राष्ट्रियहितलाई सर्वोपरि ठानेर नीति तथा कार्यक्रम आउँछ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई सर्वोपरि परी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन्।नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए। त्यसअवसरमा उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजजीकरण गरिदिन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि उनले बताए। अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै त्यसलाई उकास्नेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजीकरणका लागि आग्रह गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए। अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म गिरावट आएकाले शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्नेबारे छलफल गरिएको उनले बताए।  वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ।  अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि पनि अविलम्व पहल गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरिएको बताए।

नेपाल टेलिकमलाई पाँच वर्षका लागि प्राधिकरणले दियो नयाँ लाइसेन्स

काठमाडौं । नेपाल टेलिकमले पाँच वर्षका लागि नयाँ लाइसेन्स पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार टेलिकमलाई जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र दिएको हो । २०५६ सालको वैशाख २९ गते टेलिकमले लाइसेन्स लिएको थियो । त्यसको २५ वर्षे अवधि  शुक्रबार सकिएको हो । शुक्रबार नै प्राधिकरणले २१ करोड रुपैयाँ शुल्क लिएर पाँच वर्षका लागि नयाँ लाइसेन्स दिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद्का २५ वटा निर्णय

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । बिहिबार बसेको बैठकले गरेका निर्णय आज शुक्रबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २५ वटा निर्णय

इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा

एजेन्सी । फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी क्लब मार्सेलीलाई ३–० गोलले हरायो । यो नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो ।  सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेल सुरु भएको ३०औँ मिनेटमा एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरे ।  सोही गोलका कारण पहिलो हाफमा अगाडि रहेको एटलाण्टाका लागि ५२औँ मिनेटमा माटियो रुगेरीले दोस्रो गोल थपे । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका अल बिलाल टुरेले गरे ।  एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्नेछ । बायर लेभरकुजन क्लब बलियो मानिएको इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाप्रति अहसमति जनाउँदै लामिछानेले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो। तर न्यायाधीशद्वको इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्ने सूचीमा राखेका हुन् । यसअघि पनि यो मुद्दा सुनुवाइका लागि पटक पटक पेसी तोकिँदा नभ्याइनेमा पर्दै आएको छ ।जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटन गएका थिए। जिल्ला अदालतले जबरस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको थियो । अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपअघि यो मुद्दा छिनोफानो हुन सके सन्दीप राष्ट्रिय टोलीमा पर्ने सम्भावना छ ।

चोरेको एक तोला सुन निलेपछि...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका - १ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार, गएको चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए। परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यसक्रममा योङ्याको साथबाट १५ हजार रुपैयाँ नगद बरामद गरिएको थियो। तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स - रे गरिएको थियो। एक्स - रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। “निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,” सूचना अधिकारी कुशवाहाले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो। चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले वैशाख २३ गते (हिजो) प्रतिवादी योङ्यालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए। रासस

अजब प्रेमको गजब कथाः प्रेमिकाले बिहे गर्न नमानेपछि केटी बन्न खोजे यी युवक, परिवारले बीचमै‌ रोक्दा न केटा न केटी

नयाँ दिल्ली । प्रेममा पागल भएकाहरुले के सम्म गर्दैनन् । यस्तै अनौठो प्रेमको चर्चा अहिले दिल्लीमा भाइरल बनेको छ । ३२ वर्षीय युवक, कार्यालयमा सँगै काम गर्ने एकजना महिलासँग प्रेम हुन्छ । महिला विवाहित, श्रीमान भने दुईवर्ष अघि कोरोनाका कारण निधन भएका । युवक र ती महिलाबीच सामान्य सम्बन्ध भएपनि महिलाले बिहे नै गर्न भने मानिन् । घरमा एउटा छोरी समेत भएकी ती महिलाले उक्त युवकसँग बिहे गर्न नसकिने र बिहेको जस्तो सम्बन्ध कायम गर्न नसक्ने बताएपछि युवक तनावमा पुगे । एउटा मल्टी नेशनल कम्पनीमा काम गर्ने युवकले अन्तमा निकै ठूलो निर्णय गरे । युवतीले विवाहित भइसकेकोले अन्य पुरुषसँग प्रेम या यौनसम्बन्ध कायम गर्न भने नसकिने बताएपछि उनले आफूपनि महिला नै बन्ने निर्णय गरे । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार, ती युवकका बुवाआमाले छोरामा एकाएक परिवर्तन आएको देखे । युवतीको जस्तो व्यवहार गर्ने, झर्किने र एक्लै रुने लक्षण छोरामा देखिएपछि उनीहरु मनोचिकित्सकहाँ पुगे । कुरा बुझ्दै जाँदा युवकले लिंग परिवर्तन गर्ने हर्मोनको सेवन गर्न थालेका रहेछन् । भोपालकी परामर्शकर्ता सरिता राजानीले युवकलाई बोलाएर कुरा गरेपछि बल्ल उनले महिला बन्नका लागि हर्मोनको सेवन गरिरहेको बताए । परामर्शका बेला युवकले बताए अनुसार, ६ महिना अघि सँगै काम गर्ने ती महिलासँग साथी हुँदै प्रेमसम्बन्ध भएको थियो । तर बिवाहको प्रस्ताव गर्दा भने ती महिलाले उनको श्रीमानले निकै माया र हेरचाह गर्ने गरेको र अन्य पुरुषलाइ श्रीमानको रुपमा हेर्न नसक्ने बताएकी थिइन । त्यसपछि युवकले आफू पनि महिला नै बनेर उनीसँग बस्न चाहने निर्णय गरेका रहेछन् । त्यसपछि परामर्शकर्ता राजानीले ती महिलालाई समेत सँगै राखेर परामर्श गरिन । र, हर्मोन थेरापी बन्द गर्ने सुझाव दिइन । तर यसले समस्या के भयो भने ती युवकभित्र पुरुष र महिला दुबै हर्मोनको विकास भयो । उनी न पुरै पुरुष नै रहेका छन् न पूर्ण महिला बन्न सकेका छन् ।

नेप्से ०.२१ अंकले घट्यो, साढे दुई अर्बको कारोबार

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार ०.२१ अंकले घटेको छ । नेप्से ०.०१ प्रतिशतले घटेर १९६०.६० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ । १०७ कम्पनीको सेयर मूल्य …

कारोबारको पहिलो दिन ओरालो लाग्यो नेप्से, कोरोबार कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अंकले ओरालो लागेको छ।

परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेर १ हजार ९७९ दशमलव ०२ बिन्दुमा आएको हो।

गत मंसिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक २ हजारको बिन्दुभन्दा तल झरेको हो।

आज विभिन्न ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ७१ हजार ८८० पटक खरिदबिक्री हुँदा ३ अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन्। 

वित्त समूह १ दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २ दशमलव ४२ प्रतिशतले घटेको छ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ। 

यो कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ बराबरको ४ लाख १५ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ।

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल फागुन ११ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर 

घट्यो नेप्से, कारोबार रकम दुई अर्ब २४ करोड मात्रै

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ ।

आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर दुई अर्ब २४ करोड १९ लाख ६१ जहार ७९९ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनको समूहगत सूचक बढेको छ । बाँकी १२ वटा समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
 
आज बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।

सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम कति ?

काठमाडौं । सेयर बजारको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।  नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ।

सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।  आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेको थियो।  सो दिन ३ अर्ब ७७ करोड  मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भए। आज सामान्य अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भएको हो।


३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँको कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यसैगरी साना किसान विकास वित्तीय संस्थाले १२ करोड,जोशी हाइड्रोपावरले ८ करोड,नगदी ग्रुपले ६ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

१३ उपसमूहमध्ये पाँच उपसमूहको मात्रै सूचक बढ्यो।डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट , मनु एण्ड प्रो र अदर्श उपसमूहबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका कम्पनीमध्ये ९० वटाको मूल्य बढ्दा १५० को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन

काठमाडौं। आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन ।प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ।  वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्ना…

वरिष्ठ साहित्यकार सुवेदीको निधन

विराटनगर। वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।  क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उनको पार्थिव शरीरलाई बुधबार नै  विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ ।   भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा सक्रिय थिए । उनका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् ।सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीका समालोचना सङ्ग्रह विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् । स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

कथाकार परशु प्रधानको निधन

काठमाडौं । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।  निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए । प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् । सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् ।प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् ।  त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट (२) संस्करणसम्म प्रकाशित भएका छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २९ गते शनिबार सन् २०२४ मे ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

विश्वविद्यालय सुधार्ने प्रधानमन्त्रीको संकल्प : कसैलाई बन्देज नहुने गरी त्रिविको उपकुलपतिमा खुल्यो दरखास्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत विभिन्न मापदण्ड तोकिएकी पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सूचना सच्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डको विश्वविद्यालय सुधार गर्ने चाहान अनुसार विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन भएको हो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गर्दै योग्य र इच्छुक जोसुकै उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने गरी सुचना जारी गरेको हो ।  

यी हुन् बेलायत जान अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

काठमाडौँ । रोजगारीका लागि बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायतबिच सम्झौता भएको थियो । सोही आधारमा विभागले १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरेको थियो । जसमा मागभन्दा कम नर्सहरूको मान्य आवेदन परेको थियो । अनलाइन आवेदन दिएकाहरूलाई तोकिएको मापदण्डको आधारमा प्रारम्भिक सूची प्रकाशित गरेको हो । उनीहरूलाई डिसेम्बर ४ देखि ७ तारिखसम्म अन्तर्वार्ताको लागि बोलाइएको छ । अन्तर्वार्ता लैनचौरस्थित बेलायती दूतावासमा हुनेछ । नर्सका लागि तोकिएको कडा मापदण्डका कारण थोरै आवेदन परेको थियो । बेलायतले आईएलटीएसमा सात ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो । जसमा पुरानाहरूको हकमा भाषागत समस्या देखिएको थियो भने नयाँमा कार्यानुभवको अभाव देखिएको थियो । अनलाइन मार्फत सात सय भन्दा बढीले रजिस्ट्रेसन गरेका थिए । तर, ७५ जनाको मात्रै मान्य कागजपत्र पेस गरिएको थियो । तिनीहरूबाटै विभागले ७१ जनाको प्रारम्भिक सूची तयार पारेको हो ।    

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।