अब चैतदेखि नेपालभर लोडसेडिङ नहुने

काठमाडौं, फागुन २४  । नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ ।  प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ ।

चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रुपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि यस बर्षको तीहारबाट परीक्षणको रुपमा उनले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने परीक्षण गरेका थिए । उनी यसमा सफल भएपछि देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा जुटेका हुन् ।

यो खबर आजको कारोबारमा छ ।

ल्याब सेवा बन्द हुँदा बिरामी मर्कामा

म्याग्दी, फागुन २१ । म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य चौकीमा सञ्चालित ल्याब सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । बजेट र जनशक्तिको अभावमा ल्याब सञ्चालन नहुँदा सर्वसाधारण सो सेवाका लागि सदरमुकाम धाउन बाध्य भएका हुन् । चौकीमा कार्यरत ल्याब असिस्टेन्ट विवाह गरेर मुस्ताङ गएपछि गत भदौदेखि सेवा बन्द भएको हो । स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ल्याब असिस्टेन्टलाई तलब उपलब्ध गराइँदै आएको थियो । प्राविधिक नहुँदा गर्भ जाँच, रगत, युरिक एसिड, कमलपित्त (जन्डिस), एनिमिया, एचआइभी, क्षयरोग, सुगर, पिसाब परीक्षण सेवा बन्द भएका स्वास्थ्य चौकीका निमित्त प्रमुख विक्रम पुनले बताए । ल्याब बन्द हुँदा सो सेवाका लागि भुरुङ तातोपानी, नारच्याङ, दाना, शिख, घार, दोवाका बासिन्दाहरु सदरमुकाम पुग्न बाध्य भएका स्थानीय दशरथकुमार कर्माचार्यले गुनासो गरे । दैनिक दश जनाको अनुपातमा ल्याब सेवा लिन आउने बिरामी फर्कन बाध्य भएका छन् । प्राविधिक नहुँदा यसवर्ष गाविस कार्यालयले स्वास्थ्य चौकीलाई दिदै आएको अनुदान कटौती गरेको छ । गाविस र भुरुङ तातोपानी कुण्डको अनुदान सहयोगमा ल्याब असिस्टेन्टलाई तलबको व्यवस्था गरिँदै आएको थियो । प्राविधिक जनशक्ति खोजी र आर्थिक स्रोत व्यवस्था गरेर सेवा सञ्चालन गर्न पहल भइरहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष आत्मा तुलाचनले बताए ।

भारतका अर्थमन्त्रीले भने–चाँडै साटिन्छ भारु

काठमाडौं, फागुन २१ । भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा रहेका ५ सय र एक हजार दरका भारतीय नोट चाँडै साँटिने बताएका छन् । नेपाल लगानी सम्मेलन २०१७ मा सहभागी हुन आएका जेट्लीले शुक्रबार पत्रकारसँग कुरा गर्दै वैध रुपमा रहेका भारतीय नोट साटिने बताएका हुन् । उनले हालसम्म भारतबाट आएको टोलीले गरेको अध्ययन प्रतिवेदन नपाएको जानकारी दिए । ‘हाम्रो केन्द्रिय बैंकको स्वायत्त अधिकार हो, नेपालमा रहेका वैध नोट साटिन्छन् ।’ उनले भने । यो खबर आजको कान्तिपुरमा छ ।

नोट साट्न नपाएसम्म ‘ताकेता’

नेपालका ब्यांक र सर्वसाधारणसँग रहेको भारतीय पुराना नोट सटही समस्या समाधान गर्ने उद्देश्यले आएको भारतीय टोली नेपालका ब्यांकको उपभोक्ता सम्बन्धी व्यवस्थाबाट सन्तुष्ट भएर फर्केको अधिकारीहरुले बताएका छन्। राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगानाले ब्यांकको भन्दा पहिले सर्वसाधारणसँग रहेका पुराना भारतीय नोट साटिने बताए। तर नोट कहिले साट्न पाइने हो भन्ने निश्चित भइसकेको छैन। राष्ट्र ब्यांक र उसँग लाइसेन्स लिएका अन्य ब्यांकहरुसँग पौने नौ करोड भारतीय पुराना नोट रहेको बताइएको छ। ताकेता भारतमा स्वास्थ्य उपचार, तीर्थ यात्रा, घुमघाम या सभा सम्मेलनमा सहभागी बनेर फर्कने हजारौंसँग केही मात्रामा भारतीय नोट रहेको अनुमान गरिएको छ। भारतमा दुई महिना अघि नै कागजको खोष्टोमा परिणत भइसकेका त्यस्ता नोट साट्न नेपालको राष्ट्र ब्यांकले भारतीय अधिकारीहरुलाई बारम्बार ताकेता गर्दै आएको छ। साट्न नपाएसम्म ताकेता गरिरहने राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगाना बताउँछन्। उनी भन्छन्, “समाधान ननिस्केसम्म यस्तै हो हामी ताकेता गरिरहन्छौं।” त्यस्ता पुराना नोट सटही गर्ने सुविधा पाउने वित्तिकै ब्यांकभन्दा पहिले सर्वसाधारणको पालो आउने निर्देशक ढुंगानाले बताए। भारतले दुई महिना अघि नै ब्यांकको नोट साट्न भनेको थियो। तर सर्वसाधारणको नसाटी ब्यांकको नसाट्ने भनेका कारण रोकिएको ढुंगानाले बताए। उनका अनुसार नेपालका ब्यांकको प्राविधिक व्यवस्थाबाट भारतीय टोली सकारात्मक भएर फर्केको छ। उपभोक्ताको जानकारी राख्ने नेपालको व्यवस्थाबाट भारतीयहरु सन्तुष्ट भएर गएको बताइएको छ। भारतीय टोलीसँग दुईदिनसम्म वार्तामा सहभागी रहेका ढुंगाना भन्छन्, “उनीहरुको खास कुरा भारतीयहरु आएर सटही लिन नसकुन् भन्ने हो। त्यसका लागि हामी पर्याप्त सावधानी अपनाउँछौं भन्ने कुरामा हामीले विश्वस्त बनाएका छौं।” नोट साट्ने बेलामा “मैले उल्लेख गरेको विवरण कुनै किसिमले गलत निस्क्यो भने मलाई कारवाही गरे हुन्छ” भन्ने कुरा स्वीकार गर्नुपर्नेछ। ढुंगानाले भने, “त्यस्तो पाइयो भने तीन गुणा जरिवाना र चारवर्ष सम्म कैद हाल्न पाउने व्यवस्था छ। त्यो व्यवस्था हामी कार्यान्वयनमा ल्याउँछौं।” करिब दुई महिनाको समय दिएर भारतमा ५०० र १००० रुपैयाँका पुराना नोट खारेज गर्ने र नयाँ नोट प्रचलनमा ल्याउने घोषणा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। गत डिसेम्बरको अन्त्यसम्ममा भारतीयहरुले आफ्ना नोट साट्न समय पाएका थिए। जानकारहरु भन्छन् नेपालका सर्वसाधारणको नोट साट्न नमाने भारतीय नोटप्रति रहेको विश्वास अझ बढी धरमराउनेछ।  बीबीसी नेपालीबाट साभार तस्वीर एपी

नेपाली राजनीतिका भाइरसहरु, सधैंका लागि अन्त्य गर्नुपर्ने आवश्यकता

भाइरसले सधैं तहसनहस गर्ने कुरामात्रै गर्छ । यसलाई रोक्न एन्टीभाइरस चाहिन्छ । बैज्ञानिक प्रविधिको विकाससँगै भाइरसहरुको पनि तीब्र गतिमा विकास भएको पाइन्छ तर हरेक समस्याको पछाडी समाधान पनि छ भन्ने तथ्यलाई आत्मसात गर्दै भाइरसहरुको निर्मूलको लागि एन्टीभाइरसको पनि विकास भएको छ । विज्ञानमा भाइरसको मान्यताजस्तै राजनीतिमा पनि गतिशीलतालाई रोक्ने र भाँजो हाल्ने तत्व हुन्छन्। यदि भाइरस (समस्या) हुदैनथ्यो भने चुनौतीहरुको सामना पनि गर्नु पर्ने थिएन । जति चुनौतीहरु थपिदै जान्छ त्यति नै अवसरको बाटोहरु पनि खुल्दै जान्छन । राजनीतिमा पनि यस्तै हो । सामन्ती शासकहरुको इतिहासलाई गहिरोसँग विश्लेषण गर्ने हो भने तिनीहरुको तमाम भाइरसयुक्त ब्यबहारहरु निर्मूल पार्नको लागि नेपाली जनताहरुले समयानुकुल एन्टिभाइरसहरुको पनि विकास गर्दै आइरहेका छन् अर्थात परिवर्तनका लागि धक्का मुलक एजेन्डाहरुको पनि उत्पत्ति गर्दै आइरहेका छन् । कैलालीमा जमिनदारको घरमा हली बस्ने थारुको छोराले राज्य समाल्ने भइसके, दैलो टेक्न पनि नदिने दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्च जन्माउने मेसिन सम्झने नारीहरु पुरुषबादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुख सम्म पुगिसके । माओवादी केन्द्र समग्र राजनीतिलाई आफ्नो कक्षमा सन्तुलित रुपमा घुमाउन सक्ने नेतृत्व भएको पोलिटिकल पावर कन्ट्रोलर हो । मागिखाने भाँडो बनाएको नेपाली राजनीतिलाई राज्यको नीति र आम जनताको हितको लागि हुनुपर्छ भन्ने सिद्धान्तले प्रतिस्थापन गरेकाले नै माओवादी केन्द्र आज राष्ट्रिय राजनीतिको केन्द्रमा छ । राजनैतिक रुपमा हाइ भोल्टेज भएको माओवादी केन्द्र सामन्तीहरुको दिमागमा करेन्ट लगाएर जनताको लागि उज्यालो प्रकाश दिने परिवर्तन र अग्रगामी उदेश्य भएको जनवादी पार्टी हो भन्ने कुरामा कुनै दुइमत छैन । माओवादी केन्द्र गठन पश्चात यो एउटा पावर सेटरको रुपमा रुपमा स्थापित भैसकेको हुदा यसले आफ्नो पावर सेयरिङ ससक्त रुपमा देशब्यापी फैलाएर जनतालाई उर्जाशील बनाउने काम तीव्र गतिमा गरिरहेको छ । नेपालको हरेक परिवर्तनको पछाडी माओवादी र कमरेड प्रचण्डको नाम सवैभन्दा अगाडी आउछ चाहे त्यो जनजाति आन्दोलनको सवालमा होस या सिमान्तकृत समुदायको हक अधिकार र पहिचानको सवालमा । यदि १० वर्षीय जनयुद्ध भन्दा पहिले र जनयुद्ध पछिको आम जनताको चेतनास्तरको मुल्यांकन गर्ने हो भने पनि माओवादी आन्दोलनको उपलब्धी मज्जा देख्न सकिन्छ । यथास्थितिवादी चिन्तन बोकेका तत्वहरुलाइ एउटै जाति र धर्मका ब्यक्तिहरुले निरन्तर यो देशमा राज गरेको देख्न चाहन्छन तर माओवादी आन्दोलनले बृद्धि गरेको चेतनास्तरको कारण अब त्यो रहन सक्दैन । अब कैलालीमा जमिनदारको घरमा हली बस्ने थारुको छोराले राज्य समाल्ने भइसके, दैलो टेक्न पनि नदिने दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्च जन्माउने मेसिन सम्झने नारीहरु पुरुषबादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुख सम्म पुगिसके । यावत कुराहरु सुन्दा अनौठो जस्तो लागि पनि सबै परिवर्तन मात्रै माओवादीको कारणले सम्भव भएको हो । यी अथाह परिवर्तनको पछाडि सिंगो माओवादी आन्दोलन र त्यसका कमान्डर प्रचण्डको नाम अग्रपंक्तिमा आउछ । वर्ग विभेदयुक्त समाजको भाइरसहरुलाई स्क्यान गरेर स्वच्छ समाजको निर्माण गर्ने एन्टिभाइरसको भुमिका प्रचण्डले गरेका छन् । तर यी सबै परिवर्तनहरुलाई तहसनहस गर्नको लागि जातिवादी मिडियाको दुरुपयोग गर्दै जनतालाई भ्रमित बनाउन एमाले कांग्रेस लगायतका भाइरसहरु लागि परिरहेका छन तर जबसम्म एन्टिभाइरसको भुमिकामा प्रचण्ड रहन्छन् प्रतिक्रियावादी शक्तिहरुले संसारको जस्तो सुकै भाइरसहरुको प्रयोग गरे नि केही हुनेवाला छैन । माओवादी इतिहास रगतले कोरिएको इतिहास हुन । हजारौ जनताका छोराछोरीहरुको त्याग तपस्या र बलिदानको इतिहाससँग जोडिएको छ माओवादी केन्द्र । समय र परिस्थितिको अभाव/आवश्यकतामा पिल्सिएर जन्मेको यो पार्टी अरुभन्दा धेरै भिन्न छ । राज्यबाट पिछडिएका समुदायहरु आदिवासी जनजाति,मदेसी लगायत उत्पिडनमा परेका जातिहरुको मुद्दाहरु प्रतिनिधित्व गर्ने पार्टी भनेको माओवादी केन्द्र नै हो । उत्पीडनमा परेका विभिन्न धर्म, सम्प्रदाय, संस्कृति, भाषा, पहिचानहरुको अधिकार सुनिश्चितताका लागि लडेको माओवादी केन्द्रलाई आउदो निर्वाचनमा भोट दिनुको कुनै विकल्प छैन । यदि समुदायको मुक्ति चाहने हो भने माओवादी केन्द्र बाहेक अन्य विकल्प नै छैन । विगत ६० बर्षदेखि प्रतिक्रियावाद शक्तिहरुले लुटेर कँगाल बनाएको देशलाई दुईचार बर्षमा नै माओवादीले कायापलट गरेन भनेर फेरी प्रतिक्रियावादीहरुलाई नै भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो । लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरिसकेपछि लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार्नै पर्ने हुन्छ । हारजीत सामान्य प्रक्रिया भएपनि परिवर्तनलाई आत्मसात गर्ने शक्ति नै पहिलो रोजाइमा पर्नु अनिवार्य सर्त हो । कतिपय जनजाति समुदायहरु चुनाबलाई कमाइको भाँडो ठान्ने गर्छन । अहिलेसम्म पनि एकहातमा नोट र अर्को हातले भोट साटिरहेका छन् । यसै गरि आफ्नो अमुल्य भोट दुई चार पैसाको लोभमा भ्रष्ट, दलाल र राष्ट्रघातीहरुलाई सुम्पिरहेका हुन्छन् । अनि पछि गएर राजनैतिक हक अधिकारहरु प्राप्त गर्नुपर्ने बेलामा माओवादी लगायत परिवर्तनकामी दलहरुलाई धारेहात लगाउदै बस्ने गर्छन् । तर परिवर्तनकारी शक्तिलाई वेवास्ता गरेर दुईचार पैसाको लोभलालचमा आफ्नो भोट बेच्दाको परिणाम हो भन्ने कुरामा पश्चाताप गरेको कदापी देखिदैन । अब यो पटक पनि हामीले त्यही गल्ती दोहोरायौ भने इतिहासले कदापी माफ गर्नेवाला छैन । यदि समुदायको मुक्ति चाहने हो भने माओवादी केन्द्र बाहेक अन्य विकल्प नै छैन । विगत ६० बर्षदेखि प्रतिक्रियावाद शक्तिहरुले लुटेर कँगाल बनाएको देशलाई दुईचार बर्षमा नै माओवादीले कायापलट गरेन भनेर फेरी प्रतिक्रियावादीहरुलाई नै भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो । देशमा निरंकुश राजतन्त्रको अन्त्यसँगै संघीय गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायत उत्पीडित वर्गमा स्थापित गराएका अधिकारका मुद्धाहरुलाई फेरी पनि अँध्यारो कोठामा बसेर उल्टाउने कसरत भइरहेको छ । यदि ती उपलब्धीहरुलाई बेलैमा संस्थागत गर्न नसक्ने हो भने हामी हाम्रा हक अधिकारका बारेमा एकादेशको कथा सुन्दै पुर्पुरोमा हात लगाएर बस्नु बाहेक कुनै उपाय रहने छैन । त्यसैले देशको त्यो अवस्था आउने पहिले नै हामीले सचेतता पुर्वक समाजका यस्ता भाइरसहरुलाई निर्मुल पार्न, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थपा उपलब्धिका लागि पनि नेकपा ९माओवादी केन्द्र० लाई भोट हाल्नुको विकल्प छैन । आवादी रोज्ने कि बर्वादी रोज्ने बेलैमा सोचेनौ भने हामीलाई हाम्रा सन्ततिले अनन्तकाल सम्म धिक्कारी रहनेछन् । लेखक प्रेस सेन्टर नेपाल, युएईका अध्यक्ष हुन् 

रिमाले किन गरिन् अात्महत्या ?

काठमाडौं, फागुन २० । ‘चुनाव हारेर म मरेकी होइन। आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ। बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा, आमा, दाइ, दिदी, भाउजू र साथीहरू, मलाई माफ गरिदिनू। तपाईंहरूबाट धेरै टाढा जाँदैछु’ भन्ने आशयको पत्र लेखेर १९ वर्षीया रिमा क्षत्री बिहीबार बिहान आफ्नै घरको बार्दलीमा मृत अवस्थामा भेटिइन्। बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलीमा सलको पासो लगाएको अवस्थामा उनलाई भेटिएको प्रहरीले जनाएको छ। स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा सिद्धार्थ बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदकी उम्मेदवारसमेत हुन् उनी। अखिलकी प्रतिष्ठा कार्कीसँग उनी पराजित भएकी थिइन्। आफ्नो पराजयलाई स्वीकारेकी उनी सोही दिन साँझ सदरमुकाम आएकी थिइन्। सदरमुकामस्थित त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनील चापागाईं विजयी भएपछि उनको विजयी र्‍यालीमा सहभागी भएर साँझ ८ बजेपछि साथीहरूसँगै उनी घर फर्केकी हुन्। घर पुग्नुअघि नै उनका बाबु भीम क्षत्री छोरीलाई लिन बाटोसम्म आएका थिए। बाबुछोरी सँगसँगै घर पुगेपछि भोलि बिहान निर्वाचनका कुरा गरौंला, आज थकाइ लागेको छ भन्दै उनी सुत्न गएको बाबु भीमले रुँदै भने। ‘बाबा यसपटक म हारें। अर्कोपटक चुनावमा उठेर जित्छु भन्दै हातमा नेविसंघको झन्डा देखाएकी छोरीको यो दुर्गतिको दिन देख्नुपर्‍यो’ भन्दै बाबु पिरोलिएका छन्। आमा अर्धचेत छिन्। बाबु पनि २ पटकसम्म बेहोस भएर लडे। स्याङ्जाको फेदीखोला गाविस ९ स्थित डाँडागाउँकी क्षत्री फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत थिइन्। अत्यन्त सुन्दर, बोलीमा मिठास, पढाइमा जेहेनदार छात्रा थिइन् उनी। विद्यालय, क्याम्पस होस् वा घरपरिवार पनि उनी अत्यन्त मिलनसार र सहयोगी भएको बताउँछिन् स्थानीय रेखा थापा। फेदीखोलाबाटै एसएलसीपछि स्नातकसम्म अध्ययन गरेकी हुन् उनले। बिहीबार बिहान बाबु, आमा र छोरीले सँगै चिया पिएका थिए। त्यसपछि बाबुआमा धान कुटाउन र मकै पिसाउन गाउँको मिलतर्फ लागे। आमाले रिमालाई सँगै मिल जान आग्रह गर्दा शरीरभरि अबिरैअबिर छ। म नुहाइधुवाइ गर्छु। हजुरहरू जानुस् भनेर पठाएपछि घटना भएको हुनसक्ने प्रहरी निरीक्षक सुनीलकुमार प्रधानले बताए। धेरै समयसम्म रिमालाई नदेखेपछि भाउजूले खोजी गर्दै कोठामा जान लाग्दा बार्दलीमा सलको पासोमा झुन्डिएको अवस्थामा उनी भेटिएकी हुन्। जिल्ला अस्पतालमा पोस्टमार्टमपछि पोखरास्थित रामघाटमा बिहीबार साँझ उनको अन्त्येष्टि गरिएको छ। बहिनीलाई यो अवस्थामा पुर्‍याउन बाध्य पार्ने व्यक्ति खोजी गरी कारबाही गर्न अनुरोध गर्दै उनका दाजुले बिहीबार प्रहरीमा जाहेरी दिएका छन्। उनका एक दिदी, ३ दाजु र भाउजूहरू छन्। सबैकी प्रिय रिमाको मृत्युको खबरले परिवार र गाउँ नै शोकाकुल छ।मृत्यु किन र के कारणले हुन पुगेको हो भन्ने अनुसन्धानपछि थाहा हुने र अनुसन्धान सुरु गरिसकिएको प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

राजदूतमा सिफारिसबाट आशा लामाको नाम फिर्ता

काठमाडौं,फागुन २०। सरकारले युनाइटेट अरब इमिरेट्सको राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समितिमा पठाएको छ । फागुन ९ गतेको मन्त्रिपरिषद बैठकले स्पेनमा नयाँ दूतावास खोल्ने निर्णय गर्नुका साथै राजनीतिक भागबन्डामा १४ देशका लागि विभिन्न व्यक्तिको सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबारको बैठकल लामाको नाम राजदूत सिफारिस सूचीबाट फिर्ता लिने र स्पेन सरकारबाट दूतावास खोल्ने स्वीकृति प्राप्त नभएसम्म त्यहाँको राजदूतमा सिफारिस गरिएका भरत रायामाझीको नाम संसदीय सुनुवाइका लागि नपठाउने निर्णय गरेको हो। बैठकले स्पेनमा दूतावास खोल्ने प्रक्रिया तत्काल अघि बढाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन समेत दिएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

ट्याङ्करको ठक्करबाट एकको मृत्यु

मेलम्ची, फाल्गुन २०। सिन्धुपाल्चोकको खाडीचौरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ काठमाडौँबाट खाडीचौरतर्फ जाँदै गरेको ना ३ ख ६९४५ नं ट्याङ्करले विपरीत दिशाबाट आइरहेको बा ३१ प ८५१९ नं को मोटरसाइकललाई ठक्कर दिँदा फुल्पिङडाँडा–५ का सोनाम तामाङको मृत्यु भएको र अन्य दुई घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भक्तपुर निवासी मोटरसाइकल चालक अमृत खड्का र विजय भारतीको सिन्धुसदाबहार अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चमान बाखुले बताउनुभयो । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करका चालक दुर्घटनालगत्तै फरार रहेको र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । रासस

चैतमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाडौँ, फागुन २० । नेपाली उत्पादन तथा सेवालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत ३ गते राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्तरुपमा आयोजना गर्ने उक्त मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टिलका छुट्टाछुट्टै स्टल राखिने छन् । मेलाबारे जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मेलाले समग्र आर्थिक पक्षलाई समेट्ने बताउँदै देशैभर आयोजना भएका यस्ता मेला महोत्सवबाट स्थानीय तहमा आर्थिक गतिविधि बढेका, स्थानीय तहमा उद्यमशीलताको प्रवद्र्धन भएको, घर आँगनमा उत्पादन भएका वस्तुले मूल्य पाउन थालेको तथा खेर गइरहेका स्थानीय स्रोत साधनको सही सदुपयोग भई स्थानीय जनताले त्यसबाट लाभ उठाउन थालेको जानकारी दिनुभयो । राजधानीमा जारी नेपाल लगानी सम्मेलनले स्वदेश तथा विदेशमा समेत सकारात्मक सन्देश प्रवाह भएको बताउँदै सम्मेलनमा उपस्थित राजनीतिक दलका शीर्ष नेताबाट पनि आर्थिक समृद्धिका विषयमा ऐक्यबद्धता प्रकट गर्नुभएकाले आफूहरु उत्साहित भएको उहाँको कथन थियो । मेलामा तयारी पोसाक, छाला तथा छालाजन्य उत्पादन, नयाँ प्रविधि तथा उपकरण, खाद्यान्न, फर्निचर, फेसन वेयर, घर सजावट तथा सेवा क्षेत्रका विविध कक्ष मेलाका आकर्षण रहने छन्् । ३४० कक्षमार्फत अन्तर्राष्ट्रिय व्यापार मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ भने मेलामा ३५ वटा कक्षमार्फत नेपाली जडीबुटीका उत्पादन प्रदर्शनीमा राखिनेछ । मेलामा चीन, भारत, बङ्गलादेश, पाकिस्तान, थाइल्याण्डलगायत देशका कम्पनीको सहभागिता रहनेछ भने जापान, कोरिया, थाइल्याण्डबाट समेत सहभागिता हुनेछ । रासस

बस र ट्रक ठोक्किँदा २३ यात्रु घाइते

दाङ, फागुन १९ । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने पाँच गम्भीर घाइतेलाई अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । तुलसीपुरबाट यात्रु बोकेर नेपालगन्जतर्फ जाँदै गरेको रा१ख ९४१ नंको बस र नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको से१ख १२८७ नंको ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको थियो । रा१ख ९४१ नंको बसका सहचालक तुलसीपुर–१९ कै ३८ वर्षीय गोविन्द शर्मा, मानपुर–२ निवासी ७७ वर्षीय केशरबहादुर खड्का, पञ्चकुले–४ निवासी ७४ वर्षीय भीमबहादुर बुढाथोकी र पञ्चुकले–४ कै ६५ वर्षीया कलावती बुढाथोकी, किरण चौधरीको अवस्था गम्भीर रहेको राप्ती अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।

११ छक्का र १५ चौका हानेका गुप्टेलले १ सय ८० रन बनाए

ह्यामिल्टन, फागुन १९ । मार्टिन गुप्टेलले ११ छक्काको सहयोगले अविजित १ सय ८० रन बनाएपछि न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरूद्ध ५ एकदिवसीयको घरेलु शृंखलालाई २–२ को बराबरीमा पु¥याइएको छ । दुई पल्टको ह्यामिस्ट्रिङ समस्याका कारण करिब एक महिना मैदान बाहिर रहेका गुप्टेलले ६२ रनमा हुँदा एलबिडब्लुको रिभ्यूमा जीवनदान पाएका थिए। त्यसपछि उनी १५ चौकाको सहयोगले ठूलो योगफलतर्फ लागे । दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने क्रममा कप्तान एबि डि भिलियर्सको ५९ बलमा ७२ रनको सहयोगले ८ विकेटको क्षतिमा २ सय ७९ रन बनाएको थियो। तर, गुप्टेलले १२ औं एकदिवसीय सतक पुरा गर्दै किवी टोलीलाई ७ विकेटले विजय दिलाए । ब्ल्याक क्याम्पसले ५ ओभरको खेल खेल्न बाँकी रहँदै ३ विकेटको क्षतिमा २ सय ८० को विजय लक्ष्य चुमेको थियो। रोस टेलर ९६६० सँग मिलेर उनले तेस्रो विकेटका लागि १ सय ८० रनको सतकीय साझेदारी गरेका थिए । यी दुई टोलीबीच अन्तिम तथा निर्णायक एकदिवसीय शनिवार अकल्यान्डमा हुँदैछ।

मुलुकी ऐन विस्थापन गर्न बनेको विधेयक समितिबाट पारित

काठमाडौं, फागुन १८ । विधायन समितिले मुलुकी ऐनलाई विस्थापन गर्दै देवानी र फौजदारी कानुनलाई संशोधन गरी संहिताकरण गर्न बनेको विधेयकलाई बुधबार पारित गरेको छ । उक्त विधेयकमा मुलुकी देवानीसंहिता, मुलुकी देवानी कार्यविधिसंहिता, मुलुकी फौजदारीसंहिता, मुलुकी फौजदारी कार्यविधिसंहिता र फौजदारी कसुरमा दन्ड–सजाय निर्धारण ऐनको मस्यौदा प्रतिवेदन समेटिएको छ । व्यवस्थापिका–संसदमा केही दिनभित्रै छलफलका लागि प्रस्तुत् गरिने उक्त विधेयक परित भएपछि ऐनका रुपमा २०७५ साल वैशाख १ गतेदेखि लागू हुनेछ । सो ऐन लागू भएपछि एक सय ६५ वर्ष पुरानो ‘मुलुकी ऐन’का साथै अन्य १३ ऐन खारेज हुने समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए । ऐन प्रारम्भ भएपछि देवानीतर्फ अहिलेसम्म नभएको दुष्कीर्ति, अनुचित आर्थिक समृद्धि, विवाहवारी, सम्बन्धबिच्छेदजस्ता विषयमा नयाँ व्यवस्था कायम हुनेछ । त्यस्तै, फौजदारीतर्फ खासगरी दन्ड–सजायमा फेरबदल भइ बाँचुन्जेल कैदमा बस्नुपर्ने व्यवस्था लागू हुनेछ । अपहरण र जबर्जस्ती करणीपछि कसैको ज्यान मार्ने काम गरेमा वा वायुयान अपहरण तथा पेयपदार्थमा विष मिसाएर धेरैको ज्यान लिनेलाई पनि आजीवन कारावासको सजाय भोग्नुपर्ने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ । संहिताकरण लागू भएपछि फौजदारी कसुरमा एउटा फैसलाबाट कसुरको निर्धारण गर्ने तथा अर्को फैसलाबाट जरिवानाको अंक र सजायको अवधि तोकिने छ । व्यवस्थापिका–संसद मातहतको ४३ सदस्यीय विधायन समितिले डेढ वर्षदेखि निरन्तर रुपमा काम गरी विधेयकलाई बुधबार अन्तिमरुप दिएको हो ।

क्रिकेट विवाद समाधानतर्फ ?

काठमाडौं, फाल्गुन १८ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटका सम्बन्धमा हालै प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– धेरै लामो समयदेखि रहेको विवादका सम्बन्धमा सकारात्मक वार्ता भएको छ । नेपाली क्रिकेटमा विवाद सुरु भएको लामो समय भइसकेको छ । नेपाली क्रिकेट स्वंय आईसीसीबाट निलम्बनको स्थितिमा छ । नेपाल क्रिकेट संघ (क्यान) अस्तित्वमा छैन । एक पक्ष भने आफूहरू नै वास्तविक क्यान भएको दाबीमा कायम छन् । आईसीसीको नजरमा भने अहिले नेपालमा सल्लाहाकार समितिमात्र छ । नेपाली क्रिकेटले ठूलो क्षति बेहोरिरहेको यो स्थितिमा आईसीसीको यो भनाइ अगाडि आएको हो । प्रश्न भने अझै कायम छ, के नेपाली क्रिकेटको विवाद समाधानतर्फ अग्रसर हो अथवा विवाद अझ चर्कने स्थितिमा छ । पछिल्लो समय आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइट्ससहितको समूह काठमाडौं आएको थियो । उनीहरूको प्रयासमा सल्लाहकार समितिमा क्यानको अस्तित्वको दाबी गर्ने समूहको समेत सहभागिता थियो । सल्लाहकार समितिको बैठकमा भाग लिनेमा निर्वाचित क्यान भएको दाबी गर्दै आएको समूहबाट अध्यक्ष चतुरबहादुर चन्द तथा महासचिव अशोकनाथ प्याकुर्‍याल सहभागी थिए । उक्त बैठकमा सहभागी हुनेमा ग्लेनराइट्स र आईसीसीका एकाउन्ट शाखा प्रमुख अमर सेखससहित नेपालबाट चूडामणि पौडेल, पवन अग्रवाल र रोहित दाहाल थिए । विदेशमा भएकाले संयोजकद्वय विनयराज पाण्डे र वसन्त चौधरीसँगै दीपक कोइराला भने बैठकमा अनुपस्थित रहे । सल्लाहाकार समितिमा काम र जिम्मेवारीका सम्बन्धमा निश्चित भएपछि चन्द र प्याकुर्‍यालको नियुक्तिले आधिकारिता पाउनेछ । प्रश्न छ, उनीहरूको सहभागिता क्यान पदाधिकारीकै रूपमा हो अथवा स्वतन्त्र रूपमा रु उनीहरू दुवैले आफूहरू क्यानकै प्रतिनिधि भएको दाबी गरिरहेका छन्, तर आईसीसी मात्र नभएर राष्ट्रिय खेलकुद परिषद ९राखेप० स्वयंले पनि क्यानको अस्तित्वलाई भने मानेको छैन । यस्तोमा औपचारिक आधारमा यो स्वतन्त्र सहभागिता हुनसक्छ । क्यानको अस्तित्व मान्ने हो भने नेपालमा एउटा होइन, दुई अथवा त्योभन्दा बढी क्यान छन् । अहिले तत्काल भने नेपाली क्रिकेट फेरि फर्केर पुरानै स्थितिमा पुगेको विश्लेषण भने गर्न सकिन्छ, जहाँ फरक धारणा र समूहको प्रतिनिधित्व गरिरहेकाहरू एउटै टेबलमा आएका छन् । अहिलेको सल्लाहकार समितिमा राखेप, निर्वाचित क्यान दाबी गर्ने समूह, यसअघि क्यान हाँकेको समूह, राखेपले बनाएको अर्को क्यानको प्रतिनिधिसँगै स्वतन्त्र व्यक्ति पनि अटाएका छन् । फेरि थपिएको प्रश्न हो, के उनीहरूले सँगै मिलेर काम गर्नेछन् अथवा फेरि विवाद त गर्ने छैनन् ? सरकारी हस्तक्षेप र निष्पक्ष चुनाव नभएको दुई गम्भीर मुद्दामा आईसीसीले क्यानलाई गत वैशाख १३ मा निलम्बन गरेको थियो । आईसीसीले सन् २०१४ को अन्त्यदेखि क्यानलाई दिने सबै खालका सहयोग एवं खर्च समेत रोक्दै आएको छ । यसले नेपाली क्रिकेटलाई गम्भीर धक्का पुर्‍याएको छ । यसबीच फागुन २८ र ३० मा नेपाल र केन्याबीच वल्र्ड क्रिकेट लिगको खेल काठमाडौंमा हुँदैछ । त्यसै दौरान फेरि आईसीसीका प्रतिनिधि काठमाडौं आउनेछन् र सल्लाहकार समितिको बैठक बस्नेछ । आईसीसीलाई मान्ने हो भने त्यही बैठकले नेपाली क्रिकेटको भविष्य निर्णय गर्नेछ । यस्तोमा नेपाल र केन्याबीचको खेलको नतिजा समग्र नेपाली क्रिकेटका लागि जति महत्त्वपूर्ण हुनेछ, सम्भवत: त्योभन्दा बढी महत्त्व उक्त बैठक र त्यसले तय गर्ने बाटोको हुनेछ । नेपाली क्रिकेटको विवाद समाधान गर्ने एउटा राम्रो अवसर तयार छ, के त्यसका लागि सबै तयार छन् ? प्रश्न धेरै छन् ।

सुस्तमनस्थिति भएकी बालिकाको बलात्कार गरेको आरोपमा पक्राउ

दमौली, फागुन १८ । तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेले बताए । पाहुना बनेर आएका मियाले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । राति एक्कासि बालिका चिच्याएपछि ठूली आमाले देखेर हल्लाखल्ला गरेकी थिइन् । स्थानीयवासीको सहयोगमा तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले थप्रेकबाटै मियालाई नियन्त्रणमा लिएको प्रनानि पाण्डेले बताए । बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । मियाविरुद्ध मङ्गलबार नै जवर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कुन सवारीसाधन २० वर्ष पुगेकाे हाे भन्ने विषयमा ट्राफिकलार्इ थाहा नहुँदा अन्यौलमा

काठमाडौं, फाल्गुन १८ । नेपाल सरकारले काठमाडौं उपत्यकामा २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाउने निर्णय गरेपनि कार्यान्वयनमा अन्योल देखिएको छ । यातायात व्यवस्था विभागले वातावरण प्रदुषण तथा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै पुराना सवारी साधन सञ्चालनमा आजदेखि रोक लगाउने निर्णय भएको थियो । तर कार्यान्वयनकारी निकाय ट्राफिक प्रहरीले भने यसबारे आफुलाई स्पष्ट निर्देशन प्राप्त नभएको जनाएको छ । आफूहरुलाई कुन–कुन सवारी २० वर्ष पुगेका हुन् भनी पहिचान गर्नका लागि विभागबाट आवश्यक कागजात प्राप्त भइनसकेको भन्दै ट्राफिकले कुन आधारमा अघि बढ्ने भन्ने अन्योल रहेको जनाएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर चन्दले विभागबाट आवश्यक कागजात प्राप्त भएपछि समन्वय गरी सवारीसाधन सञ्चालनमा रोक लगाउने बताए । विभागले यसअघि नै पुराना सवारीको कर तिरेर कवाडी बनाउन सम्बन्धित सबैलाई अपिल गरेको थियो । पुराना सवारी चलाएको भेटिए नियन्त्रणमा लिएर सम्बन्धित सवारी धनीलाई पनि कारवाही गर्ने विभागले बताएको छ । विभागका अनुसार उपत्यकामा मात्र २ हजार ५ सयदेखि ३ हजारको संख्यामा २० वर्ष पुराना सवारीसाधन छन् ।