प्रत्येक मतदान केन्द्रमा २८ प्रहरी : गोली चलाउन सक्ने अधिकार

काठमाडौं, वैशाख २५ । यहि ३१ गते  हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् ।

मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोलि चलाउन सक्ने अधिकारसहित गृहमन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको नागरिकमा खबर  छ । ३४ जिल्लाको दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ ।

चार दलित महिला सदस्य निर्विरोध

रसुवा, वैशाख २३ । उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा चारजना दलित महिला निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको पाँच वडामध्ये दुईवटा वडामा नेकपा (एमाले)का उम्मेदवार तथा एक÷एक वडामा क्रमशः नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । एमालेका तर्फबाट वडा नं १ मा जुरेली कामी र वडा नं ५ मा चरिमाया विश्वकर्मा, नयाँ शक्तिका तर्फबाट वडा नं २ मा श्रीमाया कामी र माओवादी केन्द्रबाट वडा नं ४ मा हिरा विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी कालिका गाउँपालिकाको वडा नं १ मा दलितवस्ती भए पनि दलित महिला सदस्यमा उम्मेदवारी नपरेको उक्त गाउँपालिकाका निर्वाचन अधिकृत राजेन्द्रदेव पाण्डेले बताउनुभयो । त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा कुनै पनि दलित महिला सदस्यको उम्मेवारी नपरेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ: नेता सिंह

काठमाडौँ, वैशाख २३ । राजनीतिक क्रान्तिको नेतृत्व गरेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानको रक्षाका लागि स्थानीय निर्वाचन आवश्यक रहेको भन्दै स्थानीय तहको निर्वाचनसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले मुलुकलाई शान्ति र समृृद्धिको मार्गमा अगाडि बढाउन नेपाली काँग्रेसको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।

चालक अनुमतिपत्र सम्बन्धी सेवा बन्द

ललितपुर,  वैशाख २३  आसन्न स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ । अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार निर्वाचनका सिलसिलामा यातायात कार्यालय तथा ट्राफिक कार्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइएकाले सेवा बन्द गर्नुपरेको गोरखापत्रमा खबर छ । प्रयोगात्मक परीक्षाको मिति तय भइसकेका, तोकिएका थप परीक्षार्थीको परीक्षालगायत इजाजतपत्र नवीकरण, प्रतिलिपि उतार, अञ्चलीकरण तथा अन्तर्राष्ट्रिय इजाजतपत्रको नेपालीकरणलगायतका सबै कार्य बन्द गरिएको छ ।

उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ : प्रमुख आयुक्त यादव

काठमाडौँ, १९ वैशाख । वैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मुलुकभरबाट उत्साहपूर्ण दलदर्ता भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए । काठमाडौँ विभिन्न जिल्लामा दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएको उनले बताए । ‘देशैभर उत्साहपूर्वक मनोनयन दर्ता भएको छ’, काठमाडौं महानगरपालिकाको निर्वाचन कार्यालयमा पुगेका यादवले भने, पहिलो चरणको चुनावका लागि ५० लाख जति जनता निर्वाचनमा सहभागी हुँदैछन्।’ डा.यादवले निर्वाचनको आजको प्रकृयामा अवरोध नहोस् भने हिमाली भेगमा हेलिकप्टरबाट निर्वाचन अधिकृतहरु पुर्‍याएको जानकारी पनि दिएका छन् । पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको छ । झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

काठमाडौँमा उम्मेदवारी दर्ता जारी

काठमाडौँ, वैशाख १९ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज काठमाडौँ जिल्लाका महानगरपालिका र नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । बिहान १० बजेदेखि काठमाडाँै महानगरपालिकासहित १० वटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबैभन्दा ठूलो काठमाडाँै महानगरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भिड रहेको छ । महानगरको राष्ट्रिय सभागृहमा पार्टीका नेता तथा कार्यकर्ता मनोनयन दर्ता गर्ने क्रममा आइरहनुभएको छ । काठमाडाँै महानगरका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद दाहालका अनुसार अहिलेसम्म छ जनाले प्रमुख र तीन जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँका अनुसार प्रमुख पदमा राष्ट्रिय जनमोर्चाबाट डा निर्मलकुमार थापा, विवेकशील नेपाली दलबाट रञ्जु न्यौपाने, साझा पार्टीबाट किशोर थापा, देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकाल तथा स्वतन्त्रबाट अमोत महर्जन र विनोदकुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी उप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट ऋतु सापकोटा, स्वतन्त्रबाट जनिशा भट्टराई र निरुपमा यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् । मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार अहिलेसम्म करिब दुई सय जनाले वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराइसक्नु भएको छ । काठमाडाँै महानगरमा ३२ वडा छन् । विसं २०५४ पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवारी दर्ता गराइरहनुभएको छ । यसैगरी कीर्तिपुर, टोखा, शङ्खरापुर, नागार्जुन, दक्षिणकाली, चन्द्रागिरि, बुढानीलकण्ठ, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र तारकेश्वर नगरपालिकामा पनि उम्मेदवारले उम्मेदवार दर्ता गराइरहनुभएको छ ।

टहरामा जन्मेको नाति हिँड्ने भइसक्यो तर घर बनाउने अनुमति पाइएन

पाल्पा, वैशाख १९ । भूकम्पपीडित सहलकोट सुकेकोटका ७६ वर्षीय गोबर्द्धन दर्जीले घर बनाउनका लागि अनुदान रकमको पर्खाइमा दुई वर्ष टहरामुनी बिताउनुभयो । भूकम्पपछि टहरामा जन्मेको नाति हिँड्डुल गर्नसक्ने भइसक्यो तर घर बनाउन पहिलो किस्ताको रकमसम्म नपाउदा नातिलाई टहरामा हुर्काउन उहाँलाई कठिन भएकोे छ । आफूलाई अब घर बनाउने अनुदान रकम पाउछु भन्ने आशा हटिसकेको गोबर्धन बताउनुहुन्छ । शारीरिक रुपमा अशक्त हुँदै गए पर्नि आफ्नो भन्दा १९ जना परिवारको टहरामा पालनपोषण र बास कसरी बिताउने भन्ने चिन्ताले उहाँलाई सताएको छ । लामो समय वितिसक्दा पनि घर बनाउने अनुदान र अनुमति नपाउदा अव अनुदान पाइन्छ र घर बनाउँला भन्ने आश नभएको गोवर्धनको गुनासो छ । उहाँ भन्नुहुन्छ,“चिसो बढ्यो कि दम बढेर आउछ, गएको जाडोमा दम बढेर झन्डै मरेको थिए”—“भूकम्पपछि जन्मेको नाति दौडिनसक्ने भयो, घर बनाउने अनुमति नपाउदा टहराको बासले छोड्ने भएन” उहाँ दुखेसो पोख्नुहुन्छ । भूकम्पले ठूलो भौतिक क्षति पुगेको सहलकोट सुकेकोटमा दुई वर्षको अवधिमा टहराको बासले चिसोका कारण दुई जनाले ज्यान गुमाउनुपरेको स्थानीय उमेशकुमार गाहा बताउनुहुन्छ । पालको बासले वृद्धवृद्धा, सुत्केरी महिला र बालबालिका बढी प्रभावित भएका छन् । भूकम्पपछि टहरामा बास बस्दै आएका यहाँका पाँच सुत्केरीले टहरामै बच्चा जन्माउन बाध्य भए । गएको हिउँदमा घर बनाएर सहजसँग बास बस्ने सपना बोकेका भूकम्पपीडितको सपना ओइलाएर गएको छ । यसवर्षको बर्खायाममा पनि उनीहरुले टहरामै जीवन गुजार्नुपर्ने निश्चित छ । पहिलो किस्ताको रकम पनि नपाउदा घर बनाउने सुरसारै गर्न नपाएको स्थानीय तिलवीर रानाको गुनासो छ । उहाँले पहिलो किस्ताबापतको रकम अनुदान पाएको खण्डमा वर्खा अगाडि नै घरको जग राख्ने र हिउँद अगाडि नै घर निर्माण गर्ने योजना बुन्नुभएको थियो । वडा नागरिक मञ्चका संयोजक भुमबहादुर राना भन्नुहुन्छ,“न अनुदान पाइयो न त घर बनाउने अनुमति नै पाइयो”—“सरकारले दिन्छु भनेर पीडित जनतालाई आशा देखायो तर दुई वर्षसम्म टहरा र त्रिपालमा रात कसरी बिताए पीडितले भन्ने कहिल्यै सोचेन” उहाँले दुखेसो पोख्नुहुन्छ । पुनःनिर्माण प्राधिकरणले सङ्कलन गरेको तथ्याङ्कअनुसार सहलकोट क्षेत्रमा मात्र ६१ घर पूर्णरुपमा क्षति भएकामा साविक– ९ सुकेकोट गाउँमा ४१ वटा घर पूर्ण क्षतिग्रस्त भएका थिए । अन्य बाँकीमा आंशिक क्षति पुगेको थिायो । पाल्पाको साविकको गल्धा, रामपुर, बाकामलाङ्, कोलडाँडालगायतका क्षेत्रमा भूकम्प प्रभावित बढिरहेका छन् । जिल्ला तथ्याङ्क कार्यालयकाअनुसार जिल्लाका १० हजार चार सय ९५ घर पूर्णरुपमा क्षति भएकामा तीन हजार चार सय ३१ घरको लागि पहिलो किस्ताको अनुदान सम्झौता भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

नेपाली कांग्रेसको घोषणापत्रमा पर्यटन विकास

ललितपुर, वैशाख १९ । नेपाली कांग्रेसले सबै नगर र गाँउपालिकाहरुमा पर्यटन सेवा विस्तारले ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, प्राकृतिक र मानव निर्मित सम्पदाहरुको संरक्षणका साथै पूर्वाधार र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । पार्टीले हालै सार्वजनिक गरेको स्थानीय तह निर्वाचन घोषणापत्र २०७४ मार्फत सो विश्वास व्यक्त गरेको हो । नेपाली कांग्रेसले आन्तरिक र बाह्य पर्यटनको केन्द्र रही आएका काठमाडौँलगायत ललितपुर, पोखरा र भरतपुर महानगरपालिका को सडक, सार्वजनिक यातायात व्यवस्था, संचार सुविधा, खानेपानी, ढल र फोहर व्यवस्थापन, बिजुली र आवास सुविधाजस्ता पूर्वाधारहरु आधुनिक र भरपर्दो बनाउनुका साथै तिनलाई वातावरणमैत्री र प्रदुषणमुक्त समेत बनाइने प्रतिवद्धता व्यक्त गरेको छ । अन्तराष्ट्रिय पर्यटकको नजरमा पुगी नसकेका तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण, ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्व बोकेका स्थानहरु समेटेका गाऊँ र नगरपालिकाका पर्यटकीय सम्पदाहरुको संरक्षण, संबर्धन, विकास र विस्तार गर्दै उपयुक्त पूर्वाधार निर्माण गरी पर्यटकहरु पु¥याउने र यस्ता सम्पदा नभएका स्थानमा नयाँ सम्पदा निर्माण आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने कार्यक्रम पनि घोषणापत्रले समेटेको छ । आफ्नो सांस्कृतिक वैभव र प्राकृतिक सौन्दर्य–सम्पदाका कारण अन्तर्राष्ट्रिय स्तरमा आकर्षणका केन्द्र बनेका काठमाडौ, ललितपुर, पोखरा, र भरतपुर महानगरपालिका सहित भक्तपुर, जनकपुर, भैरहवा जस्ता नगरहरुमा फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवं संभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा आवागमनलाई सहज बनाउने कुरा पनि कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । “महानगर, उपमहानगर ,नगरपालिका र गाँऊपालिका क्षेत्रका ऐतिहासिक, धार्मिक–सांस्कृतिक सम्पदा एवं प्राकृतिक सौन्दर्य र जैविक विविधताको उचित स्याहार–सम्भार र संरक्षणद्वारा पर्यटन विकास गर्नु संबन्धित स्थानीय सरकारको पहिलो प्राथमिकता हुनेछ” कांग्रेसको घोषणापत्रमा भनिएको छ । अन्तराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउने नेपालका हवाई सेवाको स्तर नियमित, भरपर्दो, विश्वसनीय,समयबद्ध बनाउनुका साथै नेपालका अन्तर्राष्ट्रिय र अन्य विमानस्थलका सेवालाई अत्याधुनिक प्रविधिले सुविधासम्पन्न बनाउने कार्यलाई पनि कांग्रेसले उत्तिकै ध्यान दिएको छ । पर्यटन विकासका लागि पर्यटकहरुलाई सेवा प्रदान गर्ने अध्यागमन , यातायात र आवास सेवालाई आधुनिक, स्तरीय र मौलिक नेपाली सीप, शैली र संस्कृतिसंग परिचित गराउने ढंगको बनाइने प्रत्याभूति पनि कांग्रेसले गरेको छ । नेपाली जनताको अतिथिदेवो भव भन्ने संस्कार र प्रेरणाबाट उत्प्रेरित भई सबै उपमहानगरपालिका, नगरपालिका एवं गाउँपालिकाले आफ्ना ऐतिहासिक, धार्मिक–सांस्कृतिक र प्राकृतिक सम्पदालाई पर्यटन आकर्षणको प्रमुख आधार वनाउँदै भरपर्दो र वातावरणमैत्री पूर्वाधार विकासमा जोड दिने विश्वास कांग्रेसले लिएको छ । पर्यटन: आर्थिक आर्जनको आधार नेपाली कांग्रेसले सबै स्थानीय निकायले ऐतिहासिक, धार्मिक–सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई पर्यटकीय सम्पदाको रुपमा विकसित गरी त्यसलाई आर्थिक आर्जनको आधार बनाउने कार्यक्रम सञ्चालन गर्ने बताएको छ । “आफ्नो प्रतिस्पर्धी क्षमता बढाउन स्थानीय सरकारले विशिष्ट पर्यटन क्षेत्र र विषय पहिचान गर्नेछन् ”कांग्रेसले भनेको छ। आफनो क्षेत्रभित्रका पर्यटन स्थललाई आन्तरिक पर्यटक, छिमेकी राष्ट्रका पर्यटक तथा अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यस्थल बनाउनका लागि आफ्नो विशिष्टता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव,धार्मिक, पौराणिक एवं ऐतिहासिक महत्व उजागर गर्ने स्थानीय धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महोत्सव आयोजना गर्ने, साहसिक खेलकूद, राष्ट्रि एवम् अन्तराष्ट्रिय सम्मेलन एवं प्रदर्शनी आयोजना गरी पर्यटन प्रवद्र्धन गरिने कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको छ । नेपाली कांग्रेसले स्थानीय सरकारलाई पूर्वाधार र सुविधा नपुगेको कम्तीमा एउटा सम्भाव्य पर्यटन स्थलको विकास गर्न राष्ट्रिय ख्यातिप्राप्त पर्यटक व्यवसायीको सेवा उपलब्ध गराउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय भ्रमण प्याकेजमा सामेल गरी प्रतिष्ठित लगानीकर्तालाई उचित शर्तसहित सम्बन्धित निकायसँग समन्वय गरी लगानी गर्न आमन्त्रण गर्ने बन्दोबस्त मिलाइने कुरा पनि सार्वजनिक गरेको छ । स्थानीय सरकार र समुदायले सम्भाव्य पर्यटन स्थलको संरक्षण एवं सडक, संचार, पानी, सरसफाइ, वत्ती जस्ता पूर्वाधार निर्माणको जिम्मा लिई आवास, खानपीन र मनोरंजन जस्ता गतिविधिमा निजी व्यवसायीसंग साझेदारीलाई पनि संस्थागत गर्नेछन् । कांग्रेसले स्थानीय लोक संस्कृतिको संरक्षण, संवद्र्धन, वातावरण संरक्षण आदिमा स्थानीय महिला समूह तथा स्वयंसेवी युवा क्लवहरुलाई परिचालन गर्ने र युवाहरुलाई नै लक्षित गरी दोभाषे र पर्यटक गाइडको तालिम दिने कार्यक्रम पनि घोषणापत्र मार्फत सार्वजनिक गरेको छ । सरकारी वा निजी स्वामित्वमा रहेका परम्परागत दरबार, महल, आदिलाई मर्मत,संभार वा पुनर्निर्माण गरी मौलिक एवं विशिष्ट आवासमा परिवर्तन गर्ने र अन्य त्यस्तै गढी,कोत,धार्मिक स्थल आदिको संरक्षण गरी पर्यटकीय प्रडक्टका रुपमा विकसित गर्न स्थानीय निकायलाई प्रोत्साहित गर्ने कुरालाई पनि कांग्रेसले समेटेको छ । कृषिलाई पर्यटनसंग आबद्ध गर्न, रोपाई जात्रा,मह काढ्ने उत्सव, सहित माछा पालन, अर्गानिक फार्मको विकास, कृषि फार्म र पशुपालन जस्ता आर्थिक गतिविधिलाई पर्यटकीय प्रडक्टका रुपमा विकास गर्ने र पर्यटकका लागि आवास, भोजन जस्ता सेवाको प्रबन्ध गर्दा स्थानीय निर्माण सामग्री, शिल्प र शैली तथा स्थानीय परिकार र रहनसहन झल्किने गरी गर्नुपर्ने विषय पनि कांग्रेसले उठाएको छ । कांग्रेसले घोषणापत्रमा भनेको छ, “स्थानीय तहमा रोजगारीको आधार बढाउने र पर्यटक तुरुन्तै आकर्षित गर्न आधुनिक होटल नभएका पर्यटन स्थलहरुमा होमस्टे, साना लज तथा सामुदायिक आवास व्यवस्थापनका लागि सहुलियतपूर्ण ऋण, प्राविधिक सहयोग र तालिम आदिको समन्वय गरी सेवाको गुणस्तर वृद्घि गरिनेछ ।” पर्यटन गतिविधिबाट स्थानीय स्तरमा अतिरिक्त आय आर्जन, वैकल्पिक रोजगारी, सम्पदाको जगेर्ना, सामुदायिक विकासका लागि आर्थिक स्रोत र स्थलगत विशिष्टताको प्रचारका लागि प्रत्येक स्थानीय सरकारले पर्यटन विकास तथा सम्पदा संरक्षणसम्वन्धी संस्थागत प्रबन्ध गर्ने विश्वास कांग्रेसले लिएको छ । “सबै स्थानीय तहमा कम्तिमा एउटा सामुदायिक पर्यटन सूचना र सेवा केन्द्र स्थापना गरिनेछ ”सबै स्थानीय तहमा पर्यटनको लक्ष्य हासिल गर्ने विश्वास गर्दै कांग्रेसले भनेको छ,“यस केन्द्रबाट पर्यटकीय सेवा र सूचनाका अतिरिक्त स्थानीय हस्तकलाको प्रर्दशन तथा बिक्री कार्य संचालन गरिनेछ ।”

बालुवाटारबाट फर्कदैँ कमल थापाले भने, ‘म प्रचण्डसँगै छु’

काठमाडौंँ, वैशाख १८ । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसदमा महाअभियोग दर्ता भएपछि त्यसको विरोध गरेका कमल थापाले बालुवाटारबाट फर्कदा आफू प्रचण्डसँगै भएको बताए । सोमबार बिहानै प्रचण्ड भेट्न बालुवाटार आएका थापाले प्रचण्डसँग ३० मिनेट लामो कुराकानी गरे । भेटमा प्रचण्डले कार्कीमाथि महाअभियोग लगाउनु पर्नाको बाध्यता थापालाई सुनाए । यता, थापाले आफ्नो पार्टी फुटाउने षड्यन्त्र भएको प्रचण्डसँग गुनासो गरे । त्यसपछि बालुवाटारबाट फर्कदा कमल थापाले प्रचण्डलाई भने, ‘म सरकारमै छु। प्रधानमन्त्रीज्यू म हजुरको साथमा छु ।’

सबैको प्रश्न– अब के होला ? सरकार भन्छ– सत्ता, संशोधन र चुनावमा कुनै असर हुन्न

व्यवस्थापिका संसदमा प्रधान न्यायाधिश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि बढेको राजनीतिक धुब्रिकरण अब कसरी अघि बढ्छ सबैको चासो र चिन्ताको बिषय भएको छ । स्थानीय निर्वाचन आउन केहि दिन मात्र बाँकी रहँदा दर्ता भएको महाअभियोगबारे बिभिन्न टिका टिप्पणी देखिएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सांसदले महाअभियोग ल्याउनु लोकतन्त्रको रक्षाका लागि बाध्यता भएको बताइरहँदा महाअभियोग प्रस्ताव दर्ता भएपछि गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजिनामा दिएका छन् । सत्तारुढ राप्रपाले प्रस्तावमा आपत्ती जनाएको छ । प्रमुख प्रतिपक्षि एमालेले कडा पतिक्रिया जनाएको छ । यी सबै प्रतिक्रियाबीच मधेस केन्द्रित दलहरुले खास प्रतिक्रिया दिएका छैनन् । अहिले सबैको मनमा एउटै प्रश्न छ– अब के हुन्छ ? संगसंगै अघि बढ्छ: सत्तारुढ दलहरु सत्ता गठबन्धनका मुख्य दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले महाअभियोगलाई स्वाभाविक र आवश्यक भनेका छन् । महाअभियोगका प्रस्तावक मीन शर्माले कार्यकारी अधिकारीमाथिको हस्तक्षेप र स्वतन्त्र न्यायपालिकाभित्रै गुटबन्दी सिर्जना हुने गरी आचरणविपरित काम गरेकोले महाअभियोग ल्याउनु बाध्यता भएको प्रतिक्रिया दिएका छन् । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसलाई ठूलो चर्चा या हल्लाको विषय बनाउन खोजेकोमा माओवादीका केही सांसदले भने आपत्ती व्यक्त गरेका छन् । “संविधान संसोधन विधेयक र कार्कीविरुद्धको महाअभियोग संसदको आफ्नो प्रक्रियामा गएर टुङ्गिने भएकाले त्यसबारे थप टिप्पणी गरिरहनु आवश्यक छैन ।” माओवादी केन्द्रका नेता प्रभु शाह भन्छन्, “यसले संशोधन र निर्वाचनमा कुनै असर गर्दैन । निर्वाचन आयोगले गर्न सक्तैनौँ भनेको छैन् सरकारले रोक्दैन ।’ यही बीचमा कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा दिन दबाव दिएको भन्ने विषयमा समेत समाचार सार्वजनिक भएपछि माओवादी नेताहरु भन यसलाई “वाहियात भ्रम” बताउँछन् । “साझेदार नेपाली कांग्रेस र सरकारको नेतृत्व गरिरहेको माओवादीकै सांसदहरुले प्रस्ताव दर्ता गराएका छन्, अनि के का लागि देउबाले राजीनामाको कुरा गर्छन्” माओवादीका एक उच्च नेताले भने । नेपाली कांग्रेसका नेता शंकर भण्डारीको तर्क समेत यही छ । “सत्तागठबन्धको साझेदारीमा प्रधान न्यायाधीश विरुद्धको महाअभियोग आएकाले यहि बिषयलाई जोडेर राजिनामा माग्ने काम कसैले गरेको जस्तो मलाई लाग्दैन” उनले भने । आइतबार मात्रै संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री प्रचण्डले निर्वाचन हुनेमा कुनै शंका नगर्न र १९ गते उम्मेदवार दर्तालाई उत्सवका रुपमा मनाउन अपील गरेका थिए । दिउँसो महाअभियोग प्रस्ताव दर्ता भएपछिको आशंका चिर्दै प्रधानमन्त्रीकै भाषामा माओवादी नेताहरुले चुनावलाई यसले कुनै असर नपर्ने बताइरहेका छन् । एमालेले मुद्दा उछाल्दै संविधान संशोधन प्रस्तावलाई जसरी पनि असफल पार्ने बताउँदै आएको नेकपा एमालेका लागि महाअभियोगको प्रस्ताव सरकारविरुद्ध खनिने अर्को मुद्दा बन्न पुगेको छ । प्रचण्ड नेतृत्वको सरकार गठन भएदेखि हरेक काम कारवाहीमा आलोचना गर्दै आएको एमालेले प्रधान न्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावलाई निर्वाचन नगर्ने षडयन्त्र बताएको छ । यद्यपी शनिबारका दिन मात्रै एमाले अध्यक्ष ओलीले नै निर्वाचन सार्न प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो । तर एमालेका अगाडि सुशिला कार्कीको मुद्दालाई च्यापेर अघि बढ्ने कि निर्वाचनमा केन्द्रित हुने सकस पनि परेको कतिपयले आशंका गरेका छन् । कार्कीको मुद्धामा अडिग रहँदा निर्वाचन हुने सम्भावना नै टर्ने संसदीय दलका उपनेता सुवास नेम्वाङ्ले सार्वजनिक अभिब्यक्ति दिएका छन् । त्यसो त महाअभियोगलाई लिएर सामाजिक सञ्जालदेखि सडक र सदन तताउने रणनीति एमालेले लिन सक्छ । मधेसि मोर्चा तटस्थ:  परिस्थित हेरेर निर्णय लिने मधेस केन्द्रित दलहरुले भने प्रधान न्यायाधीश कार्कीविरुद्धको महाअभियोगबारे कुनै रुपमा पतिक्रिया दिएका छैनन् । संसदबाट महाअभियोग प्रस्ताव असफल बनाउने प्रमुख पतिपक्षिको चेतावनी र स्वभाविक प्रक्रियाबाट टुङ्गीने सत्तारुढ दलको प्रतिक्रिया सुनेर बसेको मोर्चाले विकसित हुने पस्थितिका आधारमा पतिक्रिया दिने देखिन्छ । तर मोर्चाका नेताहरुले एमालेको जस्तो तत्काल बिरोध नगरेको अवस्थामा उनीहरुले सरकार समर्थित सांसदहरुले दर्ता गराएको प्रस्तावमा नै सहमति जनाएको स्पष्ट देखिन्छ । तर सार्वजनिकरुपमा भने यसबारेमा उनीहरु बोल्न चाहन्नन । “संविधानमा के छ त्यहि अनुसार दलहरु अगाडी बढ्ने हो, महाअभियोग किँन आएको हो त्यो बारे हामी विस्तृत अध्ययन गछौँ र औपचारिक निर्णय लिन्छौँ” राजपा नेपालका नेता लक्ष्मण लाल कर्ण भन्छन्, “महाअभियोगको पक्ष÷विपक्षको बिषय भन्दा भन्दा हामी संविधान संसोधन गरेर कार्यन्यन तर्फ लाग्नुपर्छ भन्नेमा छौँ । त्यसपछि आफैँ विधिको शासन चल्छ ।” अब के होला ? सत्तारुढ दल, प्रतिपक्षी एमाले र आन्दोलनरत मधेसी मोर्चाको फरक प्रतिक्रियाबीच आम जनमानसमा भने अब कसरी मुलुक अगाडि बढ्छ भन्ने प्रश्न पेचिलो बनेको छ । तर सत्तारुढ दलहरु भने यो प्रस्तावले सरकार, निर्वाचन र संशोधन प्रक्रियामा कुनै असर नपर्ने बताउँछन् । बालुवाटार श्रोत भन्छ, “यो प्रस्ताव दर्ता भयो, अब नियमित प्रक्रियामा जान्छ । यसले न चुनाव रोकिन्छ न सरकारलाई अप्ठ्यारो पर्छ ।” श्रोतका अनुसार, उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले समेत सरकार छोडने छैनन् । “वहाँले तत्काल प्रतिक्रिया दिनु भएको हो, तर महाअभियोग त्यसै आएको होइन, लोकतन्त्र जोगाउन नै आएको हो, सबै कुरा बुझेपछि वहाँले पनि त्यसको समर्थन गर्नुहुन्छ” श्रोत भन्छ, “यो नल्याएको भए बरु ठूलो षडयन्त्र सफल हुन्थ्यो, अब आशंका फैलाएर केही हुन्न, सबै कुरा प्रक्रिया अनुसार अघि बढ्छन ।”

पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुई युवतीको उद्धार

कञ्चनपुर,  वैशाख १७। पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको शनिबार साँझ उद्धार गरेको छ । काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा३ख ४१६८ नंको बसमा जाँदै गरेका सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो । “उद्धार गरिएका एकजना युवतीलाई लामाको कपडा पहिराई धर्मशालामा पठाउने बहानामा भारततर्फ पठाउन लागेको अवस्थामा उद्धार गरेका छौँ” – माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भन्नुभयो । अर्की उद्धार गरिएकी युवतीलाई समेत शेर्पा कपडा लगाउन भने पनि उनले नलगाएको सोधपुछमा बताएको उहाँले जानकारी दिनुभयो । २२ वर्षीया युवतीलाई भारतको बाटो हुँदै दुबई र अर्की युवतीलाई किर्गिस्तान पठाउने भन्दै दलालले काठमाडौँबाट बसमार्फत पठाएका थिए । धार्मिक कपडा पहिराई युवतीलाई अवैध रुपमा भारततर्फ पठाउन लागेको अवस्थामा पहिलोपटक फेला पारेका छौँ – संयोजक भट्टले भन्नुभयो – “यसअघि विवाह गर्ने, रोजगारीमा लगाइदिने र सीमावर्ती बजारमा किनमेल गर्ने बहानामा युवतीलाई झुक्याई भारततर्फ लग्ने गरेको पाइएको थियो ।” दलालहरुले युवतीलाई रोजगारीको प्रलोभन दिई सीमा नाका पार गर्न नयाँ तरिका अपनाउन थालेको उहाँले बताउनुभयो । युवतीलाई दलालले धार्मिक कपडा लगाएर गए सीमा क्षेत्रमा कसैले नरोक्ने भएकाले कपडा पहिराउन लगाएका थिए । कैयौँलाई यसैगरी सीमा नाका पार गरेका छौँ तिमीहरु पनि सीमा पार हुन्छौँ, सीमा पार भएपछि दिल्ली बसपार्कमा लग्न आउने बताएर पठाएको युवतीले बताएका छन् । सीमा नाकाबाट उद्धार गरिएका दुवै युवतीलाई माइती नेपालको महेन्द्रनगरस्थित आवद्यिक गृहमा राखिएको छ ।

पहिलो चरणको स्थानीय निर्वाचनका लागि अधिकांश जिल्लामा माओवादी केन्द्रको उम्मेदवारी तय

काठमाडौं , वैशाख १६ । सत्तारुढ नेकपा माओवादी केन्द्रले यहि बैशाख ३१ गतेका लागि तय स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि अधिकांश जिल्लामा उम्मेदवारी टुङ्गो लगाएको छ । काठमाडौँमा काठमाडौँ महानगरबाहेकका सबै स्थानमा, ललितपुरमा महानगर र गोदावरी नगरपालिकाबाहेक सबैमा टुङ्गो लागेको छ । भक्तपुरमा आज सबै क्षेत्रको उम्मेदवार घोषणा गरिने बताइएको छ । रामेछाप, चितवन, मकवानपुर, कपिलवस्तु, दोलखा लगायत जिल्लामा पनि उम्मेदवारको टुङ्गो लागिसको छ । बाँकीमा जिल्लाका केही स्थानमा टुङ्गिएको छ भने केही दिनभित्रै सबै स्थानमा टुङ्गिने छ । ‘प्रतिस्पर्धी पार्टीहरूको उम्मेदवार हेरेर पनि बाँकी रहेका ठाउँमा उम्मेदवार निर्धारण गर्नुपर्ने भएकाले मात्र कृहि स्थानमा रहेको पार्टीले जनाएको छ ।  नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको चुनावका लागि  १५ जिल्लाका उम्मेदारको टुङ्गो लागेको  छ । अाज सम्म २८ भन्दा बढी जिल्लाका उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा आइपुग्ने पार्टी कार्यालयका मुख्य सचिव कृृष्णप्रसाद पौडेलले बताए ।

पुनर्निर्माण मापदण्ड अनुसार छ कि छैन ?

दोलखाको कालिञ्चोक गाउँपालिकामा पुनर्निर्माण भएका घर भूकम्प प्रतिरोधी भए नभएको निरीक्षण गर्नुहुँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेल । तस्बिर : पूर्णप्रसाद मिश्र, दोलखा

प्रदर्शनअघि नै बाहुबली–२ को यस्तो कीर्तिमान

वैशाख १३ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको तालिम चलचित्र ‘बाहुबली–२’ ले प्रदर्शनअघि नै थुप्रै कीर्तिमान कायम गरेको छ । कटप्पाले बाहुबलीलाई मार्छन् भन्ने विषयले अझै बढी चर्चित बनाएको फिलिमको पहिलो पहिलो कीर्तिमान हो सबैभन्दा बढी पर्दामा प्रदर्शन । यो चलचित्र विभिन्न एक दर्जनभन्दा बढी भाषामा झन्डै ६५ सय वटा स्क्रिनमा प्रदर्शन हुने भएको छ । यसअघि बाहुबली ४ हजार स्क्रिनमा प्रदर्शन भएको थियो । प्रदर्शनअघि नै ५ सय करोड (भारु) आम्दानी गरेर यसले दोस्रो कीर्तिमान कायम गरेको छ । चलचित्रको हिन्दी वितरण अधिकार १ सय २० करोड भारुमा बिक्री भएको छ भने तेलुगु अधिकार १ सय ३० करोड, तमिल अधिकार ४७ करोड, कर्नाटक अधिकार ४५ करोड तथा केरल अधिकार १० करोडमा बिक्री भएको छ । उत्तर अमेरिकामा ४५ करोडमा बिक्री भएको चलचित्र बाहुबलीको हिन्दी सेटेलाइट अधिकार ५१ करोडमा बिक्री भएको छ । यी सबै बिक्री अधिकार जोड्दा ५ सय करोडको आँकडा पूरा भएको हो । बाहुबलीको ट्रेलरले समेत युट्युबमा सर्वाधिक हेरिएको ट्रेलरको रेकर्ड बनाएको छ ।

शीघ्र पतनलगायत सबै सेक्स समस्याको एउटै उपचार प्याज

काठमाडौं । यौनसँग जोडिएका कैयन् समस्याहरु छन । कसैलाई शीघ्रपतनको समस्या छ, कसैको वीर्य पातलो छ, कसैमा नपुंकशताको डर छ । कोहीले श्रीमतीलाई सन्तुष्ट गर्न सक्दैनन् । एकातिर समस्या सबैलाई भन्न नसकिने अर्कोतर्फ सही जानकारी नहुँदा कतिपय सेक्सोलोजिष्ट भन्नेहरुले आम जनतालाई ठगिरहेका छन् । यौनसँग जोडिएका समस्याहरु हल गर्ने कैयन प्राकृतिक विधि रहेका छन् । ती मध्ये प्याज एउटा उत्तम विकल्प हो । बिभिन्न अनुसन्धानहरुले एउटा प्याजले तपाईका सबै प्रकारका सेक्स समस्या हल गर्न सक्ने बताएको छ । एउटा दाना प्याजले स्वनदोष, शीघ्रपतन, सेक्समा अरुचि, सेक्स कमजोरी, थकान जस्ता बिरामीबाट www.everestdainik.com छुटकारा दिन सक्छ । प्याज एउटा उत्तम घरेलु औषधी हो । यसमा विद्यमान तत्वहरुले सेक्स रोगलाई निको पार्ने क्षमता राख्छन । के गर्ने त ? यदि तपाईमा कम वीर्य आउने समस्या छ भने एउटा सेतो प्याजको प्रयोग गर्न सकिन्छ । यो प्याजको रस महसँग लिनु लाभदायक हुन्छ नपुंकशताको बिरामीमा सेतो प्याजको रस, अदुवाको रस, मह र घीउको मिश्रण बनाएर २१ दिन या एक महिनासम्म नियमित सेवन गर्नुपर्दछ । शीघ्रपतनको समस्यामा सेतो प्याजको रसमा एक सय ग्राम ज्वानो मिलाएर घामा सुकाउनुस् । पूर्णरुपमा सुकेपछि यसको मसिनो धुलो बनाउनुस् । यो धुलो पाउडरलाई पाँच ग्राम घिउ र पाँच ग्राम शक्कर या चिनीसँग दिनमा तीनपटक सेवन गर्नुस् । त्यो राती यौन सम्पर्क गर्नुभयो भने शीघ्रपतन हुने छैन ।

विश्व औलो दिवसः झापा औलो उन्मूलन उन्मुख

झापा, वैशाख १२ । सन् २००३ देखि २००५ सम्म महारामारीका रुपमा रहेको औलो रोग झापामा उन्मूलन उन्मुख बन्दै गएको छ। जिल्लामा सन् २०१२ देखि औलो रोग क्रमशः घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेका अनुसार चालु आवमा झापामा आठ जनामा मात्र औलो रोग फेला परेको छ । यस वर्ष बनियानी, पाठामारी, बुधबारे, बिर्तामोड, भद्रपुर र पृथ्वीनगरमा एक÷एक जना तथा सतासीधाममा दुईजना औलो रोगी भेटिएको उहाँले बताउनुभयो । पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने झापामा क्रमशः औलो रोग नियन्त्रण हुँदै गएको देखिन्छ । आव २०७०-७१ मा ८९ जना, ०७१-७२ मा ५८ जना, ०७२-७३ मा ४२ जना र चालु आव आठ जनामा मात्र औलो रोगी फेला परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । औलो नियन्त्रणका लागि सन् २००८ देखि सन् २०१५ सम्ममा झापामा करिब दुई लाख थान सुपानेट (झुल) वितरण गरिएको थियो । गाउँ तथा सहरी गरी ६६ वटा स्वास्थ्य संस्थाबाट द्रुत निदान विधिबाट औलोको निःशुल्क परीक्षण तथा औषधि वितरण हुँदै आएको घिमिरेले बताउनुभयो । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट पीताम्बर ठाकुरले १२-१३ वर्षअघि झापामा औलो भयावह अवस्थामा रहेको बताउनुभयो । “मैले यहाँ काम गरेको १४ वर्ष भयो, पहिले औलोको जोखिम उच्च थियो” उहाँले भन्नुभयो, “अहिले हामी शङ्का लागेका बिरामीलाई जाँच गराउँछौँ तर औलोका केस कम्ती भेटिन्छन् ।” “पहिले सीमावर्ती भारतीय क्षेत्रमा औलो महामारीका रुपमा थियो, हाट बजार गर्न जाँदा औलो जोखिम बढी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त्यहाँ पनि औलो घट्दै गएको छ ।” सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने सरकारी लक्ष्य रहेको छ । सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ । तराई र भित्री मधेसका ३१ जिल्लालाई उच्च प्रभावित जिल्लाका रुपमा सरकारले राखेको छ । औलोको लक्षण ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् । फाल्सिफोरम परजीवीका कारण हुने औलोमा इन्सेफलाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ । रोकथाम यसका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, विषादीयुक्त झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउने गर्नुपर्छ ।