कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको वरीयतामा चर्को विवाद

काठमाडौं,  चैत १४ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकबाट गठन भएको केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा चर्को विवाद देखिएको छ । आइतबारबाट केन्द्रीय कार्यालय सानेपामा सुरु कांग्रेस केन्द्रीय समितिको बैठकले पहिलो कार्य सूचिमाथि छलफल गर्दै २९ सदस्सीय केन्द्रीय कार्य सम्पाद न समिति र ४२ विभागको टुंगो लगाएको छ ।

गएको महाधिवेशनमा सबैभन्दा मत ल्याएका डा. शेखर कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा आफू नअटाएको भन्दै नअताउँनुको कारण माग गरेपछि विवाद सतहमा आएको हो । कोइरालाले चार पेज लामो असहमतिपत्र केन्द्रीय समितिमा बुझाउँदै आफु नअट्नुको कारण माग गरेका छन् ।

वरिष्ठता विवाद टुंग्याउन गत र्कािर्तकमा नेता आनन्द प्रसाद ढुंगानाको नेतृत्वमा समिति बनेको थियो । ढुंगाना समितिको प्रतिवेदन नै नआइकन अहिले कसरी वरिष्ठहरुलाई मात्र राखेर समिति गठन गरियो ? कोइरालाले पत्रमा भनेका छन, रामचन्द्र पौडेल भन्दा खुमबहादुर खड्का कसरी कनिष्ठ भए ? कांग्रेस र तत्कालिन कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकीकरण भएपछि पहिलोपटक कार्य सम्पादन समिति गठन भएको हो ।

सभापति शेरबहादुर देउवाले पेस गरेको कार्य सम्पादन समिति गठन र विभाग गठनको प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकले पारित गरेपछि सोमबार टुंगो लागेको हो ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

निर्वाचनमा ७५ हजार म्यादी प्रहरी

काठमाडौं, चैत १० । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको  छ ।  यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै हो । सुरक्षा अवस्थाको विश्लेषणका आधारमा ७५ हजार म्यादी प्रहरी भर्नाको सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षा समितिको सिफारिस मन्त्रिपरिषद्मा पुगिसकेको छ । मन्त्रिपरिषद्ले संख्या हेरफेर गर्न सक्छ । स्थानीय तहको निर्वाचनका लागि ५० दिन मात्र बाँकी रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकमै यससम्बन्धी निर्णय गर्ने तयारी छ । ‘सामान्यतः म्यादी भर्ना र तालिमका लागि ५५ दिन लाग्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘तर, अहिलेसम्म निर्णय नगर्दा समस्या भइसकेको छ ।’ म्यादी प्रहरी भर्नाका लागि यही साताबाट प्रक्रिया सुरु गर्ने आफूहरूको तयारी रहेको गृहप्रवक्ता पन्थीले बताए । तर, कुन जिल्लामा कति म्यादी प्रहरी आवश्यक पर्ने भन्ने विस्तृत कार्ययोजना भने गृहले बनाइसकेको छैन । संविधानसभाको दोस्रो निर्वाचनमा सरकारले ४५ हजार मात्र म्यादी प्रहरी भर्ना गरेको थियो । त्यतिवेला नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि अहिलेभन्दा करिब १० हजार कम थियो । त्यसवेलाको निर्वाचनमा भन्दा अहिले सुरक्षा चुनौती धेरै रहेको र संविधानसभा निर्वाचनमा भन्दा स्थानीय निर्वाचनमा सुरक्षा निकाय बढी सक्रिय हुनुपर्ने विश्लेषणसहित ७५ हजार म्यादी प्रहरीको सिफारिस भएको हो । नेपाल प्रहरीले पनि ७५ हजार म्यादी भर्ना गर्न गृहलाई सुझाब दिएको थियो । ७५ हजार म्यादी थप गर्दा निर्वाचनमा सेनासहित सुरक्षाकर्मीको संख्या दुई लाख ७४ हजार पुग्नेछ । हाल ७२ हजार नेपाल प्रहरी तथा ३७ हजार सशस्त्र प्रहरीको दरबन्दी छ । तर, दुवै संगठनमा धेरै पद रिक्त छन् । नेपाल प्रहरीमा करिब दुई हजार तथा सशस्त्र प्रहरीमा करिब पाँच हजार दरबन्दी रिक्त छन् । नेपाली सेनामा करिब ९० हजार जनशक्ति छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

म्यानचेष्टर डर्बी अमेरिकामा हुने, रंगशाला तय हुन बाँकी

काठमाडौं, चैत ९ ।  प्रि–सिजन टुरका क्रममा चिर प्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोना अमेरिकामा खेल्ने भएका छन् । इएल क्लासिको २९ जुलाई मा मियामीमा हुने छ । रियल मड्रिड र बार्सिलोना दोस्रो पटक स्पेन बाहिर भिड्न लागेका हुन् । यसअघि सन् १९८२ मा भेनेजुलएलामा खेलेका थिए । म्यानचेष्टर डर्बी पनि अमेरिकामा नै हुने भएको छ । इन्टरनेशनल च्याम्पियन्स कपमा म्यानचेष्टर युनाइटेड र सिटीको खेल जुलाई २० मा हुनेछ । तर, रंगशाला तय हुन बाँकी छ । गत वर्षको प्रि–सिजन टुरका क्रममा म्यानचेष्टर डर्बी चीनमा हुने तय भएको थियो । तर, भारी वर्षाका कारण खेल हुन सकेन ।

साना दलको विरोधबीच राष्ट्रिय दल बन्न समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्था

काठमाडौं, चैत ९ । राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको छ । कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको बुधबार बसेको २७ औं बैठकले ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको हो । यो विधेयकमा राष्ट्रिय पार्टीको मान्यता पाउन र समानुपातिक सांसद पाउनका लागि कुनै पनि दलले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ । थ्रेस होल्डको विषयमा साना दलले विरोध गर्दैै आएका थिए । उपसमितिका नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले ३ प्रतिशतमा असहमति जनाएका थिए । उक्त निर्णयलाई समितिमा छलफल गरेर संसदमा पेस गरिने छ । प्रस्तावलाई गृहमन्त्रीले विधेयकको रुपमा संसदमा पेस गरेपछि पारित हुन्छ ।

बिश्व शान्तिका लागि बुद्ध दर्शन महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौं, चैत ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिश्व शान्तिका लागि बुद्ध दर्शनको निकै महत्व रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देशका विभिन्न गुम्बावाट आएका बौद्ध लामा गुरुहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले प्रचण्डले नेपालमा मात्रै नभई संसारभर शान्ति कायम गर्न बुद्ध धर्म र दर्शनको भुमिका महत्वपूर्ण रहने प्रष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाल धर्म निरपेक्ष राज्य भएको स्पष्ट पार्दै यहाँ सबै धर्म, सँस्कृति र आस्थाप्रति राज्यको सम्मान रहने बताए । उनले नेपालमा जन्मिएका गौतम बुद्धले विकास गरेको बुद्ध दर्शन अहिले बिश्वभर फैलिएको बताउँदै शान्ति, सदभाव र भाइचारा सम्बन्ध प्रवद्र्धन गर्न यसको धेरै ठूलो योगदान रहेको बताए । प्रधानमन्त्रीले धार्मिक पर्यटनका माध्यमवाट देशको सम्वृद्धिमा योगदान दिन सकिने विश्वास व्यक्त गर्दै बुद्ध दर्शनको विस्तार र विकासका पक्षमा आफूले सक्दो योगदान पुर्याउने बताए । भेटमा बौद्ध दर्शन प्रबन्ध तथा गुम्बा विकास समितिका पदाधिकारी, देशका विभिन्न गुम्बाका २७ जना बौद्ध लामा गुरुहरुसमेतको सहभागिता थियो । भेटमा गुम्बा विकास समितिले देशका गुम्बाहरुको पुर्ननिर्माण र मर्मतका लागि प्रधानमन्त्रीसँग बजेटको माग गरेको थियो । प्रधानमन्त्रीले सरकारका तर्फवाट आवश्यक बजेटको व्यवस्था गरिने जानकारी दिएका थिए ।

नारायणगढ–मुग्लिन सडक खण्ड छ घन्टा रोकिने

चितवन, चैत ८ । वर्षात्को समयअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन छ घन्टा रोकिने भएको छ । हाल बिहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएकामा प्रभावकारी ढङ्गबाट काम हुन नसकेपछि चैत १५ गतेदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकेर काम अगाडि बढाउन लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार सडक आवागमन छ घन्टा रोकेर काम थालेपछि चार घन्टा काम गर्न पाइने छ । स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षात् अगाडि नै भित्तो काट्ने लगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न आवागमन समय थप रोकेर काम गर्न लागिएको खनालले बताउनुभयो । सो सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी आवागमन गर्छन् । प्रजिअ नारायणप्रसाद भट्टले वर्षात्का समयमा थप समस्या नआओस् भन्नाका लागि जेठ १५ गतेभित्र मुख्य संरचनाका काम सम्पन्न गर्न दैनिक छ घन्टा आवागमन रोकेर काम गर्न भनिएको बताउनुभयो । उहाँका अनुसार वर्षात्अघि काम नभ्याएमा निकै ठूलो समस्या आउने बताउँदै उहाँले ठेकेदार कम्पनीले उपकरण र जनशक्ति थप गरी कामलाई तीव्रता दिने छ। पहिलो सम्झौतानुसार आउँदो वैशाखको दोस्रो साताभित्र तीन वटै खण्डको काम सम्पन्न गर्नुपर्ने हुन्छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएकामा हालसम्म ४१ प्रतिशत मात्रै काम भएको छ । भूकम्प, नाकाबन्दीलगायत कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेपछि निर्माण सम्पन्न गर्नुपर्ने समय दुई पटक गरेर आठ महिनासम्म बढाइएको छ। सो सडकको आँपटारीदेखि दासढुङ्गासम्म भारतीय ‘बिएलए’ तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय ‘उड हिल’ तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको ‘सुप्रिम’ र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । उनीहरुले पहिलो खण्डमा ३५ प्रतिशत, दोस्रो खण्डमा ५० प्रतिशत र तेस्रो खण्डमा ३७ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् । पहिलो खण्डमा भित्तो काट्ने काम छैन भने दोस्रो र तेस्रो खण्डमा भित्तो काट्नुपर्ने जटिल काम छ । इ खनालका अनुसार दोस्रो खण्डको घुमाउनेमा एक सय मि र १६ किलोमा चार सय मि भित्तो काट्नुपर्ने हुन्छ भने तेस्रो खण्डको जलवीरेमा दुई सय मि र चेपाङ डाँडोमा पाँच सय मि भित्तो काट्नुपर्ने हुन्छ । पचपन्न मिसम्म अग्लो चट्टानी पहाड काट्नुपर्ने हुन्छ । सो क्षेत्रमा सडकको चौडाइ पाँच दशमलव पाँच मि मात्रै छ । भित्तो काटेर नौ मि फराकिलो बनाउनुपर्ने हुन्छ । कामलाई तीव्रता दिन उपकरण र जनशक्ति थप गरिएको छ । एक्साभेटर मात्रै २४ वटा प्रयोग भएको खनालले जानकारी दिनुभयो । पहिलो खण्डमा आउँदो हप्तादेखि र दोस्रो खण्डमा चैतको अन्तिम सातादेखि कालोपत्रे सुरु हुने छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मि फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मि फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियाली राजमार्गअन्तर्गतको एएच४टु खण्डमा नारायणगढ– मुग्लिन सडकखण्ड पर्छ । नेपालको कोदारी हुँदै चीन तथा काठमाडौँ, नागढुङ्गा, नौबिसे, मुग्लिन,नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने सो सडक एसियाली राजमार्गको एक खण्ड हो ।

दाताको सहयोगमा वृद्धाश्रम सञ्चालन हुँदै

कञ्चनपुर, चैत ६ । कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा रहेको वृद्धाश्रम दाताको सहयोगमा सञ्चालन हुँदै आएको छ । दाताले दिने लत्ताकपडा, अन्न र दान दातव्यबाट वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाको दिनचर्या चल्दै आएको छ । “सरकारी निकायबाट थोरैमात्रै खर्च उपलब्ध हुँदा दातालाई गुहार्दै आएका छौँ” – वृद्धाश्रमको रेखदेखको कार्य गर्दै आउनुभएका बहादुर विष्टले भन्नुभयो । जिविस कञ्चनपुर र बेदकोट नगरपालिकाले गरी रु एक लाख ५० हजारजति रकम वार्षिक रुपमा उपलब्ध गराउँदै आए पनि वृद्धाश्रमको भौतिक पूर्वाधार सुधारका लागिसमेत नपुग्ने उहाँले बताउनुभयो । दाताहरुले वृद्धवृद्धालाई सहयोग दिँदै आएकाले खाद्य सामग्री र लगाउने, ओछ्याउने कपडाको अभाव झेल्नुपरेको छैन । बिरामी हुने वृद्धवृद्धाको उपचारका लागि स्वास्थ्य चौकी टाढा हुँदा समस्या रहेको वृद्धाश्रममा बस्दै आएकाहरुको भनाइ रहेको छ । एक दशकदेखि सञ्चालन हुँदै आएको वृद्धाश्रममा असहाय, बेसहारा र परिवारको प्रताडनामा परेका १४ जना वृद्धवृद्धा बस्दै आएका छन् । नेपाली सेनाबाट सेवानिवृत्त हुनुभएका विष्ट दम्पती सधैँ वृद्धवृद्धाको सेवामा चौबीसैघन्टा निःस्वार्थ सेवा भावनाका साथ खट्दै आउनुभएको छ । सेवा सुसारसँगै बिरामी पर्दा वृद्धवृद्धालाई विष्ट दम्पती अस्पताल पुर्याउने र वृद्धाश्रममा नुहाउन सघाउ पुर्याउनुका साथै लत्ताकपडा धुने र कपडा पहिराउनसमेत सघाउ पुर्याउने कार्यमा खटिँदै आउनुभएको छ । सेवा नै धर्म भएकाले नेपाली सेनाबाट सेवा निवृत्त भएपछि वैदेशिक रोजगारीमा जाने इच्छा त्यागी वृद्धवृद्धाको सेवामा लागेको विष्ट सगर्वकासाथ भन्नुहुन्छ “कमाउनेभन्दा सेवा ठूलो भएको परिवारबाटै हौसला र सहयोग पाएपछि सेवामा लागेका छौँ ।” विसं २०६५ मा स्थानीय समाजसेवी लालबहादुर खड्काको विशेष पहलमा वृद्धाश्रम स्थापना भएको थियो ।

घरमालिकबाट पटकपटक बलात्कृत भएपछि प्रहरीको शरणमा पुगिन बालिका

काठमाडौं, चैत ६ । घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन् । डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन् । बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन् । उनको उजुरीपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले पाण्डेलाई पक्राउ गरेको छ । ‘म पटक–पटक घरमालिकबाट बलात्कृत भएँ । पीडा सहन नसकेर प्रहरीमा उजुरी गरेँ,’ बालअधिकारवादी संस्था सिविस नेपालको शरणमा बसिरहेकी कल्पनाले भनिन् । पक्राउ परेका पाण्डे श्रीमती, एक छोरा र आमासहित काठमाडौं कारेश्वरमा बस्छन् । पीडित कल्पनाले दुई वर्षदेखि उनको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्, त्यहीँ बस्थिन् । कल्पनाका अनुसार लोकराजले पछिल्लोपटक २२ माघको साँझ कोठामा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका थिए । ‘साँझ परेको थियो । घरमा कोही पनि थिएनन् । म भान्छामा काम गर्दै थिएँ । उहाँले मलाई तानेर कोठामा लग्नुभयो र जबर्जस्ती गर्नुभयो । म चिच्याएँ । तर, सहयोग गर्न कोही आएनन्,’ घटनाबारे उनले भनिन् । पढाएर विदेश पठाइदिने प्रलोभनमा लोकराजले उनलाई दुई वर्षअघि डोटीबाट ल्याएका थिए । –नयाँ पत्रिका दैनिकबाट  

नेपाली चाउचाउको अमेरिकामा माग

मोरङ, चैत ४ । एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताए । “सुरुमा नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेका छन्,” उनले भने । अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु गौरवको विषय भएको जाजूको भनाइ छ । अस्ट्रेलिया, दुबई र कतारमा समेत रमपम चाउचाउ निर्यात गर्न थालेको उहाँले बताए । सुनसरीको सोनापुरमा उद्योगले रमपम चाउचाउ उत्पादन गरिरहेको छ । अहिले हरेक महिना पाँच लाख प्याकेट चाउचाउ अमेरिका निर्यात भइरहेको र आगामी छ महिनाभित्रमा १० लाख प्याकेट पु¥याउने तयारी भइरहेको सो उद्योगले जनाएको छ ।

राष्ट्रसंघीय शान्ति मिसनको प्रश्नपत्र ‘लिक’

काठमाडौं, चैत ४ । संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टर हलचोकमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै ‘लिक’ भएको छ। राष्ट्रसंघीय शान्ति मिसनमा पठाइने प्रहरी र सशस्त्रका सुरक्षाकर्मीको योग्यता जाँच्न बुधबार लिइएको ‘अंग्रेजी सीप परीक्षण’ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा २ घन्टाअघि नै भाइबरमार्फत सार्वजनिक भएको हो। परीक्षा सञ्चालन गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय टोली नै पठाउँछ। परीक्षाको गोपनीयताका लागि उसले प्रश्नपत्र, अडियोलगायत सामग्री उतैबाट बनाएर ल्याउँछ। अंग्रेजी सीप परीक्षण, ड्राइभिङ, सुटिङ र अन्तर्वार्तामा विभिाजित परीक्षामध्ये अंग्रेजी सीप परीक्षण परीक्षा केन्द्र हलचोकस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर चयन गरिएको थियो। परीक्षाअघि नै सो विषयको प्रश्नपत्र बाहिरिएको हो। अंग्रेजी भाषा सीप परीक्षणका लागि पहिलो टोलीका ४ सय जनाको परीक्षा समय दिउँसो १२ बजे तोकिएको थियो। प्रश्नपत्र बाहिरिन नदिन परीक्षा हलमा मोबाइल लैजानसमेत रोक लगाइएको थियो। तर, १० बजे नै प्रश्नपत्र परीक्षार्थीको मोबाइलमा पुगिसकेको थियो। स्रोतका अनुसार १० बजे भाइबरमार्फत परीक्षार्थीले प्रश्नपत्र पाएका थिए। दिउँसो ३ बजे दोस्रो टोलीको परीक्षा तोकिएको थियो। दोस्रो टोलीका लागि राष्ट्रसंघले तयार पारेको प्रश्नपत्र पनि परीक्षा सुुरु हुनुअघि नै सार्वजनिक भइसकेको थियो। दोस्रो टोलीको प्रश्नपत्र पनि भाइबरमार्फत परीक्षार्थीले पाएका थिए। परीक्षा लिन राष्ट्रसंघले युक्रेनी र अमेरिकीसहित ६ जनाको टोली नेपाल पठाएको थियो। उनीहरूले परीक्षा सामग्री आफूसँगै ल्याएका थिए। जानकार स्रोतका अनुसार परीक्षा सामग्रीको गोपनीयताका लागि राष्ट्रसंघले खटाएको टोलीले परीक्षा केन्द्रमा आवश्यक प्रश्नपत्र प्रिन्ट र फोटोकपी गरेको थियो। तर, जति गोपनीयता अपनाए पनि शान्ति मिसनमा सहभागी हुन चाहने दुबै सुरक्षा संगठनका सदस्यको योग्यता परीक्षाको प्रश्नपत्र सुरक्षित भएन। नागरिकले प्राप्त गरेको परीक्षाअघि बाहिरिएको प्रश्नपत्र कच्याककुचुक पारेर पछि सम्याएको देखिन्छ। एक व्यक्तिले हातले समातेर खिचिएको प्रश्नपत्रको पछाडि फोहोर देखिन्छ। परीक्षा समन्वय गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी अधिकृत खटिएका थिए। केन्द्र हलचोकमा रहेकाले परीक्षा सामग्रीको सुरक्षा र केन्द्रको सुरक्षा जिम्मेवारी सशस्त्रले लिएको थियो। स्रोतका अनुसार प्रश्नपत्र हलचोकमै प्रिन्ट र फोटोकपी गरिएको थियो।

वार्ताबाटै समस्या समाधान हुनेमा मोर्चाको विश्वास

काठमाडौँ,  चैत ४। प्रमुख सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच समसामयिक परिस्थितिबारे  बिहिबार सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल सकारात्मक भएको सत्ता पक्षले जनाएको छ । मोर्चाले भने छलफल खासै उपलब्धिमूलक नभएको प्रतिक्रिया दिए पनि वार्ताबाटै समस्याको समाधान निस्कने धारणा राखेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विद्यमान गतिरोध अन्त्य गरी निर्वाचनतर्फ जानुपर्ने प्रस्ताव राख्नुभएकामा मोर्चाले संशोधन प्रस्तावलाई टुङ्गो नलगाई निर्वाचनमा जान नसकिने अडान दोहोर्याएको थियो । प्रधानमन्त्रीले सीमाङ्कनलाई थाती राखेर संशोधन प्रस्तावलाई अघि बढाउन आग्रह गर्नुभएकामा मोर्चाले कुनै पनि विषयलाई थाती राखेर अघि बढ्न नसकिने जनाएको बताइएको छ । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मोर्चासँगको छलफल निकै सकारात्मक रहेको र समस्याको समाधान निस्कने जिकिर गर्नुभयो । “बैठकमा प्रधानमन्त्रीले जति पनि समस्या छन् तिनको समाधान गरेर निर्वाचनमा जानुपर्छ भन्नुभयो, हाम्रो बटमलाइन समाधान हो, सबैलाई समाधानमा ल्याउन सकिन्छ, समस्या समाधान हुन्छ र निर्वाचन हुन्छ भन्ने विश्वास छ,”, उहाँले भन्नुभयो । मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रक्रिया टुङ्गो नलगाई निर्वाचनमा जान नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनसँगै स्थानीय निकायलाई प्रादेशिक क्षेत्राधिकारभित्र नल्याइकन, जनसङ्ख्या र स्थानीय तहको सन्तुलन नमिलाइकन, प्रदेशको सीमाङ्कनलाई नसच्याइकन समस्याको हल हुँदैन, अहिलेसम्म यो विषयमा मोर्चा र सरकारबीच कुरो मिलेको छैन, हामी कुनै पनि विषय थाती राखेर जाँदैनौँ ।” सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संशोधनलाई कसरी अघि बढाउने भन्नेबारे दुवै पक्षबीच खुलस्त छलफल भए पनि कुनै निष्कर्ष ननिक्लेको बताउनुभयो । उहाँले भन्नुभयो–“मोर्चा आन्दोलनसँगै वार्ताको पक्षमा छ, वार्ताबाटै समाधानमा जान सकिन्छ । ” बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका कोषाध्यक्ष एवम् शान्ति तथा पुनः निर्माणमन्त्री सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री कमल थापा तथा मोर्चाका तर्फबाट नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्ण, अनिलकुमार झालगायतको सहभागिता थियो । रासस

ट्रम्पको यात्रा प्रतिबन्धमा अदालतको रोक

अमेरिका, चैत ४। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संसोधित यात्रा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टापूर्व अवाई राज्यको संघीय अदालतका एक न्यायाधीसले रोक लगाइदिएका छन् । ट्रम्प प्रशासनले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने बताएको छ । हवाई राज्यका न्यायाधीशले ट्रम्पको आदेशलाई चुनौती दिँदै ट्रम्पको स्रसोधित यात्रा प्रतिबन्ध लागू भएमा अपूरणीय क्षति हुने बताएका छन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

लाइभः दश ओभरमा नेपालको ५१ रन, दुई विकेट

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालले दुई किेट क्षतिमा ५१ रन बनाएको छ । लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको नेपालका लागि कप्तान ज्ञानेन्द् मल्ल र दीपेन्द्रसिंह ऐरीले पारी सम्हालिरहेका छन् । कप्तान ज्ञानेन्द्र २६ रन बनाइ खेलिरहेका छन् । दीपेन्द्र १४ रन बनाइ खेलिरहेका छन् । दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा आउट भएका छन् । नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः आठ ओभरमा नेपाल, दुई विकेट ४१ रन

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपाल दुई विकेट गुमाएर ४१ रन बनाइ खेलिरहेको छ । लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको नेपालका लागि कप्तान ज्ञानेन्द् मल्ल र दीपेन्द्रसिंह ऐरीले पारी सम्हालिरहेका छन् । कप्तान ज्ञानेन्द्र २६ रन बनाइ खेलिरहेका छन् । दीपेन्द्र ९ रन बनाइ खेलिरहेका छन् । दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा आउट भएका छन् । नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः नेपालको जवाफी व्याटिङ सुरु, पहिलो अोभरमा ४ रन

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याउन नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः बसन्तले लिए केन्याक‍ा कप्तानको विकेट

काठमाडौं, फागुन ३० । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केन्यासँग भइरहेको खेलमा केन्याले ५ विकेट गुमाएर १२५ रन बनाएको छ । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस हारेर व्याटिङ गरिरहेको केन्या ३६ ओभरको खेल  बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ जारी राखेको छ । सन्दीप लामिछानेले पहिलो ओभर बलिङ गरेर जम्मा दुई रन दिएका छन् । संदीलेपले बिहिबार केन्यासँगकै खेलमा दुई विकेट लिएका थिए । नेपालका अर्का बलर मेहबुब आलमले ७ ओभर बलिङ गरेर केन्याको दुई विकेट लिएका छन् । उनले पाँच ओभरमा कुनै पनि रन दिएनन् । जम्मा सात ओभरमा उनले जम्मा ११ रन मात्रै दिए । यस्तै सागर पुनले पनि कसिलो बलिङ गरेका छन् । पाँच ओभर बलिङ गरेका सागरले जम्मा १२ रन दिएका छन् । जारी १९ ओभरको खेल चलिरहँदा केन्याले दुई विकेट गुमाएर ४४ रन जोडेको छ । नेपालका लागि मेहबुब आलमले केन्याको दुबै विकेट लिएका हुन् ।