आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६८ जना निको हुँदा ८ जनाको मृत्यु भएको छ ।

नेपालमा ह्वात्तै बढ्यो कोरोना, फेरि नयाँ रेकर्ड

कुन जिल्लामा कति संक्रमित थपिए ?

 

मेलम्चीको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकियो

काठमाडौंः मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढीरहेको हो । आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडबक्स’ निर्माणसमेत अघि बढिरहेको छ । निर्धारित अवधि आगामी वैशाखसम्ममा निर्माण सम्पन्न भइसक्ने खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । उनले भने, ‘यही गतिमा काम भइरहँदा समयमै सकिने देखिन्छ ।’ सुरुङ निर्माण सकिएर परीक्षणका क्रममा दुर्घटना भएपछि अहिले यसको गेटमा रहेको त्रुटि सच्याउने काम भइरहेको छ । आगामी मङ्सिर, पुससम्ममा त्रुटि सच्याउने काम सकिएर पुनः सुरुङको परीक्षण हुने उनले बताए । सो समयमा पनि ‘हेडबक्स’ निर्माण नसकिने हुँदा अस्थायी बाँधबाट नै पानी पठाइनेछ । परीक्षणका लागि र नियमित पानी पठाउन केही समयसम्म अस्थायी बाँधबाटै पथान्तरण हुने बताइएको छ । उनले भने, ‘हेडबक्स सकिएपछि मात्रै त्यसबाट पठाइनेछ ।’ दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ । आयोजनामा यसअघि काम गरेको इटालियन निर्माण कम्पनी सिएमसिले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनामा यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ ।

देउवाले गरे प्रचार विभागमा ४८ सदस्य मनोनित, को-कोले पाए मौका? (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग विस्तार गरेको छ । देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आज प्रचार विभाग विस्तार गरेका हुन् । सभापति देउवालेले विभागको उपप्रमुखमा डा. सुरेश आचार्य र सचिवमा दिनेश थापा मगरलाई मनोनयन गरेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको प्रचार विभागमा ४८ जना सदस्य पनि मनोनयन गरिएको छ । सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बाबजुद विभाग गठन र विस्तामा गर्दै आएका छन् । देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग गठन गरेका छन् । अन्य विभाग पनि गठनको तयारीमा रहेको बुझिएको छ । यता त्यसको विरोधमा पौडेल पक्षले पार्टी कार्यालयमा धर्ना, अनसन र केन्द्रीय सदस्यबाट राजीनामा दिनेसम्म गृहकार्य गरिरहेको छ । मनोनित सदयहरू १) गोबर्धन राना मगर, तनहुँ २) बजरंग नेपाली, महोत्तरी ३) डा. सुरेश आचार्य, सिन्धुली ४) नीर शाह, काठमाडौं ५) नन्दकृष्ण जोशी, बझाङ्ग ६) युवराज गिरी, रुपन्देही ७) कन्हैयालाल केशरी, पर्सा ८) जितेन्द्र यादव, रौतहट ९) विमल ठकुरी, काठमाडौं १०) हेमन्त कर्माचार्य, बांके ११) गोविन्द कोइराला, सुर्खेत १२) विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम १३) डा.अञ्जनी झा, महोत्तरी १४) समीरजंग शाह, जाजरकोट १५) गोपाल झा, महोत्तरी १६) मीनबहादुर भाम, मुगु १७) विष्णुमणि घिमिरे, सर्लाही १८) सन्तोष चौधरी थारु, सिरहा १९) प्रफुल्ल घिमिरे, धनुषा २०) अञ्जना अर्याल, नुवाकोट २१) ई. दिपेश विष्ट, काठमाडौं २२) डा. सञ्जय महतो थारु, चितवन २३) राजकाजी गुरुङ, कास्की २४) रामचन्द्र घिमिरे, काठमाडौं २५) मधुकर खनाल, काभ्रे २६) गोविन्द परियार, कास्की २७) विमलचन्द्र विष्ट, ललितपुर २८) दिनेश थापा मगर, सिन्धुपाल्चोक २९) विमल सुवेदी, (विदेश क्षेत्र, मध्यपूर्व, कतार) ३०) नारायण सुवेदी, (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान) ३१) चिजकुमार तामाङ, (विदेश क्षेत्र, यूरोप, पोर्चुगल) ३२) डा. देशराज संयोक लिम्बू (विदेश क्षेत्र, अमेरिका) ३३) बीरेन्द्र बिजुक्छे, कास्की ३४) बसन्त रोकाय, हुम्ला ३५) विपेन्द्र गौतम, पाँचथर ३६) ई. सुसन बैद्य, काठमाडौं ३७) रोहित विश्वकर्मा, भोजपुर ३८) कल्प पौडेल, पाल्पा ३९) देवेन्द्र गौतम, झापा ४०) मोहमद वजीह अर्सद, कपिलवस्तु ४१) तेजशंकर भट्ट, कैलाली ४२) राधा क्षेत्री, पर्वत ४३) टेकराज अवस्थी, डोटी ४४) अनिता शर्मा, पश्चिम नवलपरासी ४५) भेषबहादुर थापा, दैलेख ४६) रमेश जोशी, डडेल्धुरा ४७) सागर श्रेष्ठ, सिन्धुपाल्चोक ४८) विकल राई, खोटाङ

थप ११२० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु, १११२ निको भए

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४२६४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । मृतक दर ०.६ हो । पछिल्लो २४ घण्टामा १११२ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २३२९० छ । निको हुने दर ५६ प्रतिशत हो । नेपालमा १८१०८ सक्रिय संक्रमित संख्या रहेको छ । मंगलबार नेपालमा १०६९ जनामा कोरोना संक्रमण पुष्टि र ११ जनाको मृत्यु भएको थियो । आज काठमाडौं उपत्यकामा आज ३८८ संक्रमित थपिएका छन् । उपत्यकामा थपिए ३८८ संक्रमित

कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (सूचीसहित)

काठमाडौं : नेपालमा आज हिजोका तुलानामा बढी कोरोना संक्रमित भेटिएका छन् । आज नेपालमा ८ सय १८ जनामा कोरोना पुष्टि भएको छ । हिजो ६ सय ३४ जनामा कोरोना देखिएको थियो । आज पुष्टि भएका ८१८ संक्रमितमध्ये २२० महिला र ५९८ पुरुष रहेका छन् । योसँगै संक्रमितको कूल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । जसमध्ये अहिले विभिन्न जिल्लामा १३ हजार १ सय ५५ जना संक्रिय संक्रमित छन् । आज सबैभन्दा बढी बारामा संक्रमित भेटिएका छन् । त्यहाँ एकैदिन बारामा १३९ जनाको पीसीआर पोजिटिभ देखिएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा १ सय ६६ संक्रमित थपिएका छन् । गत २४ घण्टामा झापामा १०, मोरङमा ५०, सुनसरीमा ९, सप्तरीमा ४, सिरहामा १४, धनुषामा ६० र महोत्तरीमा ३४ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, सर्लाहीका ९१, पर्साका ३९, रौतहटमा ९, सिन्धुलीका १, रामेछापका २, दोलखाका ६, भक्तपुरका २८, धादिङका १, काठमाडौंका १२६, काभ्रेका २७, ललितपुरका १२ जनामा पनि कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै, नुवाकोट, मकवानपुरमा १/१, गोरखामा २, कास्कीमा ५, पूर्वी नवलपरासीमा ६ जना संक्रमित थपिएका छन् । कपिलवस्तुमा ११, पश्चिम नवलपरासीमा ३० र रूपन्देहीमा २८ जना थपिएका छन् । अर्घाखाँचीमा १२ जना संक्रमित थपिएका छन् । यस्तै पाल्पा, प्यूठान, रोल्पा र पूर्वी रुकुममा एकएक जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकेमा ११ जना थपिएका छन् भने बर्दियामा थप २ जनामा कोरोना संक्रमित थपिएका छन् । पश्चिम रुकुममा आइतबार ६ जना संक्रमित थपिए । यस्तै जुम्लामा २, अछाममा २३, बझाङमा ३, डडेल्धुरामा २, बैतडी र दार्चुलामा १/१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय ८१ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ । अहिले देशभर ११ हजार ४ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । आज उपत्यकामा १ सय २६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १ सय २६, ललितपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । आज देशभर ८ हजार २६ जनाको पीसीआर गरिएको छ ।

लिपुलेकमा थप विवाद, क्षेप्यास्त्र तैनाथ गर्ने चीनको तयारी

लिपुलेक, (एजेन्सी): दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सामा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप विवाद उत्पन्न भएको छ । लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले पनि उक्त दाबीलाई बल मिलेको बताइएको छ । लिपुलेक त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच विवाद उत्कर्षमा पुगेको छ । ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेको स्याटलाइट तस्वीरमा लिपुलेकनजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको मात्र नभई क्षेप्यास्त्र तैनाथका लागि निर्माण कार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ । डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिङबाट पिपुल्स लिबरेसन आर्मी (पीएलए)को गतिविधि थाहा भएको हो । यहाँ जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मानसरोवर तालनजिकै भइरहेको छ । यहाँ चीनले सैनिक पनि तैनाथ गरिरहेको सञ्चारमाध्यमले जनाएका छन् । यहाँ सन् २०२० मेदेखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेक इलाका नेपाल, भारत र चीनको सीमाको संगमस्थल हो । चीनले लिपुलेकमा आफ्नो सेना तैनाथ गरेको विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात् १ हजारभन्दा धेरै सैनिक जवान लिपुलेकनजिकै तैनाथ गरेको छ । भारतले लिपुलेक नाका हुँदै मानसरोवर यात्राका लागि नयाँ रुट बनाउने योजना गरेको छ । भारतले बनाएको ८० किलोमिटर लामो सडकलाई लिएर नेपालले आपत्ति जनाउँदा उक्त भूमिमाथि नेपालले सम्प्रभुता दाबी गरेको हो । त्यसको लगत्तै नेपालले उक्त क्षेत्रसहितको नयाँ नक्सा पारित गरेको थियो । यसमा लिपुलेकसहितको कालापानी समावेश गरिएको थियो । यसबीच चीनको पिपुल्स लिबरेसन आर्मी भारतसँगको सीमा विवाद रहेको पेगोंग सो र गागरा हट स्पिंग इलाकामा फाइबर अप्टिक केबल बिच्छ्याउन शुरु गरेको छ । यद्यपि यसअघि हिंसात्मक मुठभेड भएको लद्दाख र अक्साइ चीन क्षेत्रमा पनि भारी संख्यामा चिनियाँ सैनिक तैनाथ रहेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

हेलचेक्र्याइँले कोरोना सङ्क्रमण बढ्यो

काठमाडौँ: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेको अवस्थालाई कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताए । पछिल्लो समय कुनै विगत यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) नभएका व्यक्तिहरू पनि सङ्क्रमित रहेको जानकारी दिँदै उनले त्यसकै आधारमा कोरोना समुदायमा फैलियो भन्न नमिल्ने बताए । “कतिपय अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोरोना पुष्टि भएको छ,” डा. पाण्डेले थपे, “तर त्यसलाई कोरोना समुदायस्तरमा गइसक्यो भन्न मिल्दैन ।” कतिपय अवस्थामा स्थानीयस्तरमा कुनै ठाउँमा नगएका व्यक्ति सङ्क्रमित भएको भन्दै उनले समुदायमा जान सक्ने सम्भावना रहेको बताए । निर्देशक डा. पाण्डेले सबैजना सुरक्षित रहने हो भने बन्दाबन्दी गर्नुपर्ने अवस्था नआउने भन्दै व्यक्तिको हेलचेक्र्याइँले गर्दा सङ्क्रमण बढेको विश्लेषण गरे । उनले पछिल्लो समय सङ्क्रमितहरू अधिकांश भारतबाट आएको भन्दै प्रत्येक अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई कोरोना देखिनु विडम्बना भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि लकडाउन गरिने

सिन्धुपाल्चोकः छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले जनाई भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ । शनिबार बसेको जिल्ला कोभिड -१९ सङ्कट व्यवस्थापन समितिको बैठकले १ सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड -१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो । यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ । लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गर्नुभएको छ । अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।

वीरगन्जमा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जस्थित रहेको नारायणी अस्पतालमा मृत्यु भएका १ पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका अठराहा सुगौलीका ४५ वर्षिय पुरुषको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । प्रयोशगशालाबाट शनिबार दिउँसो प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ? (सूचीसहित)

काठमाडौंः आज देशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ । आजै राति गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान साउन ३० गते (शुक्रबार) राती : देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन ३१ गते (शनिबार) दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन ३२ गते (आइतबार) दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सांसद यादवले १२ दिनमै जिते कोरोना

काठमाडौंः पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । १२ दिनपछि उनी कोरोनामुक्त भएका हुन् । आफूले शारीरिक व्यायाम र घरेलु उपचार गरेकाले चाँडै कोरोनामुक्त भएको र अझैं एक हप्तासम्म घरमै बस्ने उनले बताएका छन् । यादवसँगै संक्रमण पुष्टि भएका उनका पिएसओ र चालकको भने दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ ।

जसपाको निर्णय कुण्ठाग्रस्त सोचको दिवालियापनः प्रधानमन्त्रीको सचिवालय

काठमाडौंः जनता समाजवादी पार्टी नेपालले जारी गरेको विज्ञप्तिप्रति प्रधानमन्त्री केपी ओलीको सचिवालयले आपत्ति जनाएको छ । उक्त पार्टीको साउन २५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ रहेको निष्कर्ष निकालेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको भन्दै आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।’ ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला’ थापाले अगाडि भनेका छन् । ‘राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरित रहेका छन्’, थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।’

प्यूठानमा १४ सेनासहित २३ मा कोरोना पुष्टि

प्यूठान : प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा रहेका एक जना थुनुवालाई समेत सङ्क्रमण भएको छ । त्यसबाहेक स्वर्गद्धारी नगरपालिकामा ६ जना, मल्लरानी गाउँपालिकाका एक जना व्यक्तिमा कोरोना देखिएको छ । एक जनाको ठेगाना खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा एकै दिन २३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । ३ जना महिला र २० जना पुरुष रहेका छन् । उनीहरूको उमेर १२ देखि ४६ वर्षसम्मको रहेको छ ।

यी हुन् काठमाडौं उपत्यकामा सिल गरिएका क्षेत्र (सूचीसहित)

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिएको छ । शुक्रबार मध्यरातिदेखि उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गरिएका छन् । शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरेको थियो । त्यस्तै, काठमाडौंको महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई शनिबारदेखि सिल गरिएको छ ।गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र पनि शनिबार ‘सिल’ गरिएको छ । महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । उपत्यकामा ह्वात्तै बढ्यो कोरोना, ठूलो ‘डिजास्टर’ हुने चिन्ता

उपत्यकामा लकडाउनको नयाँ मोडालिटी

काठमाडौंः काठमाडौं उपत्यकामा लकडाउनको नयाँ मोडालिटी लागू हुने भएको छ । त्यसका लागि उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूबीच आज छलफल हुँदैछ । उक्त छलफलले नयाँ मोडालिटी तयार गरेर लागू गर्ने तयारी गरिएको छ । सरकारी तथा निजी कार्यालयहरू सन्चालनका लागि नयाँ किसिमको मोडालिटी तयार गरिनेछ । पछिल्लो दिनहरूमा उपत्यकामा कोरोना तीव्र गतिमा फैलिरहेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८७५ पुगिसकेको छ । संक्रमण बढ्दै जाँदा उपत्यकामा तीनवटै जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

के फेरि लकडाउन हुन लागेको हो ? यस्तो भन्छन् सरकारका प्रवक्ता

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘जहाँ सङ्क्रमण बढी हुन्छ, त्यहाँ सेवाहरू रोक्दै जानुपर्छ र जहाँ सङ्क्रमण कम छ, त्यहाँ खुकुलो हुन्छ ।’ उनले अहिले स्थानीय तह वा जिल्ला प्रशासनहरूलाई अवस्था हेरेर स्थानीय स्तरमा लकडाउन गर्नसक्ने व्यवस्था भएकाले अहिले नै त्रसित भएर पूर्ण देशव्यापी लकडाउनमा जानुपर्ने अवस्था नभएको पनि बताए । भदौंं १ गतेदेखि सञ्चालनमा आउने भनिएको लामो दूरीका सार्वजनिक यातायात तथा हवाई उडान के हुने हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चार मन्त्री खतिवडाले हालको अवस्था हेर्दा सञ्चालन गर्न सकिने अवस्था बनिनसकेका बताए । खतिवडाले सार्वजनिक यातायात तथा हवाई उडान सञ्चालनका विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठक तथा आगामी मन्त्रीपरिषद्को बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने बताए ।