन्न संस्कृतिहरूलाई साझा संरचनामा एकीकृत गर्ने प्रयास गर्छ। हाम्रो सम्मानित ५,००० वर्ष पुरानो सभ्यताका गहिरो जगका आधारमा, चिनियाँ समाजवादलाई अग्रगामी र विकास गर्ने एक मात्र बाटो भनेको मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थ र यसको परम्परागत उत्कृष्ट संस्कृतिसँग एकीकृत गर्नु हो (‘दुई एकीकरण’)। यो निष्कर्ष चिनियाँ समाजवादको हाम्रो व्यापक अन्वेषणबाट प्रणालीगत रूपमा निकालिएको हो। हामीले सधैं मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थसँग एकीकृत गर्न जोड दियौं र अहिले आधिकारिक रूपमा यसलाई चिनियाँ परम्परागत उत्कृष्ट संस्कृतिसँग पनि एकीकृत गर्ने कुरा अघि सारेका छौं। जसरी मैले एकपटक भनेको थिएँ, ‘यदि ५,००० वर्ष पुरानो चिनियाँ सभ्यता नै नभएको भए, चिनियाँ विशेषताहरू कहाँबाट आउने थिए? ‘दुई एकीकरण’ कुनै असम्भाव्य प्रस्ताव होइन। आफ्ना विशिष्ट उत्पत्तिका बावजुद, मार्क्सवाद र परम्परागत चिनियाँ संस्कृतिमा असाधारण सुसंगति प्रकट हुन्छ। उदाहरणका लागि, सबैका लागि समान कल्याणको खोजी गर्ने र विश्वास र मित्रता देखाउने सामाजिक सिद्धान्तहरू साम्यवादी र समाजवादी आदर्श र विश्वाससँग सुमधुर रूपमा मेल खान्छन्; राज्यको आधारको रूपमा जनतालाई मान्ने र सद्गुणद्वारा शासन गर्ने शासकीय अवधारणाहरू जनताको प्राथमिकता राख्ने राजनीतिक सिद्धान्तसँग पूर्णतया मेल खान्छन्; र पुरानो कुरा त्यागेर नयाँको पक्षमा उभिने र निरन्तर आत्म-सुधार गर्ने अभ्यासहरू कम्युनिष्टहरूको क्रांतिकारी आत्माको साथ मेल खान्छ। मार्क्सवादले मानिसको सारलाई सामाजिक सम्बन्धहरूको दृष्टिकोणबाट हेर्छ भने, चिनियाँ संस्कृतिमा मानिसलाई परिवार, देश र संसारसँगको सम्बन्धबाट परिभाषित गरिन्छ। दुवै मानवीय अस्तित्वलाई पृथक अस्तित्वको रूपमा हेर्नु अस्वीकार गर्छन्। चिनियाँ समाजवादको बाटो आधारभूत रूपमा समाजवादी छ, जुन मार्क्सवादमा आधारित छ। चिनियाँ संस्कृतिमा रहेको आवश्यक समाजवादी तत्त्वहरूले चीनमा मार्क्सवादलाई अँगाल्नका लागि बौद्धिक आधार प्रदान गर्दछ। चिनियाँ समाजवादको बाटो निरन्तर फैलिरहेको छ, र यस बाटोमा हाम्रा दृढता अडिग रहेको छ।  

नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट लिनेको लाइन

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट कन्नेहरुको बिहानैदेखि लाइनामा बसेर टिकट किनिरहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरेको हो । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ। एन्फाले अनलाइनबाट टिकट बिक्री नगरी प्रत्यक्ष भौतिक रुपबाट मात्रै टिकट किन्न पाइने व्यवस्था गरेकाले टिकट काट्नेहरुको लामो लाइन लागेको हो । यसअघि अनलाइन टिकट लिइसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।जसका कारण खेलप्रेमीहरुले अनावश्यक दुःख पाएका छन ।

गायिका स्मितालाई वैवाहिक शुभकामना दिंदै संजय दत्तले भने -'भेट्न नेपाल आउँछु'

काठमाडौं । बलिउड स्टार संजय दत्तले पनि गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । अभिनेता दत्तले नवविवाहित जोडीलाई बधाई दिन चाँडै नेपाल आउने बताएको भिडियो सन्देश सार्वजनिक भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश दिएका थिए भने अभिनेता दत्तले भिडियो सन्देश पठाएका हुन् । उक्त भिडियो स्मिताकी आमा समेत रहेकी गंगा दाहालले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छन्  मंसिर २१ गते गायिका दाहाल र उनका प्रेमी सायुज्य श्रेष्ठले लगनगाँठो कसेका थिए । ‘मायालु तिमी कता छौ’ स्मिताको बहुचर्चित गीत हो जसलाई अहिलेसम्म ३ करोड १५ लाख पटक हेरिएको छ । भिडियोमा दत्तले भनेका छन् -'नमस्कार, जय भोलेनाथ, हरहर महादेव । केही प्राविधिक समस्याको कारण आज म तपाईंहरूमाझ आउन सकिन । तर, मेरी भाञ्जी स्मिता र सायुज्यलाई उनीहरूको वैवाहिक जीवनको लागि शुभकामना । म मेरी बहिनी गंगा र उनको परिवारलाई मेरो तर्फबाट धेरै धेरै आशिर्वाद । तपाईंहरू सबैसँग चाँडै भेट्नेछु । मेरो तर्फबाट धेरै धेरै शुभकामना । गंगा बहिनी चाँडै आएर भेट्नेछु र यी बच्चाहरूलाई आफ्नो आशिर्वाद दिनेछु । धन्यवाद, चाँडै भेट्नेछौं । हर हर महादेव, जय भोलेनाथ'

एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जनकपुर बोल्ड्स र विराटनगर किङ्सबीचको उद्घाटन खेलअघि उक्त जानकारी दिएको हो। क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने छ। यो कुनै पनि राष्ट्रिय प्रतियोगिताकै सर्वाधिक पुरस्कार राशि हो। यसअघि २०७१/०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो। उक्त कीर्तिमान एनपिएलले तोडेको हो।   यस्तै, एनपिएलमा दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउने भएका छन्। तेस्रोलाई ३० लाख र चौथो हुनेलाई २० लाख रुपैयाँ दिने क्यानले जनाएको छ। यसरी क्यानले समग्रमा एनपिलको पुरस्कार राशिमा क्यानले दुई करोड ११ लाख रुपैयाँ खर्च गर्ने भएको हो।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए संसद्को विश्वास

पोखरा । संवैधानिक विवाद र तानातानबीच गण्डकी प्रदेश सरकार केन्द्रमा बनेको सत्ता गठबन्धनबाट फुत्किएको छ।सोमबार गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएसँगै केन्द्रको सत्ता गठबन्धनबाट यो प्रदेश सरकार फुत्किएको हो । वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्ताव राखेपछि मत विभाजन हुँदा उनको पक्षमा ३१ मत परेको हो ।प्रदेशसभामा उपस्थित ५९ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३१ मत पर्दा विपक्षमा २८ मत परेको  हो । मत दिन्न भन्ने पक्षमा शून्य मत परेको सभामुख कृष्णप्रसाद धितालले बताए । पाण्डेको पक्षमा कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद राजीव गुरुङको १ र माओवादी संसदीय दलका सदस्य सांसद फणीन्द्र देवकोटाले मतदान गरे। देवकोटा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन्। २०७९ को निर्वाचनमा गोरखाबाट उठेका उनले माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट जितेका थिए। ‘मानीयन सुरेन्द्रराज पाण्डेले राखेको प्रस्तावको पक्षमा ३१ मत परेकाले प्रदेश सभामा तत्काल कायम रहेको संख्याको बहुमत देखिएकाले उहाँले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु’, सभामुख धितालले भने ।

मुगुको लिब्रुगाउँमा गाडी पुग्दा बाजागाजाले स्वागत

मुगु । मुगुको उत्तरी सोरु गाउँपालिकाका– ४ लिब्रुमा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् । सोरु गाउँपालिकाको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको १३ किलोमिटर ट्र्याक खुलेसँगै बिहीबार पहिलोपटक लिब्रुमा गाडी पुगेको हो । यो सडक निर्माणमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करिब दुई करोड लगानी भएको छ । बिहीबार सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा सडक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सोरु गाउँपालिकाका अध्यक्ष शाहीले चुनावका वेला कर्णाली करिडोर जोड्ने र गाउँ–गाउँमा विद्युत् र सडक पुर्‍याउने प्रतिबद्धता गरेको स्मरण गरे ।  सोरु गाउँपालिकामा ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडाका बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्यअनुसार करिब ५० बस्तीमा सडक पुगेको र बाँकी बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्‍याउने अध्यक्ष शाहीले बताए । यो सडकको हुम्लामा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरमा पनि जोडिने उनले बताए ।  सोरुकोट–मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले पालिकाका नागरिकलाई मात्र नभई हुम्लाका नागरिकलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका स्थानीयले पनि यो सडकबाट लाभ लिनेछन् ।  उनीहरूलाई बैंकिङ सेवा लिन हुम्ला सदरमुकाम सिमीकोट जानुभन्दा सोरुकोट आउन सहज हुने सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । सोरुकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा छ । स्वास्थ्य उपचार तथा व्यापारमा पनि यो सडकले सहजता प्रदान गर्ने शाहीले बताए ।  गाउँपालिकाको लिब्रुमा सिमी, मास, केराको राम्रो उत्पादन हुने गर्दछ । यातायातको सुविधा नहुँदा यसले राम्रो बजार पाएको थिएन । गाउँमै गाडी पुगेपछि गाउँमा उत्पादित फलफूल र तरकारीको बजारीकरण सहज हुने स्थानीय अगसरा शाहीको विश्वास छ ।