ब्रोकर नं. ११ लाई सेबोनले तिरायो जरिवाना

काठमाडौं । ब्रोकर नं. ११ अर्थात् मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को कारबाहीमा परेको छ । सेवनले कारबाहि गर्दै जरिवाना समेत तिराएको हो ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग लाई धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ७५ हजार रूपैयाँ जरिवाना गरेको हो ।

बोर्डले आज एक सूचना प्रकाशन गर्दै भनेको छ, “धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१)को “ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसंग कारोबार सम्झौता गर्नु पर्नेछ,व्यवस्था र सोही विनियमको उपविनियम (२) को उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा कारोवार सदस्य र लगानीकर्ता बिचमा लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने, व्यवस्था विपरित सम्झौता नगरी आफु खुसी १३ प्रतिशत देखि १८ प्रतिशत सम्म व्याज असुल उपर गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको हो ।”

 

काँग्रेसले गर्यो भ्रातृ संस्थाको वर्तमान कमिटी भंग

काठमाण्डौं । नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको हो । यससँगै म्याद सकिएका भ्रातृ संस्था विघटन भएको छ । काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो । भंग गरिएका भ्रातृ संस्थाका नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको छ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज मङ्गलवार बस्दै छ। यसअघि तीन दिन बैठक बसेको थियो। पूर्वनिर्धारित एजेन्डा सहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको हो । ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले आजको बैठकमा धारणा राख्नेछन्। नेताहरूको धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। बैठक आज सकिने छ। काँग्रेसले गत १४ माघमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन्। काँग्रेसले आफ्ना जबस मोर्चा र देशको समसामयि विषयमा पार्टीको बुझाई र दृष्ट्रिकोणमा एकरुपता ल्याउन बैठक आयोजना गरेको हो ।

वैवाहिक करणी कसूरमा साढे ३ वर्ष सजाय

काठमाण्डौं । वैवाहिक करणी कसूरमा उच्च अदालत दिपायलले अछामका एक पुरुष ३ बर्ष ६ महिना बस्ने भएका छन्। विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको ठहर गर्दै उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको इजलासले उत्त फैसला सुनाएको हो । बहुविवाह गरेपछि प्रहरीमा जाहेरी दिई कारवाही गराएको भनी प्रतिवादले विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको आरोप लागेको थियो । उक्त मुद्दामा परिवर्तित नामले बहुविवाहको मुद्दामा छुटेर आएपछि श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए। यस्तै २०७७ असोज ६ गते जबरजस्ती करणी समेत भएको भन्दै पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दाको अनुसन्धान गरेको थियो। पीडितको शारीरिक परीक्षण गर्दा गर्धन र दायाँ कुमतर्फ चोट पटक लागेको देखिएको औँल्याइएको थियो। पीडितले अदालतमा बकपत्र गर्दा समेत जाहेरी अनुसार जनाउ गरी बेहोरा लेखाएको र प्रतिवादीले भने सहमतिमा करणी गरेको भनी बयान दिएका थिए। पीडितले आफूमाथि जबरजस्ती करणी भएपछि छिमेकीलाई गुहारी आफूमाथि भएको अन्यायको बेहोरा सुनाएको र सोही कुरा साक्षीहरूले अदालतमा ब्यक्त गरेका थिए। तर जिल्ला अदालतले भने पीडितले जबरजस्ती करणी गरेको भन्ने बेहोराको बकपत्र गरेको भएता पनि जबरजस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी सफाई दिएको थियो।

माओवादी केन्द्रीय समिति बैठक पुनः स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको भोलीदेखि शुरु हुने भनिएको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार, कोरोना महामारीको अवस्था उस्तै रहेको र २५ जना भन्दा बढी भेला नहुने प्रोटोकल कायमै रहेकोले बैठक स्थगित गर्नु परेको हो । यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक २८ गते प्रज्ञा भवन काठमाडौंमा बस्ने भएको थियो । बैठक अब कहिले बस्ने भन्ने टुंगो छैन । मनोनयन गर्नुपर्ने केन्द्रीय सदस्य र पोलिटब्यूरो तथा पदाधिकारीका बारेमा तयारी गरेपछि बैठकको नयाँ मितिबारे सूचना हुनसक्ने एक केन्द्रीय सदस्यले बताए ।  

ट्याक्सीभित्र चालक मृतवस्थामा फेला

काठमाण्डौं । ललितपुरको लेलेमा ट्याक्सी भित्र चालक मृतावस्थामा फेला परेका छन् । बिहीबार बिहान पौने ११ बजेको समयमा बागमती गाउँपालिका वडा नम्बर ६ घर भइ तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। गोदावरी नगरपालिका–५ स्थित लेले भञ्ज्याङको सडक छेउमा पार्किङ गरेको राखिएको बम्जनकै ट्याक्सीभित्र उनी मृतावस्थामा फेला परेका थिए । ट्याक्सीभित्र शव भेटिएपछि स्थानीयले गरेको खबरको आधारमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले ट्याक्सी बाहिर विषको बट्टा भेटिएको छ भने हाल प्रहरी निरीक्षक राजेन्द्र थापाको कमाण्डमा ५ जनाको टोली खटिएर अनुसन्धानका लागि खटिएको छ ।

प्रतिशोधको भावनाले द्वन्द्दको समाधान गर्दैन्, बरु झन बल्झाउँछ– गौरी प्रधान, पूर्व आयुक्त, मानवाधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवाधिकार आयोगका पूर्व आयुक्त गौरीप्रधानले द्वन्द्वको घाउ बल्झ्याउने काम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानले द्वन्द्वकालका घाउहरु बल्झाउनुको पीडा देश र जनताले भोग्नुपर्ने भन्दै यस विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । “द्वन्द्दको घाउलाई बल्झाएर के गर्नु ? आखिरमा, नोक्सान त देश र दुनियाँलाई नै हुने हो क्यारे! सबै गम्भीर होऔं, सबै जिम्मेवार बनौं !” उनले लेखेका छन् । द्वन्द्व समाधानमा नेल्सन मण्डेलाको भनाई मन पर्ने उल्लेख गर्दै उनले प्रतिशोधको भावनाले द्वन्द्वको समाधान गर्ने नभई झन बल्झाउने बताएका छन् । उनले लेखेका छन्ः द्वन्द्द समाधानको बिषयमा मेरो दृष्टिकोण आज पनि नेल्सन मन्डेलाको विचार “क्षमा गर, तर नबिर्स” (Forgive, but not forget) मा आधारित छ । प्रतिशोधको भावनाले द्वन्द्दको समाधान गर्दैन्, बरु झन बल्झाउँछ । मुख्य कुरा विस्तृत शान्ति सम्झौता (Comprehensive Peace Accord)को अधुरो र अपुरो कुरालाई पूर्ण गराउनु नै हो । यतातिर सबैको गम्भिर ध्यान जावस्।

चैत मसान्तभित्र मेलम्चीको पानी ल्याउन निर्देशन

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका वासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत मेलम्ची खानेपानी आयोजना प्राकृतिक विपत् जोखिमयुक्त क्षेत्रमा रहेकाले आयोजनाको हेडवक्र्स लगायतका संरचनाको गुणस्तरीय निर्माण गर्न समेत ठेकेदार कम्पनी र मेलम्ची खानेपानी विकास समितिका कर्मचारीलाई निर्देशन दिएका छन् । गत असार १ गते आएको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले सुरु गरिसकेको छ । खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य व्रजाचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र प्राविधिक टोलीसहित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीका नाममा सम्बोधन गर्दै यसै वर्षभित्र आयोजनालाई पुनः सञ्चालनमा ल्याई मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसैगरी कुनै पनि बहानामा निर्धारित समयभन्दा एक दिन पनि काम ढिलो नगर्न, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसहित विभिन्न चरण गरी चौबीस घण्टा नै काम जारी राख्न तथा काम सम्पन्न नहुञ्जेलसम्म आयोजना स्थल (साइट) नछोड्न प्राविधिकलाई मन्त्रीले निर्देशन दिनुएकामा हुन् ।

भोलि हुँदैछ राष्ट्रिय सभाको निर्वाचन,यी हुन मतदान स्थल

काठमाडौं ।राष्ट्रिय सभा सदस्यको रिक्त १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । आयोगले जानाकारी गराए अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार निर्वाचन हुन भएको हो । जसका लागि  निर्वाचन आयोगले आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ । मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ । कुल १९ सिटका लागि एमालेले १९ जनाकै उम्मेदवारी दिएको छ। सत्ता गठबन्धनका दलहरूले भने ती सिटहरू बाडेर त्यसै अनुसार उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र समाजवादी पार्टीले ५/५, जनता समाजवादी पार्टीले दुई र जनमोर्चा पार्टीले एकजनाको उम्मेदवारी दिएका हुन्। त्यस्तै सत्ता बाहिरको राप्रपाले दुई, मजदुर किसान पार्टीले दुई र लोसपाले एकजनाको उम्मेदवारी दर्ता गराएका छन्।

तथ्यांक विभागले जनगणनाको प्रारम्भिक नतिजा भाेली सार्वजनिक गर्ने

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको थियो । त्यस्तै दोस्रो चरणको जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको थियो । नेपालको संविधान २०७२ सालपछि मुलुकमा भएको यो पहिलो जनगणनाको प्रारम्भिक नतिजा भोलि सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनु भएको छ ।

प्रचण्ड र देउवाबीच छलफल सकियो, के भयाे कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल सकिएको छ । लामो समयको अन्तरालपछि आज बिहान ११ बजेदेखि बालुवाटारमा दुबै नेताबीच छलफल भएको थियो । अध्यक्ष प्रचण्डमा कोरोना देखिएपछि राजनीतिक भेटघाट बन्द भएको थियो । आजको भेटका अवसरमा दुबै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम तथा कोरोना महामारी रोकथामसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । राष्ट्रिय सभा र तीनै तहको निर्वाचनका बारेमा गठबन्धन दलहरुबीच पुनः छलफल गर्ने र कोरोना महामारी नियन्त्रणलाई प्रभाकारी रुपमा अघि बढाउन सरकारलाई सहयोग गर्नगठित संयन्त्रको बैठक बोलाउने विषयमा दुबै नेताबीच सहमति भएको छ । यही आधारमा भोली बिहान ९ बजे संयन्त्रको बैठक बस्ने र संयन्त्रले कोरोना महामारीलगायत सरकारका काम कार्वाहीका बारेमा छलफल हुने बताइन्छ ।

१४ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

बर्दिया । बलात्कारको आरोपमा एकजना ३० वर्षीय युवा पक्राउ परेका छन् । आइतबार जिल्लाको गुलरिया नगरपालिका–६ खाजा घरमा १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले शिवालय गाउँपालिका निवासी जनक शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ , राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगन गरिएको छ । संघीय संसद सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको हो । यसअघि माघ ३ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक डाएिको थियो । विशेष कारणवश स्थगित गरिएको जनाउँर्दै संघीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएको सूचना जारी गरेका हुन् । यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ुविशेष कारणवशु बस्न नसक्ने सूचना जारी भएको थियो । प्रतिनिधिसभा बैठक पनि पटकपटक सूचना जारी गरेर स्थगित हुँदै आएको छ । संसद्‌मा एमालेको अवरोध र कोरोना संक्रमणको कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।

एमाले अनुशासन आयोगद्वारा सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले मातहतका सबै निकायलाई सम्पत्ति विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय सदस्य, संघीय स ांसद, स्थानीय तहका पदाधिकारीलगायत पदेश सदस्यहरुलाई व्यक्तिगत सम्पत्ति विवरण बुझाउन आयोगले निर्देशन दिएको हो । आयोगका अध्यक्ष केशव बडालले सर्कुलर जारी गर्दै पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो । आयोेगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ । आयोगका सचिव भरत पहारीले तयार गर्नुभएको सो मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ ।

सोसाइटी इन्टरनेसनल ट्राभल बन्याे थाई स्माइल एयरवेजकाे नेपाली जनरल सेल्स एजेन्ट

काठमाडौं — थाइल्यान्डको क्षेत्रीय वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नेपालका लागि आफ्नो जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेको छ । बैंककस्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षेत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि २०२१ डिसेम्बर १ देखि लागू हुने गरी आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको हो । यस सम्झौताअनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ । सम्झौतामार्फत थाई स्माइल एयरवेजले नेपाली ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै नेपाली बजारमा रहेको अवसरलाई सदुपयोग गर्ने मात्र नभई सन् १९६८ देखि थाइ एयरवेज इन्टरनेशनलले वायुसेवा प्रदान गर्दै आएको यस रुटमा फेरी वायुसेवा प्रदान गर्दै नेपाल र थाइल्याण्ड बीचको दुरी पनि मेटाउने लक्ष्य राखेको छ । आरआर ग्रुप अफ कम्पनिजको स्वामित्व अन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रवि चन्द्र सिंहले भने, ‘थाई स्माइल एयरवेजसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रो पार्ट्नर एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय बजार हिस्सा र बिक्री बढाउन हामीले अभ्यास गर्दै आइरहेकोमा अन्तर्राष्ट्रिय स्तरको सेवा र स्थानीय बजारको हाम्रो ज्ञानलाई यो नियुक्तिले अझै राम्रो अवसर दिएको छ । थाई स्माइल एयरवेजको काठमाडौं–बैंकक उडानले दुई देशको सम्बन्ध अझ मजबुत बनाउनुको साथै दुवै देशको पर्यटन प्रवर्धन गर्दै दुवै देशको अर्थतन्त्रको विकासमा पनि उल्लेखनीय भूमिका खेल्नेछ ।’ थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक एयरलाइन्स, थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाईले भने, ‘बैंकक–काठमाडौं रुट शुरु भएको जानकारी दिन पाउँदा थाई स्माइल टिम गौरवान्वित भएको छ । यसले निश्चय नै बैंकक र एसियाका अन्य मुख्य शहरहरूबीच सम्पर्क बढाउने हाम्रो रुट प्लानिङ रणनितीलाई सफल बनाएको छ । यस उडानले थाइल्याण्ड–नेपाल सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । र साथ–साथै अन्य धेरै किसिमले एसियाली क्षेत्रीय ट्रेड फेयर क्यापिटलको रूपमा हाम्रो भूमिकामा, हाम्रो सांस्कृतिक र पर्यटकीय विकासमा, र हाम्रो व्यापार र ट्रेड सम्बन्धमा पनि नयाँ आयाम थप्नेमा पनि हामी विश्वस्त छौँ । त्यसैले विस्तारै दक्षिण एसियाली र अन्य एसियन मुलुकहरुमा पनि गन्तव्य विस्तार गर्ने गेट–वेको रुपमा नेपालको विकास हुनेछ र साथै पर्यटकहरुको लागि नेपाल अझै उत्कृष्ट गन्तव्य बन्नेछ भन्ने हामी अपेक्षा गर्दछौँ ।’

सुपर लिगको उपाधीका लागि काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दैछन् । दशरथ रंगशालामा आज साँझ हुने खेलपछि नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबलले आफ्नो पहिलो च्याम्पियन पाउँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको यो प्रतियोगितामा विभिन्न शहरलाई प्रतिनिधित्व गर्दै ७ टोलीले सहभागिता जनाएका थिए । राउण्ड रोविन लिगको आधारमा भएका २४ खेलपछि धनगढी र काठमाडौं फाईनलमा पुगेका हुन् । लिग चरणमा काठमाडौं सर्वाधिक १३ अंक जोडेर पहिलो हुँदा १० अंक जोडेको धनगढी दोस्रो भएको थियो । फाइनलअघि नै यी दुई टोली एकआपसमा दुई पटक खेलिसकेमा छन् । दुव खेलैमा धनगढी विजयी भएको थियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो । यस्तै पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई २–१ ले हराएर फाइनलमा स्थान बनायो । काठमाडौंले भने फेरि दोस्रो क्वालिफायर खेल्ने अवसर पायो र ललितपुर सिटीलाई ३–० ले पराजित गर्दै धनगढीसंगको फाईनल भिडन्त पक्का ग¥यो । नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङको कप्तानीमा धनगढी खेल्दैछ । यसैगरी काठमाडौको कप्तानी राष्ट्रिय टोलीका अर्का गोलकिपर विकेश कुथुले समालिरहेका छन् ।